‘सुन्दरताको भण्डार सारा
के खन्यायौं यसै रारामा
स्वर्गकी अप्सरा रारा’

२०२० सालमा पहिलो पल्ट रारा पुग्दा राजा महेन्द्रले धुपीको बोटमुनि बसेर राराको सुन्दरताको बयान यसरी गरेका थिए। सेताम्मे हिमालको काखमा करीब दुई हजार ९०० मिटरको उचाइमा रहेको नेपालकै ठूलो रारा ताल देखेर नलोभिने को पो होला !

रारा ताल कसरी बन्यो ? यसको उत्पत्तिबारे थुप्रै किंवदन्ती चलिआएका छन्। अहिले हामी किंवदन्तीको चर्चा नगरौं।

सैपाल हिमालको काखमा विभिन्न कोणधारी जंगल, चराचुरुङ्गी (साइवेरियन चराहरु, चरी हाँस, जलेवालगायत)को जलक्रिडा स्थल, मृगस्थल र जडीबुटीले समेत भरिपूर्ण छ, रारा।

यही सुन्दरता, पर्यावरण र जैविक विविधतालाई बचाउने उद्देश्यले साढे चार दशकअघि रारालाई मानव बस्तीरहित बनाउनुपर्छ भनेर अध्ययन शुरू गरिएको थियो। त्यहीक्रममा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको घोषणा गरियो।

अनुपविक्रम शाह

रारामा दुईवटा निकै पुराना गाउँवस्ती थिए। यी गाउँवस्तीको आफ्नै गर्विलो इतिहास थियो। गोर्खाली फौजले जुम्लामा विक्रम संवत् १८४७ आक्रमण गरेपछि तत्कालीन जुम्ला राज्यका शासकमध्ये गोर्खाली फौजसामु घुँडा नटेक्नेलाई उत्तरतिर लखेटिएको थियो। त्यसरी लखेटिएकाहरू सुरक्षित वास खोज्दै जाने क्रममा राराको छेउमा पुगे। त्यहीँ वस्ती बसाए। बिस्तारै त्यसलाई रारा गाउँ भन्न थालियो।

रारा गाउँकै छेउमा अर्को बस्ती थियो, छाप्रु।

रारा राष्ट्रिय निकुञ्ज घोषणा गरिएपछि रारा र छाप्रुका कूल २३२ घरधुरीलाई पुस्तौंदेखिको जन्म र कर्मथलोबाट उठीवास लगाइयो।

त्यसबेला म सानै बच्चा थिएँ। मलाई धेरै कुरा थाहा थिएन। बुबा, आमा र आफन्तबाट मैले त्यसबारे धेरै कुरा बुझेको थिएँ। पछि मैले राराका तत्कालीन प्रधानपञ्च कलबहादुर शाहबाट पनि यसबारे अझ धेरै बुझ्न पाएँ। उहाँले सुनाउनुभो– “नियम कानुन मान्ने, देशको पर्यावरण  संरक्षणमा सघाउ पुर्‍याउने हेतुले हामी सोझा रारावासीले आफ्नो जन्मथलो सजिलै छाड्यौं। तर, सरकारले समझदारी भएअनुसार जग्गा तथा अन्य सुविधा उपलब्ध गराएन।”

राराबाट बस्ती उठाइएको घटना थियो, २०३५ सालको। त्यहाँबाट उठाइएको वस्तीलाई त्यसबेला औलोको जोखिममै रहेका तराईका जिल्ला बाँके र बर्दियाका घना जंगलको बीचमा राखियो। एक त चिसो ठाउँमा हुर्केकालाई एक्कासि तराईको उखरमाउलो गर्मी हुने ठाउँमा पुर्‍याइँदा टिक्नै गाह्रो भयो। त्यसमाथि विभिन्न रोग लागेर कैयौंले अकालमै ज्यान गुमाउनुपर्‍यो।

त्यसबेलाका तराईका गाउँ डाँकाबाट आक्रान्त हुन्थे। डाँकाको त्रास छँदैथियो, अर्कातिर हामी बसेको नयाँ बस्तीनजिक बस्ने पुरानो वस्तीका वासिन्दासँग असमझदारी बढ्दा झडप पनि हुँदै गयो। अवस्था यसरी बिग्रियो कि पछि सरकारले नै त्यहाँको पुरानो वस्तीका ३८ घरधुरीलाई बर्दियामा स्थानान्तर गर्नुपर्‍यो।

त्यसबेला यातायातको सुविधा नै थिएन। हामी राराबाट तराई झरेको समयमा बाँके–बर्दिया पुग्न १०–१५ दिनको कठिन पैदलयात्रा गर्नुको विकल्प थिएन। त्यस्तो बेलामा वृद्धवृद्धा र बालबच्चालाई कति कष्ट भयो होला!

आफैं हिँड्न महाभारत हुने बाटोमा घरका वस्तुभाउ र जिन्सी ल्याउन सक्ने कुरै थिएन। राराबाट विस्थापित पारिएकाहरू सम्पूर्ण जायजेथा रारामै माया मारेर तराई झरेका थिए।

तराई झरेपछि सरकारले जंगलकै बीचमा प्रतिपरिवार ३४ कठ्ठा जग्गा उपलब्ध गरायो।

चार दशक अघि हामीजस्ता २३२ घरधुरीलाई लखेटेर संरक्षण गर्ने भनिएको त्यो स्वर्गीय भूमिमा अहिले स्वार्थको राजनीति र व्यापारको कालो छायाँ मडारिन थालेको छ। दुःखका साथ भन्नुपर्छ, यसबाट हामीले भुल्न थालिसकेको राराबाट लखेटिँदाको पीडाको घाउ फेरि चहराउन थालेको छ।

यो त्यस्तो कालो छायाँ हो, जसले सुन्दर राराको अस्तित्व नै सिध्याउने छ। किनभने, अहिले रारा राष्ट्रिय निकुञ्जभित्रै ठूल्ठूला होटल तथा रिसोर्ट खोल्नका लागि केही सीमित व्यक्ति आफूअनुकूल नियम कानून बनाउन लागिपरेका छन्। र, उनीहरूको यस्तो चलखेल मन्त्रालयभित्रै चलिरहेको छ।

पर्यावरणमा असर पर्छ भनेर रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वासिन्दालाई आजसम्म पनि बिजुली, बाटो जस्ता आधारभूत आवश्यकताबाट वञ्चित गरिएको छ। निकुञ्जभित्रबाट बिजुलीको तारसम्म लैजान नदिएर मुर्मा जस्ता गाउँलाई अन्धकारमा राखिएको छ। जबकि, योभन्दा विकट गाउँ बिजुली बत्तीले झलमल्ल बनिसकेका छन्।

त्यस्तै, निकुञ्जभित्र बाटो बनाउन नदिइँदा सिकिस्त बिरामी, गर्भवती र सुत्केरीलाई पनि डोकोमा बोकेरै अस्पताल पुर्‍याउनु पर्ने बाध्यता छ। मुगाली जनताले आफूले पाउनुपर्ने आधारभूत सुविधालाई समेत तिलाञ्जली दिएर जोगाइराखेको राराको अस्तित्व नै संकटमा पार्ने प्रयास आज किन हुँदैछ ? यस्तो प्रयास सिंहदरबारभित्रका मन्त्रालयमै किन हुँदैछ ? वातावरणविद् र सम्पूर्ण मुगालीले विरोध गर्दा पनि किन यो कृत्य रोकिएको छैन ?

रारामाथि ल्याउन थालिएको यो संकटको चलखेल देखेर पुराना अगुवाहरू स्तब्ध छन्। यसबारे सुनेर त्यसबेलाको रारा गाउँका ज्येष्ठ नागरिक ललितबहादुर शाह (९१) का आँखा रसाएका छन्। भूतपूर्व प्रधानपञ्च ललितजंग शाहदेखि उपप्रधानपञ्च उजीर बुढा, अनि युवा पुस्ता पनि यो चलखेलको विरोधमा उत्रिएको छ। रारालाई व्यवसायीकरण गर्नेे हो भने हामीलाई पनि हाम्रो पुर्खाको थातथलो फर्काउनुपर्छ भन्ने आवाज अहिले मुगुमा उठेको छ।

रारा देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ। यहाँ पर्यटनको विकास गर्ने कुरामा कसैको विमति छैन। रारालाई संसारसामु चिनाउने आकर्षक पर्यटकिय स्थलका रूपमा विकास गर्न जरुरी पनि छ। तर, यसको अर्थ राराको पहिचान नै संकटमा पारेर सीमित राजनीतिक र व्यापारिक वर्गको स्वार्थका लागि हालसम्म संरक्षित रारा राष्ट्रिय निकुञ्जभित्रको जमीन व्यापारिक प्रयोजनको लागि भाडामा दिने प्रयास कदापि मान्य हुने छैन।

हो, रारा पुग्ने पर्यटकका लागि पूर्वाधार पर्याप्त छैन। खाने, बस्ने ठाउँको समेत उचित व्यवस्था हुन सकेको छैन। भएका दुईवटा लज तथा केही होम–स्टेले जेनतेन धानिरहेका छन्। तर, यसो भन्दैमा निकुञ्ज बाहिर मध्यवर्ती क्षेत्रमा (तालदेखि २ देखि ३ किलोमिटरको दूरीमा)पूर्वाधार निर्माणका लागि प्रशस्त जग्गा हुँदाहुँदै पनि निकुञ्जभित्रै किन ठूला–ठूला होटल निर्माण गर्न खोजिँदैछ ?

यसले राराको जैविक विविधता नै संकटमा पार्नेछ। किनभने अरू तालभन्दा रारा तालको भौगोलिक बनावट फरक छ। कचौरा जस्तो यो तालको पानीको मुख्य स्रोत जमिनमुनिको मूल हो। तालको पानीको निकास पनि सानो निजार खोला मात्र भएकाले यदि ताल प्रदूषित भएमा यो सफा हुन वर्षाैंवर्ष लाग्न सक्छ। अहिले रारा अतिक्रमण गर्ने अभीष्टलाई हामीले रोक्न सकेनौं भने भविष्यमा पछुताउनु बाहेक अर्को विकल्प हुने छैन।

चितवन र पोखराको फेवातालमा हामीले दूर्गति हेरिसकेका छौं। रारालाई पनि त्यस्तै बनाउने ?

कुनै पनि विकास पर्यावरणलाई मिचेर हुन सक्दैन, हुनु हुँदैन। एउटा पक्षलाई पर्यावरणका नाममा जन्मको नाता जोडिएको थातथलोबाटै उठिवास लगाउने, त्यही ठाउँमा सीमित व्यक्तिको व्यापारिक स्वार्थका निम्ति पर्यावरण र प्रकृतिमाथि अतिक्रमण र दोहन गर्न छुट दिने ?

राराको जैविक विविधतामाथि खलल नपुग्ने गरी पर्यटकको चहलपहल बढाउन सक्दा कर्णाली प्रदेशमात्र होइन, देशकै आर्थिक विकासमा ठूलो टेवा पुग्छ। यसका लागि प्रदेश र स्थानीय सरकारले निकुञ्ज क्षेत्रभन्दा बाहिर पूर्वाधार निर्माणका लागि जोड दिनुपर्छ। लगानी गर्न इच्छुक व्यवसायीलाई विभिन्न प्रशासनिक तथा दर्ता कार्यका लागि ‘द्रूत–मार्ग’को व्यवस्था र कर छुट दिन सकिन्छ। त्यसो हुँदा स्थानीय वासिन्दाको जग्गाले पनि मूल्य पाउँछ, बाहिरका लगानीकर्तासँग मिलेर स्थानीय वासिन्दाले व्यापार व्यवसायमा संलग्न भई लाभ लिन पनि सक्छन्। त्यसबाट सिर्जना हुने रोजगारी त छँदैछ।

निकुञ्ज क्षेत्रबाहिर पूर्वाधार निर्माण भइसकेपछि पहिलेदेखि भित्र रहेका होटल र लजहरूलाई पनि बिस्तारै बाहिर स्थानान्तरण गरिनुपर्छ। तालको छेउमै रहेको निकुञ्ज कार्यालय तथा सेनाको गुल्मलाई पनि तालभन्दा टाढा र निकुञ्ज क्षेत्रबाहिर स्थानान्तरण गर्नुपर्ने देखिन्छ। किनभने निकुञ्जको सम्पूर्ण बाहिरी क्षेत्रमा सेनाको पोष्ट स्थापना भइसकेको अवस्थामा तालको डिलमा सेनाको त्यत्रो डफ्फा राख्न आवश्यक देखिँदैन।

पूर्वाधार रारामा मात्र भएर हुँदैन, पर्यटक आउने स्थल र हवाई मार्गको विकास तथा विस्तारमा पनि सरकारले उत्तिकै ध्यान दिनुपर्ने हुन्छ। अनि मात्र रारा स्वदेशी तथा विदेशी पर्यटकको सहज पहुँचमा पुग्नेछ।
यसले नै ल्याउनेछ, मुगाली जनताको मुहारमा मुस्कान।

" /> ‘सुन्दरताको भण्डार सारा

"> सुन्दर रारामा ‘लोभीपापी’को नजर: Dekhapadhi
सुन्दर रारामा ‘लोभीपापी’को नजर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्