विकासित देशमा वन्यजन्तुको शिकार, हाइकिङ, ट्रेकिङ र प्राकृतिक मनोरञ्जनको लागि पारिवारिक निजी वनको उपयोग हुने गरेको छ। तर, नेपालमा भने पारिवारिक वनमा धेरै थोरै मानिस मात्रै संलग्न छन् । खेती नहुने पाखो पखेरोजस्ता निजी जमिनमा रूख विरूवा हुर्काएर पारिवारिक वनको विकास र संरक्षण गर्न सकिन्छ । पारिवारकै जीविकोपार्जनका लागि यस्ता वन महत्वपूर्ण आधार बन्न सक्छ।
विश्वमा प्रशस्त मानिसहरू आफ्नो जीविकोपार्जनका लागि वनमा निर्भर छन्। चीनमा हजारौं मानिस पारिवारिक वनकै कारण समृद्ध बन्दैछन्।
पारिवारिक निजी वनबाट काठको बिक्री वितरण गरेर मात्रै होइन आकर्षक बोट विरूवा रोपेर पर्यटन प्रवद्र्धन पनि गर्न सकिन्छ । तर, नेपालमा भने पारिवारिक वनबाट लाभ लिनु त निकै परेको कुरा आफूसँग भएको रूख बेचेर पनि लाभ लिन सकिएको छैन । निजी वनबाट काठ र जडिबुटीको प्रयोग गर्न सकिन्छ। जुन पारिवारिक समृद्धिको विकल्प बन्न सक्छन्।
नेपालमा तराई, पहाड र हिमाल गरी तीन तहको भौगोलिक बनोट छ। भौगोलिक पृष्ठभूमि अनुसार पनि वनमा प्राकृतिक स्रोतहरूको विविधता रहन्छ। सोही विविधताको उपयोग गरी पारिवारिक वनमा सांस्कृतिक पक्षलाई समेत जोडेर होमस्टे सञ्चालन गर्न सके ती वनहरू पर्यटन वर्ष २०२० मा पर्यटक आर्कषणको केन्द्र बन्न सक्छ।
त्यति मात्रै होइन, त्यस्ता नीजि वनलाई मनोरञ्जन स्थल वा पार्कको रूपमा पनि स्थापित गर्न सकिन्छ । पारिवारिक निजी वन संघका महासचिव पिताम्बर सिग्देल भन्छन्, “आफ्नै देशको काठको प्रयोगसँगै बोटविरूवा रोपेर नमुना पारिवारिक निजी वन पार्क बनाउन सक्छौँ ।”
वन यस्तो ठाउँ हो जसले हरेक सजिव प्राणीलाई जीवन दिन्छ । खाद्य एवं कृषि संगठन(एफएओ)को तथ्याङ्क अनुसार विश्वमा अर्बौ मानिस खाना, ऊर्जा र आयआर्जनका लागि वनमै निर्भर छन् । नेपालको सन्दर्भमा भने वनमा जनसंख्या कति छ भनेर कहिल्यै अनुसन्धान भएको छैन ।
झापाका २२ वर्षीय सजाङ जोशी आफ्नो रूचि कृषि वनमा भए पनि यस सम्बन्धी ज्ञानको अभाव भएको बताउँछन् । हुन त पछिल्लो समय कृषिमा अधिकांशको चासो बढेको छ । कृषि वनको बारेमा बेला बखत चर्चा हुने गरेको पनि छ । तर, व्यवहारिक प्रयोग भने छैन ।
युवालाई कृषिमा प्रोत्साहन गर्न नेपाल सरकारले विभिन्न अनुदान र तालिमका कार्यक्रम ल्याएको छ । आगामी दिनमा वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालय बीच समन्वयमा गरेर कृषि वन वा पारिवारिक वन प्रवर्द्धनमा सरकारीस्तरबाटै पहल गर्नु आवश्यक छ ।
" /> आशिष अधिकारी

">