महोत्सवको अन्तिम दिन ३० मंसीरमा दक्षिण एशियाका किताब र लेखकलाई प्रदान गरिने ‘डीएससी’ पुरस्कार पनि घोषणा गरिनेछ। यो पुरस्कार दक्षिण एशियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले गएको आठ वर्षदेखि प्रदान गर्दै आएको छ।
नेपाल साहित्य महोत्सव डीएससी पुरस्कारसँग जोडिनु ‘नेपाल साहित्य महोत्सव’लाई साझा दक्षिण एशियाली मञ्चका रूपमा उभ्याउने प्रयासको एउटा कडीका रूपमा लिन्छन्, महोत्सवका निर्देशन अजित बराल। नेपाल साहित्य महोत्सवको अवधारणा, यसको महत्व र अन्तर्राष्ट्रिय साहित्यमा नेपालको सहभागिता लगायतका विषयमा महोत्वसका निर्देशक बरालसँग देखापढीका लागि रामकुमार शाहीले गरेको कुराकानीको सारसंक्षेपः
आजदेखि पोखरामा नेपाल साहित्य महोत्सवको आठौं संस्करण शुरू गर्दै हुनुहुन्छ, यो महोत्सव खास किन हो?
महोत्सव हामीले एउटा लहडमा गरेको हो। विदेशमा यस्तो किसिमको महोत्सवहरू भइराख्दा हाम्रोमा किन नगर्ने भन्ने एक किसिमको लहडमा शुरू गरेका हौं। तर, त्यो लहडमा शुरू गरेको महोत्सवलाई निरन्तरता दिंदै गर्दा यसको महत्व बल्ल बुझ्दै आएका छौं। त्यतिबेला हामीले साहित्य प्रवद्र्धन, बजार विस्तार र लेखकहरूको ‘प्रमोशन’ हुन्छ भनेर सोचेका थियौं। त्यो स्वभाविक पनि भयो। तर, समाजमा पार्ने बृहत महत्व भने हामीले त्यतिखेर बुझ्न सकेका थिएनौं। अहिले बुझ्न थालेका छौं।
महोत्सवले साहित्यको प्रवर्द्धन मात्र गर्ने होइन, पुस्तकको बजार विस्तार गर्ने मात्रै होइन, हाम्रो लेखकहरूलाई ‘एक्सपोजर’ दिने मात्र होइन । यसले हाम्रो ज्ञान उत्पादन र प्रसारमा सहयोग पु¥याउँदोरहेछ। हाम्रो प्रजातान्त्रिक अभ्यासहरूलाई बलियो बनाउँदो रहेछ ।
महोत्वसको आठौं संस्करणसम्म आइपुग्दा सिकाइ कस्तो रह्यो?
हामीले ‘ट्रायल एन्ड इरर’बाट सिक्दै आएका हौं। एउटा गर्यो अनि भएका गल्ती कमजोरीहरूबाट सिक्दै, अरूको सुझाव लिंदै अगाडि बढेका छौं। सिकिरहेका छौं। सिक्दैछौं।
साहित्य महोत्वस गर्दा कस्ता कस्ता अफ्ठ्याराहरूको सामना गर्नुपर्यो?
यो बृहत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भएकाले अफ्ठ्याहरू धेरै हुन्छन्। स्रोत जुटाउन समस्या पर्छ। व्यवस्थापन पनि एकदमै कठिन हुँदोरहेछ, हामी आफैं पनि कुशल व्यवस्थापक होइनौं। व्यवस्थापकीय क्षमता कुशल भएर यो ‘इभेन्ट’ गरेका होइनौं।
साहित्य महोत्सव किन गरेका छौं भने साहित्य र पुस्तकप्रति हाम्रो लगाव छ। वैचारिक बहस, चिन्तन–मनन् होस् भन्ने हामी चाहान्छौं।
महोत्सवले नेपाली साहित्यको श्रीवृद्धि, लेखन र पठन संस्कृतिको विकासमा कसरी सहयोग गरिरहेको छ ?
उल्लेख्य सहयोग गरेको छ। यद्यपी, यसलाई मापन गर्ने कुनै आधार छैन। तर, पुस्तकको बजार विस्तार गर्ने, लेखकहरूलाई ‘एक्सपोजर’ दिने, नयाँ–नयाँ युवालाई लेखनमा प्रेरित गर्ने, उनीहरूलाई ज्ञानको भोक जगाउने र तिर्खा मेटाउने काम यस्तो महोत्सवले गर्छ।
नेपाल साहित्य महोत्सवको स्थानीय संस्करणका रूपमा अघिल्लो महीना जनकपुरमा साहित्य महोत्सव गर्नुभएको थियो। अब अन्यत्र पनि स्थानीय संस्करण गर्दै जाने सोंच बनाउनुभएको हो कि ‘ट्रायल’ मात्रै हो?
हामी व्यवस्थापक होइनौं। ‘इभेन्ट म्यानेजमेन्ट कम्पनी’ पनि होइनौं। त्यसैले यस्ता महोत्सव धेरै ठाउँमा गर्दै जाने सोंच छैन। सम्भव पनि हुँदैन। तर, हाम्रो चाहना यस्ता महोत्सव भइरहनुपर्छ भन्ने छ। हामीले कसैको सिको गरेर गर्याैं र, अब हाम्रो सिको गरेर अरूले देशका अन्य क्षेत्रमा गरुन्।
साहित्य महोत्सव भनिएपनि आर्थिक, राजनीतिक, सामाजिक, कूटनीति जस्ता विषयमा सत्रहरू चल्छन्। यसो हुँदा यसलाई साहित्य सहोत्सव नभनेर अरु नै केही भने हुँदैन ?
अधिकांश छलफल साहित्यसँगै जोडिएका हुन्छन्। साहित्य समाजसँग प्रत्यक्ष जोडिएको हुन्छ, हामीले हाम्रो समाज देखाउने हो। सामाजिक, आर्थिक, राजनीतिक विषयहरू हाम्रो साहित्यका विषय हुन्। साहित्यको बहस गर्दागर्दै साहित्यसँग जोडिएका अरू पाटाहरूलाई नजरअन्दाज गर्न सक्दैनौं।
नेपाली साहित्य तब बलियो हुन्छ, जब साहित्यकारले सामाजिक, आर्थिक र राजनीतिक मुद्दालाई अलि बुझेर लेख्न थाल्छन्। यी मुद्दालाई ‘फिक्सनाइज’ गर्न थालेपछि हाम्रो साहित्य अझैं परिष्कृत हुँदै जान्छ।
महोत्सवमा वक्ताहरू दोहोर्याउने गरेको आरोप लाग्छ। वक्ताको अभाव हो कि अन्य केही सीमितता छ?
हाम्रो उद्देश्य बोल्नलाई प्रखर राम्रा लेखक, चिनिएका अनुहारलाई ल्याउने हुन्छ। लेखक वा कुनै विषयको दक्ष व्यक्ति सीमित छन्, त्यसैले अलिअलि दोहोरिंदै आएको स्वीकार गर्छाैं। तर, सधैं हाम्रो प्रयास नयाँ अनुहार लाई ठाउँ दिने हुन्छ। त्यहीअनुरूप यसपटक हामीले त्यो प्रयास गरेका छौं। अहिले न्यून मान्छेहरू मात्रै दोहोरिएका छन्। अधिकांश पहिलोपटक आएकाहरू छन्, दोहोरिएका पनि धेरै वर्ष पहिले आएका छन्। सार्वजनिक जीवनमा नचिनिएका तर, आफ्नो क्षेत्रमा ख्याती कमाएका मान्छेले अहिले स्थान पाएका छन्।
महोत्सवकै दौरान दक्षिण एशियाली साहित्यिक गुठीले प्रदान गर्ने ‘दक्षिण एशिया साहित्य पुरस्कार–डीएससी’ प्रदान गरिदैंछ। यो पुरस्कारसँग कसरी जोडिनुभयो?
यो दक्षिण एशियाली लेखकका कृतिलाई प्रत्येक वर्ष दिइने पुरस्कार हो। आयोजकले सकेसम्म दक्षिण एशियाका सबै देश पुगेर हरेक वर्ष पुरस्कार घोषणा गर्छन्। उनीहरूले यसो गर्छन् भन्ने थाहा पाएपछि हामीले ‘डीएससी’लाई नेपाल ल्याउन प्रस्ताव गर्याैं।
नेपाल साहित्य महोत्सवलाई साझा दक्षिण एशियाली मञ्चका रूपमा उभ्याउने उद्देश्य भएकाले पनि हामीले यसका लागि पहल गरेका थियौं। सायद, उनीहरूले पनि महोत्सवमा गर्दा राम्रै हुन्छ भन्ने ठाने होलान्। त्यसैले नेपाल साहित्य महोत्सवमा सन् २०१९ को डीएससी पुरस्कार घोषणा गर्ने निर्णय गरे होलान्।
निर्णायक समितिले पाकिस्तान मूलका अमेरिकी लेखक २ जना र ४ जना भारतीय लेखक गरी ६ जनालाई पुरस्कारका लागि छनोट गरेको रहेछ, नेपाली साहित्यकार त्यो तहसम्म नपुगेका हुन्?
हामीसँग अंग्रेजीमा लेख्ने साहित्यकार एकदमै कम छन्। केही सीमित व्यक्तिहरूले लेखिरहेकाले हाम्रो साहित्य बाहिर जान सकिरहेको छैन। नेपाली साहित्यमा राम्रा राम्रा पुस्तक लेखिएका छन्। तर, अनुवादको अभावमा अन्तर्राष्ट्रिय बजारमा जान सकेको छैन।
नेपाली साहित्यको अनुवाद हुन थाल्यो भने विस्तारै पहिचान पनि अन्तर्राष्ट्रिय हुन्छ। अहिले जसरी ल्याटिन अमेरिकाको, यूरोपिनय भाषाका थुप्रै लेखकहरूको पहिचान भइरहेको छ। यो वर्षको नोवेल पुरस्कार पाउने लेखिका पोलिस भाषामा लेख्नुहुन्छ, किताब अनुवाद भएकै कारण नोवेल पाउने लेखक हुनुभयो। उहाँको किताब अंग्रेजी भाषामा अनुवाद नभएको भए सायद उहाँले त्यो पुरस्कार पाउनुहुन्थेन होला। त्यसैले, अनुवाद हुनु जरूरी छ। अझैं राम्रो अनुवाद हुनु जरूरी छ। यसो भयो भने हाम्रो साहित्यले पनि विस्तारै अन्तर्राष्ट्रियस्तरमा स्थान बनाउँछ।