देश विस्तारै मध्यावधि निर्वाचनउन्मुख हुँदै छ। निर्चाचन आयोगले गरेको संस्थागत तयारीका साथै जनताको तहमा राजनीतिक पार्टीले गरिरहेको तयारीलाई प्रस्ट रूपमा देख्न सकिन्छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निर्वाचनको वातावरण तयार पार्न निरन्तर देश दौडाहामा छन् भने प्रमुख प्रतिपक्षलगायतका पार्टी पनि प्रकारान्तरले जनमत आफ्नो पक्षमा पार्न वडा तहसम्म पुगिसकेका छन्। सुरूका दिनमा नेकपाकै केही नेताले मध्यावधि चुनाव हुँदैहुँदैन, यो चुनाव गर्नका लागि संसद् विघटन गरेकै होइन भन्नेजस्ता विचार सम्प्रेषण गरेका कारण जनतामा केही भ्रम भए पनि अहिले त्यो हट्दै गएको छ।
देशलाई अस्थिरतातर्फ जान नदिन र समृद्धिको गतिलाई निरन्तरता दिन प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेकपाभित्र उक्त कदमको विरोध गर्ने केही नेताले पार्टीबाट अलग्गिएर छुट्टै पार्टी बनाउने प्रयत्न गरिरहेका छन्। पार्टीको मूलधारबाट भागेर सामाजिक मर्यादा नाघेर एकोहोरो ओलीलाई गालीको वर्षा गर्नु उनीहरूको दिनचर्या बनेको छ।
पार्टी विभाजनसम्बन्धी ऐनकानुन र निर्वाचन अवधिमा नयाँ पार्टी बन्न नसक्ने प्रस्ट व्यवस्थाका कारण उनीहरूले पार्टी विभाजन गर्न सकेका छैनन्। प्रचण्ड(माधव समूहले सडकमा छुट्टै अस्तित्व देखाउन खोजे पनि कानुनी रूपमा उनीहरूले तत्काल अलग्गै पार्टीको मान्यता पाउने सम्भावना अहिले छैन। जनताको समर्थन निरन्तर गुमाउँदै गएको त्यो समूहका नेता-कार्यकर्ताको राजनीतिक भविष्यमाथि ग्रहण लाग्न सुरू भइसकेको छ।
प्रधानमन्त्रीले आफ्नो तीन वर्षे उपलब्धिलाई सूत्रबद्ध रूपमा सार्वजनिक गरेका छन्। सरकार गठन भएदेखि नै असहयोग र घेराबन्दीमा पारिए पनि त्यसलाई तोडेर अगाडि बढ्न सफल भएका उनको युगीन र अदम्य साहसलाई पार्टीका सबै नेता-कार्यकर्तामा राम्ररी सम्प्रेषण गर्नु अहिलेको प्रमुख आवश्यकता हो।
पार्टी केन्द्रमा पदीय आकांक्षा, निषेधको तानावाना र अरु विविध कारणले नेताहरू विभाजन हुँदा तृणमूल तहमा जनताको पक्षमा राम्रो काम गरिरहेका केही जनप्रतिनिधिलाई समेत भ्रममा पारिएको छ। तर, जतिसुकै भ्रममा पारिए पनि सूर्य चिह्न लिएर विगतमा विजयी बनेका स्थानीय तहका जनप्रतिनिधिहरू केपी शर्मा ओली नेतृत्वको संस्थापन नेकपामै रहेका छन्।
कम्युनिस्ट आन्दोलनमा आफ्नो उर्वर उमेर बिताएका केही राम्रा नेता-कार्यकर्तासमेत विभाजनकारी समूहको भ्रमयुक्त कुराको पछाडि लाग्ने खतरा छ। जनताको सेवा गरिरहेका ती राम्रा नेता-कार्यकर्ताले राजनीतिक जीवन रक्षा अहिले गर्न सकेनन् भने पछि पछुताउनुबाहेक केही बाँकी रहने छैन।

जनतालाई फजुल सपनामात्र देखाउने होइन, देशको समृद्धिको बहुआयामिक पक्षलाई अगाडि बढाएका प्रधानमन्त्री ओलीको लोकप्रियताबाट डराएर उनलाई असफल बनाउन लिन प्याओवादी षडयन्त्र पार्टीभित्रैबाट सुरू भयो। तर, उनीहरूले सकेनन्। प्रधानमन्त्रीको राजनीतिक उचाइको अगाडि प्रचण्ड, माधवलगायतका नेता लिलिपुटमात्र ठहरिए। प्रधानमन्त्रीको बोल्ड कदमपछि उनीहरू सडकमा पुगेका छन्। प्रचण्ड(माधवले देशलाई असफल बनाउन नसके पनि आफ्नो र राम्रो राजनीतिक सम्भावना बोकेका केही नेताको भविष्य भने चकनाचुर बनाउने चाहिँ प्रस्ट छ।
गएको एक महिनामा नेकपाका दुई पक्षले गरेको जनपरिचालनले देखाएको छ( लामो समयदेखि पार्टी विभाजन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने र प्रतिक्रियावादीको सेवा गर्न नेकपाका प्रचण्ड(माधवलगायत केही नेताले रचेको षड्यन्त्रको पक्षमा नेकपाका अधिकांश कार्यकर्ता देखिएनन्। जनताको तहमा विगतमा मजबुत संगठन बनाएको तत्कालीन एमाले पक्ष त विभाजनको पक्षमै छैन।
वामदेव गौतमले २०५४ सालमा तत्कालीन संसद्मा सबैभन्दा ठूलो दल एमाले विभाजन गर्दाको दुर्नियति अहिलेसम्म नेता-कार्यकर्ताले भुलेका छैनन्। विभाजनले पार्टीको सबैभन्दा ठूलो दलको हैसियत त गुमायो नै, विभाजनमा वामदेवको पछि लाग्ने हजारौं नेता-कार्यकर्ताको राजनीतिक जीवन नै समाप्त भयो। २०५६ सालमा भएको संसदीय निर्वाचनमा वामदेव गुटको राष्ट्रव्यापी पराजय भएपछि उनको पछि लाग्ने थप्रै नेता-कार्यकर्ता माओवादी युद्धको भुंग्रोमा प्रवेश गरे। फलस्वरूप धेरैको भौतिक जीवन पनि समाप्त भयो। सेनाविहीन सेनापतिको रूपमा एमालेमा फर्किएपछि एक सार्वजनिक कार्यक्रममा धेरैपछि वामदेवले स्वीकारे- मैले एमाले विभाजन गरेर तीन हजारभन्दा बढी कार्यकर्ता गुमाएँ। अहिलेको प्रचण्ड(माधव समूहलाई पनि हेक्का हुनुपर्छ, पार्टी विभाजन गर्नु केवल गुमाउनु मात्र हो।
दक्षिण अफ्रिकामा एउटा कहावत छ- ‘दुई हात्तीले मायाप्रीति गरे पनि दुबोको नास, झगडा गरे पनि दुबोकै नास।’ प्रचण्ड र माधव नेपाललाई हाताहाती पद चाहिएर सुरू भएको नेकपाको झगडामा अरु नेता-कार्यकर्ताले किन आफ्नो सुन्दर राजनीतिक जीवन कुर्वानी गर्ने? पटकपटक प्रधानमन्त्री भएर देश र जनताको पक्षमा सिन्को भाँच्न नसकेका नेतालाई पुनः कुर्सीमा पुर्याउन कार्यकर्ता र जनताले किन बलिदान गर्ने?
नेकपाको नेतृत्वको संघीय, प्रादेशिक र स्थानीय सरकारले जनताको पक्षमा राम्रो डेलिभरी दिइरहेको अवस्थामा कुनै सैद्धान्तिक तथा वैचारिक मतभेद नभइकनै पार्टीले दुःखद् विभाजनको पीडा भोग्नुपर्ने अवस्था उत्पन्न भएको छ। एकता भंग हुने अवस्था आएको छ। यस्तो अवस्थामा सत्यको पक्षमा कार्यकर्ता र जनताको ध्रुवीकरणले पार्टीको हैसियत कायम राख्न सक्छ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई केही स्वार्थी नेताले दाग लगाउने प्रयत्न गरे, अब यसलाई कार्यकर्ता र जनताले मात्र बचाउन सक्छन्। नेकपाको कोरोनारूपी विभाजनविरुद्ध ‘हर्ड इम्युनिटी’ निर्माण गरेर उनीहरूले नेपालको नयाँ इतिहास रच्न सक्छन्।
ओली सरकारले राष्ट्र र जनताको पक्षमा गरेका युगीन महत्वका काम र प्राप्त उपलब्धिको रक्षा गर्न नेकपाका देशभरका नेता-कार्यकर्ताले एकताबद्ध भएर विभाजनकारी प्रचण्ड-माधवलगायतका नेतालाई जनस्तरमै तिरष्कार गरिनुपर्छ। जसरी एकआपसमा हात नमिलाएर, मास्क लगाएर, नबोलेर, हुलमुलमा नगएर कोरोना संक्रमितबाट जीवन बचाइयो, त्यसरी नै प्रचण्ड(माधवसँग टाढा बसेरमात्र अहिले पार्टी बचाउन सकिन्छ। पार्टीको ‘हर्ड इम्युनिटी’ विकास गर्न सकिन्छ। किनभने विभाजन नेकपाको कोरोना हो, देशको कोरोना हो।

जनताको बहुदलीय जनवादी वैचारिक धरातलमा टेकेर राजनीति गरिरहेका, तर अहिले भ्रमवश भद्रगोलमा गोल गर्ने गलत मनसायका प्रचण्डको चंगुलमा फसेका नेता-कार्यकर्ताले आगामी चुनावको प्रक्रिया सुरू हुनुअगावै ओली नेतृत्वको नेकपाको मूलधारमा फर्किएर वर्तमान सुनामीबाट आफूलाई सुरक्षित राख्न सक्छन्।
" /> देश विस्तारै मध्यावधि निर्वाचनउन्मुख हुँदै छ। निर्चाचन आयोगले गरेको संस्थागत तयारीका साथै जनताको तहमा राजनीतिक पार्टीले गरिरहेको तयारीलाई प्रस्ट रूपमा देख्न सकिन्छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निर्वाचनको वातावरण तयार पार्न निरन्तर देश दौडाहामा छन् भने प्रमुख प्रतिपक्षलगायतका पार्टी पनि प्रकारान्तरले जनमत आफ्नो पक्षमा पार्न वडा तहसम्म पुगिसकेका छन्। सुरूका दिनमा नेकपाकै केही नेताले मध्यावधि चुनाव हुँदैहुँदैन, यो चुनाव गर्नका लागि संसद् विघटन गरेकै होइन भन्नेजस्ता विचार सम्प्रेषण गरेका कारण जनतामा केही भ्रम भए पनि अहिले त्यो हट्दै गएको छ।देशलाई अस्थिरतातर्फ जान नदिन र समृद्धिको गतिलाई निरन्तरता दिन प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेकपाभित्र उक्त कदमको विरोध गर्ने केही नेताले पार्टीबाट अलग्गिएर छुट्टै पार्टी बनाउने प्रयत्न गरिरहेका छन्। पार्टीको मूलधारबाट भागेर सामाजिक मर्यादा नाघेर एकोहोरो ओलीलाई गालीको वर्षा गर्नु उनीहरूको दिनचर्या बनेको छ।

">