काठमाडौँ। काठमाडौँको जनबहालस्थित सेतो मत्स्येन्द्रनाथ करुणामय (जनबहाःद्यः)को महास्नान (न्हंवं) सम्पन्न भएको छ।
प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन जनबहाःद्यःको महास्नान गरिने परम्परा छ। यसको एक दिनअघि काठमाडौँको भचाखुसी नदी संगममा गई पवित्र जललाई होमविधिमार्फत् शुद्धीकरण गरी ल्याइएको थियो।
जनबहाःद्यःलाई यसरी स्नान गराउनुअघि बहालको कुनामा स्थित मण्डपमा राखिएको थियो। बहालका वज्राचार्य गुरुजु र शाक्यहरूको उपस्थितिमा जनबहाःद्यःलाई सो मण्डपमा बाजागाजाका बीच महास्नान गरिएको हो। स्नान गराइएपछि मूर्तिलाई कपडाले छोपी बाजागाजा, छत्र, चामरको लश्करसहित मन्दिरभित्र राखिएको छ।
महास्नानका क्रममा मन्दिरको गर्भगृहमा भने कलशमा करुणामयको प्रतिस्था गरिएको हुन्छ। मूर्तिलाई अब केही दिनसम्म घाममा राखी आँखालगायत अङ्गहरू कोरिन्छ। स्थानीय किंवदन्तीअनुसार यस दिन चिसो हुने र पानीसमेत पर्ने गर्दछ। त्यस्तै, मूर्तिमा अङ्गहरू कोर्ने क्रममा घाम पनि उति पारिलो नहुने जनविश्वास छ।
यसरी केही दिन घाममा राखी पूर्णिमाका दिन जनबहाःद्यःको दशकर्म पूरा गरी पुनः मन्दिरमा प्रतिष्ठा गरिन्छ।
पौष शुक्ल अष्टमीकै दिन कौल तथा शाक्त परम्पराअनुसार शाकम्भरी जयन्ती मनाई सो दिनबाट शाकम्भरी नवरात्र सुरु हुने विश्वास छ। यो नवरात्र पौष शुक्ल पूर्णिमासम्म मनाइन्छ। मत्स्येन्द्रनाथलाई कौल परम्पराको प्रवर्तक पनि मानिन्छ।

सेतो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न (फोटो फिचर): Dekhapadhi
सेतो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न (फोटो फिचर)