पहिलो पटक राष्ट्रिय टिमको कप्तान बन्दा कस्तो लाग्यो ?
खुशी भएको थिएँ। सबैको सपना त कप्तान बन्ने हुँदैन। कप्तान बन्ने अवसर सबैले पाउँदैनन् पनि । मैले पाएँ । अवसर पाइसकेपछि जिम्मेवारी पनि थपिँदै गयो।
तपाईंले राजु खड्काको कप्तानीमा सिनियर टिममा डेब्यु गर्नुभएको थियो । पछि विनोद दासको कप्तानीमा खेल्नुभयो र अन्ततः विनोद लगायतका सिनियरहरूलाई नै लिड गर्नुभयो । कत्तिको चुनौती थियो?
मानसिक रूपमा चुनौती त थियो, किनभने आफूले बच्चैदेखि हेरेको, खेलेको खेलाडीको पनि कप्तान बन्नुपरेको थियो । तर मलाई कुनै पनि बेला गाह्रो चाहिँ भएन ।
किनभने हामी सबै पुरानै साथी थियौं । नेपाली क्रिकेटको सबभन्दा ठूलो र बलियो पक्ष भनेको टिम एकता हो। सबैले सपोर्ट गर्नुभयो।
मलाई त्यति गाह्रो अनुभव भएन। शुरुमा के गर्ने, कसो गर्ने भन्ने मनमा चाहिँ अलिअलि हुन्थ्यो। तर सिनियर खेलाडीले कुनै पनि बेला नराम्रो अनुभव हुन दिनुभएन । हामी सबैको लक्ष्य नेपाली क्रिकेट टिमलाई जिताउने थियो। त्यही सोंचले गर्दा नै हामी यहाँसम्म आइपुगेका हौँ।
कसैलाई कप्तानको रूपमा विकास गर्नुपर्छ र मबाट ह्याण्डओभर गर्नुपर्छ । हामी त्यो प्रकियामा छौँ।
कप्तानको पहिलो परीक्षणका रूपमा तपाईंको पहिलो खेल युएईमा एसीसी टी २० कप थियो, जहाँ नेपाल तेस्रो भयो । कप्तानको रूपमा त्यो प्रतियोगिता कसरी सम्झनु हुन्छ ?
कप्तानको रूपमा मैले पहिलो म्याच नै हारें । तर हार र जितको कोणबाट मात्र नभई नेपाली क्रिकेटलाई समग्रमा हेरिनुपर्छ । जिते के के न भयो भन्ने, हारे खत्तम भयो भन्ने प्रवृत्ति ठीक होइन । त्यो चिन्तनबाट हामी मुक्त हुनुुपर्छ ।
मेरो कप्तानीको पहिलो प्रतियोगितामा राम्रो शुरुवात हुन सकेन । तर हामीले फरक ढंगले सोच्यौं । नराम्रो गरिसकेपछि यो भन्दा नराम्रो हुन सक्दैन अझ राम्रो गर्नुपर्छ भनेर हेर्यौं । टिम इफोर्टले गर्दा हामी यहाँसम्म आइपुगेको हो। पारस खड्का कप्तान भएर नेपाली टिम यहाँ आइपुगेको होइन कि नेपाली टिम राम्रो भएर आएको हो ।
तपाई कप्तान हुँदा नेपाल डिभिजन ५ मा थियो । त्यसपछि नेपालले ५, ४ हुँदै डिभिजन ३ त दुई पटक जित्यो । पहिलो पटक २०१४ मा टी २० विश्वकप नै खेल्यो । पहिलो पटक विश्वकपमा छनोट हुँदाको अनुभव कस्तो थियो?
मेरो कप्तानीमा नेपाली टिम विश्वकपमा पुग्छ भन्ने कहिल्यै लागेको थिएन । मान्छेले सुन्दा झूट बोल्यो भन्ने लाग्छ होला । मैले सँधै टिमलाई नै अगाडि बढाउने सोच्छु।
हामी सबैको बच्चैदेखिको सपना थियो नेपाली क्रिकेट टिमले विश्वकप खेलेको हेर्ने । नेपालले यू १९ विश्वकप खेल्छ भनेर कतिपयले त सोचेका पनि थिएनन् होला।
त्यो हामी सबैका लागि अविस्मरणीय क्षण हो । अहिले पनि एउटा मात्र विश्वकप खेलेका छौँ। त्यो भने दुःखलाग्दो कुरा हो । आगामी दिनमा अझ राम्रो खेलेर हामी फेरी पनि विश्वकपसम्मको यात्रा पूरा गर्न चाहन्छौं ।
बंगलादेशमा नेपालको राष्ट्रिय गान बज्दा, नेपालले विश्वकपको पहिलो खेलमै हङकङलाई हराउँदाको क्षण कस्तो थियो ?
फ्याबलस (शानदार) विश्वकपको पहिलो खेल। संसारले हेरिरहेको छ भन्ने थियो । पहिलो खेल नै हामीले जित्यौं । सबैले योगदान गरेकैले त्यो खेल जितेका हौं ।
त्यो विश्वकप पूरै हेर्ने हो भने थाहा हुन्छ हामी सबैले आफ्नो बेस्ट पर्फर्मेन्स दियौं । तीनवटै खेलमा हाम्रो प्रदर्शन राम्रो भयो । त्यसले गर्दा पनि संसारको अगाडि हामी राम्रोसँग प्रस्तुत भयौँ।
नेपाली क्रिकेट खेलाडीले कुनै लोभ र आशाले भन्दा पनि एउटा प्यासनले खेलिरहेछन् । त्यो प्यासन पछ्याएर खेल्दा हाम्रो सपना पूरा भयो । हामी निकै उत्साही थियौं ।
नेपालले विश्वकपमा अफगानिस्तानलाई पनि हरायो । पछि बंगलादेशसँग रनरेटमा मात्र पछि परेर दोस्रो चरण पुग्न नसक्दा कस्तो लाग्यो?
विश्वकपमा मात्र होइन। अस्ति भर्खर सिंगापुरमा विश्वकपका लागि हामी छनोट नहुँदा पनि दुःख लागेको थियो । सबै क्रिकेटप्रेमीलाई दुःख लागेको थियो ।
नेपालका लागि फेरी विश्वकपमा पुग्ने त्यो एउटा अवसर थियो । देशको लागि खेलेको कुनै पनि म्याच हार्दा दुःख लाग्छ । कतित म्याच हार्दा संरचना नै गुमाउनुपर्ने पनि हुन्छ । कति म्याच हार्दा सिरिज गुमाउनु पर्छ ।
मैले अघि पनि भनेँ हार र जित भन्दा पनि माथि उठ्नुपर्ने बेला आइसकेको छ। अन्ततः खेल हो । खेलमा त जे पनि हुन सक्छ ।
विश्वकप खेलेपछि नेपाली टिमसँग अझ धेरै अपेक्षा थियो, तर २०१४ को ओडिआई विश्वकप क्वालिफायर र २०१५ को टी २० विश्वकप क्वालिफायरमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो। त्यसको कारण अपेक्षा बढि थियो वा प्रदर्शन नै कमजोर ?
क्रिकेट टिमले मात्र राम्रो खेलेको हो नि त। क्रिकेटको संरचना त अहिले पनि त्यस्तै छ। जबसम्म हाम्रो संरचनामा फेरबदल हुँदैन तबसम्म हारजित भइरन्छ ।
जबसम्म नेपाल रहन्छ तबसम्म नेपाली क्रिकेट पनि रहिरहन्छ । एउटा खेल जित्दैमा माथि पुग्ने, हार्दैमा तल पुग्ने भन्ने हुँदैन । विश्वकप खेल्दैमा नेपाली क्रिकेटकै कायापलट हुन्छ भन्ने पनि हुँदैन ।
हो, त्यतिबेला सबैको अपेक्षा धेरै थियो । तर कसैले पनि ग्राउण्ड रियालिटी बुझेका थिएनन् । अहिले ओडिआई स्टाटस पाइसक्दा पनि खासै केही चेन्ज हामीले देख्न सकेका छैनौँ।
निश्चय नै क्रिकेटलाई माया गर्ने धेरै छन्। खेलाडीहरूले पाउने सुविधामा सुधार भएको छ। तर संरचनामा अलिकति फेरबदल नगर्ने हो भने हामीलाई यो स्टाटस मेन्टेन गर्न गाह्रो हुनेछ।
राजनीतिक हस्तक्षेप भएको भन्दै क्यान निलम्वनमा पर्यो । तर आइसीसीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने छुट दियो । हामीले ओडिआई स्टाटस पायौँ, सिरिजहरू खेल्यौँ। यो समग्र विकासलाई कसरी हेर्नुहुन्छ?
ओडिआई स्टाटस भन्दा पहिले पनि हामीले धेरै राम्रो गरेका थियौँ। पहिला उमेर समूहमा धेरै राम्रो प्रदर्शन गथ्र्यौंं, सिनियर लेबलमा चुकिराथ्यौँ। तर, पछि गएर सिनियर टिमले राम्रो गर्न थाल्यो ।
महिला क्रिकेटले पनि राम्रो प्रदर्शन गरिरहेको छ । तर, निरन्तर खेलिरहनु पर्ने क्रिकेट प्रतियोगिताको अभावले गर्दा हामी पिछडिएका छौँ।
फिल्डमा हाम्रो पर्फर्मेन्स राम्रै छ । तर कहिलेसम्म भन्ने प्रश्न छ । अब संस्थागत रूपमा राम्रो व्यवस्थापन गरेर अघि बढ्न सकेनौं भने भोलि जतिसुकै गरे पनि राम्रो नतिजा नआउन सक्छ । विगतको खेल हेर्दा त हामी अहिले भन्दा धेरै माथि हुनुपर्ने हो ।
तर ओडिआई स्टाटस पाउँदा नै खुशी छौं । यो स्टाटस त हामीले चार, पाँच वर्ष अघि नै पाउन सक्थ्यौं नि !
जे होस् जसोतसो संघर्ष गरेर यहाँसम्म आइपुगेका छौं । अब यो लेबललाई कसरी मेन्टेन गरेर थप उपलब्धि हासिल गर्ने भन्ने चुनौती र जिम्मेवारी हामीसामु छ ।
यदि क्यान निलम्वन नभएको भए हामी के के राम्रो गर्न सक्थ्यौं ?
संघ, संस्था नहुँदा काम गर्न गाह्रो हुन्छ । क्यान नहुँदा क्रिकेटका सबै गतिविधि बन्द भए । कतैबाट स्रोत प्राप्त भएन । प्रतियोगिता हुन छाडे । पुरुष, महिला, उमेर समूह सबैतिर नयाँ खेलाडी आउने क्रम रोकियो । आशा गरौँ, यो अवस्था फेरी नआओस्।
त्यतिबेला कसले के हेर्ने भन्ने नै थिएन । सबैथोक आइससीसीमै गएर ठोकिन्थ्यो । पछिल्लो तीन वर्षमा हामी धेरै हिसाबले पछाडि परेका छौँ। फिल्डमा राष्ट्रिय टिमले मात्र खेलिरहेको हुन्थ्यो ।
त्यो बाहेक कति धेरै खेलाडीले आफूलाई प्रस्तुत गर्ने वातावरण नै पाएनन् । यी धेरै कुरामा हामी पछि पर्यौँ ।
प्रसंग बदलौं । तपाईँको कप्तानीमा नेपालले खेलेको मध्ये उत्कृष्ट प्रतियोगिता कुन हो ?
विश्वकप क्वालिफायर २०१३ को युएई सिरिज । ओडिआई र टी २० आई सिरिज जितेको क्षण पनि म सम्झिरहन्छु ।
राम्रो खेल्न सक्ने तर निराशाजनक प्रदर्शन भएको प्रतियोगिता?
धेरै छन्। एउटा २०१५ को विश्वकप क्वालिफायर हो। २०१४ को विश्वकप खेलिसकेपछि २०१६ को टी २० विश्वकपको लागि क्वालिफायर थियो।
त्यतिबेला हामी राम्ररी तयार थियौं । सबै कुरा मिलेको थियो । दुःखद कुरा, त्यो प्रतियोगिता हाम्रो सबैभन्दा खराब मध्ये एक बन्यो। अर्को हो, सिंगापुरमा पछिल्लो महिना खेलेको प्रतियोगिता ।
त्यो पनि खराब प्रदर्शनमा पर्छ।
तपाईले सँगै खेलेकामध्ये उत्कृष्ट खेलाडी?
धेरै खेलाडी छन्। धेरैले राम्रो गरेका छन्। नेपालको लागि अहिलेसम्म सबभन्दा बढी एकनासले अन फिल्ड प्रदर्शन गरेका खेलाडी बसन्त रेग्मी हुन्। अन फिल्ड प्रदर्शन हेर्ने हो भने उनी म भन्दा पनि माथि छन्।
चाँडै प्रगति गरेको खेलाडी?
यसमा पनि धेरै खेलाडी छन्। इन्टरनेशनल लेबलमा आउनसाथ राम्रो गरेको एउटा दिपेन्द्र ऐरी हुन्। भन्नाले आउनासाथ मार्क गरेको खेलाडी। त्यो भन्दा बाहेक नि छन्, युवा खेलाडीहरू । धेरैले राम्रो खेलेका खेलाडीहरू पनि छन् ।
क्षमता भएर राम्रो गर्न नसकेको र माथि आउन नसकेको खेलाडी?
मेरो विचारमा हामी सबै त्यसमा पर्छौं। सम्भावना भएर पनि हामीले त्यो अनुसार गर्न सकेका छैनौँ।
ओभररेटेड खेलाडी ?
हामी यसमा भाग्यमानी छौँ। हामी सबैले अरु सम्भावना छोडेर क्रिकेट रोजेका हौं । क्रिकेट व्यवसायिक नहुँदा पनि आफ्नै मिहिनेतले यहाँसम्म पुगेका छौं । कुनै खेलाडीलाई पनि दोष दिन मिल्छ भन्ने लाग्दैन ।
करण केसी र सन्दीप लामिछानेले नामिबियामा अन्तिम विकेटका लागि खेलेको इनिङ्स मेरो विचारमा उत्कृष्ट हो। नेपालको क्रिकेटमा सबैभन्दा महत्वपूर्ण इनिङ्स पनि हो, त्यो ।
अन्डररेटेड खेलाडी ?
खासै कोही छैन।
यो चाहिँ टिममा आवश्यक छ वा म्याच विनर हो भन्ने खेलाडी ?
सबै चाहिन्छ। एक्लैले मात्र प्रदर्शन गरेर जित्ने होइन। सबै खेलाडीले प्रदर्शन गर्नैपर्छ।
पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी जस्ता एकदुई जनाले मात्र म्याच जित्ने होइन । टिम नेपालले जित्ने हो ।
नेपालले जित्नको लागि एक दुई जनाको प्रदर्शन पर्याप्त हुँदैन । टिमको कम्बाइन्ड इफोर्ट चाहिन्छ।
तपाईं प्रभावित हुनुभएको खेलाडी?
मैले यू–१५ बाट खेल्न शुरु गरें । अहिले सबै उमेर समूहका खेलाडी राम्रो छन्। उनीहरू हामी भन्दा धेरै राम्रा छन्। नेपालमा ट्यालेन्टेड खेलाडीको कुनै कमी छैन।
तर उनीहरूले त्यो अनुसारको अवसर पाएका छैनन्। अहिलेसम्म पनि एक्सपोजर पाएका छैनन्। पाए भने व्यक्तिसँगै टिमले पनि राम्रो नतिजा ल्याउन सक्छ।
आफ्नो कप्तानीमा सम्झन लायक कुनै खेलाडीको उत्कृष्ट प्रदर्शन?

तपाईंंले खेलेको मध्ये कठिन प्रतिद्वन्द्वी र उत्कृष्ट विदेशी खेलाडी?
त्यस्तो विशेष छैन। सबै टिम नै कठिन छन्। सबै विपक्षी टिम हामीलाई हराउनै खेल्छन् र हामी पनि उनीहरूलाई हराउन। एउटा कुनै टिम हामीलाई गाह्रो वा सजिलो भन्ने छैन।
पारस खड्कालाई त्यस्तो गाह्रो लाग्ने छैन ?
त्यस्तो छैन।
क्रिकेट मेरो पहिलो जिम्मेवारी हो। कप्तानमा भने व्यक्ति आउन-जान सक्छन्। म के कुरामा प्रष्ट छु भने नतिजा दिँदासम्म मात्र एउटा पोजिसनमा बस्ने हो। नतिजा दिन नसके त्यो ठाउँबाट मूभ हुनपर्ने हुन्छ।
नेपाली क्रिकेटको इतिहास झण्डै साढे दुई दशक पुग्न लागेको छ। त्यसमा तपाईंले कप्तानको रूपमा एक दशक र खेलाडीको रूपमा डेढ दशक बिताउनुभो । आफ्नो पूरा करिअरलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ?
मैले भन्नैपर्छ– आइ ह्याभ बिन प्रिभिलेज्ड। मैले कोच र खेलाडी सबैबाट निकै राम्रो सपोर्ट पाएको छु । त्यसको बर्णन गर्ने शब्द मसँग छैन ।
म अहिले व्यक्तिगत र पेशागत हिसाबले जुन ठाउँमा छु, टिमको सर्पोटबिना यो सम्भव थिएन ।
अहिले चुनौती ठूलो छ। टिम र समग्र वातावरणलाई अझ राम्रो कसरी बनाउने भन्ने छ। धेरै खेलाडी जो अहिले टिममा छैनन् वा छनौटमा परेनन्, मलाई मन नपाराउन सक्लान् ।
मेरा विरुद्ध पनि कति कुरा होलान्। तर, मैले जहिले पनि नेपाली क्रिकेटलाई प्राथमिकतामा राखेर कसरी जिताउन सकिन्छ भनेर आफूलाई अगाडि बढाइरहेको छु ।
नेपालको प्रदर्शन राम्रो नभइरहेका बेला तपाईको प्रदर्शन राम्रो नहुँदा पारसलाई कप्तानबाट हटाउनुपर्छ भन्ने पनि सुनियो । त्यसलाई कसरी हेर्नुहुन्छ ?
त्यो कसैको व्यक्तिगत विचार होला । तर, यो क्रिकेट टिम हो, पारस खड्काको टिम होइन। नेपाल राष्ट्रको टिम हो। मैले मेरो तर्फबाट कप्तानको रूपमा प्रयास गर्ने हो ।
नतिजा मैले भने जस्तो कहिल्यै हुँदैन । हामीले भने जस्तो पनि भएको छैन । हामीले त्यसका लागि कोसिस गर्ने हो। म टिममा रहने, नरहने क्रिकेट बोर्डले निर्णय गर्ने हो ।
क्रिकेट मेरो पहिलो जिम्मेवारी हो। कप्तानमा भने व्यक्ति आउन-जान सक्छन्।
म के कुरामा प्रष्ट छु भने नतिजा दिँदासम्म मात्र एउटा पोजिसनमा बस्ने हो। नतिजा दिन नसके त्यो ठाउँबाट मूभ हुनपर्ने हुन्छ।
आशा छ, जबसम्म खेल्छु आफ्नो देशलाई जिताउन सकुँ ।
म बाहिरिने दिन पनि आउँछ । तर, नेपाली क्रिकेटले जित्नुपर्छ । मैले नेपाली टिमले जित्न सक्ने आधारहरू एकै ठाउँमा ल्याएर सक्दो प्रयास गरेको छु ।
खेलाडी र प्रशिक्षक मिलेर नेपाली टिमलाई जिताउन प्रयास गरेका हौं । खेलमा अप एन्ड डाउन त भइरहन्छ ।
मेरो विचारमा टिम राम्रो भयो भने कप्तान पनि राम्रो हुने हो। टिम राम्रो भएन भने त्यसले कुनै अर्थ राख्दैन। मेरो कप्तानीले भन्दा पनि हामी राम्रो टिम भएर यहाँसम्म आइपुगेका हौँ।
कप्तान पद के रहेछ ? कस्तो हुने रहेछ ? स्वतन्त्र भएर खेल्नु र टिमलाई लिड गर्नुमा के फरक छ?
कतिपयले यसमा इन्जोय गर्छन्, केही धेरै दबाबमा पनि हुन्छन्। दायित्व धेरै छ, जिम्मेवारी असिमित छ, विशेषगरी नेपालको संरचना हेर्ने हो भने। तर, यसलाई अवसरको रूपमा पनि हेर्न सकिन्छ। मैले चाहिँ कप्तानीलाई अवसरको रूपमा लिएको छु ।
जब म खेल्छु, आई ट्राई टु पुट माई बेस्ट इफोर्ट। शुरुमा म कप्तान भन्दा पनि व्यक्तिगत रूपमा कसरी टिमलाई राम्रो प्रदर्शन गरेर जिताउने भन्ने सोच्थें । अहिले टिमको तर्पmबाट सोच्छु ।
कप्तानका रूपमा एक दशक पार गरिसकेपछि अब थकाइ मारौं, अरुलाई जिम्मेवारी हस्तान्तरण गरौं भन्ने लाग्दो रहेनछ ?
लाग्छ। पछिल्लो पटक मैले एसिया कप हुँदा पनि भनेको थिएँ। तर, यो समयले तय गर्ने हो। कसैलाई कप्तानको रूपमा विकास गर्नुपर्छ र मबाट ह्याण्डओभर गर्नुपर्छ ।
हामी त्यो प्रकियामा छौँ। फेरि यो मैले निर्णय गर्ने विषय होइन, क्रिकेट बोर्डले निर्णय गर्ने हो । बोर्डले सेलेक्सन प्यानल बनाउँछ र त्यसले नै कप्तान छान्छ।
हामीले टिमलाई अगाडि बढाउन सक्ने नेतृत्व विकास गर्नुपर्छ । मैले गर्न सक्ने लिमिटेसनमा म पनि पुगिसकेँ। अब युवा पुस्तालाई ग्रुमिङ गरेर एउटा लिडर चुन्नुपर्छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि दशक पार गरेका सीमित कप्तान मात्र छन् । त्यो इलाइट प्यानलमा पारस खड्का पनि पर्छ । एउटा कप्तान कति खेलेपछि थाक्छ ? वा कहिलेसम्म कप्तान रहिरहन सक्छ ?
कप्तान एउटा पोजिसन मात्र हो। यु ह्याभ टु डेलिभर। मेरो विचारमा संख्या मात्र हेरेर हुँदैन। दश वर्ष कप्तानी गर्दैमा कोही राम्रो हुनुपर्ने, दुई वर्ष कप्तानी गर्दैमा कोही नराम्रो हुने भन्ने छैन।
कुनै निश्चित समयमा टिमको ग्रोथ कसरी भइहरेको छ, टिमले आफूलाई कसरी प्रस्तुत गरेको छ भनेर हेर्ने हो ।
हाम्रो सबभन्दा ठूलो प्लस प्वाइन्ट खेलाडीको पोजिटिभिटी हो । नेपाली क्रिकेटको स्प्रिटले गर्दा पनि मलाई कप्तानको रूपमा सजिलो भएको छ ।
आगामी दिनमा जसलाई यो जिम्मेवारी आए पनि यस्तै सोच र जोशका साथ नेपाली टिमलाई अगाडि बढाउनु हुनेछ ।
युवा खेलाडीलाई राम्रो वातावरण दिने हो भने उनीहरूले आफूलाई प्रमाणित गर्नेछन् । तर उनीहरूलाई निरन्तर सपोर्ट चाहिन्छ । त्यो सपोर्ट क्रिकेट बोर्डबाट आउने हो ।
ज्ञानेन्द्र, शरद, विनोद, बसन्त सहित तपाईंको पुस्ताका पाँच खेलाडी अहिले राष्ट्रिय टिममा हुनुहुन्छ । ढिलोचाँडो यो पुस्ता नै अब सिनियर टिमबाट टाढिनेछ । नयाँ पुस्ताका खेलाडीलाई यो ठाउँ लिनेगरी तयार भएको देख्नु हुन्छ ?
यहाँ केही पनि कुरा स्थायी हुँदैन । यो राष्ट्रिय क्रिकेट टिम हो। समय आएपछि सबैले छोड्नु पर्छ । त्यसैले पुरानो नयाँ भन्दा पनि कुन खेलाडीले राम्रो गर्न सक्छ भनेर हेर्नुपर्छ ।
राम्रो प्रदर्शन हुँदासम्म उमेरको हदबन्दी हुँदैन । कतिपयले ४०÷४१ वर्षसम्म पनि खेल्नु भएको छ । कसैले ४० कटेपछि नै आइपीएलमा डेब्यु गर्नु भएको पनि हामीले देखेका छौं ।
हामीसँग धेरै राम्रा युवा खेलाडी छन्। उनीहरूलाई राम्रोसँग ग्रुम गर्नुपर्छ। अबको नेपाली क्रिकेट कता जान्छ भन्ने युवा खेलाडीमै भर पर्छ ।
अब आउने पुस्ता र नयाँ बन्ने कप्तानको लागि कस्तो चुनौती छ?
मेरो विचारमा कसैलाई तुलना गर्न मिल्दैन। विगतमा कसले के गर्यो भन्ने इतिहास मात्र हो । इतिहास नयाँ संरचना ल्याउनको लागि पुस गर्ने माध्यम मात्र हो। नयाँ खेलाडीमा जोश जाँगर छ। हामी भन्दा धेरै ट्यालेन्ट पनि छन् ।
युवा खेलाडीलाई राम्रो वातावरण दिने हो भने उनीहरूले आफूलाई प्रमाणित गर्नेछन् । तर उनीहरूलाई निरन्तर सपोर्ट चाहिन्छ । त्यो सपोर्ट क्रिकेट बोर्डबाट आउने हो । राम्रो बोर्डले एउटा राम्रो व्यवस्थापन ल्याएर क्रिकेट खेलाडी र क्रिकेटसँग सम्बन्धित सबैलाई सुरक्षा दिने हो भने राम्रो नतिजा आउन सक्छ ।
तपाईपछि बीचमा उमेर समूहमा धेरै कप्तान आए, गए । कोही चोटले सताइए । कोही खेलिरहेका छन् । तपाईलाई रिप्लेस गर्ने कप्तान आउन नसकेकै हुन त?
होइन, तुलना गर्नु नै गलत हो। के थाहा, पाँच वर्ष अघि अर्को कप्तान भइदिएको हामी अहिले दुई वटा विश्वकपमा छनोट हुन सक्थ्यौँ कि? बितेको समयमा को हुँदा ठिक को हुँदा बेठिक भन्ने केही पनि ग्यारेन्टी छैन। अहिले म कप्तान छु।
दुईवटा सिरिज खेल्न गइरहेका छौँ। त्यसमा कुनै ग्यारेन्टी छैन दुई वटै सिरिज जित्छौं कि हार्छौँ । खेलाडीको रूपमा हामीले व्यक्तिगत रूपमा मोटिभेट भएर राम्रो नतिजा ल्याउनका लागि पुस गर्ने हो ।
यही सिरिजको लागि दिपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। उमेर समूहमा कप्तानी गरेका अरु नयाँ खेलाडी पनि छन् । तपाईँलाई रिप्लेस गर्न सक्ने को होला जस्तो लाग्छ?
मैले ग्रुम गर्ने भन्दा पनि दिपेन्द्र आफैंले बनाएको पोजिसन हो । मैले दिएको पोजिसन होइन। दिपेन्द्र सिंह ऐरी आफैँमा एउटा सक्षम खेलाडी हुन्। उनले खेल्न थालेदेखि नै आफूलाई प्रमाणित गरिरहेका छन् । अरु पनि खेलाडी छन् ।
सोमपाल, आरिफ, करण, सन्दीप लामिछाने छन् । अहिले यू–१९ को कप्तान रोहित पौडेलसँग पनि त्यो क्षमता छ । कुनै एउटा खेलाडीले मलाई रिप्लेस गर्ने भन्दा पनि जो कप्तान बन्छ उसले राम्रो नतिजाका लागि जोड दिने हो । त्यो नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ ।
" />

">