दक्षिण एशियाली खेलकुद हाम्रो ठूलो चाड हो। खेलाडीदेखि प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद्देखि सरकारका सबै निकायले यसमा धेरै मिहिनेत गरेका थिए। त्यहीकारण रिजल्ट राम्रो आयो। अहिले खेलाडीदेखि प्रशिक्षकसम्मलाई सम्मान गर्ने काम भइरहेको छ। यो राम्रो अभ्यास हो। यसले खेलाडीलाई थप हौसला प्रदान गर्छ।
११औं सागमा तपाईं सर्वाधिक चर्चामा हुनुहुन्थ्यो, अहिले तपाईंको जीवनसाथी आयशा शाक्यको चर्चा छ। केही फरक अनुभूति हुँदैन ?
हो, ११औं सागसम्म म चर्चामा थिएँ। तर १२औं सागमा राम्रो रिजल्ट नआएपछि अब तेक्वान्दो नै खत्तम भयो कि भन्ने लागेको थियो। यसपालि तेक्वान्दोमै राम्रो भयो। आयशाले दुईवटा बच्चा पाइसकेपछि दुई स्वर्ण पदक जितेकाले चर्चा भएको हो। पहिले मेरो नामले आयशाको चर्चा हुन्थ्यो, अहिले आयशाको नामले म चर्चामा छु। हामी दुवै मिलेर देशविदेशमा बस्ने नेपालीलाई खुशी दिलाएका हौं। प्रशिक्षकको हिसाबले म अझ बढी खुशी छु। सबभन्दा धेरै पदक जित्ने खेल तेक्वान्दो नै भएकाले प्रशिक्षक खुशी नहुने कुरै भएन।
१३औं साग शुरू हुँदा तपाईं नेपालको कीर्तिमानी खेलाडी हुनुहुन्थ्यो, प्रशिक्षकका रूपमा पनि यसपालि राम्रो नतिजा ल्याउनुभो। आफ्नै मूल्यांकन कसरी गर्नुहुन्छ ?
मुल्यांकन त अरूले गर्ने हो, तर खेल क्षेत्रमा लागेर ठीक गरें भन्ने लाग्छ। आमाबुबाले मलाई डाक्टर, इन्जिनियर बनाउने सपना देख्नुभएको थियो। अंकल इन्जिनियर हुनुहुन्थ्यो, मेरो पनि पढाइ राम्रो थियो। तर, आमाबुबाको सपना ब्रेक गरेर म भागेर काठमाडांै आएँ। अनि खेल क्षेत्रमा लागे। अहिले चाहिं ठीक गरेछु भन्ने लाग्छ। दक्षिण एशियाली खेलकुदमा मैले जुन कीर्तिमान तेक्वान्दोबाट बनाएँ, त्यसले गर्दा म खेलबाट अलग्गिनै नसक्ने भएँ। खेलाडी र प्रशिक्षकका रूपमा मेरा कैयौं कमजोरी होलान्। खेल्दा कहिले मेडल आउँछ, कहिले आउँदैन। म प्रशिक्षकका रूपमा असफल भएको टिप्पणी पनि भयो। १३औं सागले त्यसलाई रिकभर गर्यो।
५१ स्वर्ण पदकसहित १३औं सागमा नेपालले हासिल गरेको उपलब्धि स्वभाविक हो ?
यो स्वभाविक पक्कै होइन। दक्षिण एशियाली खेलकुदको मार्सल आर्टस्मा हामी दक्षिण एशियाकै पावरहाउस थियौं। पछिल्लो समय भने भारत धेरै बलियो भइसक्यो। अरू देश पनि अब्बल छन्। यस्तो अवस्थामा मेडल जित्नु ठूलो कुरा हो। यसका लागि खेलाडीले धेरै मिहिनेत गरेका छन्। खेलाडीहरू रातोदिन नभनी मिहिनेत गर्थे। हामीले उनीहरूको मोबाइल फोनसमेत थुतेका थियौं। प्रशिक्षणमा चोट लाग्थ्यो, उनीहरू घरमा समेत कुरा गर्न पाउँदैन्थे। कतिपय खेलाडी रुन्थे। अहिले त्यही मिहिनेतकै फल मिलेको हो। मिहिनेत प्रशिक्षकको पनि थियो। म दुईजना साना बच्चा छाडेर चीन गएँ। श्रीमती मलेसिया गइन्। जुन प्लानमा हामी हिँडेका थियौँ, त्यसमा राखेपका सदस्यसचिवले उत्तिकै सहयोग गर्नुभो। समयमै पैसा रिलिज गराउनुभो। त्यसकारण यो नतिजाका पछाडि यस्ता थुप्रै कारण छन्।
घरमै खेल्दा पनि नेपाल पुछारमा आयो भने के गर्ने भन्ने चिन्ता पनि थियो। भौतिक संरचनाका कारण साग नै नभए के गर्ने, मेडल जित्न सकिएन भने इज्जत कसरी धान्ने भन्ने डर पनि थियो। यो चिन्ता र डर अब हामीमा भइरहनुपर्छ।
खेल क्षेत्रमा लगानी पुगेन, खेलाडीको मनोबल बढाउने काम भएन भन्ने गुनासो पहिलेदेखि हुँदै आएको छ। यसपालिको अवस्था कस्तो थियो ?
राष्ट्रिय खेदकुद परिषद्को सदस्यसचिवमा रमेश सिलवाल आएपछि कसरी मिलाउनुभो थाहा छैन, तर आवश्यक स्रोतको राम्रो व्यवस्था गर्नुभो। अर्थ मन्त्रालयबाट निकासा होस् वा नहोस्, भनेको बेला पैसाको जोहो गरिदिनुभो। यसपटक हामीले पैसाको चिन्ता लिनै परेन।
त्यसो भए प्रशिक्षकहरूमाथि दबाब कम थियो ?
यो कुरा मैले भन्नै पर्दैन। रंगशाला निर्माणको काम साग शुरू हुनुभन्दा ४–५ दिन अघिसम्म पनि पूरा भएको थिएन। सबैलाई चिन्ता थियो, तर हामी खेलाडी, प्रशिक्षक आ–आफ्नो तयारीमा थियौं। राखेप, खेलाडी, प्रशिक्षक, प्रशासक, ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय, दलका नेतादेखि विदेशमा रहेका नेपालीमा समेत साग होला/नहोला भन्ने चिन्ता थियो। घरमै खेल्दा पनि नेपाल पुछारमा आयो भने के गर्ने भन्ने चिन्ता पनि थियो। भौतिक संरचनाका कारण साग नै नभए के गर्ने, मेडल जित्न सकिएन भने इज्जत कसरी धान्ने भन्ने डर पनि थियो। यो चिन्ता र डर अब हामीमा भइरहनुपर्छ। दक्षिण एशियाली राष्ट्रका साथीहरू ‘तिम्रो देशमा दुईपटक साग हुन सकेन’ भन्थे। यो अवस्थामा खेलकुदमन्त्री, राखेपका सदस्यसचिव रातभर रंगशालामै बसेर पनि काम गराए। आर्थिक व्यवस्थापनमा पनि सरकारले ध्यान दियो। खेलाडीले रातोदिन मिहिनेत गरे। प्रशिक्षकले पनि ठूलो मिहिनेत गरे। यहीकारण नै नेपालले यस पटकको साग भव्यताका साथ आयोजना गर्यो।
१४औं सागमा यो भन्दा राम्रो गर्न के गर्ने ?
हामी आफ्नो देशमा हुँदा जुट्छौं, तर अरुको देशमा हुँदा जुटदैनाैं। अरू देशमा खेललाई विशेष महत्त्व दिन्छ। लगानी पनि धेरै गरिएको छ। राम्रो भयो कि भएन भनेर मूल्यांकन गरिन्छ। अब नेपाल सरकारले पनि त्यसमा ध्यान दिनुपर्यो। लगानीदेखि राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड दिनुपर्यो। एकअर्कालाई दोषारोपण गर्न छाडेर अब हामी पाकिस्तानमा हुने १४औं सागको तयारीमा आजैदेखि लाग्नुपर्छ। हाम्रो लक्ष्य दक्षिण एशियाली खेलकुद मात्र होइन, एशियन गेम्स र ओलम्पिक पनि हो। खेलाडीमा लगानी गर्नुस्, तिनले मेडल ल्याउँछन्।
अहिलेसम्म तपाईं कीर्तिमानी खेलाडी हुनुहुन्थ्यो। अहिले गौरिका सिंहबाट त्यो कीर्तिमान बराबरी भएको छ। कस्तो लागेको छ ?
उहाँजस्तो खेलाडी हाम्रो देशमा हुनु हामी सबैको लागि गर्वको कुरा हो। एउटै सागमा चारवटा स्वर्ण लिनु सानो कुरा होइन। हामीले उहाँबाट सिक्नुपर्छ। उहाँको परिवारले गरेको लगानी अरू परिवारले सिक्नुपर्छ। गौरिका सिंह र उहाँको आमा बुबाबाट हामीले सिक्न जरुरी छ।
खेलाडीको आर्थिक अवस्थालाई कसरी हेर्नु हुन्छ ?
खेलाडीहरू विदेशिएका छन्। हट्टाकट्टा खेलाडी अरू देशमा गएर मासिक २५–३० हजार कमाइ हुने काम पनि गर्छन्। त्यति व्यवस्था नेपालमै भए उनीहरू ढुक्कले खेल्न सक्थे। अब यसबारे सोच्नुपर्छ।
प्रधानमन्त्रीले निवासमै बोलाएर पुरस्कारको घोषणा गर्नुभो। त्यो राशिको पुरस्कारको अपेक्षा थियो ?
प्रधानमन्त्रीज्यू आफैं पनि खेलकुदमा चासो राख्ने मान्छे हो। प्रधानमन्त्रीज्युले धेरै खेलाडीलाई व्यक्तिगत रूपमै चिन्नु हुन्छ। प्रधानमन्त्रीले नामै लिएर बोलाउँदा छाती चौडा हुन्छ। हौसला बढ्छ। अहिले घोषणा भएको पुरस्कार सोचेभन्दा बढी हो। यसले खेलाडीको हौसला बढाउँछ। अब यो नियमित हुनुपर्छ। स्वर्ण पदक ल्याउनेलाई मात्र होइन, रजत र कांस्य ल्याउनेलाई पनि राम्रो महत्त्व दिनुपर्छ।
मिहिनेत गरेर मेडल जित्न नसक्ने खेलाडी पनि धेरै छन्, उनीहरूको पीडा कस्तो हुन्छ ?
त्यो पीडा हामीसँग पनि छ। आयशा पहिलो बच्चालाई घरमा छाडेर एशियन गेम्स खेल्न दक्षिण कोरिया जाँदा मेडल आएन। त्यसबेला उनी धेरै रोइन। भारतको गुहाटीमा भएको १२औं सागमा पनि उनी एक प्वाइन्टले हारिन्। स्वर्ण पदकको मुखैमा पुगेर हार्दाको पीडा निकै ठूलो हुन्छ। रजत पदकको गणना कसैले गरेन। त्यसकारण रजत र कांस्य पदक लिने खेलाडीलाई पनि हौसला दिनुपर्छ। हार्नेहरूलाई अर्को पटक जित्न हौसला बढाउनु पर्छ।
नेपाली खेल क्षेत्रका चुनौती के हुन्? हामी सागमा पहिलो कहिलो बन्छौं होला ?
नथिङ ईज इम्पोसिबल भन्छन् नि, त्यो खेल क्षेत्रमा लागू हुन्छ। अब अर्को सागमा सय वटा मेडल जित्ने मिसन बनाएर त्यस अनुसारको लगानी गर्ने हो भने अब्बल नेपालीले गर्न सक्छन्। हामी दुई वर्षमै सागमा प्रथम हुन नसकौंला, तर चार वर्षमा एउटा टार्गेट पूरा गर्न सकिन्छ। मुख्य कुरा खेलकुदलाई मिसनका रूपमा अघि बढाउनुपर्यो।
प्रस्तुतिः मञ्जु कार्की
" /> १३औं दक्षिण एशियाली खेलकुद (साग) सकिएको छ। तपाईंको अनुभवमा नेपालका लागि यो प्रतियोगिता कस्तो रह्यो ?दक्षिण एशियाली खेलकुद हाम्रो ठूलो चाड हो। खेलाडीदेखि प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद्देखि सरकारका सबै निकायले यसमा धेरै मिहिनेत गरेका थिए। त्यहीकारण रिजल्ट राम्रो आयो। अहिले खेलाडीदेखि प्रशिक्षकसम्मलाई सम्मान गर्ने काम भइरहेको छ। यो राम्रो अभ्यास हो। यसले खेलाडीलाई थप हौसला प्रदान गर्छ।

">