दक्षिण एशिया संसारको एक मात्र त्यस्तो भाग हो, जहाँ तीन लिंगको अस्थित्व स्वीकार गरिएको छ। तेस्रोलिंगीलाई पनि सहजै स्वीकार गरिएको छ। युरोप, अमेरीकामा महिला र पुरुष मात्रै छन्। तर, दक्षिण एशियामा भने तेस्रोलिंगी पनि अस्तित्वमा छन्। उनीहरूलाई जनाउन हामीसँग ५० भन्दा धेरै शब्द छन्।
तामिल, संस्कृत, पालीमा हामी नपंसुक भन्छौं। यस्ता प्रशस्तै शब्द छन्। तर, हामी यी शब्दको वास्तविक अर्थ बुझ्दैनौँ। यस्ता शब्दलाई आज पनि महिला होइन, पुरुष पनि होइन भन्ने अर्थमा बुझिन्छ।
उदाहरणका लागि रामचरित्र मानस, जहाँ राम काकभुसण्डीलाई विक्री गरिरहेका हुन्छन्। ‘नर नपुंसक नारी या जीव चराचर कोही, सर्वभाव भजेत कपटतजी मोहे परमप्रिय सोहे।’ अर्थात, पृथ्वीमा जति जीवित प्राणी छन्, जसले मप्रति प्रेम भाव राख्छन, जसले मप्रति द्धवेषको भाव राख्दैनन् ती सबै मेरा लागि प्रिय छन्।
सामान्यतयाः हामी वृक्ष, मान्छे, जनावर भन्छौं। तर, उनी भन्छन् नर, नपुंसक र नारी, जीव या चराचर। अर्थात् हामीले मानवलाई तीन लिगंका आधारमा बाँड्यौँ। तुलसीदासले पाँच सय वर्ष अगाडी नै तेस्रोलिंगीकबारे भनिसके।
भागवत गीतामा ‘क्लिभर’ एउटा शब्द छ। यसको अर्थ हो, न महिला न पुरुष। यसको अर्थ हो ‘क्वेर’। यो क्वेर भन्ने शब्द पश्चिममा २१ औँ शताब्दीमा मात्रै प्रादुभाव गरिएको हो।
साढे दुई हजार वर्ष अगाडी पाण्डनी महाभाष्यमा लेखिएअनुसार पृथ्वीमा यस्ता मान्छे पनि छन्, जो महिला र पुरुषको सूचीमा सामेल हुँदैनन्।
जेनले पनि १५ सय वर्ष अगाडी लेखिसकेका छन्। शरीरका दुई भाग छन्। एक द्रव्य र अर्को भाव शरीर। द्रव्य शरीर भनेको देख्न सकिने भौतिक शरीर। भाव शरीर भनेको मनावैज्ञानिक शरीर, यो अनुभूतिसँग जोडिन्छ।
जैनले भनेका छन्, द्रव्य शरीर तीन प्रकारको हुन्छ। महिला, पुरुष र मिश्रीत। भाव शरीर भनेको महिला, पुरुष वा दुवैप्रति आकर्षित हुनसक्छ। पुरुष शरीर पुरुषप्रति नै आर्कषित हुनसक्छ, महिलाप्रति आकर्षित हुनसक्छ वा महिला र पुरुष दुवैप्रति आकर्षित हुन्छ। जैनले समलैगिंकताबारे कुरा गरे। यौनिकताबारे पनि कुरा गरे।
आज हामी लैगिंकता र यौनिकताको बारेमा कुरा गर्छौं। तर, १५ सय वर्ष अगाडी जेन भिक्षुहरूले भाव शरीर (जो यौनिकता हो) र द्रव्य शरीर (जो लैगिंकता हो) बारे कुरा गरे। यसरी उनीहरूले कसले भिक्षु बन्न पाउने, कसले नपाउने भन्ने छलफल गरेका हुन्।
हाम्रा तन्त्रमन्त्रमा पनि यस विषय उल्लेख छ। तन्त्रअनुसार पुरुषको सेतो वीर्य महिलाको रातो वीर्य (बिज) भन्दा शक्तिशाली भयो भने पुरुष जन्मिन्छ। पुरुषको भन्दा महिलाको वीर्य शक्तिशाली भयो भने महिला जन्मिन्छ। महिला र पुरुषको वीर्य बराबर शक्तिशाली भयो भने समलिंगी, तेस्रोलिंगी जन्मिन्छन् भन्ने विश्वास छ। एक हजार वर्षदेखि हामी समलैगिंकता, तेस्रोलिंगी जस्ता विषयमा कुरा गरिरहेका छौं।
तर, हामीले यस्ता विषयमा मोटामोटी मात्रै हेर्याैँ। यो विषय पश्चिमाले २०औं शताब्दीमा आएर बल्ल स्वीकार गरे। उनीहरूलाई लाग्थ्यो प्रकृति स्थिर छ, प्रकृतिले जीवलाई मिश्रण गरेर बनाउनु भनेको असामान्य हो। तर, दक्षिण एशियामा हेर्ने हो भने हामीसँग सिंह छ। मान्छे छ। अनि नरसिहं छ। हामीसँग हात्ती छ। मान्छे छ। अनि यी दुईको मिसावट गणेश छन्। त्यसकारण हामीले शुरूआत देखि नै मिश्रण स्वीकार गर्याैँ।
प्रकृतिको तरलता स्वीकार गर्याैँ। लैगिंक, यौनिक मिश्रण वा तरलता हामीले सभ्यताको शुरूआतबाटै स्वीकार गरेका छौं। हाम्रो शरीर फरक छ, हाम्रो आर्कषण फरक छ भन्ने तथ्य स्वीकार गरेका छौं। हामीले लैगिंक र यौनिक विविधता सहजै स्वीकार गरेका छौं।
नयाँ पुस्ताले प्रकृतिको विविधता स्वीकार्नुपर्छ। सबै एउटै हुँदैन। सबै रुख आँपको रुख हुँदैन। किनभने सबैले आँप मन पराउँदैनन्। हरेक केटाले आँप मन पराउनुपर्छ भन्ने छैन, उसले अर्को कुनै फल मन पराउनसक्छ। यो सामान्य कुरा हो। यो त प्रकृति हो।
यो छनोट पनि हो। कसैलाई रसवरी मनपर्छ, कसैलाई जलेबी। हामी जलेबी मन पराउनेलाई विभेद गर्न सक्दैनौं। प्रकृतिमा जलेबी र रसवरी दुवै मन नपराउने मान्छे पनि हुन्छन्। केही मन पराउनु, केहीप्रति आर्कषित हुनु कसैको सचेत निर्णय होइन, यो उनीहरूको शरीरको माग हो।
मेरो शरीरको चाहना मिठाईप्रति छैन भने मैले के गर्ने ? अरु कसैले मन पराउँछन् भने मैले के गर्ने ? यसलाई धेरै जटिल बनाउनुपर्ने जरुरत छैन। यो सबैको शरीर, मनको चाहाना हो। उनीहरूको ‘डीएनए’को छनौट हो। छान्न दिनुहोस्, जसले जे छान्छ।
हाम्रा पौराणिक तथ्यले यस्ता सबै कुरा सहजै स्वीकार गरेका छन्। हाम्रा ऋषी पनि सहज छन्। उनीहरूले सहजै स्वीकारेका छन्।
जस्तो अर्धनारेश्वरसँग शिव छन्। कहिलेकाहीँ अर्धनारेश्वरको शरीरबाट देवी अलग हुन्छन्। कहिले देव अलग हुन्छन्। कहिलेकाहीँ सँगै हुन्छन्। उनीहरू सँगै हुँदा उनीहरू आधा–आधा हुन्छन्। र, त्यही आधा–आधाले उनीहरू पूर्ण हुन्छन्।
दक्षिण एशियाका हाम्रा कथाले महाभारतमा शिखण्डीको कथा भन्छ। जो पहिला महिला थिइन्, पछि पुरुष बनिन्। रामायणमा रिक्सको कथा छ, जो पहिला पुरुष थिए, पछि महिला बने।
बुद्धिष्टसँग धेरे कथा छन्। जहाँ पुरुष नै पुरुषको प्रेममा पर्छ। बुद्धिष्ट भिक्षु नाग पुरुषको प्रेममा पर्छन्। उनलाई के गरिरहेको छु भन्ने थाह हुँदैन। उनी त मात्र भिक्षु बन्न चाहान्छन्। यस्तैमा एक अर्को भिक्षुलाई उनीहरूको प्रेम देखेर डाह, इर्ष्या हुन्छ। डाह गर्ने भिक्षुले नागसँग नागमणि माग्न अह्राउँछन्। तर, नागले आफ्नो नागमणि दिदैंन। नाग रिसाउँछ र भिक्षुलाई छाडेर जान्छ। नाग गएपछि भिक्षु एक्लो पर्छ, दुःखी हुन्छ। भिक्षु त नागबिना बाँच्नै नसक्ने हुन्छ।
अनि, त्यसपछि भिक्षुले महशुस गर्छ, चाहानाहरू नै दुःख र पीडाका स्रोत हुन। यो कथाले सामान्य तवरमा समलैगिंकताबारे बोल्छ। कथामा नागिन राख्न पनि सकिन्थ्यो तर, उनीहरूले नाग छाने। उनीहरूले समलैगिंकता देखाउन खोजेका थिए।
पढ्नुहाेस्
मार्केटिङमा पौराणिक ग्रन्थको प्रेरणा
काम र व्यक्तिगत जीवनबीच सन्तुलन कसरी मिलाउने ?
मानसिक स्वास्थ्य सिकाउँछन् पौराणिक ग्रन्थले
संसारलाई रणभूमि होइन रंगभूमि बनाऔं
रावणबाट के सिक्ने- बहुप्रतिभाशाली बन्ने कि परिस्थिति अनुकुल ?
हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ?
नेतृत्व गर्ने कि मालिक बन्ने !
" /> दक्षिण एशिया संसारको एक मात्र त्यस्तो भाग हो, जहाँ तीन लिंगको अस्थित्व स्वीकार गरिएको छ। तेस्रोलिंगीलाई पनि सहजै स्वीकार गरिएको छ। युरोप, अमेरीकामा महिला र पुरुष मात्रै छन्। तर, दक्षिण एशियामा भने तेस्रोलिंगी पनि अस्तित्वमा छन्। उनीहरूलाई जनाउन हामीसँग ५० भन्दा धेरै शब्द छन्।

">