डेढ वर्षभित्र देशका सबै भूमिहीनलाई जमिन
<p>काठमाडौं। भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र देशका सबै भूमिहीनले जग्गा पाउने बताएका छन्। उनले भने, ‘‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानमा सहकार्य गर्ने समझदारी भइसकेको छ। डेढ वर्षमा स्थानीय तहका सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी आयोगको रहेको छ।’’<br />
शनिबार पाँचथरको फिदिममा आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले यस्तो दाबी गरेका हुन्।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्