जातको आधारमा भेदभाव अहिले पनि नेपाली समाजको सबैभन्दा ठूलो रोग हो । यही छुवाछुत र वर्ण व्यवस्थाले दक्षिण एसियाली समाज गाँजिएको छ । खासगरी हिन्दू समाजमा यो व्यवस्थाले धेरै असर पारेको छ ।
हाम्रो समाज पछि पर्नुमा पनि यही वर्ण व्यवस्था कारक बनिआएको छ । वास्तवमा नौलो जनवादी क्रान्ति गर्ने राजनीतिक उद्देश्य राखेर पुष्पलालद्वारा २००६ सालमा स्थापित कम्युनिस्ट पार्टी २०१९ सालमा आइपुग्दा चिराचिरामा विभाजित भैसकेको थियो ।
वाम आन्दोलनको पुनर्गठन गर्न र नेपाली समाजको अग्रगमन निश्चित गर्न हामी युवाहरू साँस्कृतिक जागरण हुनुपर्ने निष्कर्षमा पुग्यौं ।
तर, त्यहाँसम्म पुग्न निकै समय लाग्यो । हाम्रो समाजभन्दा युरोपेली समाज किन धनी छ भनेर क चिन्तन गर्थेँ । युरोप त भौगोलिक रुपमा हामीभन्दा कम सम्भावना भएको देश हो । एकदम चिसो ठाउँ । स्याउ र अंगुरमात्र फल्ने । धानको दाना पनि नलाग्ने ठाउँ । त्यस्तो ठाउँमा बसेका मान्छेले कसरी प्रगति गरे भन्ने प्रश्न मनमा उब्जिन्थ्यो ।
हाम्रो देशमा यति धेरै नदीनाला छन्, हिमाल पहाड छन् । र पनि हामी हामी कंगाल किन छौं भन्ने लाग्थ्यो ।
मैले त्यसबेलादेखि नै बुझ्न थालें, वर्ण व्यवस्थाले हामीलाई विभाजित गरेको रहेछ । त्यसले नै हामीलाई पछाडि धकेलेको रहेछ ।
उत्पादनमूलक प्राविधिक ज्ञान हेपिएको हुँदा हामी पछि परेका रैछौँ । हाम्रो सामाजिक प्रणालीमा सबै प्राविधिक ज्ञान भएकालाई दलित बनाइयो । फलाम ठटाउने दलित, सुन ठटाउने दलित, तामा ठटाउने दलित । हलो बनाउने दलित । हलो जोत्ने दलित । छाला प्रशोधन गर्ने दलित । उनीहरु सबैलाई अछूत भनियो ।
बाहुन जति ‘तिर्पेताम, तिर्पेताम, स्वर्गलोकमा जाम’ भन्ने मात्रै । सप्ताह भनेको छ, स्वर्गलोकमा जान यो दान गर, ऊ दान गर भनेको छ । वास्तवमा सबै थामेको त दलित समुदायले रहेछ ।
कृषि उब्जाउने पनि दलित । सबैखाले भाँडाकुँडा र औजार बनाउने दलित । लुगा बुन्ने–सिउने दलित ।
बनाउने जति दलित समुदाय, बिगार्ने जति बाहुन क्षेत्री रहेछन् भन्ने बुझेपछि मैले ‘मानवताको कलंक: जातपात र छुवाछुत प्रथा’ नामको किताब नै लेखेँ ।
हामीले जातिगत रुपमा जस्तो संस्कार बसायौं, जे जस्तो छुवाछुत र विभेदलाई प्रश्रय दियौं, त्यसले गर्दा नै हाम्रो देश पछाडि परेको रहेछ । यसको समाधानका लागि अब दलित मुक्तिको अभियान शुरु गर्नुपर्छ भनेर हामीले ‘दलित मुक्ति मोर्चा’ बनायौं ।
यो मोर्चा एकाएक बनेको थिएन । हामीले पहिलेदेखि नै थालेको सांस्कृतिक आन्दोलनकै कडी थियो । जातीय भेदभावको अन्त्य सांस्कृतिक परिवर्तनकै पाटो हो । सामन्तवादी व्यवस्थाले निर्माण गरेको विभेदयुक्त संस्कृति निमिट्यान्न पारी नयाँ संस्कृतिको निर्माण गर्नुपर्छ भनेर हामीले आन्दोलन थालेका थियौं ।
सांस्कृतिक आन्दोलनको पहल
सांस्कृतिक आन्दोलनको बिउ रोप्ने काम भारतको बनारसबाट भएको थियो । त्यहाँसम्म पुग्नुको पनि कथा छ ।
देशमा प्रजातन्त्र स्थापनापश्चात २०१५ सालमा पहिलो आमनिर्वाचन भयो । निर्वाचनमा नेपाली कांग्रेस विजयी भएर एउटा प्रजातान्त्रिक प्रक्रियाको सुरुवात भयो । तर, ‘अब बहुदलीय व्यवस्था अगाडि जान्छ, त्यसले राजतन्त्रलाई कमजोर बनाउँदै लैजान्छ र हाम्रो पुख्र्यौली अंशियारी छुट्छ’ भन्ने भयले राजा महेन्द्रले संसदीय व्यवस्थालाई विघटन गरेर पञ्चायती व्यवस्था लादे ।
जनतालाई झुक्याएर भिडन्तमा लैजाने, एकअर्काप्रति विसंगत स्थितिले जुधाउने र आफ्नो हैकम जमाउने उनको यत्न थियो ।
राजा महेन्द्रले पार्टीहरुलाई पन्छाएर केही नयाँ शुरुवात पनि गरे । जस्तो पूर्वपश्चिम राजमार्ग निर्माण शुरु गरे । पूर्वपश्चिम राजमार्गले आवागमनको तौरतरिका बदल्यो । हेटौंडा कपडा उद्योग, कागज कारखाना स्थापना जस्ता औद्योगिक पहल पनि भए । तर, महेन्द्रको शासन निर्मम थियो ।
राजनीतिक दललाई प्रतिबन्ध लगाउने नाममा उनले कसैलाई अगाडि बढ्न नदिने भए । परिणाम, कम्युनिष्ट, काँग्रेस पार्टीका भएका कमिटी पनि लथालिंग भए । त्यसपछि कम्युनिष्ट आन्दोलन स–साना टुक्राहरुमा विभक्त भयो ।
पुष्पलालको एउटा समूह, मनमोहनको अर्को, कृष्णदासको अर्कै समूह गर्दागर्दै विश्वका मजदुरहरु एक हौं भन्ने नेपालका कम्युनिष्टहरु चिराचिरा होऔं भन्ने खालको अभ्यास देखियो । त्यसको प्रमुख जिम्मेवार पुष्पलाल नै हुनुहुन्थ्यो, किनभने उहाँमाथि धेरैको विश्वास थियो । नेता उहाँ नै हुनुहुन्थ्यो ।
त्यसताका म भैरहवाको लुम्बिनी कलेजमा पढाउँथे । लुम्बिनी सन्देशको सम्पादक थिएँ । हामीले कक्षामा केही बोल्दा पनि व्यवधान हुन्थ्यो । त्यतिबेला २०/२२ वटा कलेज स्थापनाका लागि विभिन्न ठाउँमा तयारी भएका थिए । तर, त्यसको स्वीकृति नदिइएपछि सबैतिर आन्दोलनको वातावरण बन्दै
थियो ।
शिक्षक, शिक्षा क्षेत्रका वुद्धिजिवी संशकित भएर काम गर्ने अवस्था थियो । त्यो वातावरणले सरकारविरोधी भावना पनि बढाउँदै थियो । त्यसबेला ममा चाहिँ राजनीतिमा नभएर साहित्यिक क्षेत्रतिर लागुँला भन्ने सोच थियो ।
त्यही अवस्थामा पुष्पलालले हामीलाई एकताका लागि आह्वान गर्नुभयो । पार्टीलाई सुदृढ बनाउन आफ्ना पुराना सहयोद्धाहरुलाई जोड्ने कोसिस गर्नुभयो । तर, पहिलेका सबै हस्ती एक ठाउँ आउनु भएन । तुलसीलाल एकातिर, मनमोहन अर्कातिर, मोहनविक्रमदेखि रोहितसम्म अलग अलग । सबै छिन्नभिन्न भए जस्तो भयो ।
त्यहीबेला बनारसमा रहनुभएका पुष्पलालले मलाई ‘तपाईं यता आउनुपर्यो, केही प्रकाशनहरु गर्नुपर्नेछ, सांस्कृतिक मोर्चा पनि बनाउनुपर्नेछ’ भनेर बोलाउनु भयो । अनि म कलेजको जागिर छाडेर बनारस गएँ । यो २०२६ सालको अन्त्यतिरको कुरा हो ।
बनारस गएपछि पुष्पलालले मलाई सांस्कृतिक मोर्चा अघि बढाउने जिम्मेवारी दिनुभो । मोर्चा क्रियाशील नहुँदासम्म सांस्कृतिक चेतना, क्रियाशीलता, लेखन, गायन आदिलाई प्रभावकारी बनाउनुपर्छ भनेकाले साहित्यकार, कलाकार, चित्रकार र अरु बौद्धिकहरुलाई समेटेर हामीले एउटा संस्था
बनायौं ।
त्यसको नाम ‘नेपाली जनवादी सांस्कृतिक संघ’ राख्यौं । तर, त्यसको कमिटीमा बस्न जोकोही तयार थिएनन् ।
त्यतिबेला युद्धप्रसाद मिश्र पनि बनारसमै गएर बस्नु भएको थियो । उहाँ पहिले कांग्रेस समर्थक हुनुहुन्थ्यो । पुष्पलालकहाँ जाने आउने क्रम बाक्लिएपछि उहाँ ‘काँग्रेस ठीक रहेनछ, वाम आन्दोलनमा लाग्नुपर्छ’ भन्ने निष्कर्षमा पुग्नुभयो । हामीलाई पनि सांस्कृतिक मोर्चा अगाडि बढाउने पाका मान्छे पायौं भन्ने लाग्यो ।
हामीले त्यसबेला मनमोहन अधिकारीदेखि तुलसीलाल अमात्यसम्मलाई भेटेर विभाजित नहुन र एकजुट भएर अघि बढ्न निरन्तर आग्रह गर्यौं । तर, दुई÷तीन वर्ष प्रयास गर्दा पनि सफल हुन सकेनौं । नेताहरुको एक अर्काप्रतिको आशंका र अविश्वास एकदम धेरै थियो ।
अनि हामीलाई लाग्यो, नेताहरुको पछि लागेर नहुने रहेछ । बरु सांस्कृतिक मोर्चा खोल्यौं भने धेरै साथीहरु हाम्रो पक्षमा आउँछन् । त्यो पार्टी एकीकरणका लागि पनि आधारविन्दु हुन सक्छ ।
हामीले साहित्यिक, सांस्कृतिक समूहका साथीहरुलाई जुटाउन शुरु गर्यौं । शुरुमा त सबै आएनन् । केवलपुरे किसान मैले नै बनारस ल्याएपछि सक्रिय हुन थाल्नुभयो । बनारसमै भएका बोधराज काफ्ले लगायतका साथीहरुको सानो सांस्कृतिक समूह बनाएर हामीले साहित्यिक गोष्ठी गर्न थाल्यौं ।
बनारसमा हामी साहित्य, विचारगोष्ठी र बनभोज गरिरहन्थ्यौं । जगदम्बा धर्मशालाको हलमा सबै विद्यार्थीले शनिबार साहित्यिक, सांस्कृतिक कार्यक्रम गथ्र्यौं । त्यहाँ कांग्रेसका साथीहरु पनि हुनुहुन्थ्यो । वीपी कोइराला, गणेशमान सिंह त्यहीँ हुनुहुन्थ्यो ।
सांस्कृतिक मोर्चा निर्माण गर्न मैले दस्तावेज बनाएँ । नेपालको इतिहास, सांस्कृतिक र जातीय विविधतालगायतका विषय समेटेर त्यो दस्तावेज तयार पारेको थिएँ । त्यही दस्तावेजका आधारमा हामीले सम्मेलन ग¥यौं । सम्मेलनमा बुटवलबाट रामचन्द्र भट्टराई, सिलाङबाट दिल साहनी लगायत आउनु भएको थियो ।
मदन भण्डारी पनि आउनुभयो । अनि हाम्रो सांस्कृतिक मोर्चा बन्यो । त्यहाँ मैले नयाँ जनवादी संस्कृतिको दस्तावेज प्रस्तुत गरेँ, जसको नाम थियो– नयाँ जनवादी संस्कृति ।
भूगोल, पर्यावरण र प्राकृतिक स्रोत साधनले भरिपूर्ण हुँदाहुँदै पनि हिन्दू आस्थामा आधारित नेपाली र सिंगो दक्षिण एसियाली समाज किन पछि पर्यो रु जातीय भेदभाव र छुवाछुतले । २०११ सालमा धेरै दलितहरुले पशुपति प्रवेशको सफल आन्दोलन चलाएका थिए । करिब ७५० जति गिरफ्तार नै भएपछि पशुपतिको ढोकाबाट ‘अछुतलाई प्रवेश निषेध भन्ने’ साइनबोर्ड हटाइएको थियो । पछि हामीसम्बद्ध सांस्कृतिक मोर्चाले दलितलाई पशुपतिमा प्रवेशको निम्ति पुनः आन्दोलन गर्यो ।
पहिलेदेखि नै लेखनकार्यमा संलग्न हुनुभएका युद्धप्रसाद मिश्र साहित्य गोष्ठीमा आउँदै गर्दा मोर्चा बन्ने बेलासम्म निकै जोशिलो बनिसक्नुभएको थियो । हामीले उहाँलाई मोर्चाको अध्यक्ष बनायौं, म महासचिव भएँ । मदन भण्डारी, बोधराजजीहरु सदस्य हुनुभयो ।
हामीले चारवटा सांस्कृतिक सम्मेलन गर्यौं । सम्मेलनमा हाम्रा दस्तावेज प्रष्ट रुपमा आए । त्यसपछि जहाँजहाँ कम्युनिष्टहरु छन्, त्यहाँत्यहाँ पुगेर सांस्कृतिक मोर्चाको माध्यमबाट एकताको प्रयत्न गर्नुपर्छ भन्नेमा लाग्यौं ।
परिस्थिति भने हामीले सोचेजति सहज थिएन । त्यसबेला पुष्पलाल र तुलसीलाल बाझाबाझ गर्नु हुन्थ्यो । मनमोहनकहाँ गयो, त्यस्तै । अलि पछि वीपी कोइरालाकहाँ पुगेर ‘यत्रो पार्टी बनाउनुभएको छ, सबै विदेशमा छौं, उता राजाले चलाइरहेका छन्, तपाईंहरु एकै मञ्चबाट भाषण गर्नुस्’ भन्यौं ।
बीपीले नमानेपछि बनारसको टाउनहलमा पुष्पलाल र गणेशमानजीको संयुक्त भाषण गरायौं । त्यसपछि कम्युनिष्ट र कांग्रेसका दुवै विद्यार्थी संगठन एकैठाउँ आएर दुई थरी गीत पनि गाए, भाषण पनि गरे । गणेशमानजीले मिल्नुपर्छ भन्ने खालको कुरा गर्नुभो ।
बुढाहरु मिल्न थाले झैं देखिएपछि आशा जाग्यो । एक महिनापछि फेरि वीपीलाई बोलायौं । तीनै जना नेताहरु बोलिसकेपछि नेपालमा अब संयुक्त मोर्चा हुन्छ भन्नेमा ढुक्क भयौं ।
त्यही बेला भारतमा इन्दिरा गान्धीले संकटकाल लागू गरिन् । नेपालका कांग्रेस र कम्युनिष्ट मिल्न थालेकाले भारतका कम्युनिष्टसँग पनि भेटघाट गर्लान् भन्ने भयले हुनसक्छ, उनले सबै गतिविधि ठप्प पारिदिइन् ।
त्यहीक्रममा एकदिन वीपीले पुष्पलाललाई भन्नुभो– “हामीले संयुक्त मोर्चा त भन्यौं, तर इन्दिराले इमरजेन्सी लगाएकाले अब भेटघाट र क्रियाशिलता गाह्रो हुनेभो, अब जे हुन्छ हुन्छ नेपालमै फर्केर गरौं । बरु राजाले जेल हाले जेलमै बसौंला, हामी त जाने भयौं ।”
त्यहाँ गणेशमानजी र मंगला भाउजू पनि हुनुहुन्थ्यो । मंगला भाउजूले भन्नुभो– “हेर पुष्पलाल भाइ, यी दुइ गोरुहरु राजाको झ्यालखानामा पस्ने भए । अब यिनले क्रान्ति गर्दैनन् । तिम्ले र मैले संयुक्त मोर्चा बनाऔं ।”
मंगला भाउजुको यो जोश देखेर बडा खुसी लाग्यो । तर, वीपी बोल्दै बोल्नु भएन । गणेशमानजीले चाहिँ ‘टिम्ले गर्ने भए गर’ भन्नुभो ।
त्यसबाट पुष्पलाललाई ठूलो झड्का लागे झैं भयो । उहाँले अब यहाँ बसेर पनि भएन, स्रोत पनि केही छैन, म दिल्लीतिर गएर बस्छु भन्नुभो । त्यता गएको ६ महिनापछि बित्नुभो । पुष्पलाल बितेपछि सबै हाम्रो थाप्लोमा आयो । के गर्ने भन्ने अन्योल भएपछि म मदन भण्डारीलाई भेट्न गएँ ।
त्यसबेला हाम्रो सांस्कृतिक मोर्चा थियो । पूर्वमा झापाली समूह सक्रिय थियो । उनीहरुसँग कुराकानी शुरु भयो । केही दिनपछि हामी र उताका सीपी मैनालीले पहाडको एक गाउँमा तीन दिनसम्म छलफल गर्यौं ।
संयुक्त कारबाही गर्दै जाने अभ्यास गर्दै एक डेढवर्षपछि एकीकृत भयौं । राजनीतिक फाँटमा अभ्यास गर्दै जाँदा सांस्कृतिक क्रियाकलापहरु पनि सहज भए । हामीले रेलिमाई सांस्कृतिक मण्डल बनायौं । त्यो संस्थाबाट ‘५० रुपैयाँको तमसुक’ नाटक लिएर विभिन्न ठाउँमा पुग्यौं । भारतका कलकत्ता, हैदराबाद, दिल्ली पनि पुग्यौं । त्यसबाट साथीहरुमाझ पनि संगठन बनायौं ।
पशुपति प्रवेश आन्दोलन
सांस्कृतिक मोर्चा र राजनीतिक गतिविधी सँगसँगै गईरहेका थिए । हाम्रो आन्दोलन पुनर्गठन हुनु धेरै अघि २०११ सालमा सहर्षनाथ कपाली तथा गणेश योगीको नेतृत्वमा धेरै दलितहरुले पशुपति प्रवेशको सफल आन्दोलन चलाएका थिए । करिब ७५० जति गिरफ्तार नै भएपछि पशुपतिको ढोकाबाट ‘अछुतलाई प्रवेश निषेध भन्ने’ साइनबोर्ड हटाइएको थियो ।
कानुनले जातपात बर्जित गरेपनि छुवाछुत नहटेको देखेर हामी त्यो आन्दोलनलाई फेरी जागृत गर्न थाल्यौं । त्यही क्रममा हामीले दलितहरुको पशुपति मन्दिर प्रवेश कार्यक्रम पुनः आयोजना गर्यौं, ३३ सालतिर हुनुपर्छ ।
पशुपतिनाथमा प्रवेशका लागि दलित समुदायका सयौं व्यक्तिहरुलाई बोलायौं । त्यहाँ मैले नै बिहानभरि भाषण गरेँ । बाहुन, क्षेत्री लगायत कथित उच्च जातका मान्छेहरुलाई सम्बोधन गरेर भनें– ‘तिमीहरुका शिवजी कुन जातका थिए ? शिवजी किराँत जातका थिए । किराँत जातका शिवलाई तिमी बाहुनहरु किन ढोग्छौ ? किराँतसँग आर्यकी छोरी पार्वतीले किन बिहे गरिन् ?’
एकघण्टा भाषण गर्ने क्रममा मैले फेरि भनें– ‘तिमीहरुको पशुपति दलितहरुले बनाएको हो ।सुनको जलप लगाएका गजूरदेखि धुरी सबै सुनारहरुले बनाएको हो । दलितले मन्दिर बनाउन हुने, गजुर बनाउन हुने, मूर्ति खन्न हुने, तर देवतालाई ढोग्न चाहिँ नपाउने ? हामी हेर्छौं, कसले रोक्छ । आज हामी पशुपति मन्दिर प्रवेश गरेरै छाड्छौं ।’
त्यस दिन हामी चार डोकाजति फूल बोकेर पशुपति गएका थियौं । दलित समुदायका सयौं व्यक्तिले पशुपतिमा पुजा गरे । त्यसपछि अरु ठाउँमा पनि दलितले मन्दिर पस्ने र पुजा गर्ने क्रम शुरु भयो ।
हामी अरु ठाउँमा पनि गयौं । पश्चिमतिरका मन्दिरहरुमा पनि प्रवेश गर्यौं । जहाँ जहाँ ठूला–ठूला मन्दिरहरु छन्, त्यहाँ त्यहाँ अभियान चलायौं । सहभोज गर्ने भनेर काठमाडौंका धेरै पण्डितहरुलाई लिएर संस्कृत पाठशालाको चौरमा बसेर खाना खायौं । त्यसपछि अरु धेरै ठाउँमा गएर दलितहरुसँग सहभोज गर्यौं ।
यसले दलित समुदायका साथीहरुमा बेग्लै आत्मसम्मान र आत्मविश्वास दिलायो । साथीहरु नजिक आउन र घरमा पनि पस्न थाले । दलितको पक्षमा गैरदलित पनि छन् भन्ने भयो । पहिले होच्याएर सम्बोधन गरिन्थ्यो, हामीले तपाईं भनेर सम्बोधन गर्ने तय गर्यौं ।
त्यसखाले सांस्कृतिक अभियानले गर्दा हाम्रो पार्टी पनि बलियो हुँदै गयो । हामीले बनारसमै वीपीलाई भेटेर पनि सांस्कृतिक आन्दोलनको कुरा गरेका थियौं, तर उहाँले मतलब गर्नु भएन । गणेशमानसँग कुरा गर्यौं, उहाँले पनि वास्ता गर्नुभएन ।
त्यही क्रममा हाम्रो जोश र आक्रोशले गर्दा हेटौंडामा गणेशमानमाथि केही अप्रिय घटना पनि भयो । त्यो दुःखद घटना थियो, तर त्यसपछि नै गणेशमानजी हाम्रो पार्टीसँग संयुक्त मोर्चामा भाषण गर्न आउने हुनु भयो ।
राजबन्दीहरु छुटेपछि भएको कार्यक्रममा बोलिसकेपछि बल्ल कांग्रेस र कम्युनिष्टको बीचमा मोर्चाबन्दीको सुरुवात भयो र क्रमशः आन्दोलन अगाडि गयो । अनि, २०४६ सालको आन्दोलनको पृष्ठभूमि बन्दै गयो ।
हामीले दलित मुक्ति अभियानमा मात्र होइन, नारी जागरणमा पनि केही प्रयत्नहरु गरेका थियौं । यत्रा आन्दोलनको बलले केहि हदसम्म छुवाछुत कम भएको हो । यो कुप्रथा अझै धेरै बाँकी छ जसलाई समूल नस्ट नगरेसम्म यो देशको प्रगति सम्भव छैन ।
सांस्कृतिक आन्दोलनले गुट उपगुटमा विभाजित भएका पार्टीलाई मिलाउने प्रयत्नमा समेत केही योगदान दियो । यद्यपि पछिसम्म पनि केही साथीहरु आउनु भएन । एकता कठिन तर अनिवार्य प्रक्रिया हो भन्ने आज देख्न सकिन्छ ।
(मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘मदन भण्डारी छलफल श्रृंखला’को पहिलो अंकमा २१ भदौमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व शिक्षामन्त्री प्रश्रितले दिएको मन्तव्यको सम्पादित अंश)
" />जातको आधारमा भेदभाव अहिले पनि नेपाली समाजको सबैभन्दा ठूलो रोग हो । यही छुवाछुत र वर्ण व्यवस्थाले दक्षिण एसियाली समाज गाँजिएको छ । खासगरी हिन्दू समाजमा यो व्यवस्थाले धेरै असर पारेको छ ।

">