अहिले पश्चिमा प्राग एवम् बुद्धिजीवीहरूबीच उदार अतिवाद चर्चाको विषय बनेको छ। उदार अतिवादी ती हुन् जो उदार बन्दै जाने क्रममा अतिवादी बन्न पुग्छन्। अंग्रेजीमा भनाइ छ : माई वे अर हाईवे। यसको आशय हो : मेरो कुरामा सहमत छौ भने ठीक छ, होइन भने हाईवे (राजमार्ग) को बाटो समाए हुन्छ। यो भनाइ अचेल उदार अतिवादीका लागि प्रयोग हुन्छ।
मुस्लिम धर्मावलम्बीको भावनालाई आघात पुर्याउने कार्टुन प्रकाशित गर्दा वाणीको स्वतन्त्रता मान्ने उदारवादीहरू डोनाल्ड ट्रम्पको ट्विटरमा प्रतिबन्ध लाग्दा वाणीको स्वतन्त्रताको उल्लंघन मान्दैनन्। किन? किनकि, इट्स देयर वे!
हाम्रा पूर्वप्रधानन्यायधीशहरूले अदालतमा विचाराधीन मुद्दामा गैरअदालती फैसला सुनाउनु वाणीको स्वतन्त्रता हुन्छ। अदालतको मानहानी भयो भनी कसैले मुद्दा हाले, अदालतको ढोका घचघच्याउन पाउने नागरिकको मूलभूत अधिकार ठहरिँदैन, वाणीको स्वतन्त्रतामा अंकुश लगाउने प्रयास ठहरिन्छ।
आफ्नो विचार अनुकूल घटनाहरू विकसित नभए ‘सेटिङ’ हुन्छ। आफूले निर्माण गरेको न्यारेटिभमा जो फिट हुँदैन, उनीहरू अरिंगाल, हनुमान, लम्पट, प्रतिगामी, तानाशाह, हिट्लर, पपुलिस्ट हुन्छन्! किन? किनकि, इट्स देयर वे।
आफ्नो विचार अनुकूल घटनाहरू विकसित नभए ‘सेटिङ’ हुन्छ। आफूले निर्माण गरेको न्यारेटिभमा जो फिट हुँदैन, उनीहरू अरिंगाल, हनुमान, लम्पट, प्रतिगामी, तानाशाह, हिट्लर, पपुलिस्ट हुन्छन्! किन? किनकि, इट्स देयर वे। बुद्धिजीवी विश्लेषकहरू खुला दिमागका ‘फ्रि थिन्कर्स’ हुनुपर्नेमा बन्द दिमागका हठधर्मी (डगम्याटिस्ट) मा परिणत हुँदै छन्। यसलाई बौद्धिक जमातको पश्चगमन भन्ने कि अग्रगमन?
प्रतिगमन नै हो त?
अहिले विकशित घटनाक्रमको संवैधानिक र राजनीतिक दुई अलग पक्ष छन्। त्यसैले, यसको राजनीतिक पक्षलाई संवैधानिक चस्मा लगाएर हेर्न मिल्दैन। नत्र विगतमा भएका ठूला राजनीतिक घटनाहरूलाई पनि त्यतिबेलाको संविधानको नजरले हेर्नुपर्ने हुन्छ। राजनीति कुन दिशामा गए अग्रगमन, कुन दिशामा गए प्रतिगमन हुन्छ? यो समयको दिशा (एरो अफ टाइम) जस्तो होइन। ४० वर्षको मानिस अघि बढेर ३५ वर्षको हुन सक्दैन, ४१ वा सो भन्दा बढी हुन्छ।
उदारवाद अघि बढे अझै उदार हुन्छ भन्ने छैन, अहिलेको जस्तो अतिवादमा पुग्न सक्छ, जुन यात्राको लक्ष्य कहिल्यै पनि थिएन। त्यसैले, राजनीतिमा के अघि के पछि, यसको निर्णायक भनेका जनत नै हुनु पर्छ। जनताले मानेपछि नै अघि हो, अघि नै पछि हो। त्यसैले चुनावमा जान्छु भन्नु प्रतिगम नै हो वा बुद्धिजीवीद्वारा स्थापित भाष्यसँग मेल नखाने कदम हो?
म कुनै दल, विचार वा वर्गको घोर समर्थक वा घोर विरोधी होइन। म समाजमा स्थापित गरिने एकल विचारको विरोधी हुँ। बिनाप्रश्न स्थापित हुने प्रभुत्ववादी विचारको वैकल्पिक विचार स्थापित हुनुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले प्रधानमन्त्रीलाई संसद् भंग गर्ने अधिकार प्रदान गरे सब बर्बाद हुन्छ भन्ने कथा निर्माण गर्दैगर्दा, त्यस्तो अधिकारले संसद्लगायत प्रमुख प्रतिपक्षीभन्दा पनि बढी चर्का, पार्टीभित्रका संगठित प्रतिपक्षीलाई अनुशासित राख्न मद्दत् गर्छ भन्ने वैकल्पिक कथाको पनि निर्माण हुनुपर्छ। कुनै कारणबिना परिणाम आउँदैन भन्ने कथाको निर्माण पनि हुनुपर्छ।
आखिर जनताले उनीहरूलाई प्रतिपक्षको भूमिका खेल्न पठाएका हुन् र? त्यसो गर्नु जनमतको अवहेलना मान्ने कि नमान्ने? सरकारले संसद् ढाल्दा वा संसदले सरकार ढाल्दा कसले बढी गुमाउनु (राजनीतिक र अन्य हिसाबले) पर्छ? बढी गुमाउन पर्नेले अधिकार संयमित भएर प्रयोग गर्छ वा कम गुमाउनु पर्ने ले गर्छ?
राज्यलाई एउटा निश्चित दायराभित्र रहेर चल्नुपर्ने बाध्यता हुन्छ, तर विचारको निर्माण निश्चित दायराभित्र मात्र भए, नयाँ विचारको निर्माण हुनै सक्दैन। ‘डोमिनेन्ट विचार’ले नै एकाधिकार जमाइराख्छ।
त्यसैगरी, संविधानको अक्षरमा जे लेखिएको छ, त्यतिमात्र संविधानको व्याख्या हो भन्ने ‘मृत रुख’ (वा फ्रोजन कन्सेप्ट) को कथा अघि सार्दै गर्दा संविधान एक जीवित रुख (लिभिङ ट्री) हो र यसको व्याख्या निर्माताहरूको मनशाय वा संविधानका अक्षरमा मात्र सीमित राखे, संविधानले बदलिँदो समाजलाई प्रतिबिम्बित गर्न छोड्छ र त्यो अनुपयोगी हुन्छ भन्ने विचार पनि स्थापित हुनुपर्छ।
क्यानडाको संविधान यही जीवित रुखको सिद्धान्तअनुसार चल्छ र त्यहाँको सर्वोच्च अदालतले यही सिद्धान्तलाई ध्यानमा राखेर संविधानको व्याख्या गर्छ। निर्मातामध्ये कतिपयले उल्लेख गर्न खोजेका भए पनि, अमेरिकाको संविधानमा शक्ति पृथकीकरण भनेर अक्षरमा कतै लेखिएको छैन। त्यो कुरा अमेरिकाको संविधानमा अन्तर्निहित भएको मानिन्छ। त्यसैले, संविधानको अक्षरमात्र हेरेर सर्वोच्च अदालतले निर्णय गर्नुअघि कुनै भाष्य निर्माण गर्नु गलत हो। तर, जोखिमको सिद्धान्त र जीवित रुखको सिद्धान्त हाम्रा बुद्धिजीवीहरूले स्थापित गर्न खोजेको ‘न्यारेटिभ’अन्तर्गत पर्दैनन्। इट्स नट देयर वे।

अन्त्यमा,
चाहे बौद्धिक होस् वा शारीरिक, हस्तमैथुन एक आनन्ददायी अनुभव नै होला, तर क्रमागत उन्नति (एभोलुसन)मा यसले कुनै योगदान पुर्याउँदैन। विपरीत विचारबीचको सम्भोगले मात्र सामाजिक र राजनीतिक एभोलुसनलाई अघि बढाउँछ।
र, यो वैचारिक सम्भोग वैकल्पिक विचारको निर्माण तथा स्थापना नगरिकन सम्भव हुँदैन। यस्तो वैकल्पिक विचार पद्धति निर्माणमा हाम्रा बुद्धिजीवी-विश्लेषक ‘फेल’ भएको मान्नुपर्छ।
" /> अहिले पश्चिमा प्राग एवम् बुद्धिजीवीहरूबीच उदार अतिवाद चर्चाको विषय बनेको छ। उदार अतिवादी ती हुन् जो उदार बन्दै जाने क्रममा अतिवादी बन्न पुग्छन्। अंग्रेजीमा भनाइ छ : माई वे अर हाईवे। यसको आशय हो : मेरो कुरामा सहमत छौ भने ठीक छ, होइन भने हाईवे (राजमार्ग) को बाटो समाए हुन्छ। यो भनाइ अचेल उदार अतिवादीका लागि प्रयोग हुन्छ।हाम्रा पूर्वप्रधानन्यायधीशहरूले अदालतमा विचाराधीन मुद्दामा गैरअदालती फैसला सुनाउनु वाणीको स्वतन्त्रता हुन्छ। अदालतको मानहानी भयो भनी कसैले मुद्दा हाले, अदालतको ढोका घचघच्याउन पाउने नागरिकको मूलभूत अधिकार ठहरिँदैन, वाणीको स्वतन्त्रतामा अंकुश लगाउने प्रयास ठहरिन्छ।

">