अस्ट्रेलियाली सरकारले मिडिया सम्बन्धी एउटा नयाँ र रोचक नीति ल्याउँदै छ। यो नीतिअनुरूप गुगलको सर्चमा कुनै पनि सञ्चार माध्यमको सामग्री उल्लेख भए, गुगलले त्यसवापत सोही सञ्चार गृहलाई शुल्क तिर्नुपर्ने छ। गुगलले चाहिँ यो नीति लागू भए अस्ट्रेलियाबाट बाहिरिने वक्तव्य निकाल्यो र त्यसको प्रतिक्रियामा अस्ट्रेलियाका प्रधानमन्त्रीले ‘धम्कीको जवाफ नदिने’ बताए।
झट्ट हेर्दा गुगल र अस्ट्रेलिया अगाडि देखिए पनि यो लडाइँ गुगल र अर्बपति मिडिया बादशाह रूपर्ट मोर्डकबीचको हो। अमेरिकामा बसोबास गर्दै आएका मोर्डकको जन्म अस्ट्रेलियामा भएको थियो र त्यहाँको सरकारमा उनी बलियो लबिइङ गर्न सक्छन्। अस्ट्रेलियाको यस्तो घटना आफैंमा पहिलो हो। यसको नतिजाले एउटा महत्त्वपूर्ण नजिर बसाउने निश्चित छ।
प्रविधि, इन्टरनेट र सामाजिक सञ्जालले अरू क्षेत्रजस्तै मिडियामा पनि उथलपुथल नै ल्याइदिएको छ। सञ्चार क्षेत्रको स्वरूपमै केही मौलिक परिवर्तन आएसँगै, यसको आकार–प्रकार पनि आकलन गर्ने नासकिने ढंगमा परिवर्तन भइरहेको छ।
विज्ञापनको आम्दानी पहिले सञ्चार गृहको मात्र हुन्थ्यो। तर, अब विज्ञापनको आम्दानी, अर्बौं डलरका धनी विश्वव्यापी सोसल मिडिया कम्पनीमा पनि बाँडिने भएको छ। तथ्याङ्क हेर्ने हो भने त विज्ञापन दाताको खर्च सोसल मिडियामा दिनानुदिन बढिरहेको छ। माथि उल्लेख गरिएको अस्ट्रेलियाको लडाइँ पनि विज्ञापन आम्दानीको बाँडफाँटको लागि नै हो।
पहिलो त सूचना सम्प्रेषण गर्न सक्ने क्षमता अब मिडियामा मात्र सीमित रहेन। एउटा फोन र इन्टरनेट हुने हो भने जुनसुकै व्यक्तिले पनि सूचना प्रवाह गर्न सक्छ। आर्को कुरा अब मिडिया व्यवसायमा बारबन्देज (ब्यारियर टु इन्ट्री) एकदमै तल झरेको छ। थोरै लगानीमै पनि मिडिया खोल्न सकिने भएको छ। यसको प्रमाण धेरै संख्यामा खुलेका सञ्चार गृह र विशेषगरी अनलाइन पोर्टललाई लिन सकिन्छ। बजारमा उखानै चलेको छ ‘एक पत्रकार एक अनलाइन’ भनेर।
त्यसैगरी अब मिडियाको भूमिका अथवा उपयोगिता पनि केही मात्रामा घटेर गएको छ। पहिले सबै सूचना मिडियाकै चोक भएर हिँड्ने गर्थे। मानिस सूचना सम्प्रेषण गर्न र सूचना लिन पनि मिडियामै आउने गर्थे। तर, अब धेरै सूचना मिडिया चोक बाइपास गर्दै दौडन थालेका छन्। कुनै व्यक्ति अथवा संस्थाले सूचना जारी गर्न कुनै सञ्चार गृह अथवा प्रकाशकको भर अब पर्नु पर्दैन, सामाजिक सञ्जालमै ती सूचना राख्न सक्छन्। अचेल धेरै संस्थाका कर्मचारी आवश्यकता तथा अरू सूचना सामाजिक सञ्जालमै भेटिइरहेका हुन्छन्।
प्रविधिले ल्याएको एउटा ठूलो परिवर्तनचाहिँ विज्ञापन आम्दानीको पुनःबाँडफाँट पनि हो। सामाजिक सञ्जालमै सूचना सम्प्रेषण गर्न मिल्ने भएपछि अन्यत्र विज्ञापन घट्ने नै भयो। त्यसमाथि गुगल, फेसबुक, इन्स्टाग्राममै विज्ञापन गर्न मिल्ने भएपछि अब सीधै विज्ञापन आम्दानीमा आफ्नो भाग दाबी गर्न सोसल मिडिया कम्पनी आउन थाले।

पाठक शुल्कका आधारमा चल्न थालिसकेका न्युयोर्क टाइम्सजस्ता संस्थाले सफलता पनि हात पार्दै गएका देखिन्छन्। अब पहिला जस्तो मुख्य आम्दानी विज्ञापन र द्वितीय आम्दानी पाठक शुल्कमा परिवर्तन भई मुख्य आम्दानी पाठक शुल्कका साथमा मुख्य आम्दानी विज्ञापन हुने अवस्था आइसकेको छ।
अवस्था बदलिसकेपछि, परिवर्तन हुन पनि जरुरी हुन्छ। अब पहिलेकै बिजनेस मोडेलमा टिक्नचाहिँ सकिन्छ, तर अगाडि बढ्न भने गाह्रो हुन्छ। हामीले भन्दा अगाडि नै यी सबै कुरा भोगिसकेका अमेरिकी सञ्चारबजार हेर्ने हो भने, त्यहाँ सबैले अबको मोडबाट कसरी अगाडि बढ्ने भनी आकलन गर्दै त्यहीअनुरूप आफूलाई ढालिसके वा ढाल्न खोज्दै छन्। अक्सफोर्ड विश्व विद्यालयले २०२० मा गरेको एक सर्वेक्षणअनुसार ५० प्रतिशत प्रकाशकले अबको मुख्य आम्दानी नै पाठक शुल्क (रिडर भेनु) लाई मानेका छन्। विज्ञापन मात्रैले चल्ने अनुमान १४ प्रतिशत प्रकाशकको रहेको छ।

नेपाली बजारमा डिजिटल पेमेन्टजस्ता सुविधा अझै चुस्त नभएको र विशेषगरी समाचार पढ्ने ३५ वर्षसम्मको उमेरका मानिस यसमा राम्ररी नभिजिसकेको हुनाले सःशुल्क समाचार पठन मोडेलमा जान कठिन छ। तर, अवस्था र समय सुहाउँदो नयाँ मोडेल आविष्कारका लागि नयाँ प्रयोग गर्ने ठाउँ भने पक्कै छ।
" /> अस्ट्रेलियाली सरकारले मिडिया सम्बन्धी एउटा नयाँ र रोचक नीति ल्याउँदै छ। यो नीतिअनुरूप गुगलको सर्चमा कुनै पनि सञ्चार माध्यमको सामग्री उल्लेख भए, गुगलले त्यसवापत सोही सञ्चार गृहलाई शुल्क तिर्नुपर्ने छ। गुगलले चाहिँ यो नीति लागू भए अस्ट्रेलियाबाट बाहिरिने वक्तव्य निकाल्यो र त्यसको प्रतिक्रियामा अस्ट्रेलियाका प्रधानमन्त्रीले ‘धम्कीको जवाफ नदिने’ बताए।झट्ट हेर्दा गुगल र अस्ट्रेलिया अगाडि देखिए पनि यो लडाइँ गुगल र अर्बपति मिडिया बादशाह रूपर्ट मोर्डकबीचको हो। अमेरिकामा बसोबास गर्दै आएका मोर्डकको जन्म अस्ट्रेलियामा भएको थियो र त्यहाँको सरकारमा उनी बलियो लबिइङ गर्न सक्छन्। अस्ट्रेलियाको यस्तो घटना आफैंमा पहिलो हो। यसको नतिजाले एउटा महत्त्वपूर्ण नजिर बसाउने निश्चित छ।

">