सरकारले गत पुसमा राजपत्रमा सूचना निकाल्दै कृषिमा विदेशी लगानी ल्याउने निर्णय गरेको छ। उक्त निर्णयको सबैजसो कृषि व्यवसायी र उद्योगीहरूले विरोध गर्दै आएका छन्। सरकारले विदेशी लगानी खुला गरेका कृषि क्षेत्रका व्यवसायी एकै ठाउँमा उभिएर सरकारलाई कृषिमा विदेशी लगानी आवश्यक छैन भनेर घच्घच्याइरहेका छौं।
यस क्षेत्रमा लागेका सबैले कृषि क्षेत्रमा विदेशी लगानीको आवश्यकता पर्दैन भनिरहेका छन्। विषेशगरी नेपालको पोल्ट्री क्षेत्रमा त विदेशी लगानीको आवश्यकता नै छैन।
नेपाल मासु र अण्डामा आत्मनिर्भर बनिसकेको छ। पोल्ट्री क्षेत्रमा पर्याप्त मात्रामा स्वदेशी लगानी छ। यसैगरी, विदेशी नयाँ-नयाँ प्रविधि पनि स्वदेशी लगानीकर्ताले नै भित्राइसकेका छन्।
पुँजी अभाव भएर नयाँ प्रविधि भित्र्याउन नसकेर उत्पादकत्व बढाउन नसकेको अवस्थामा मात्रै विदेशी लगानी आवश्यक पर्छ। तर, पोल्ट्रीमा त्यस्तो अवस्था छैन।
पोल्ट्री क्षेत्रमा कुखुराको मासु प्रशोधन गर्न भन्दै विदेशी लगानी आउँछ भने हामी सबै त्यसलाई स्वीकार्छौं। कुनै एक स्थानमा प्रशोधन केन्द्र खोलेर दैनिक हजारौं कुखुरा मेसिनबाट प्रशोधन गर्न भन्दै कोही आउँछ भने हामी सहयोग गर्छौं।
नेपालका दाना उद्योगहरूले कम्प्युटर सिस्टमबाट उत्पादन गर्न थालिसकेका छन्। एउटै दाना उद्योगमा ३०-४० करोडसम्मको लगानी छ। कुखुरा पाल्ने फार्म पनि अत्याधुनिक व्यवस्थासहित खुलेका छन्।
पोल्ट्रीमा विदेशमा बनेका नयाँ प्रविधि सबै भित्रिसकेको अवस्था छ। आजभन्दा १५ वर्ष अगाडि नै नेपालमा कुखुराको मासुको मूल्य प्रतिकिलो तीन सय रूपैयाँ थियो।
त्यही समयमा राँगाको मासुको मूल्य प्रतिकिलो दुई सय र खसी/बोकाको मासुको मूल्य ६ सय रूपैयाँ हाराहारी थियो। तर, अहिले राँगाको मासुको मूल्य पाँच सय रूपैयाँ पुगेको छ। यस्तै, खसीको मासको मूल्य प्रतिकिलो एक हजार दुई सय रूपैयाँ पुगेको छ। कुखुराको मासुको मूल्य अहिले पनि १५ वर्षअघिकै अर्थात् तीन सय रूपैयाँकै हाराहारीमा छ।
१५ वर्षमा एउटै मूल्य कायम गर्न सक्नुको मुख्य कारण नै नयाँ प्रविधि भित्रनु हो। नयाँ प्रविधि नभित्रिएको भए डेढ दशकदेखि एउटै मूल्यमा उपभोक्ताले कुखुराको मासु पाउन सम्भव हुँदैनथ्यो।
नयाँ प्रविधि भित्र्याएर नै हामीले उत्पादन लागत घटाउन सक्यौं। हाल नेपालको पोल्ट्री व्यवसायमा डेढ खर्ब रूपैयाँभन्दा बढी लगानी आइसकेको छ।
यसैगरी, दाना उद्योगमा ४० अर्ब रूपैयाँबराबरको एक सय १८ वटा दाना उद्योग खुलेका छन्। दिनमा ३५ सय मेट्रिक टन दाना चाहिनेमा आठ हजार मेट्रिक टनसम्म उत्पादन गर्न सक्ने क्षमता छ।
नेपालको दाना उद्योगमा विदेशी लगानी भित्र्याएर निकासी गर्न पनि सम्भव छैन। किनकि, दाना बनाउन चाहिने आवश्यक कच्चा पदार्थ (मकै र भटमास) अर्बौं रूपैयाँको आयात हुँदै आएको छ।
फेरि यही पोल्ट्री क्षेत्रमा कुखुराको मासु प्रशोधन गर्न भन्दै विदेशी लगानी आउँछ भने हामी सबै त्यसलाई स्वीकार्छौं। कुनै एक स्थानमा प्रशोधन केन्द्र खोलेर दैनिक हजारौं कुखुरा मेसिनबाट प्रशोधन गर्न भन्दै कोही आउँछ भने हामी सहयोग गर्छौं।
किनकि, त्यस्ता उद्योग खोल्दा अर्बौं रूपैयाँ लाग्छ। त्यसका लागि आवश्यक पर्ने प्रविधि र दक्ष जनशक्तिको हामीसँग अभाव छ। अण्डा प्रशोधन गर्ने र कुखुराको मासु प्रशोधन गर्नेबाहेकको काममा पोल्ट्री व्यवसायमा विदेशी लगानी आवश्यक पर्दैन।
(नेपाल दाना उद्योग संघका अध्यक्ष पुरीसँग देखापढीले गरेको कुराकानीमा आधारित)
" /> सरकारले गत पुसमा राजपत्रमा सूचना निकाल्दै कृषिमा विदेशी लगानी ल्याउने निर्णय गरेको छ। उक्त निर्णयको सबैजसो कृषि व्यवसायी र उद्योगीहरूले विरोध गर्दै आएका छन्। सरकारले विदेशी लगानी खुला गरेका कृषि क्षेत्रका व्यवसायी एकै ठाउँमा उभिएर सरकारलाई कृषिमा विदेशी लगानी आवश्यक छैन भनेर घच्घच्याइरहेका छौं।यस क्षेत्रमा लागेका सबैले कृषि क्षेत्रमा विदेशी लगानीको आवश्यकता पर्दैन भनिरहेका छन्। विषेशगरी नेपालको पोल्ट्री क्षेत्रमा त विदेशी लगानीको आवश्यकता नै छैन।

">