हामी सानो छँदा हाम्रो गाउँमा कहिलेकाहीँ एकजना वृद्ध एकल महिला आउने गर्नुहुन्थ्यो। उहाँलाई हामी साधुनी आमै भन्थ्यौं। उहाँलाई सम्झिँदा मलाई अनुहारभरि चाउरी, शरीरमा पहेँलो धोती, निधारमा गेरु रङको टीका, उदास आँखाहरू भएकी पतिबिनाकी एकल महिलाको झलक आउँछ।
यताउति सबैजनाले साउती मारेर भन्थे- साधुनी आमै बोक्सी हो, उनको आँखामा आँखा जुधाएर कहिल्यै नहेर्नु, बिरामी बनाइदिन्छिन्। उहाँलाई हेरेर को कति के बिरामी भए कसैले कहिल्यै भनेन, तर यस्तै-यस्तै कुरा सुनेर म उहाँको छेउमा जान डराउँथें।
सिद्धार्थ गौतम बस्ने राजदरबारजस्तै जस्तै थियो हाम्रो गाउँ, छिमेक र घर। विलासी जीवनशैली थिएन, तर गरिबी, विभेद र दुःख हामीले सानो छँदा कहिल्यै महसुुस गर्नु परेन। अलि ठूलो भएर स्कुल जान थालेपछि घरमा नियमित आउने साप्ताहिक र मासिक पत्रिका पनि पढ्न थालियो। घरमा १४ इन्चको भए पनि टेलिभिजन आयो। देश-विदेशका खबरहरू पढ्न र हेर्न थालियो। काठमाडाैंलगायत देशका विभिन्न स्थानमा बोक्सीको आरोपमा महिलालाई दिसा खुवाउने, डाम्ने, अनेक यातना दिने गरेको समाचारबाट थाहा पाउन थालियो।
झुम्का सानो गाउँ भए पनि दुईवटा ठूला सिनेमा हल थिए। इनरुवा, इटहरीजस्ता सहर तथा राजमार्गदेखि परपरका देहातका गाउँबाट पनि सिनेमा हेर्न मान्छेहरू झुम्का बजार आउँथे। मनकामना चलचित्र मन्दिरमा कुनै सुपरहिट हिन्दी सिनेमा चलेको थियो। १२ बजेको सो भीड भएर हामी तीन बजेको हेर्न गएका थियौं। दिदीहरू, छिमेकी, आफ्नै उमेरका साथीहरूसहितको हाम्रो समूह ठूलो थियो। सिनेमा हेर्ने मान्छेहरूको यति भीड थियो कि ठेलाठेल गर्दै हामी हलभित्र पस्दै थियौं। कसैको जब्बर हातले मेरो शरीरलाई बेस्सरी मुसार्यो (पातली, सानी फुच्ची केटीको शरीर मुसार्नेलाई के सन्तुष्टि मिल्यो होला! तर, म बेस्सरी आत्तिएँ)।
जति ठूलो हुँदै गएँ, त्यति मैले हाम्रो समाजमा महिलामाथि विभेद गहिरो देख्दै गएँ। मैले जुन घर, परिवार, छिमेक र गाउँलाई राजदरबारजस्तै सुरक्षित र सुखसयल भएको महसुस गर्थें, त्यहीँ नै मैले विभेद अनुभूत गर्न थालेँ।
पहिलोपल्ट शारीरिक दुर्व्यवहारको सिकार भएकी म यतिबेला जब पाँच वर्ष पनि नपुगेका कलिला बालिकाहरू बलात्कृत भएको सुन्छु, तब लाग्छ- मान्छेको मस्तिष्क सदियौंदेखि यौनको मामिलामा अस्वस्थ र पागल छ। सोचेँ, म जस्तो बच्चीको शरीरलाई त यस्तो गर्छन्, अरू तरुनी शरीरलाई त्यो भीडमा केमात्र नगर्लान्? यस्तै यस्ता घटनाहरूले मेरो बालमस्तिष्कमा एक प्रकारको छाप बस्दै गयो, मैले बुझ्दै गएँ- हाम्रो समाज र संस्कृति महिलामैत्री छैन।

हामी सानो छँदा पनि अनमेल विवाह गर्ने, वृद्ध लोग्नेचाहिँ मर्ने, विधवा पत्नीले जीवनभरि अर्को विवाह नगर्ने र त्यही एकल महिलालाई बोक्सीको आरोप लाग्ने, विभिन्न चारित्रिक लाञ्छना लाग्ने गरेको देख्दै जान थालेँ। अचम्म र चित्त नबुझ्ने कुरा के थियो भने, पत्नी मरेकी लोग्ने मान्छेले भने झन् भर्खरकी महिलासँग दोस्रो विवाह गरिहाल्थे। विवाह नगरी बसेका एकल लोग्ने मान्छेलाई बोक्सो भनेको, हेपेको, डामेको, दिसा खुवाएको कहिल्यै सुनिएन।
२०४६ सालमा प्रजातन्त्र आउँदा म सानो थिएँ, तर बालर्यालीमा ‘प्रजातन्त्र जिन्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद’ भन्दै प्लेकार्ड बोकेर झुम्का बजार घुमेको अझै याद छ। २०५० को चुनावी वातावरणमा झुम्का बजारमा एउटा ठूलो आमसभा भयो। विद्या भण्डारीको प्रतीक्षामा सम्पूर्ण सुनसरीवासी थिए। भर्खरै विधवा भएकी महिला नेता भण्डारीलाई हेर्न र सुन्न हामी पनि गर्मीको वास्ता नगरी घन्टौं पर्खिएर बसेका थियौं।
अहिले म जति वर्षकी भएँ, त्यसबखत त्यति नै वर्षकी विद्या भण्डारी सेतो सारी लगाएर मञ्चमा उक्लिन् र भाषण गर्न थालिन्। उनलाई देखेर त्यतिबेला मलाई लाग्थ्यो- राजनीति गर्ने, विशेषगरी कम्युनिस्ट पार्टीमा लाग्ने महिलाहरूले सायद विभेद भोग्नु पर्दैन होला। त्यतिबेलासम्ममा हामीले रसियन कम्युनिस्ट साहित्यका नेपाली अनुवाद, मोदनाथ प्रश्रित र प्रदीप नेपालका पुस्तकहरू पढ्ने अवसर पाइसकेका थियौं। यस्तो लाग्थ्यो- कम्युनिस्ट समुदायमा महिलाप्रति विभेद हुँदैन र मनमनै सोच्थेँ, म सधैं कम्युनिस्ट भइरहने छु।
विद्या भण्डारीले अत्यन्त लोकप्रियताका साथ चुनाव जित्नुभयो। म पनि उमेर बढ्दै जाँदा राजनीतिप्रति उत्सुकता थपिँदै थियो। ठूलो भएपछि तिमी के बन्छौ? म भन्थेँ- नेपालको पहिलो महिला प्रधानमन्त्री बन्छु।
विद्या भण्डारीले चुनाव जितेको केही वर्षपछि उहाँको चरित्रलाई लिएर नेपाली मिडियामा निकै नकारात्मक कुराहरू आउन थाले। मदन भण्डारी जीवित हुँदै विद्या राजनीति सक्रिय भइसक्नुभएको थियो। उहाँको त्यो योगदानको कहिल्यै चर्चा भएको सुनिएन। हाम्रो संस्कृति र समाजको दुर्भाग्य! महिलाको चर्चा उनीहरूको रूप, सुन्दरता वा ‘सोकल्ड चरित्र’को हुने गर्छ। तर, गरेको कामको मूल्यांकन कहिल्यै भएको मैले देखेको र सुनेको छैन।
विद्यालय पढ्दापढ्दै मलाई अन्तस्करणबाट प्राप्त भएको ज्ञान थियो- निर्णायक तहमा नपुगिकन र आर्थिक रूपमा आत्मनिर्भर नभइकन स्वतन्त्र र विभेदरहित जिन्दगी बाँच्न सकिन्न। हामीलाई परिवारबाट पनि छोरी मान्छेले झन् राम्रोसँग पढ्नुपर्छ र भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ भनेर निरन्तर प्रेरणा दिइन्थ्यो। निर्णायक तहमा पुग्नलाई राजनीति गरेर नियमकानुन बनाउने प्रतिनिधिसभामा पुग्नुपर्छ भन्ने लाग्थ्यो मलाई।
विद्या भण्डारीले चुनाव जितेको केही वर्षपछि उहाँको चरित्रलाई लिएर नेपाली मिडियामा निकै नकारात्मक कुराहरू आउन थाले। मदन भण्डारी जीवित हुँदै विद्या राजनीति सक्रिय भइसक्नुभएको थियो। उहाँको त्यो योगदानको कहिल्यै चर्चा भएको सुनिएन। हाम्रो संस्कृति र समाजको दुर्भाग्य! महिलाको चर्चा उनीहरूको रूप, सुन्दरता वा ‘सोकल्ड चरित्र’को हुने गर्छ। तर, गरेको कामको मूल्यांकन कहिल्यै भएको मैले देखेको र सुनेको छैन। उहाँलाई एकदमै लोकप्रिय नेताकी विधवाका रूपमा नेपाली मिडियाले कभर गर्यो। सानासाना दुई छोरी काखमा बोकेर बसेकी असहाय एकल आमाको रूपमा कभर गर्यो, तर मदनसँगै प्रजातन्त्रको निमित्त लडेकी बहादुर नारीको रूपमा कसैले इतिहास कोट्याएर उहाँको मूल्यांकन गरेन।
केही वर्षसम्म मलाई विद्याले दोस्रो विवाह गरे हुन्थ्यो भन्ने लागिरहन्थ्यो। उहाँमाथि गरिने घोचपेचहरूले मलाई हाम्रो समाज एकदमै असुरक्षित छ भन्ने बोध हुन्थ्यो। म उहाँलगायत सम्पूर्ण महिलालाई सुरक्षित देख्न चाहन्थेँ सायद। मेरो अविकसित मस्तिष्कले सोच्ने गर्थ्यो, कुनै दिन विद्यालाई पनि बोक्सी भनेर दुर्व्यवहार गरे भने? अनि उहाँलाई न्याय कसले दिने? उहाँले बोक्सी भनेर अपमानित हुनु परेन, तर त्यो दिनदेखि आजसम्म आइपुग्दा उहाँले सुन्नुपरेको चारित्रिक लाञ्छना के बोक्सीको आरोपभन्दा कम छ र? आफूसँगै कम्युनिस्ट आन्दोलनमा सहयात्री भएर हिँडेका अथवा पछि आएका व्यक्तिले खुलेआम उहाँको चरित्रमाथि व्यंग्य, आरोप र अश्लील वाक्य बोलिरहँदा, त्यो अपमानको घुट्को पिउन कति गाह्रो भएको होला? नेपाली राजनीतिमा सिंगो जीवन अर्पित गरेको जस यही हो?
चरित्र भनेको के हो? कोहीसँग सुत्नु अथवा नसुत्नु चरित्र हो कि? अथवा कुनै विपरीत लिंगीसित सहकार्य गर्नु, सँगै खानु, हिँड्नु नै चरित्रको परिभाषा हो? चरित्र भन्ने कुरा महिलाको हकमा मात्र लागू हुने हो अथवा कर्तव्यनिष्ठ भएर आफ्नो बाटोमा निरन्तर हिँडिरहनु चरित्र हो? आफ्नो देश र समाजको लागि सधैं भलो हुने काम गर्नु, कसैलाई दुःख नदिनु, नराम्रो व्यवहार नगर्नु पो चरित्र हो कि? अथवा के हो चरित्र? अर्बौंको भ्रष्टाचार गर्नेहरू चरित्रहीन हुन्छन् कि हुँदैनन्? दिनदिनै नयाँ-नयाँ स्त्रीका शरीरसँग भोग गर्नेहरू चरित्रहीन हुन्छन् कि हुँदैनन्? विद्या भण्डारीको चरित्रमाथि खुलेआम बोल्नेहरूसँग के प्रमाण छ? प्रमाणबिना कुनै पनि नारीमाथि चरित्रहीनको आरोप लगाउने अधिकार तपाईं कम्युनिस्ट वा गैरकम्युनिस्ट नेता भनाउँदाहरूलाई कसले दियो?
नेपाली राजनीतिमा निर्णायक तहमा पुगेका अन्य महिला पनि छन्। श्रीमान् भएका ती महिलामाथि चारित्रिक कमेन्ट गरेको मैले सुनेकी छैन। सधैं विद्यालाई नै किन चरित्रको बात लगाइन्छ? के एकल महिलाले माथिल्लो ओहोदामा पुग्नु हुँदैन? उहाँको काम र योग्यतामाथि बहस गरौं न! उहाँलाई रचनात्मक सुझाव दिने गरौं न!
देशको राष्ट्रपतिजस्तो उच्च ओहोदामा बसेको महिलामाथि त यस्तो आरोप र व्यवहार गरिन्छ भने अन्य सर्वसाधारण नेपाली महिलामाथि कस्तो व्यवहार भइराखेको होला?
विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गएपछि मेरो आत्मनिर्भर महिला हुने योजनामा तुषारापात भयो। राजनीतिमा स्थापित हुन निकै त्याग, तपस्या र बलिदान गर्नुपर्ने रहेछ भन्ने थाहा पाएपछि म पत्रकारिता पढ्न थालेँ। मैले काम गर्ने मिडियाका सम्पादकले एक दिन मलाई एउटा फिल्मको रिपोर्टिङमा पठाउनुभयो।
पत्रकारिता क्षेत्रभित्रको राजनीति, चाकरी र असुरक्षादेखि हतोत्साही भएर म गैरसरकारी क्षेत्रतिर काम गर्न थालेँ। सारै दत्तचित्त भएर मिहेनत गरेर काम गर्थें। करिब २०-२५ जना कर्मचारी भएको सानो संस्थामा काम गर्दा पनि त्यति धेरै ‘सोकल्ड चरित्र’का कुरा हुन्थे, म छक्क पर्थें। किन हाम्रो काम, क्षमताको मूल्यांकन र चर्चा हुँदैन? किन सधैं शरीरकै र रूपकै मात्र चर्चा हुन्थ्यो?
माइक्रो बसभरि आठ-नौ जना पुरुष पत्रकार थिए र म एक्ली महिला थिएँ। कलंकीबाट हामीले मलेखुनिर स्थापना भएको राजमार्ग अस्पतालको उद्घाटनमा जानु थियो। स्कुल पढ्दा पनि जिल्लास्तरीय कार्यक्रमहरूमा प्रायः म एक्लै महिला विद्यार्थी सहभागी हुन्थेँ, केटाहरूको गु्रपमा सँगै बस्ने, पढ्ने र हिँड्ने बानी लागेको थियो। अतः मलाई पुरुष सहकर्मी अथवा साथीसँग कहिल्यै डर लाग्दैनथ्यो। त्यतिबेला पनि मलाई कुनै पुरुष पत्रकारसँग डर लागेन।
त्यो ट्रिपमा अस्पताल पुगुन्जेल बाटोभरि काठमाडौंका नाम चलेका महिला नेता, नेपाल टेलिलिभिजन र अन्य मिडियामा काम गर्ने मैले अति आदर गर्ने दिदीहरूबारे, विभिन्न एनजीओहरूमा काम गरिरहेका प्रभावशाली महिला र भर्खरै नेपाली मिडियामा प्रवेश गरेका शारीरिक रूपमा आकर्षक महिलाको ‘सोकल्ड चरित्र’को बारेमा पुरुष साथीहरूले निकै चर्चा गरे। मलाई त्यो ट्रिपमा कसैले शारीरिक दुर्व्यवहार गर्ने प्रयास गरेन, तर मानसिक दुर्व्यवहारको सिकार भएर म काठमाडौं फर्किएँ। पत्रकारिता मेरो लागि नयाँ क्षेत्र थियो, त्यो ट्रिपले म कस्तो क्षेत्रमा प्रवेश गर्नेबारे सोच्दै छु भनेर पुनर्विचार गर्न बाध्य बनाइदियो।

मास्टर्स डिग्री सकिनै लागेको थियो। नेपालको पहिलो महिला प्रधानमन्त्री बन्छु भन्ने ‘स्कुले एम’ उहिल्यै तुहिसकेको थियो। पढाइ सकेर युनिभर्सिटी पढाउँछु भन्ने नयाँ सपना पनि निसास्सिन थालेको थियो। जता हेर्यो राजनीतिक प्रभाव, महिलामाथि गरिने दुर्व्यवहारहरू, असुरक्षा र विभेद दिनदिनै सुनिने बालिका र किशोरीमाथि हुने बलात्कारका घटनाहरू! बोक्सीको आरोपमा गरिने अत्याचार, सबैसबै कुराले म एउटा कूसंस्कृतिले जरा गाडेको निकै घिनलाग्दो परिवेशमा बाँचेको छु भन्ने लाग्न थाल्यो।
अहिले अस्ट्रेलिया आएको ११ वर्षपछि पनि म नेपालमा महिलाहरूमाथि गरिने कमेन्ट र मिडिया कभरेज देखेर उत्तिकै स्तब्ध हुन्छु। जुन देशमा उच्च ओहोदामा पुगेकी महिलामाथि यतिसम्म बिनाप्रमाण लाञ्छना लगाइन्छ त्यो समाजमा अन्य महिलामाथि कतिसम्म अत्याचार गरिन्छ होला?
(हालः सिड्नी, अस्ट्रेलिया)
" /> हामी सानो छँदा हाम्रो गाउँमा कहिलेकाहीँ एकजना वृद्ध एकल महिला आउने गर्नुहुन्थ्यो। उहाँलाई हामी साधुनी आमै भन्थ्यौं। उहाँलाई सम्झिँदा मलाई अनुहारभरि चाउरी, शरीरमा पहेँलो धोती, निधारमा गेरु रङको टीका, उदास आँखाहरू भएकी पतिबिनाकी एकल महिलाको झलक आउँछ।यताउति सबैजनाले साउती मारेर भन्थे- साधुनी आमै बोक्सी हो, उनको आँखामा आँखा जुधाएर कहिल्यै नहेर्नु, बिरामी बनाइदिन्छिन्। उहाँलाई हेरेर को कति के बिरामी भए कसैले कहिल्यै भनेन, तर यस्तै-यस्तै कुरा सुनेर म उहाँको छेउमा जान डराउँथें।

">