माओवादीको मनोगतवादी बुझाइका कारण संविधान सभा विघटन भयो ।
मनोगतवादी दृष्टिकोण र अन्तर्राष्ट्रिय शक्तिमध्ये कुन प्रबल भयो ?
निमित्त कारण त एकिकृत नेकपा माओवादी नै हो । उसले सम्झौता गर्न तयार भएको संविधान सभा विघटन हुँदैनथ्यो । संविधान पनि बन्थ्यो ।
तर, माओवादीको नेतृत्वमा संविधान बन्न नदिने अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको डिजाइन हामीले बेलैमा बुझ्न सकेनौं । संविधान बनाउन नसक्दा हाम्रो शक्ति पनि कमजोर हुन्छ भन्ने विश्लेषण गर्न सकेनौं ।
दोस्रो संविधान सभाको कुरा गरौं । लामो समयसम्म साझा विन्दूमा पुग्न नसकेका राजनीतिक दलहरू एकाएक २५ जेठ २०७२ मा १६ बुँदे सहमतिमा पुगे । त्यहाँसम्म पुग्न कसको के भूमिका थियो ?
सहमतिको निम्ति नेपाली कांग्रेस, एमाले, माओवादी र तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लगायतका मुख्य पार्टी र नेताहरूको प्रत्यक्ष भुमिका थियो ।
यसमा माओवादीबाट प्रचण्ड कमरेडको अग्रणी भुमिका थियो । त्यसबाहेक नेपाली कांग्रेसबाट सुशिल कोइराला र एमालेबाट केपी ओली, झलनाथ खनाल, माधव नेपालको भुमिका पनि उत्तिकै थियो ।
त्यो समझदारी निर्माणमा तपाईंको भूमिका कस्तो रह्यो ?
संविधान सभाको दोस्रो चुनावमा पार्टी पराजित भएपछि पार्टिभित्र आन्तरिक कारणले हो वा धाँधलीका कारण भन्ने बहस चलेको थियो ।
‘हाम्रो पपुलारिटी कम भएकाले नै हामी हारेका हौं, त्यसलाई स्वीकार गरेर संविधान सभामा गएर संविधान बनाऔं, त्यसबाट ०४७ सालको भन्दा उन्नत र जनमुखी संविधान बन्छ’ भन्ने मेरो धारणा थियो ।
त्यसैले १६ बुँदे समझदारी निर्माण र बनाउने काममा म गम्भीरतापूर्वक लागेको थिएँ ।
संविधान जारी गर्ने मुखैमा भारतका तत्कालीन विदेश सचिव जयशंकर नेपाल भ्रमणमा आएका थिए । तपाईं र तपाईंको दलका नेताहरूसँग त्यतिखेर उनले के भनेका थिए ?
त्यतिखेर जयशंकर भारतीय प्रधानमन्त्री मोदीको दुतको रूपमा आउनुभएको हो । ‘संविधान घोषणा गर्ने तयारीमा देखिनुभयो, तपाईंहरू अहिले रोक्नुहोस्’ भन्ने सन्देश नै लिएर आउनुभएको थियो ।
‘हामीचाहिं यो संविधानलाई मान्ने पक्षमा छैनौ’, अझ सिधा भाषामा भन्दा ‘हामीले नमानेपछि विश्वका अरु देशले मानेर पनि के हुन्छ र तपाईको संविधानलाई ?’ भन्नुभएको थियो । ‘अरु छलफल गरेर गर्नुपर्छ तपाईहरूले रातारात तीव्र रूपमा संविधान घोषणामा जानुभएको छ त्यो सहि छैन र यसले ठिक पनि गर्दैन’ भन्नुभएको थियो ।
माओवादीले सम्झौता गर्न तयार भएको भए पहिलो संविधान सभा विघटन हुँदैनथ्यो ।
तपाईंहरूले त्यसको जवाफ के दिनुभयो ?
संविधान रातारातको कुरा हैन । पहिलो संविधान सभामै चार वर्ष हामीले काम गर्यौं । मुख्य आधार त्यहि हो । अहिले पनि हामीले गम्भीर छलफल तथा गृहकार्य गरेका छौं । त्यस आधारमा ड्राफ्ट तयार भइसक्यो अब हामी संविधानको घोषणा रोक्न सक्दैनौं । यस्तै भनेका थियौं ।
भारतले संविधान घोषणाचाहिँ किन रोक्न भनेको थियो ?
उहाँहरूले मधेशकै विषय देखाउनुभएको थियो । ‘त्यहाँ असन्तुष्टि छ त्यसलाई कुल्चेर, पेलेर संविधान जारी गर्न मिल्दैन’ भन्ने उहाँहरूको धारणा थियो । तर, वास्तविकता त्यस्तो थिएन ।
वास्तविकता के थियो भने भारत नेपालको जुनसुकै परिवर्तनकारी राजनीतिक घटनामा पनि आफ्नो नेतृत्व र भूमिका मुख्य छ भनेर पुष्टि गर्न चाहन्थ्यो । १६ बुँदे समझदारी गर्दा भारतको भुमिका थिएन ।
त्यो भुमिकाबिना नै संविधान बनाउन नेपालका राजनीतिक पार्टीहरू अगाडि बढेपछि भारतले सकारात्मक रूपमा लिएन । ऊ देखाउन चाहन्थ्यो, भारतले जे चाहन्छ नेपालमा त्यहि हुन्छ र हुनुपर्छ । त्यसकारण संविधान घोषणा रोकेर देखाउन चाहन्थ्यो । नेपाली जनता र नेपालका राजनीतिक पार्टीले त्यो मान्यता तोडिदिए ।
तत्कालीन राष्ट्रपति रामवरण यादव पनि संविधान सभा लम्ब्याएर मधेसी दलहरूलाई सहमतिमा लिएर मात्र संविधान जारी गर्न चाहन्थे भनिन्छ । उनको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
उहाँका कतिपय रिजर्भेसनहरू थिए । मनमा अलि बढि थिए होलान् । बाहिर ‘अझ बढि अझै मिलाउनुहोस् न’ भन्ने पनि थियो । तर, अन्त्यमा उहाँले संविधान घोषणामा साथ दिनुभयो ।
राष्ट्रपतिको मनोकांक्षा पनि पूरा नगरी अगाडि बढ्नुपर्ने बाध्यता के थियो ?
राष्ट्रपतिले त होइन नि संविधान बनाउने । संविधान सभाले संविधान बनाएपछि घोषणा गर्ने काम त राष्ट्रपतिले गर्नैपर्थ्यो ।
राष्ट्रपतिले स्वभाविक रूपमा राष्ट्राध्यक्षको हिसाबले संविधान जारी गर्नेजस्तो आफ्ना केही सुझाव, धारणा सम्बन्धित पदाधिकारीमार्फत् राख्नुलाई अन्यथा नभनौं ।
तर, राष्ट्रपतिले के चाहन्छन् भनेर संविधान रोकिँदैनथ्यो । संविधान बनाउने त संविधान सभाले हो नि । त्यो कुरा राष्ट्रपतिले बुझ्नुभो ।
यो संविधानले जतिसुकै पर्खिए पनि गुणात्मक रूपमा अन्तर आउँदैनथ्यो ।
संविधानमा शुरूदेखि नै असन्तुष्टि, संशोधनका लागि उठिरहेका आवाज हेर्दा विषयबस्तु बाँकी राख्ने गरि काम भएछ जस्तो लाग्दैन ?
त्यसको निम्ति प्रयत्न गरेको भए पनि हुन्थ्यो भन्ने त हुनसक्छ । तर, मुख्य कुरा के हो भने यो संविधानले जतिसुकै पर्खिए पनि गुणात्मक रूपमा अन्तर आउँदैनथ्यो । केहि मुद्दालाई अझ राम्रोसँग लचिलो ढंगले सम्बोधन गरौं भन्नको लागि ठाउँ हुनसक्थ्यो ।
संविधान हरहालतमा घोषणा गर्ने मुख्य जिम्मेवारी थियो । त्यतिखेर संविधान घोषणा नगरेको भए निर्माणको प्रक्रिया कहाँ पुग्छ भन्ने पनि थियो । दुई÷चार दिनै लम्ब्याउन नसकिने भन्ने होइन ।
दुई/चार दिन लम्ब्याएर छलफल गरेर अरु पनि आउनसक्ने सम्भावनालाई अगाडि राखेर काम गरेको भए हुन्थ्यो । उहाँहरू आउनुहुन्थ्यो अथवा सम्बोधन भइहाल्थ्यो त भन्न सकिन्न । त्यो त हुन पनि सक्थ्यो, नहुन नि सक्थ्यो । तर, गुणात्मक रूपमा नयाँ अन्तरबस्तु सहितको संविधान बन्थ्यो त ? त्यस्तो त हुँदैनथ्यो ।
अर्कोतर्फ, यो संविधान त गतिशिल दस्तावेज नै हो नि । हामीले यो संविधानलाई जहाँ छ त्यहिं राख्न मिल्दैन । आवश्यकता अनुसार उठेका आवाजलाई सम्बोधन गर्ने, संशोधन गर्ने प्रक्रियामा जानुपर्छ ।
संविधान संशोधन गर्ने कि नगर्ने भन्यो भने संशोधन त गर्ने हो । संविधानले नै भनेको छ ‘यो रष्ट्रिय सार्वभौमकिता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहीत सार्वभौमसत्ताबाहेक सबै संशोधनीय छ ।’
तर संशोधन केमा गर्ने र कहिल्ये गर्ने भन्ने ठोस रूपमा मुद्दा अघि सारेर छलफल गरेर, निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।
संविधान कार्यान्वयनको चार वर्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
संविधान कार्यान्वयनको प्रक्रियामा हामी सकारात्मक ढंगले अगाडि बढिरहेका छौं । संविधान कार्यान्वयनका निम्ति आवश्यक ऐन र कानुनहरू बनाउने कामलाई प्राथमिकता दियौं । त्यो गर्नैपर्थ्यो ।
शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, आवासलाई संविधानले नागरिकको मौलिक अधिकारको रूपमा व्यवस्था गरेको छ । त्यसलाई कार्यान्वयन गर्न सरकारले कानुन बनाउने विषयमा सरकारले सफलतापूर्वक काम गरेको छ ।
त्यसभन्दा अघि तीन तहको चुनाव सम्पन्न गरि जनप्रतिनिधीलाई सफलतापूर्वक सत्ता हस्तान्तरण भइसकेको छ । नेपालमा पहिलोपटक अभ्यास हुनगइरहेको संघीयतालाई व्यवहारमा लैजान कानुन बनाउने, कर्मचारी व्यवस्थापन, वित्तीय व्यवस्थापन लगायतको काम भइरहेको छ ।
हामीले मौलिक बाटोबाट मौलिक ढंगको लोकतन्त्र स्थापित गर्याैं । त्यसलाई अझ व्यवहारमा नमूना लोकतन्त्रलाई पुष्टि गर्दै जानुपर्छ ।
नागरिकता, प्रदेशको अधिकार, सीमांकन लगायतमा प्रश्नहरू बाँकी नै छन् नि ?
नागरिकता चाहिं अलि ढिला भयो । यो छिटै गर्नुपर्थ्यो । नागरिकताले केहि समस्या सिर्जना गरेको छ । छिटै हल होला भन्ने आशा गरौं । प्रदेशसँग सम्बन्धित प्रदेश प्रहरी, प्रदेश कानुनहरू पनि अन्तिम दिशातिर अघि बढिरहेको छ । यो छिटै भइहाल्छ ।
शान्ति प्रक्रिया, संविधान निर्माणदेखि पार्टी एकिककरणसम्मै आइपुग्दा हरेक राजनीतिक समस्याको गाँठो फुकाउने सूत्रधार तपाई सदन र मन्त्रिपरिषद्मा नहुँदा आफ्नो भूमिका गौण भएजस्तो लाग्दैन ?
नेपालमा जनयुद्ध र जनआन्दोलनको संयोजनद्वारा शान्ति प्रक्रिया अगाडि बढाएर, संविधान सभाबाट नयाँ संविधान बनाएर समाजवाद उन्मुख समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित सक्दो भुमिका खेलियो ।
त्यो भूमिका इतिहासमा स्थापित भएको छ । संविधानलाई कार्यान्वयन गरेर सामाजिक–आर्थिक रूपान्तरण गर्ने र यो राजनीतिक परिवर्तनबाट जनताले चाहेको सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउनु अहिलेको कार्यभार हो ।
त्यसक्रममा संसद र सरकारमा गएर खेल्ने भुमिका महत्वपूर्ण रहन्छ । अहिले म त्यहाँ छैन, जति गर्न सकिन्थ्यो त्यहाँ नहुँदा गर्न सकिएन भन्ने ठाउँ रहला । तर, त्यो मात्र सबै होइन ।
उदाहरणका लागि म दोस्रो संविधान सभाको निर्वाचनमा पनि आउन सकिन तर पार्टीले नै मलाई संविधान निर्माण समितिको संयोजक बनायो । संविधान निर्माणको निम्ति भुमिका खेलें ।
अहिले पनि पार्टीको नेतृत्वदायी भुमिकामा भएको कारणले संविधान कार्यान्वयन गर्दै देशलाई सामाजिक, आर्थिक रूपान्तरणमा लैजान महत्वपूर्ण भुमिका त खेलिएकै छ ।
" /> माओवादीको मनोगतवादी बुझाइका कारण संविधान सभा विघटन भयो ।

">