कोभिड-१९ को क्रममा सबैभन्दा खतरा भीडभाड देखिएको छ। चाहे त्यो घर होस् या अन्यत्र। र, यो कोरोनाका लागि मात्र होइन, सबैखाले सरुवा रोग पनि भीडभाडमै बढी फैलन्छ। माहुरी तथा कमिलाजस्ता जीव एकदमै भीडभाडसहित उकालो चढिरहेका र हिँडिरहेका हुन्छन् अनि आफूलाई निकै स्वस्थ पनि राखिरहेका हुन्छन्। यी जीवाणुबाट हामी मानवले आफूलाई सुरक्षित राख्नका लागि के सिक्न सक्छौं त?
रुथ डिफ्रिसले तपाईंको यो प्रश्नको उत्तर डिसेम्बरमा प्रकाशित पुस्तक ‘ह्वाट वुड नेचर डुः अ गाइड फर आवर अनसर्टेन टाइम्स’मा दिएकी छन्। कोलम्बिया युनिभर्सिटीमा पर्यावरण विषयको प्राध्यापक हुन् उनी। उनले दिगो विकासको सूत्र प्रकृतिमा खोजेकी छन्। र, त्यसलाई स्टक मार्केट क्र्यासदेखि लिएर पानीको अभाव, इन्टरनेट कटौती (अमेरिकाको इस्टकोस्टमा जनवरी २६ मा भएको)सम्म जोडेर हेरेकी छन्।
माहुरी तथा कमिलाले आफ्नो घार र गुँड जोगाएर राख्न एउटामात्र उपाय अपनाएका हुँदैनन्। त्यसरी एउटामात्र सूत्र अपनाउँदा हुन् त तिनले चारैतिरबाट एउटै बाटो विकसित गरेका हुन्थे। बचावटका लागि बहुउपाय छन् र केही सम्भावित उपाय पनि छन्, यस्ता केही मामिला मानिसले अपनाएका छन्।
प्रकृतिले वास्तुकलाको यस्तो नेटवर्क तयार गरेको छ, जसबाट मानिसले भोगिरहेको समस्याको समाधान निस्कन्छ। यदि कुनै रोग टाढासम्म फैलिएको छैन भने सबैभन्दा उत्तम उपाय बिरामीलाई अलग राख्नु हुनेछ। रोग धेरै टाढासम्म फैलिएको छ भने, कमजोर व्यक्तिलाई पर (आइसोलेट) राख्नुपर्छ, जसलाई रोग सर्ने सम्भावना अधिक हुन्छ।
मर्ने कीरा अलग रहन्छ। मरेका कीरालाई जीवितले घिसारेर लैजान्छ। स्वस्थ कीराले बिजाणु उठाउँछ र बिरामी परेको घार तथा गुँड बन्द गरिदिन्छ।
‘बगैंचाको कमिलाले गुँडलाई निसंक्रामक पार्छ,’ डिफ्रिस लेख्छिन्, ‘कीराले आफ्नै रोगविरोधी गुणबाट फाइदा लिन स्वयम् आफ्नै मल(दिसा) गुँडमा फैलाउँछ।’ सायद यसोचाहिँ मानिसले गर्न सक्दैन।
सामाजिक हुने कुरामा तपाईं कीटपतंगको घुलमिल हुने तरिकाबाट सिक्न सक्नुहुन्छ। त्यो व्यक्ति जो अधिक नजिक आउँछ र जोखिमयुक्त छ। किनकि, उनीहरू भोजनका लागि सिकार गर्छन् र सिकारीविरुद्ध आफ्नो परिधिमा रहेर रक्षा गर्छन्। जे चिज बाहिर निकाल्छन् त्यसलाई आफूबाट पर राख्छन्। कोही रोगी जीवाणुले घेरा तोडेमा त्यसमा इम्युन (प्रतिरक्षा क्षमता) हासिल गराएर चौतर्फी सुरक्षा (विशेष गरी माहुरीको रानीलाई) हासिल गराउँछन्।
प्रकृतिले वास्तुकलाको यस्तो नेटवर्क तयार गरेको छ, जसबाट मानिसले भोगिरहेको समस्याको समाधान निस्कन्छ। यदि कुनै रोग टाढासम्म फैलिएको छैन भने सबैभन्दा उत्तम उपाय बिरामीलाई अलग राख्नु हुनेछ। रोग धेरै टाढासम्म फैलिएको छ भने, कमजोर व्यक्तिलाई पर (आइसोलेट) राख्नुपर्छ, जसलाई रोग सर्ने सम्भावना अधिक हुन्छ। सर्वप्रथम स्वास्थ्यकर्मीलाई खोप लगाउनु भनेको बिरामी राखिएको अस्पताललाई चौतर्फी सुरक्षा दिनु हो। डिफ्रिस लेख्छिन्, ‘हाम्रा प्रजाति (मानिस) यसको व्यवस्थापन कसरी गर्ने भनेर अहिले पनि सिकिरहेका छन्।’
डिफ्रिसका अनुसार मानिसमा विचारले त्यही भूमिका खेल्छ जुन कम बुद्धिमान प्राणीले निर्वाह गरिरहेको हुन्छ। कुनै माहुरी रानी माहुरीको आदेशबिना कुनै काम सुचारू गर्छ, किनकि उनीहरू आनुवंशिक रूपमा यसो गर्न निर्देशित हुन्छन्। मानिसले चाहिँ किन यसो गर्न सक्दैन?
उनले प्रकृतिबाट सिक्नुपर्ने पाठलाई चार भागमा वर्गीकृत गरेकी छन्। आत्मसुधारको विशेषता, विविधता, विफलताविरुद्ध बचावट र तलदेखि माथिसम्मको ज्ञान। उनले यसको श्रेय अमेरिकी राजनीतिशास्त्री एलिनर अस्ट्रोमलाई दिएकी छन्। अस्ट्रोम तिनै महिला (प्रथम) हुन् जसले २००९ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएकी थिइन्। अस्ट्रोमको विचारविपरीत ग्यारेट हार्डिन (पर्यावरणविद्)ले जनसंख्याको अति वृद्धिलाई चेतावनी मानेका थिए।
हार्डिनले सर्वसाधारण मानिसको दुःखका रूपमा स्रोतको अति दोहन र जनसंख्या वृद्धिलाई मानेका थिए। एउटा बच्चा पाएपछि अभिभावकको परिवार नियोजन गरिनुपर्ने उनको मत थियो। यो विचारमाथि अस्ट्रोमले फेरि लेखे। डिफ्रिस भन्छिन्, ‘संसारको यात्रामा थाहा भयो कि, कयौं समाजमा केन्द्र सरकारको आदेशबिना नै संसाधनको दोहन रोक्ने काम भयो। उदाहरणका रूपमा क्यालिफोर्निया र नेपालको जंगललाई लिन सकिन्छ।
डिफ्रिसका अनुसार मानिसमा विचारले त्यही भूमिका खेल्छ जुन कम बुद्धिमान प्राणीले निर्वाह गरिरहेको हुन्छ। कुनै माहुरी रानी माहुरीको आदेशबिना कुनै काम सुचारू गर्छ, किनकि उनीहरू आनुवंशिक रूपमा यसो गर्न निर्देशित हुन्छन्। मानिसले चाहिँ किन यसो गर्न सक्दैन? सरकारको आदेशबिना नै काम गर्न मानिस सक्षम हुनुपर्छ किनकि, यसो गर्न मानिससँग विचार छ।
विकेन्द्रित सहकार्यले सधैं उचित काम गर्छ भन्न सकिन्न। तर, यो एउटा असल आकांक्षा भने हो।
(पिटर कोय ब्लुमबर्ग बिजनेसविकका इकोनोमिक्स एडिटर हुन्। ब्लुमबर्ग बिजनेसविकबाट अनुदित तथा सम्पादित)
" /> कोभिड-१९ को क्रममा सबैभन्दा खतरा भीडभाड देखिएको छ। चाहे त्यो घर होस् या अन्यत्र। र, यो कोरोनाका लागि मात्र होइन, सबैखाले सरुवा रोग पनि भीडभाडमै बढी फैलन्छ। माहुरी तथा कमिलाजस्ता जीव एकदमै भीडभाडसहित उकालो चढिरहेका र हिँडिरहेका हुन्छन् अनि आफूलाई निकै स्वस्थ पनि राखिरहेका हुन्छन्। यी जीवाणुबाट हामी मानवले आफूलाई सुरक्षित राख्नका लागि के सिक्न सक्छौं त?रुथ डिफ्रिसले तपाईंको यो प्रश्नको उत्तर डिसेम्बरमा प्रकाशित पुस्तक ‘ह्वाट वुड नेचर डुः अ गाइड फर आवर अनसर्टेन टाइम्स’मा दिएकी छन्। कोलम्बिया युनिभर्सिटीमा पर्यावरण विषयको प्राध्यापक हुन् उनी। उनले दिगो विकासको सूत्र प्रकृतिमा खोजेकी छन्। र, त्यसलाई स्टक मार्केट क्र्यासदेखि लिएर पानीको अभाव, इन्टरनेट कटौती (अमेरिकाको इस्टकोस्टमा जनवरी २६ मा भएको)सम्म जोडेर हेरेकी छन्।

">