सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई कानुनी र प्राविधिक रुपमा विभाजित हुन निर्वाचन आयोगले नै रोक लगाए पछि पुनः एकीकरण हुने अवसर पनि उत्तिकै खुला भएको छ ।
शीर्ष नेतृत्वको मुख्यतः व्यक्तिगत विषयमा कलह देखा परेपछि राजनीतिक रुपमा विभाजित भएका नेकपालाई दोस्रो पुस्ताले हस्तक्षेप गर्ने हो भने अझै विभाजन रोक्न सकिने वाटो खुल्ला देखिएको हो । त्यसका लागि शीर्ष नेतृत्वलाई आत्माआलोचना गर्न लगाउने देखि नेतृत्वमा दाबी गर्नेसम्मका झन्डै आधा दर्जन विकल्प अझै पनि देखिएको छ ।
आत्माआलोचना गराउने
नेकपाको राजनीतिक विभाजनका कारणको रुपमा तीन नेताबीचका व्यक्तिगत स्वार्थ संघर्ष देखिएको छ । मुख्यतः प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाालबीचकाे व्यक्तिगत शक्ति संघर्षले नेकपालाई राजनीतिक रुपमा विभाजन गराएको देखिन्छ ।
न त कुनै राजनीतिक सिद्धान्त, न त कुनै वैचारिक विषयमा बिबाद भएर नेकपामा राजनीतिक विभाजन भएको हो, मात्र व्यक्ति पदको हानथापका लागि विभाजित भएको अब पनि लुकेको विषय होइन, रहेन। मुख्यतः तीनवटा नेतालाई एक अर्काप्रतिको व्यक्तिगत रिस, व्यक्तिगत कुण्ठा र व्यक्तिगत आरिस बाहेक विभाजनपछि पनि कुनै रुपमा प्रकट भएको देखिन्न ।
जसका कारण, दोस्रो पुस्ताले तीनवटै नेतालाई आत्माआलोचना गराएर पार्टीलाई एकीकृत रुपमा नै राख्न सक्ने अवसर अझै पनि बाँकी नै छ । शीर्ष नेतृत्वको व्यक्तिगत बिबादमा दोस्रो पुस्ता सती जाने कि पार्टीलाई एकीकृत अवस्थामा राख्न क्षमता प्रदर्शन गर्ने भन्ने ऐतिहासिक प्रश्न उनीहरुसामू उभिएको छ । जसका कारण दोस्रो पुस्ताले तीव्र हस्तक्षेप गरी पार्टी पनि बचाउने र कम्युनिस्ट आन्दोलन जोगाउनका लागि शीर्ष नेतृत्वलाई आत्माआलोचना गराउन पहल गराउन जरुरी छ ।
शीर्ष नेतृत्वलाई ‘रिटायर्ड’ गराएर संरक्षक बनाउने
प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई सक्रिय राजनीतिवाट राजीनामा गराएर संरक्षकको भूमिकामा राख्न सकेमा पनि पार्टी एकीकृत अवस्थामा रहन सक्ने अझै अवसर छ ।
शीर्ष नेतृत्वलाई पार्टीको सक्रिय राजनीतिवाट अवकास दिन लगाई पार्टीलाई एकीकृत अवस्थामा राखी विभाजन जोगाउने र कम्युनिस्ट आन्दोलन टुट र फुटमा नै रहन्छ भन्ने पूर्ववतः मान्यता तोडाउन सकिन्छ । त्यसका लागि महाधिवेसनबाट स्वतः उमेर हदका कारण देखाउन लगाई सक्रिय राजनीतिबाट अवकाश लिने प्रतिबद्धता जनाउन लगाएर पार्टी एकता जोगाउन अझै पनि विकल्प बाँकी देखिन्छ ।
दोस्रो पुस्ताले नेतृत्वमा दाबी गर्ने
पार्टीलाई विभाजनबाट जोगाउनका लागि दोस्रो पुस्ताले नेतृत्वमा दाबी गर्नुपर्ने देखिन्छ । शीर्ष नेतृत्वको चाकरी गर्ने, उनीहरुको वरपरी घुम्ने र दास मानसिकता त्यागेर पार्टीको नेतृत्वदायी भूमिकामा दाबी प्रस्तुत गर्नुपर्दछ ।
पुष्पलालले युवा उमेरमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । जननेता मदन भण्डारीले ४० भन्दा तलै उमेरमा नेतृत्व लिएका थिए, प्रचण्डले सशस्त्र युद्ध सुरुवात गर्दा ५० कटेका थिएनन्, माधव नेपाल ५० नपुग्दै नेतृत्वमा पुगेका थिए भने खनाल ४५ वर्ष नपुगी नै महासचिव भईसकेका थिए । तर, नेकपामा लामो अनुभव, संघर्ष र प्रशिक्षितहरुको संख्या हजारौंमा छन् ।
अब पनि तीनले नेतृत्वमा हस्तक्षेप र दाबी गर्ने बेला भएको छैन भनेर शीर्ष नेतृत्वको वरीपरी गणेश प्रवृति देखाउने हो भने उनीहरुको दास मानसिकताबारे इतिहासले बारम्वार प्रश्न उठाई रहनेछ ।
योगेश भट्टराईले भने झै ‘नेकपाको नेतृत्व हामी गर्छाैं, तपाईहरु नेल्सन मण्डेला झै भएर संरक्षकको भूमिकामा बस्नुहोस’ भनेर सामूहिक रुपमा दाबी गर्न सकेको खण्डमा नेकपा अझै एकीकृत अवस्थामा नै रहन सक्ने अवस्था देखिन्छ ।
शीर्ष नेतृत्वको कार्यक्रममा अनुपस्थित हुने
नेकपा भित्रको बिबाद शीर्ष नेतृत्वको मात्रै भएकाले दोस्रो पुस्ता सो बिबादसँगै सती जानु भने कतै पनि केही कारणले पनि आवश्यक अझै देखिएको छैन।आफ्नो राजनीतिक भविश्य जोगाउन पनि दोस्रो पुस्ताले शीर्ष नेतृत्वको लहलहैमा लाग्न जरुरी छैन । राजनीतिक रुपमा सचेत नेकपाको दोस्रो पुस्ताले शीर्ष नेतृत्वले तय गर्ने कार्यक्रममा अनुपस्थित हुने, मौन बस्ने अथवा वक्तव्यबाजी गरेर दबाब बढाउन सकेको खण्डमा पनि एकीकरण जोगाउन अझै अवसर पनि देखिएको छ । त्यसका लागि यसअघि शीर्ष नेतृत्वप्रति देखाउने ‘गणेश प्रवृति’ प्रति आत्माआलोचना गर्दै विवेकपूर्ण निर्णय लिने अवसर इतिहासले दोस्रो पुस्तालाई दिएको छ ।
महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गराउने
नेकपाको २०७६ माघ १५–१९ गते बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले आगामी चैत २५–३० मा महाधिवेशन गर्ने निर्णय त गरी नै सकेको अवस्था छ ।
एकताको महाधिवेशन गर्ने सोही निर्णयमा टेकेर तत्काल सबैलाई राजीनामा गर्न लगाई महाधिवेशन तदर्थ समिति घोषणा गरेर नेकपा विभाजन रोक्न सक्ने अझै अवसर छ। सुरुमा नै अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, सचिवालय, स्थायी कमिटीलगायत सबै कमिटीको कार्यकारी अधिकार खोसेर महाधिवेशनमा जाने निर्णय लिन सकेमा पनि नेकपा एकीकरण जोगिने अझै उपाय देखिन्छ । त्यसका लागि दोस्रो पुस्ताले सामूहिक रुपमा निर्णायक हस्तक्षेप गर्न सकेको खण्डमा अझै त्यो सम्भव देखिन्छ ।
प्रधानमन्त्री भने ५ वर्ष नै चलाउन दिने
नेपाल कम्युनिस्त पार्टी (नेकपा) का अध्यक्ष र प्रधानमन्त्री फरक-फरक जिम्मेवारी हुन् । कुनै पनि पार्टी अध्यक्ष पार्टीभित्रको आन्तरिक सवालमा मात्रै बढी जवाफदेही हुनुपर्छ । अध्यक्षको कार्यकारी भूमिका पार्टीभित्र अलि बढी देखिन्छ । तर प्रधानमन्त्री भनेको राजकीय जिम्मेवारी हो ।
प्रधानमन्त्री पार्टी भन्दामाथि र जनताप्रति बढी जवाफदेही हुनुपर्छ । त्यसकारण पनि नेकपाको चुनावी घोषणापत्र अनुसार दिने भनिएको ‘राजनीतिक स्थायित्व’ को नारा लागू गराउन पनि प्रधानमन्त्री भने कायम गरिनुपर्छ।
ओलीलाई पार्टीको जिम्मेवारीबाट हटाएर तथा प्रधानमन्त्री कायम राखेर जाने नीति अख्तियार गरियो भने पार्टी पनि जोगिने र राजनीतिक स्थायित्व कायम पनि गरेको सन्देशले पुनः नेकपा र कम्युनिस्ट आन्दोलनको भविश्य दुवै जोगिने ठाउँ अझै देखिन्छ ।
शीर्ष नेतृत्वको व्यक्तिगत कारणले नेकपाजस्तो शक्तिशाली पार्टी विभाजनतर्फ जानुमा जति शीर्ष नेतृत्व दोषी छन्, त्यो भन्दा बढी दोषी दोस्रो पुस्ता अर्थात युवा पुस्ता पनि उत्तिकै दोषी देखिँदै गएको छ।
इतिहासले दोस्रो पुस्तालाई निर्णायक हस्तक्षेप गर्न नसकेका कारण नेकपा विभाजन मात्रै भएको होइन, उनीहरुले ‘गणेश प्रवृति’ त्याग्न नसकेर समयले माग गरेको बेलामा विवेक प्रयोग गर्न नसक्दा कम्युनिस्ट आन्दोलन पनि धरासायी भएको भनेर आरोप लगाई रहने छ ।
नेकपा र कम्युनिस्ट आन्दोलन बलियो र एकीकृत भएको खण्डमा मात्रै हो नि दोस्रो भनौं या युवा पुस्ताको चुरीफुरी रहने तर नेकपा नै नरहे, कम्युनिस्ट आन्दोलन नै नरहेको खण्डमा कहाँ चुरीफुरी गर्ने, कहाँ क्षमता प्रदर्शन गर्ने ? त्यसैले अझै पनि दोस्रो पुस्ताले निर्णायक हस्तक्षेप गरेको खण्डमा नेकपा र कम्युनिस्ट आन्दोलन धरासयी हुनबाट जोगिने छ । नत्र राम राम भन्नुको विकल्प देखिन्न ।
" /> सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई कानुनी र प्राविधिक रुपमा विभाजित हुन निर्वाचन आयोगले नै रोक लगाए पछि पुनः एकीकरण हुने अवसर पनि उत्तिकै खुला भएको छ ।

">