हाम्रो पूर्वीय दर्शनले भने यस्तो भन्दैन। काम गर, तर फलको लागि एकछिन पर्ख भन्छ। एक वाक्यमा भन्दा हाम्रो विचारले ‘हाम्रो कर्मले फलको निर्धारण गर्छ’ भन्छ।
व्यापारको कुरा गर्दा हामी आफ्नो मात्रै भोक मेट्ने, आफू मात्र सन्तुष्ट बन्नेमा विश्वास गर्छौं कि अरुको पनि भोक मेट्ने, अरुलाई पनि सन्तुष्ट बनाउनेमा विश्वास गर्छौं ? आफ्नो मात्रै भोक मेट्ने व्यापार गर्ने हो भने त्यसका लागि काम गर्ने तरिका नै बेग्लै हुन्छ।
पहिला अरुको भोक मेट्ने र त्यसपछि मात्र आफ्नो भोक मेट्ने तरिकामा व्यापार गर्यौं भने हाम्रो जीवनशैली मात्रै होइन, व्यापारको शैली पनि फरक हुन्छ।
अरुको फाइदाका लागि काम गर्दा नतिजासँग धेरै चिन्तित हुनुपर्दैन। अरुको फाइदाका लागि काम गर्दा तपाईंले भन्नु हुन्न- ‘म यति नाफा कमाउँछु।’ किनभने अर्काको लागि काम गर्नु आफैंमा एक नाफा हो, सिर्जनाको प्रक्रिया हो।
यो प्रक्रियामा नयाँ नेतृत्व, नयाँ विचार सिर्जना गर्ने कुरा बढी हुन्छ। यसरी तपाईंले दश जना नयाँ नेतृत्व तयार गर्नुभयो भने कति नाफा आर्जन गर्नुहुन्छ भन्ने अनुमान गर्न सक्नुहुन्न।
तर, अर्को प्रक्रियामा भने पहिले आफ्नो नाफाका लागि केन्द्रित भइन्छ। त्यसपछि मात्र अरुका लागि सोचविचार गरिन्छ।
तपाईं के कुरामा विश्वास गर्नुहुन्छ? आफ्नो वा अरुको भोक मेटाउने अथवा आफू वा अरुलाई सन्तुष्टि दिने काममध्ये केलाई प्राथमिकतामा राख्नुहुन्छ? हिन्दू शैलीको व्यापारमा यही प्रश्न सबभन्दा महत्वपूर्ण हुन्छ। यो प्रश्न नसोधेकै कारण पछिल्ला ५० वर्षमा हामीले पृथ्वीको तापक्रम बढायौँ। जलवायु परिवर्तनको यो अबस्था आयो।
किनभने हामीले लगानीकर्ताको भोक मात्रै पूर्ति गर्यौं। यो अवधिमा हामीले पृथ्वी, मान्छे, समाजको भोक वास्ता गरेनौं।
अहिले जलवायु परिवर्तनको जिम्मा कसले लिने? पूँजीवाद वा औद्योगिकरणले ? वा यो पूरै व्यवस्था जसले उद्देश्य केन्द्रित शैली अपनायो?
उद्देश्यमा मात्र केन्द्रित हुने तर त्यसो गर्दा उत्पन्न हुने अन्य परिणामप्रति चासो नदेखाउने शैलीले जलवायु परिवर्तनको यति ठूलो समस्या देखा परेको छ।
हिन्दू पौराणिकताअनुसार कुनैपनि पेशा र व्यवसायको दीर्घकालीन टिकाउपन सबभन्दा महत्वपूर्ण हुन्छ । किनभने हामी त्यसमा विश्वास गर्छौं। तर, अहिले हामी दीर्घकालीन भन्दा पनि नाफामा विश्वास गर्न थाल्यौं। उत्पादन, नाफा सबै भइरहेको छ तर, यो दीर्घकालीन भइरहेको छैन।
पहिले मन्दिरका लागि जमीन दिँदा एक दर्जन गाई, दुई दर्जन बाख्रा पनि मागिन्थ्यो। किनभने मन्दिरको दियो जलाउन घिउ चाहिन्छ।
घिउ त गाईको दूधबाट बन्ने हो।
त्यसो भए अब गाईको हेरचाह कसले गर्ने ?
मान्छे चाहियो।
गाईको हेरचाह गर्ने मान्छेको तलब के हुने ?
गाईको हेरचाह गर्ने मान्छेको तलब बाख्रा हो। त्यसकारण बाख्रा चाहियो।
अर्थात्, बाख्राबाट जे उत्पादन हुन्छ त्यो गाईको हेरचाह गर्ने मान्छेको हो। गाईबाट जे–जति उत्पादन हुन्छ त्यो मन्दिरको हुने भयो।
मन्दिरमा बल्ने एउटा मात्रै दियोका लागि पनि दीर्घकालसम्मकाे साेच राखिन्छ। रोजगारी सोचिन्छ।
यसको उद्देश्य मन्दिरको दियो बाल्नु होइन। यसको उद्देश्य दियोको दीर्घकालीन निरन्तरता हो।
त्योसँगै रोजागरी सिर्जना गरेर आफ्नै पारिस्थितिक प्रणाली निर्माण गर्नु हो।
१० वर्षपछि दियोका लागि कसले तिर्छ? कसले दियोको सुरक्षा गर्छ? दीयोमा कसको अधिकार हुन्छ?
गाईको हेरचाह गर्ने व्यक्तिको अधिकार हुन्छ। कुनै दिन पूजारीको मृत्यु होला। ऊसँग भएको बाख्रा, गाई त्यहाँ बसेर काम गर्ने व्यक्तिको हुन्छ। ऊसँग गाई र बाख्रा छन् भने उसले निश्चय नै दियो बाल्छ।
तर, अहिले हामी यसको ठिक विपरित धारमा सोचिरहेका छौं। पश्चिमाहरूले जुन दिन आफ्नो शैली र विचारमा भएका गल्ती पत्ता लगाउँदैनन्, तबसम्म यस्तै भइरहन्छ।
मलाई लाग्छ, ज्ञान सधैँ अधुरो हुन्छ। हरेक संस्कृतिसँग दिनको लागि केही न केही हुन्छ। त्यसकारण हरेक संस्कृतिका केही न केही अंश लिनुपर्छ। फेरि पनि प्रकृतिबिना कुनै संस्कृति संभव छैन।
पढ्नुहोस्
मार्केटिङमा पौराणिक ग्रन्थको प्रेरणा
काम र व्यक्तिगत जीवनबीच सन्तुलन कसरी मिलाउने ?
मानसिक स्वास्थ्य सिकाउँछन् पौराणिक ग्रन्थले
संसारलाई रणभूमि होइन रंगभूमि बनाऔं
रावणबाट के सिक्ने- बहुप्रतिभाशाली बन्ने कि परिस्थिति अनुकुल ?
हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ?
नेतृत्व गर्ने कि मालिक बन्ने !
" />हाम्रो पूर्वीय दर्शनले भने यस्तो भन्दैन। काम गर, तर फलको लागि एकछिन पर्ख भन्छ। एक वाक्यमा भन्दा हाम्रो विचारले ‘हाम्रो कर्मले फलको निर्धारण गर्छ’ भन्छ।

">