मुखै रसाउने मीठो योमरीकोे नेवार संस्कृतिमा ठूलो महत्त्व छ। चामलको पिठोको शंखाकार खोक्रो डल्लोभित्र तिलचाकु राखी योमरी बनाइन्छ। खुवा, मास, मासु, (कसैकसैले तरकारी तथा चकलेट) आदि पनि राखी बनाइने यस नेवार परिकारलाई धान्य पूर्णिमाको दिन खानु अनिवार्यजस्तै बनेको छ।
त्यस दिन विभिन्न आकारप्रकारका मायो (शक्तिरूपमा पुजिने), बायो (शिवरूपमा पुजिने), गणेश, कुबेर, लक्ष्मी, मानिस, चरा, जनावर आदि आकारका योमरीका मूर्तिहरू बनाई त्यसलाई अन्न-भण्डारमा राखी पुजेर खाने नेवार चलन छ। योमरी-देउताहरूको मूर्तिमा भटमास वा मासको दानाको आँखा र चना-रहर आदि दालको गहना बनाई सजावट गरी तयार गरिने ती मूर्तिहरूलाई हाम्रो परम्परागत भान्छा-कलाको प्राचीन सम्पदा मान्न सकिन्छ। सरकारले पनि यसलाई विश्व-सम्पदामा सूचीकृत गर्ने प्रयास गर्नु वाञ्छनीय देखिन्छ। अचेल केकलाई सजाउने भान्छा-कला विश्वभर लोकप्रिय छ।
नेवार समाजमा जन्मदिन, बूढो पास्नी आदि कर्मकाण्डको दिन योमरी बनाइन्छ। १२ वर्षसम्म जोड जन्मदिनको दिन (२, ४, ६ आदि) जन्मदिनवालालाई योमरीको माला लगाइन्छ। विवाहित नारीले आफ्नो पहिलो भाइटीकामा सुकुन्दा, पानस आदि आकारका योमरी-मूर्ति सजाएर भाइटीका गर्ने परम्परा छ। विभिन्न देवस्थलको निर्माण, पुनर्निर्माण गर्दा वा विशेष जात्रामात्रामा गजूरबाट योमरी झारी प्रसादको रूपमा सर्वसाधारणलाई वितरण गर्ने प्रचलन छ।
अचेल महिलाहरूमा योमरी बनाउने कला सिक्ने र सिकाउने परम्पराको अभाव छ, जसले गर्दा समाजमा योमरीको प्रचलनमा कमी आएको महसुस हुँदो छ। योमरीको पाककला वरिष्ठ नागरिकहरूबाट कनिष्ठ नागरिकमा पुस्तान्तरण हुन सकिरहेको छैन। यसकारण पनि समाजमा सो मीठो परिकारको प्रचलन हराउँदै गएको अवस्था छ।
गर्भवती महिलाहरूलाई बच्चा स्वस्थ होस् भनी योमरी खुवाइन्छ। तातो योमरी शक्तिवर्द्धक हुन्छ र भित्रैबाट शरीरलाई तातो दिन्छ।
प्राचीन कालमा पनौती गाउँको सुचन्द्र र कृता नामका ब्राह्मण दम्पत्तिले पहिलोचोटि धान्य पूर्णिमाको दिन योमरी बनाई देवतालाई चढाई, कुबेर महाराज तथा छिमेकीहरूलाई खुवाएको किंवदन्ती पाइन्छ। यसो गरे परिवार सुखी र समृद्ध हुनेछ भनी कुबेरले आशीर्वाद दिएको पनि किंवदन्ती छ। यस अर्थमा योमरीलाई मीठो परिकारको रूपमा मात्र नहेरी धार्मिक र सांस्कृतिक महत्त्वको रूपमा पनि हेर्न सकिन्छ। साथै, स्वास्थ्यका लागि पनि यो हितकारी छ।
तर, अचेल महिलाहरूमा योमरी बनाउने कला सिक्ने र सिकाउने परम्पराको अभाव छ, जसले गर्दा समाजमा योमरीको प्रचलनमा कमी आएको महसुस हुँदो छ। योमरीको पाककला वरिष्ठ नागरिकहरूबाट कनिष्ठ नागरिकमा पुस्तान्तरण हुन सकिरहेको छैन। यसकारण पनि समाजमा सो मीठो परिकारको प्रचलन हराउँदै गएको अवस्था छ। यसै अवस्थालाई दृष्टिगत गर्दै पाटनका यल सम्पदा महिला समूहले योमरी बनाउन सिकाउने तालिम दिने सानो तर महत्त्वपूर्ण जमर्को गरेको थियो। सो तालिममा साधारणतः योमरी पकाउने कला र योमरीका मूर्तिहरू बनाउने हस्तकला सिकाइएकोे थियो।
साथै, पहिलोचोटि पिम्बहालमा चण्डेश्वरी महिला समूहसँग मिलेर क्रिसमसको दिन योमरी-कार्यक्रम चलाइएको थियो। त्यसपछि यल सम्पदा महिला समूहले यसकै एक सदस्य सुधा शर्माको संयोजकत्वमा योमरी बनाउन सिकाउने, योमरी देवता प्रदर्शन गर्ने र मार्केटिङ सिकाउनको लागि १५ दिने कार्यशाला नःटोलमा खोलिएको थियो।
सबैलाई मन पर्ने भएकोले यसलाई योमरी भनिएको मानिन्छ। यो कुरा कतिसम्म सत्य हो- यसबारे धान्यपूर्णिमा र त्यसको भोलिपल्ट सो महिला समूहले पाटन, नःटोलमा खोलेको कार्यशालामा आएका दर्शक-ग्राहकहरूमाथि दुईदिने सर्भे गरी यो छोटो लेख तयार गरिएको हो।
दुई दिनको उक्त सर्भेक्षणका सय जना दर्शक-ग्राहकमध्ये ६५ महिला र ३५ जना पुरुष थिए। तीमध्ये ५५ जना नेवार, २५ जना खस ब्राह्मण-क्षत्री, ६ जना किराँती, पाँचजना तामाङ, तीनजना गुरुङ, दुईजना मगर, दुई जना शेर्पा र दुई मधेसका थिए। तिनीहरूमा कतिपय काठमाडौं उपत्यकाका, पोखरा, सिरहा, वीरगन्ज, धरान, चैनपुर, गोर्खा, जुम्लालगायत क्षेत्रका थिए। जवान ठिटाठिटीहरूले खुवाको योमरी बढी मन पराएको देखियो भने पाका उमेकाहरूले चाकुको।
केही स्थानीय नेवारहरू योमरी पकाउने भाँडोसहित आएर उमाल्न बाँकी काँचो योमरी लगे, धान्य पूर्णिमाको दिन ‘घरैमा पकाएर खाने’ भन्दै। कतिपय नेवार महिलाहरू ‘योमरी पकाउन गाह्रो छ, यतैबाट लगेर पूजा गरेर खाने’ भन्दै थिए। एक-दुई जना त योमरी देउताहरू नै किनेर लैजान पर्यो भन्दै सुर्रिए, तर महिला समूह देउता बेच्न तयार भएन- ‘देउता बेच्न मिल्दैन’ भन्दै।
चैनपुरबाट आएका एक पुरुषले ‘कति खोजी हिँडेँ, अब बल्ल योमरी खान पाइयो, तृप्त भएँ’ भन्दै खाए। वीरगन्जबाट आएका पुरुषले ‘यो हाम्रो परम्परा बचाइराख्नुपर्छ’ भन्दै खुसी व्यक्त गरे। नेवार समुदायकाहरू योमरीलाई माया गर्ने पाइए र त्यसको प्रवर्द्धन हुनुपर्छ भन्ने पक्षमा देखिए।
मीठो योमरी खान पाएकाले सबैको अनुहार तेजिलो र हँसिलो देखिन्थ्यो। कोरोनाको कारणले लाइनमा बसेर सुरक्षापूर्वक कुपन लिन्थे। कसैलाई चित्त दुखेको देखिएन।
खस ब्राह्मण-क्षत्री समुदायकाहरू योमरी साह्रै मन पराउने देखिए। योमरीको सम्वर्द्धनका जबर्जस्त समर्थक देखिए ‘काठमाडौं आएर चाकुको योमरी खानुपर्छ’ भन्दै खाने धेरै देखिए। जुम्लाका एक भाइले ‘हाम्रोतिर पश्चिममा यस्तो पाइँदैन’ भन्दै खाए तर चाकुको झोल चुहियो। उनलाई योमरी खान एक महिलाले सिकाउँदै भनिन्- ठाडो पारेर खानुस्, चुहिएको चाकु चाट्नुस्- आइसक्रिम जस्तै। चाकु चुहिएन मज्जाले खाए।
मधिसे समुदायकाहरू त्यहीँ बसेर खान लजाए, घरैमा लगेर खान्छौं भनी होमप्याक लगे। किराँती समुदायकाहरूले पनि मन पराएको देखियो। शेर्पा समुदाय पनि दोहोर्याएर किन्न आए। तामाङ, गुरुङ, मगर जनजातिले पनि मन पराएको देखियो- ‘गाउँका नेवार वस्तीमा हामीले खान्थ्यौं, यहाँ पनि खान पायौं’ भन्दै।

गर्भवती महिला देखेमा तुरुन्तै योमरी खाइदिन अनुरोध गर्थे- महिला समूहले। ‘यसले होमोग्लोबिन, आयरन बढाउँछ, हामीलाई धर्म लाग्छ’ भन्थे। पैसा तिर्न नसक्नेहरूलाई पनि निःशुल्क दिन्थे- ‘योमरी मागेर पनि खान हुन्छ, तर एक दिनमात्र, योमरी पूर्णेको दिन’ भन्दै। नेवारी भाकामा ‘यःमरि च्वामु, उके दुने हाकु, ब्यूम्ह ल्यासे, मब्यूम्ह बुढीकुटी’ (चुच्चो परेको योमरी, त्यस भित्रभित्र कालो, दिने जत्ति तरुनी, नदिने बूढी-कुटिनी) भनेर गाएर योमरी माग्ने कोही देखिएन। कुनै बेला कुबेर महाराजले पनि योमरी मागेर खाएका थिए रे। प्राचीन परम्परा विस्तारै हराउँदो छ। संरक्षण गर्ने काम पनि हाम्रै होइन त?
" /> मुखै रसाउने मीठो योमरीकोे नेवार संस्कृतिमा ठूलो महत्त्व छ। चामलको पिठोको शंखाकार खोक्रो डल्लोभित्र तिलचाकु राखी योमरी बनाइन्छ। खुवा, मास, मासु, (कसैकसैले तरकारी तथा चकलेट) आदि पनि राखी बनाइने यस नेवार परिकारलाई धान्य पूर्णिमाको दिन खानु अनिवार्यजस्तै बनेको छ।त्यस दिन विभिन्न आकारप्रकारका मायो (शक्तिरूपमा पुजिने), बायो (शिवरूपमा पुजिने), गणेश, कुबेर, लक्ष्मी, मानिस, चरा, जनावर आदि आकारका योमरीका मूर्तिहरू बनाई त्यसलाई अन्न-भण्डारमा राखी पुजेर खाने नेवार चलन छ। योमरी-देउताहरूको मूर्तिमा भटमास वा मासको दानाको आँखा र चना-रहर आदि दालको गहना बनाई सजावट गरी तयार गरिने ती मूर्तिहरूलाई हाम्रो परम्परागत भान्छा-कलाको प्राचीन सम्पदा मान्न सकिन्छ। सरकारले पनि यसलाई विश्व-सम्पदामा सूचीकृत गर्ने प्रयास गर्नु वाञ्छनीय देखिन्छ। अचेल केकलाई सजाउने भान्छा-कला विश्वभर लोकप्रिय छ।

">