आर्सेन वेंगरसँगको त्यो पहिलो भेट म कहिल्यै बिर्सन सक्दिनँ।
मात्र १६ वर्षको थिएँ, म। अझ सत्य भन्नुपर्दा, १६औं वसन्तमा पाइला टेकेको मात्रै थिएँ। त्यसैले पनि वेंगरको अगाडि उभिँदा म धेरै डराएको थिएँ। नर्भस थिएँ। किनकि, आर्सनलसँग अनुबन्ध हुनकै लागि मैले जर्मनीको रमाइलो बसाइँ छाडेर गएको थिएँ। आर्सनलसँग अनुबन्ध हुनु चानचुने कुरा पनि त थिएन।
छ हजार जनसंख्या भएको एउटा सानो गाउँको फुच्चे केटोले यति ठूलो क्लबबाट खेल्ने सपना देख्नु पक्कै पनि अनौठो थियो। जिवनमा पहिलोपटक म लन्डनका लागि उडेको थिएँ। त्यो पनि आर्सनलमा ट्रायल दिनका लागि। आर्सनलले म र मेरो परिवारलाई लिन विमानस्थलमा ड्राइभर पठाइदिएको थियो। ती ड्राइभरले हामीलाई कालो बीएमडब्यू कारमा चढाए।
वा..s.s.आ..s..s..ऊ त्यो कार।
तपाईंलाई थाहा नै होला। नभए तपाईंलाई सम्झाउँछु। म जर्मनीबाट आएको हुँ। जर्मनीमा बीएमडब्यू कार जताततै भेटिन्छन्। तर, हामीलाई लिन आएको कालो कार टिलिक्क टल्किएको र विशेष थियो। मैले आमाको अनुहार नियालेँ। हामी सबैलाई त्यो सब फिल्मको दृश्यजस्तै लागिरहेको थियो।
अद्भूत क्षण। अवस्मरणीय क्षण।
जे होस्, म पहिलोपटक वेंगरलाई भेट्दै थिएँ। त्यस क्षणको व्यग्रताले सताएको थियो।
म, मेरो बुबा र आमा उनको अफिसतर्फ लाग्यौं। वेंगर हामीसँग एकदम सामान्य मानिसका रूपमा प्रस्तुत भए। भने, “स्वागत छ सेर्गी, कस्तो छ तिमीलाई?”
वेंगरले मलाई भनेका थिए। तिमीले टेलिभिजनमा देख्ने अधिकांश खेलाडीले त्यो बीचको बाटो पार गरेर अर्को मैदान पुग्नका लागि धेरै मिहेनत गरेका छन्। तिमीले पनि उनीहरूले जस्तै कडा मिहेनत गर्नुपर्छ।
त्यो आवाज अझै पनि मेरो कानमा गुञ्जिरहन्छ। मलाई राम्रोसँग सम्झना छ। त्यतिबेला मैले खुसीले हासो थाम्न सकिनँ। म फुरूङ्ग भएको थिएँ। कता-कता मनमा मैले उनलाई होच्याएँ कि! भन्ने महसुस भयो। तर पनि मैले आफूलाई रोक्न सकिनँ। मेरो खुट्टा भूइँमा थिएन। त्यो पूरा भेटघाटमा मैले १० शब्द पनि बोल्न सकिनँ। मेरो दिमागमा एउटै कुरा खेलिरह्यो, ‘ओहो वेंगरलाई मेरो नाम पनि याद रैछ।’
मलाई अझै पनि राम्रोसँग याद छ। वेंगरले त्यो कोरिडोरको बारेमा कुरा गरेको। आर्सनलको ‘युथ टिम’ र ‘फस्र्ट टिम’ ले अभ्यास गर्ने मैदानको बीचमा एउटा बाटो छ। जुन बाटोबाट हामी वेंगरको कोठासम्म पुगेका थियौं। वेंगरले मलाई भनेका थिए। तिमीले टेलिभिजनमा देख्ने अधिकांश खेलाडीले त्यो बीचको बाटो पार गरेर अर्को मैदान पुग्नका लागि धेरै मिहेनत गरेका छन्। तिमीले पनि उनीहरूले जस्तै कडा मिहेनत गर्नुपर्छ।
उनले जसरी मलाई सम्झाउने प्रयास गरेका थिए, त्यसले मेरो मनलाई तरंगित गरेको थियो। मेरो शरीरमा काँडा उम्रिएका थिए। उनीहरू ड्रेसिङ रूममा गएको तिमीले देख्यौं होला। तर, तिमीले त्यसका लागि धेरै मिहेनत गर्नुपर्नेछ। युथ एकेडेमीको मैदानमा रहेका बच्चाहरूले जति मिहेनत गरिरहेका छन्, तिमीले त्यसको दोब्बर गर्नुपर्छ।
वेंगरले बोलिरहँदा मैले मेरो बुबाको अनुहार नियालेको थिएँ। उहाँ मख्ख हुनुहुन्थ्यो। त्यो खालको क्षणलाई अंग्रेजीमा के भन्छ मलाई ठ्याक्कै त्यो शब्द भन्न आएन।
म खुसीले मख्ख पर्दै टाउको निहुराएर बसिमात्र रहेँ। त्यसपछि भने बुबाले आफूलाई रोक्न सक्नुभएन। उहाँले ठूलो स्वरमा भन्नुभयो, “यी कुरा मैले उनलाई भनिसकेको छु वेंगर। उसले कडा मिहेनत गर्छ। मैले उसलाई सम्झाइसकेको छु।”
म आफैंले असहज महसुस गरें। मैले सोचेँ, बुबाले सानो स्वरमा कुरा गरे पनि हुने। यति भनेपछि मलाई लाग्छ तपाईंले मेरो बुबाको बानी बुझ्नुभयो होला।
म सानो हुँदा नै मेरो परिवारले मलाई सधैं एउटै कुरा भन्नुहुन्थ्यो। त्यो हो, मेरो छालाको रङका कारण अरूलेभन्दा सधैं धेरै मिहेनत गर्नुपर्छ। उहाँहरूले मलाई बारम्बर भन्नुभएको छ कि, म त्यो कुरा सुनेर बिरामी भएको थिएँ रे। हामी स्टुटगार्टभन्दा बाहिरको सानो गाउँमा बस्थ्यौं। मैले प्रत्यक्षरूपमा रंगभेदको कुनै घटना भोगेको थिइनँ।
पक्कै पनि ममा दुई देशको स्वभाव छ। मेरो देश जर्मनीप्रति मलाई धेरै गर्व छ। जुन देश मेरो आमा र उहाँको पुर्खा हो। तर, मेरो बुबा आइभोरीकोस्टलाई धेरै माया गर्नुहुन्छ। उहाँ युवा हुँदा जर्मनी आउनुभएको थियो। त्यसैले जीवनप्रति उहाँको बुझाइ धेरै फरक छ। जब म सानो थिएँ, प्रत्येक साँझ बुबा आइभोरीकोस्टमा रहेका आफ्ना भाइबहिनीसँग फोनमा घण्टौं कुरा गर्नुहुन्थ्यो। उहाँको मनोरञ्जन भनेकै त्यही थियो। यो सबै हामीसँग मोबाइल हुनु अगाडिको कुरा थियो। त्यो समयमा म मेरो साथीसँग फोनमा व्यस्त भएँ भने बुबा नजिक आउनुहुन्थ्यो। तर, भन्नुहुन्थ्यो, “सेर्गी फोन देऊ, तिम्रो आन्टीले फोन गर्दै छ।”
उहाँ अर्को कोठामा फ्रेन्च बोलेर एक्लै रातभर हाँस्नुभएको मेले धेरै पटक सुनेको छु। म कल्पनै गर्न सक्दिनथें उहाँ त्यस्तो कुरामा किन यति धेरै रमाउनुहुन्थ्यो। उहाँको समय बसाइँसराइँ गर्ने पुस्ताको मानसिकतामा फरक थियो सायद। म सानो हुँदा नै मेरो परिवारले मलाई सधैं एउटै कुरा भन्नुहुन्थ्यो। त्यो हो, मेरो छालाको रङका कारण अरूलेभन्दा सधैं धेरै मिहेनत गर्नुपर्छ।
उहाँहरूले मलाई बारम्बर भन्नुभएको छ कि, म त्यो कुरा सुनेर बिरामी भएको थिएँ रे। हामी स्टुटगार्टभन्दा बाहिरको सानो गाउँमा बस्थ्यौं। मैले प्रत्यक्षरूपमा रंगभेदको कुनै घटना भोगेको थिइनँ। स्कुलका विद्यार्थीहरूमध्ये म धेरै फरक देखिन्थें। तर मैले कहिल्यै फरक महसुस गरिनँ।
विशेषगरी मेरो बुबाले मलाई प्रायःजसो सधैं भन्नुहुन्थ्यो, “उनीहरूले तिमीलाई सहजरूपमा स्वीकार गरोस् भन्ने चाहन्छौ भने सधैं दोब्बर मिहेनत गर्नुपर्छ। ताकि, उनीहरूले कहिल्यै पनि तिमी कमजोर छौ भन्ने थाहा नपाउन्।”
‘अरूलेभन्दा दोब्बर मिहेनत। अरूलेभन्दा दोब्बर मिहेनत।’ यो वाक्य अझै पनि मेरो कानमा गुञ्जिरहन्छ।
११, १२ वर्षको हुँदा हामी प्रायः गाउँको मैदानमा अभ्यास गर्थ्यौं। उहाँले पेनाल्टी बक्सको नजिकबाट मलाई छलाएर बक्सभित्र लगेर गोल हान्नुहुन्थ्यो। वेइसचको त्यो आर्टिफिसियल मैदानमा हामीले हजारौं पटक त्यस्तो अभ्यास गर्थ्यौं। उहाँले मलाई प्रायः भन्नुहुन्थ्यो, “यस्तो मुभ अहिले बनाउन सक्यौं भने भविष्यमा तिमीले धेरै गोल गर्न सक्छौं सेर्गी।”
म त्यो मुभ ‘पर्फेक्ट’ रूपमा गर्न सक्थें। उहाँ भन्नुहुन्थ्यो, “फेरि गर...।”
म पर्फेक्ट रूपमा गर्थें।
“ठीक छ। फेरि गर।”
मेरो बुबाको बुझाइ त्यो थियो। मैले के भन्न खोजेको तपाईंले बुझ्नुभयो होला। उहाँले भविष्य देख्नुभएको थियो। त्यो मेरो ‘सिग्नेचर मुभ’ मध्येको एक हो- ‘कट इनसाइड’। यो ‘मुभ’ले मलाई वेइसचको मैदानमा गरेको अभ्यास याद दिलाउँछ।
नौ वर्षको हुँदादेखि १५ वर्षको हुँदासम्म त्यो मेरो दैनिकी बनेको थियो। उहाँ र म मात्र पार्कमा घण्टौं अभ्यास गर्थ्यौं। पक्कै पनि सधैं त्यो गर्ने रूचि ममा थिएन। किनकि, १५ वर्षको बेला भनेको साथीभाइसँग रमाउने, फिल्म हेर्न जाने, रमाइलो गर्ने उमेर हो।
तर, त्यससँगै भविष्य निर्धारण गर्ने उमेर पनि त्यही हो। त्यो समयमा के गर्नुपर्छ भनेर सम्झाउनका लागि कसै न कसैको साथ चाहिन्छ। विशेषगरी त्यो युवा उमेरमा। त्यस समयमा मेरो बुबा मसँग नभएको भए अहिले म यहाँ हुन्नथें होला। अभ्यास र फुटबल खेल्ने कुरामा मात्र होइन, मलाई एक राम्रो व्यक्तिका रूपमा हुर्काउन पनि उहाँको साथ महत्त्वपूर्ण छ।
कुनै दिन साथीसँग बसेर टीभीमा मेसुट ओजिललाई हेरिरहेका हुन्थ्यौं। उनी मेरो आदर्श व्यक्ति थिए। त्यसको दुई वर्ष नबित्दै उनीसँगै बसेर कफी खाने भएको थिएँ। म उनलाई सम्मानका साथ हेर्थें। ‘एल क्लासिको’मा उनले क्रिस्टियानो रोनाल्डोलाई बनाइदिएको गोलको अवसर अझै मेरो आँखामा झलझली आउँछ। तर, उनी मेरो अगाडि थिए र मलाई सोध्दै थिए, “कस्तो छ तिमीलाई?”। त्यो कुनै सपना थिएन। यो वास्तविकता थियो।
१५ वर्षको उमेरसम्म मैले गाउँको स्थानीय टिमबाट मात्र खेलेको थिएँ। एक पैसा गोजीमा परेको थिएन। तर, १७ वर्षको हुँदा मैले प्रिमियर लिग खेलें। पैसा कमाएँ, समर्थकहरूको त्यो आकर्षण, त्यो उत्कर्ष। मेरो जीवन जिरोबाट एकैपटक १०० मा पुग्यो। त्यसबेलाको अनुभव र भोगाइ म शब्दमा वर्णन गर्न सक्दिनँ।
जिरोदेखि १००।

म को हुँ भनेर सम्झन गाह्रो भएको थियो।
मलाई सम्झना छ, पेर मार्टेसकरले प्रायः मलाई ठूलो स्वरमा कराउँथे। तर, त्यो पनि नराम्रो गरी होइन। आर्सनलमा उनी मलाई आफ्नै दाइजस्तै लाग्थ्यो। मैले नराम्रो खेल्दा होस् वा कडा मिहेनत गर्दा किन नहोस्।
उनी भन्थे, छोड अब रमाइलो गरौं। मार्टेसकरलाई नजिकबाट नचिन्दासम्म उनको स्वभाव राम्रोसँग थाहा पाउन सकिँदैन। उनी संसारकै सबैभन्दा सालिन व्यक्ति थिए। र, उनी पनि जर्मन स्वभावका थिए। उनको उचाइ जति छ, त्यति नै ‘डाउन टू अर्थ’ छन्। हामीसँग साथीजस्तै व्यवहार गर्छन्। उनको वर्णन गर्न मसँग शब्द नै छैन।
अभ्यास गर्दा उनी मेरो नजिक आएर भन्थे, “सेर्गी तिमी जहाँबाट आए पनि नम्र हुनुपर्छ। तिमी जति उचाइमा पुगे पनि नम्र हुनुपर्छ।”
मार्टेसकरलाई राम्रोसँग थाहा थियो, समय कति चाँडै परिवर्तन भइरहेको छ। १५ वर्षको उमेर थियो। सानो सानो कुराका लागि पनि बुबा आमासँग पैसा माग्नुपथ्र्यो। २८ वर्षको हुँदा म सम्पूर्ण परिवारले भन्दा धेरै कमाउने भइसकेको थिएँ। जुन पहिले कल्पना पनि गर्न सक्दिनथें। त्यतिबेला मैले आफूलाई सम्हाल्न सकिरहेको थिइनँ। के गरौं, कसो गरौं भइरहन्थ्यो। सिनियर टिममा खेलेपछि पाएको अधिकांश पैसा मैले अनावश्यक कुरामा खर्च गर्थें। लगाउने, खाने कुरामै धेरै पैसा खर्च हुन्थ्यो।
आमासँग कुरा भएको एक साता नबित्दै म आफैंमा त्यस्तै घटना भयो। मलाई सबै सकिएजस्तो महसुस भयो। मेरो घुँडामा चोट लाग्यो। आठ महिनासम्म म केही गर्न नसक्ने भएँ। समय रोकिएजस्तो लाग्यो। म ठीक भएर मैदान फर्किंदा पनि टिममा स्थान बनाउन सकिनँ। एकाएक सबै परिवर्तन भयो। मलाई लोनमा वेस्ट ब्रोम पठाइयो।
जुन कुराले मेरो परिवारलाई चिन्तित बनाएको थियो। त्यतिबेला मेरो आमाले भन्नुभएको कुरा अझै पनि मलाई राम्रोसँग सम्झना छ। उहाँ भन्नुहुन्थ्यो, “तिमीलाई थाहा छ सेर्गी, यही अवस्था सधै रहन्छ भन्ने छैन। भोलि के हुन्छ कसैलाई थाहा छैन। तिमीले यसरी पैसा खर्च गर्नु हुँदैन। तिमीले आफ्नो धरातल बिर्सनु हुँदैन। किनकि, जति उचाइमा पुगे पनि एउटा विन्दुमा पुगेपछि झर्नैपर्छ।”

आमाले भन्नुभए जस्तै भयो, मेरो जीवन पनि।
वेस्ट ब्रोमको बारेमा केही कुरा गरौं।
वेस्ट ब्रोम जाँदा म सबै कुरामा सकारात्मक थिएँ। थुप्रै क्लबमध्ये मैले वेस्ट ब्रोम छानेको थिएँ। किनकि, प्रशिक्षकले मलाई कत्तिको चाहेका छन् भन्ने हो। म पूर्णरूपमा फिट थिइनँ। लामो समय मैदानबाहिर बसेर फर्किएको थिएँ। म आक्रामक मिडफिल्डर थिएँ। तर वेस्ट ब्रोमको खेल्ने शैली अर्कै थियो। त्यसकारण मलाई किन अनुबन्ध गर्यो भन्ने लाग्यो। चेल्सीविरुद्ध अन्तिम १५ मिनेट खेलें। त्यसपछि म टिममा परिनँ। म छ महिना बेञ्चमा थन्किएँ। आफ्नै क्षमतामाथि शङ्का लाग्यो। मलाई थाहा भएन किन?
म १९ वर्षको थिएँ। सम्भवतः मैले अभ्यासमा राम्रो गर्न सकेको थिइनँ। गल्तीहरू गरेको थिएँ होला। तर, साँचो भन्नुपर्दा मैले आफ्नो तर्फबाट शतप्रतिशत दिएको थिएँ। आजको दिनमा पनि म ऐना अगाडि बसेर यो कुरा भन्न सक्छु।
म अल्छी रहेछु। म पूर्ण फिट छैन रहेछु। म त्यो स्तरको खेलाडी होइन रहेछु। ...यी सब कारणले गर्दा मलाई निराश बनायो।
त्यसपछि बच्चा हुँदादेखि बुबाले भनेका कुरा मेरो दिमागमा घुम्न थाल्यो। जसले मलाई परिवर्तन गर्यो। यसले मेरो त्यो भावनालाई उजागर गर्यो जुन म हुर्किंदा कहिल्यै महसुस गरेको थिइनँ।
रिस उठ्यो। एकदम रिस उठ्यो।
त्यस्तो बेला मनमा कस्तो भावना आउँछ त्यो सबैलाई थाहा नै छ। मलाई त्यो ठाँउमा एक्लो महसुस हुन थाल्यो। म जस्तो युवा फुटबलरका लागि त्यो निकै महत्त्वपूर्ण अवस्था पनि थियो। किनकि, मैले आफूलाई साँच्चिकै माया गर्ने मान्छेहरू चिन्न पाएको थिएँ। मेरो परिवार र नजिकका साथीहरूले कहिल्यै मेरो साथ छाडेनन्। तर, धेरै मानिसहरूले मलाई बोलाउन छाडेका थिए।
त्यो अवस्था सम्झँदा अझै पनि मलाई दुख्छ। पीडा हुन्छ।
तर, मैले ती अप्ठ्यारा परिस्थिति पार गर्न सफल भएँ। जर्मनी फर्किएँ। वेर्डेर ब्रेम्यान र होफेनहेइमबाट खेलेपछि मेरो जीवनले नयाँ मोड लियो। म परिपक्व फुटबलर बनेको थिएँ। जसका लागि मैले १६ वर्षको उमेरमा सबै साथीभाइ र परिवार छाडेको थिएँ। जर्मनीका ती क्लबहरूले मलाई मन पराउँथे। मलाई क्लबमा राख्न चाहन्थे। जुन असाधारण थियो।
अरूलेभन्दा दोब्बर मिहेनत गर्नुपर्छ भनी बुबाले भनेका कुरा, आमाले यो अवस्था सधैं नरहन सक्छ भनेका कुरा, मार्टेसकरले सधै सालीन हुनुपर्छ भनेको कुरा, वेंगरले आर्सनलको त्यो करिडोरका बारेमा भनेका कुरा मेरो दिमागमा फनफनि घुम्न थाल्यो। आँखा बन्द गर्नेबित्तिकै ती पलहरू झलझल्ती सम्झन्थें। निराशाको बेला मानिसले ती शब्दहरूलाई फरक ढंगले सोच्न थाल्छ। र, त्यो हुन्छ पनि।

फुटबलर भएपछि उसको सबैभन्दा ठूलो चाहना नै खेल्नु हो। सम्भवतः मानिसहरूले बुझ्दैनन् कि, हामी त्यसका लागि कति मरिमेट्छौं। जब खेल्न पाइँदैन। समय नै स्थिर भएजस्तो लाग्छ। पछिल्लो समय क्वारेन्टिनमा बस्दा मलाई खेल्न नपाएर बेञ्चमा बस्दाका ती पुराना क्षणहरूको सम्झना आयो।
मैले आफूलाई प्रमाणित गर्न गरेका संघर्षहरू, बायर्नसँग सम्झौता गर्दाको क्षण, दबाबमा पनि खेल जिताउन सक्छु भनेर मेले प्रमाणित गरेका क्षण, च्याम्पियन्स लिग खेल्दाको क्षण, क्लब फुटबलमा विश्वकै सबैभन्दा ठूलो उपाधि।
तर, यो लकडाउनको समय बायर्नको ट्रेनिङ हामीले जुमबाट गर्यौं। साँच्चिकै पत्याउन मुस्किल। अविश्वसनीय। जतिबेला म घरमा एक्लै अभ्यास गरिरहेको हुन्थें। मलाई लाग्थ्यो, ‘‘के म साँच्चिकै बायर्नका लागि खेल्छु? के यो साँचो हो?’’
फेरि एक पटक यो कथामा रोकिनुपर्ने समय भएको छ। किनकि, मैले बायर्नका लागि खेल्छु भनेर भन्दा मेरो सपना पूरा भएको छ।
मलाई सम्झना छ, जब म नौ वर्षको थिएँ। प्रायः फुटबल खेल हेर्न डर्टमण्ड र म्युनिख गइरहन्थें। एक दिन हामीले बायर्नको युथ टिमविरुद्ध खेलेका थियौं। त्यतिबेला बायर्नका खेलाडी रातो जर्सी लगाएर मैदान छिर्दा हामी डराएका थियौं। त्यो हाम्रो लागि नौलो क्षण थियो। त्यतिबेलै मैले मनमनै अठोट गरेको थिएँ- ‘एक दिन पख। एक दिन म पनि यो जर्सी लगाएर खेल्छु।’
कठिन परिस्थितिमा तपाईंलाई उत्प्रेरित गर्ने व्यक्ति चाहिन्छ। जब म ड्रेसिङ रूममा साथीहरूसँग हुन्छु, तब फेरि सोच्छु, ‘‘के हामी साँच्चिकै बायर्नको सिनियर टिममा खेलिरहेका छौं? हो, हामी साँच्चिकै बायर्नको सिनियर टिमबाट खेलिरहेका छौं।’’
त्यसको एक वर्षपछि मैले बायर्नमा अनुबन्ध हुने प्रयास नगरेको होइन। तर, सफल भइनँ। एक दिन घरमा हुँदा बुबाले बायर्नका प्रशिक्षकले मलाई १० वर्षको उमेरमा म्युनिख लैजान नसक्ने बताएको कुरा मलाई भन्नुभयो। त्यो दिन म दिनभर रोएको थिएँ।
आज म यथार्थमा बायर्नको रातो जर्सी लगाएर खेल्ने भएको छु। अद्भूत क्षण। म मात्र होइन, मसँगै युवावस्थामा खेलेका जोशुवा किमिच, लियान कोरेट्जका र निकलस सुल पनि बायर्नको जर्सीमा छन्। अहिले मेरो साथी बनेका डेबिड अलाबा पनि।
त्यसैले कठिन परिस्थितिमा तपाईंलाई उत्प्रेरित गर्ने व्यक्ति चाहिन्छ। जब म ड्रेसिङ रूममा साथीहरूसँग हुन्छु, तब फेरि सोच्छु, ‘‘के हामी साँच्चिकै बायर्नको सिनियर टिममा खेलिरहेका छौं? हो, हामी साँच्चिकै बायर्नको सिनियर टिमबाट खेलिरहेका छौं।’’
हामी सबैले फरक बाटो हिड्यौं। तर, हामी सबैले त्यो कोरिडोर पार गरेर अर्को मैदानमा पुग्न सफल भयौं। यो अवसरबाट म फुर्किएर मात्तिएको छैन। फुटबलमा अझ लामो यात्रा तय गर्नुछ। तर, अहिले हामी फुटबलर र समर्थकका लागि कठिन परिस्थिति आएको छ। महामारीका कारण।
सामाजिक सञ्जालमा धेरै भावना व्यक्त भएका छन्। र ती सत्य हुन्।
‘‘फुटबल जीवनमा सबैभन्दा महत्त्वपूर्ण महत्त्वहीन चीज हो।’’
विश्वभर अहिले धेरै कुरा गम्भीर परिस्थितिबाट गुज्रिएको छ। र, फुटबल केवल एक खेल हो। तर, फुटबल त्यस्तो खेल हो जसले सबैलाई एक ठाउँमा उभ्याउँछ। खुट्टामा बल परेपछि हामी सबै कुरा बिर्सन्छौं। जुनसुकै ठाउँ भए पनि फरक पर्दैन।
१३ वर्षको हुँदा मेरो बुबाको गाउँ आइभोरीकोस्ट गएको थिएँ। मलाई अझै राम्रोसँग सम्झना छ। त्यहाँ गाउँमा पनि मैले काकाको छोराहरूसँग फुटबल खेलेको थिएँ। मैदानको घाँस हाम्रो घुँडासम्म आउँथ्यो। हिँड्नै कठिन हुन्थ्यो। तर पनि हामी खेल्यौं। हामीलाई केही कुरा पर्वाह थिएन। हामी केटाकेटी बलसँग धेरै रमाएका थियौं।
विश्वको सबैभन्दा महत्त्वपूर्ण महत्त्वहीन चीज।
र, यो सत्य हो।
(दी प्लेयर्स ट्रिबुनबाट अनुदित तथा सम्पादित)
" /> आर्सेन वेंगरसँगको त्यो पहिलो भेट म कहिल्यै बिर्सन सक्दिनँ।मात्र १६ वर्षको थिएँ, म। अझ सत्य भन्नुपर्दा, १६औं वसन्तमा पाइला टेकेको मात्रै थिएँ। त्यसैले पनि वेंगरको अगाडि उभिँदा म धेरै डराएको थिएँ। नर्भस थिएँ। किनकि, आर्सनलसँग अनुबन्ध हुनकै लागि मैले जर्मनीको रमाइलो बसाइँ छाडेर गएको थिएँ। आर्सनलसँग अनुबन्ध हुनु चानचुने कुरा पनि त थिएन।

">