पार्टी एकीकरणपछि सत्तारुढ नेकपा पार्टीका संगठनिक संरचनाहरू प्रभावकारीरुपमा चलायमान हुन नसकेको आवाज पार्टीभित्रैबाट उठ्दै आएको छ। सबै निर्णय सचिवालयमै केन्द्रित हुँदै आएको अवस्थामा ठीक एक वर्षपछि भर्खरैमात्र नेकपाको स्थायी समिति बैठक बस्यो। जसले केन्द्रीय कमिटीको बैठक पनि तय गरेको छ। झण्डै एकसाता बसेको स्थायी समिति बैठक साँच्चिकै फलदायी भयो वा कर्मकाण्ड मात्र? बैठकले के-कस्तो दिशा निर्दिष्ट गर्‍यो? र, नेकपा अब कसरी अगाडि बढ्दै छ? यीनै विषयमा नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटासँग देखापढीले गरेको कुराकानीको सम्पादित अंश:
२९ मंसीरमा शुरू भएको नेकपा स्थायी समितिको बैठक एक सातामा सकिएको छ। एक बर्षपछि बसेको बैठक कस्तो रह्यो ?
धेरै साथीहरुले ‘अहिले बल्ल बैठक जस्तो भो’ भन्ने टिप्पणी गर्नु भएको छ । हामी सबैले राख्नुपर्ने कुरा त्यहाँ राखेका छौं । खुसीको कुरा चाहिँ २३ पुसमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको छ।
केन्द्रीय कमिटीको बैठक बस्दा पनि खुसी हुनुपर्ने अवस्था आएको हो ?
पार्टी एकीकरणपछिको १९ महीनामा जम्मा एकपल्ट केन्द्रीय कमिटी बैठक बस्यो, त्यो पनि चियापान र सामान्य प्रक्रिया पूरा गर्नका लागि मात्र। नियमित केन्द्रीय कमिटी बैठक अहिलेसम्म बसेकै छैन।
हामीले २०७७ सालको अन्त्यसम्म महाधिवेशन गर्ने भनेका छौं। अहिले दुई पार्टी जोडिएका मात्र छन्, यसलाई साँच्चिकै एक बनाउन महाधिवेशन हुनुपर्छ। त्यसपछि मात्र अन्तरघुलनको प्रक्रिया शुरु हुन्छ। त्यसकारण पनि यो खुसीको कुरा हो।
स्थायी समिति बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनु भएन। अर्का अध्यक्ष दाहालले मात्र बैठक सञ्चालन गर्दा कस्तो रह्यो?
स्वास्थ्यका कारणले उहाँ उपस्थित नहुनु भएको हो। तर, राजनीतिक प्रतिवेदन अध्यक्षद्वयकै सल्लाहमा पेस भएको हो। अध्यक्ष पुष्पकमल दाहाल स्थायी समितिको बैठक अघि वा पछि बैठकबारे ओली कमरेडसँग सरसल्लाह गर्न र जानकारी गराउन बालुवाटार जानुहुन्थ्यो। अर्थात् स्थायी समिति बैठकमा के के भयो भन्ने ओली कमरेडलाई थाहा छ। बैठकमा उपस्थित नभए पनि उहाँको सल्लाह र समझदारीमै बैठक फलदायी बनेको हो।
के केन्द्रीय कमिटीको बैठक बोलाइनु नै स्थायी समिति बैठकको उपलब्धि हो?
हाम्रो पार्टीमा दैनिक कार्यसञ्चालनका लागि केन्द्रीय सचिवालय छ। तह भनेको स्थायी समिति हो। संसारभरका कम्युनिष्ट पार्टीमा यसलाई अर्थपूर्ण समिति मानिन्छ। हाम्रोमा पोलिटव्यूरो गठन भएको छैन। पार्टीको विधानअनुसार केन्द्रीय कमिटीले गरेका निर्णय छिटो छिटो कार्यान्वयन हुनुपर्छ। त्यसका लागि निर्णय लिनेगरी सचिवालयको व्यवस्था गरिएको हो । तर, अहिलेको अवस्थामा स्थायी समिति नै महत्वपूर्ण तह हो।
तीन–तीन महिनामा बस्नुपर्ने यति महत्वपूर्ण तहको बैठक एक बर्ष बसेन नि ?
हाम्रो भनाई पनि त्यही थियो। पार्टीको काम प्रभावकारी भएन, आठ लाखभन्दा बढी सदस्यहरु वेरोजगार भए, कमिटी परिचालित नहुँदा जनतामा जान पाइएन, स्थानीय र प्रादेशिक सरकारलाई पार्टीले सहयोग गर्न सकेनन् भनेर हामीले बैठकको माग गर्दै आएका थियौं। पार्टीको बैठक नियमित नबस्दा कार्यकर्ता परिचालन हुन पाएनन्। सरकारले गरेका राम्रा काम पनि जनतामा लैजान सकिएन। सरकारलाई सहयोग गर्ने काम हुन सकेन। पार्टी कमिटिहरूमा छलफल भएको भए यस्तो अवस्था आउदैन्थ्यो।
स्थायी समितिको बैठकमा सरकारको कामबारे पनि समीक्षा भएको हो?
प्रतिवेदन नै समीक्षात्मक ढंगबाट प्रस्तुत गरिएकाले छलफल पनि त्यहीअनुसार भयो। तर, छलफलका विषय रचनात्मक र सकारात्मक थिए। स्थायी समिति सदस्यहरुले एक–एक गरेर जनताका समस्या राख्नुभयो। हामीले पनि अरू धेरै विषयसँगै सुशासनका मुद्धाहरु उठायौं। तर, जनताका इस्यू र दैनन्दिनको जीवनसँग जोडिएका कुरा, अनि जनताले भोगिरहेका समस्यामा सरकारको ध्यान जानुपर्छ भन्नेमा धेरैले जोड दिनुभयो।
उपनिर्वाचनको परिणाम भर्खरै आएकाले पनि हामीलाई यसबारे छलफल गर्न सजिलो भयो। जनता करबाट आजित भएका रहेछन् भन्ने उपनिर्वाचनको नतीजाले पनि देखायो। स्थायी समितिमा प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री, गृहमन्त्रीलगायत थुप्रै मन्त्री हुनुहुन्छ। उहाँहरुलाई देशका कुनाकाप्चासम्म के रहेछ भन्ने पनि राम्रोसँग थाहा भयो। अब त्यसको परिणाम देखिन्छ। अब बस्ने केन्द्रीय कमिटी बैठकमा पनि जनताका समस्या आउनेछन् । म मिति नै त तोक्दिन, तर केन्द्रीय कमिटी बैठकपछि सरकारले गर्ने कामका नतीजा देखिनेछन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएको छ।  के भ्रष्टाचार बढेको हो?
मलाई लाग्छ, कुनै पनि पार्टीले पानीमाथिको ओभानो बन्न मिल्दैन। किनभने सबै पार्टी सत्तामा गएका छन्। तर, एउटा कुरा के मा चाहिँ हामी प्रष्ट छौं भने सुशासन कायम गर्न नसक्ने हो भने ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पूरा हुँदैन । सबभन्दा प्रमुख कुरा नै भ्रष्टाचार नियन्त्रणको हो । त्यसका लागि खरो उत्रनुपर्नेछ ।
अहिले कम्युनिष्ट पार्टीलाई दोष दिइनु राजनीतिक कुरा हो । कहिलेकाहीँ त सत्तापक्ष र प्रतिपक्ष नै मिलेर भ्रष्टाचार गरेका कुरा पनि आउँछन्। तर, म अरू पार्टीबारे टिप्पणी गर्न चाहन्न, आफ्नै पार्टीबारे भन्छु। हाम्रो पार्टीमाथि विभिन्न पश्न उठेका छन्। हाम्रा नेता, मन्त्री, हामी सांसद लगायतमाथि प्रश्न उठेका छन । हामीले कम्युनिष्ट हौं भन्नका लागि आफ्नो आचरण सुधार्नै पर्छ । यो स्पष्टीकरण दिने कुरा होइन, हामीले जनताको विश्वास आर्जन गर्न नगरी नहुने काम हो।
प्रस्तुति:मञ्जु कार्की
" /> पार्टी एकीकरणपछि सत्तारुढ नेकपा पार्टीका संगठनिक संरचनाहरू प्रभावकारीरुपमा चलायमान हुन नसकेको आवाज पार्टीभित्रैबाट उठ्दै आएको छ। सबै निर्णय सचिवालयमै केन्द्रित हुँदै आएको अवस्थामा ठीक एक वर्षपछि भर्खरैमात्र नेकपाको स्थायी समिति बैठक बस्यो। जसले केन्द्रीय कमिटीको बैठक पनि तय गरेको छ। झण्डै एकसाता बसेको स्थायी समिति बैठक साँच्चिकै फलदायी भयो वा कर्मकाण्ड मात्र? बैठकले के-कस्तो दिशा निर्दिष्ट गर्‍यो? र, नेकपा अब कसरी अगाडि बढ्दै छ? यीनै विषयमा नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटासँग देखापढीले गरेको कुराकानीको सम्पादित अंश:
२९ मंसीरमा शुरू भएको नेकपा स्थायी समितिको बैठक एक सातामा सकिएको छ। एक बर्षपछि बसेको बैठक कस्तो रह्यो ?
धेरै साथीहरुले ‘अहिले बल्ल बैठक जस्तो भो’ भन्ने टिप्पणी गर्नु भएको छ । हामी सबैले राख्नुपर्ने कुरा त्यहाँ राखेका छौं । खुसीको कुरा चाहिँ २३ पुसमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको छ।
केन्द्रीय कमिटीको बैठक बस्दा पनि खुसी हुनुपर्ने अवस्था आएको हो ?
पार्टी एकीकरणपछिको १९ महीनामा जम्मा एकपल्ट केन्द्रीय कमिटी बैठक बस्यो, त्यो पनि चियापान र सामान्य प्रक्रिया पूरा गर्नका लागि मात्र। नियमित केन्द्रीय कमिटी बैठक अहिलेसम्म बसेकै छैन।
हामीले २०७७ सालको अन्त्यसम्म महाधिवेशन गर्ने भनेका छौं। अहिले दुई पार्टी जोडिएका मात्र छन्, यसलाई साँच्चिकै एक बनाउन महाधिवेशन हुनुपर्छ। त्यसपछि मात्र अन्तरघुलनको प्रक्रिया शुरु हुन्छ। त्यसकारण पनि यो खुसीको कुरा हो।
स्थायी समिति बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनु भएन। अर्का अध्यक्ष दाहालले मात्र बैठक सञ्चालन गर्दा कस्तो रह्यो?
स्वास्थ्यका कारणले उहाँ उपस्थित नहुनु भएको हो। तर, राजनीतिक प्रतिवेदन अध्यक्षद्वयकै सल्लाहमा पेस भएको हो। अध्यक्ष पुष्पकमल दाहाल स्थायी समितिको बैठक अघि वा पछि बैठकबारे ओली कमरेडसँग सरसल्लाह गर्न र जानकारी गराउन बालुवाटार जानुहुन्थ्यो। अर्थात् स्थायी समिति बैठकमा के के भयो भन्ने ओली कमरेडलाई थाहा छ। बैठकमा उपस्थित नभए पनि उहाँको सल्लाह र समझदारीमै बैठक फलदायी बनेको हो।
के केन्द्रीय कमिटीको बैठक बोलाइनु नै स्थायी समिति बैठकको उपलब्धि हो?
हाम्रो पार्टीमा दैनिक कार्यसञ्चालनका लागि केन्द्रीय सचिवालय छ। तह भनेको स्थायी समिति हो। संसारभरका कम्युनिष्ट पार्टीमा यसलाई अर्थपूर्ण समिति मानिन्छ। हाम्रोमा पोलिटव्यूरो गठन भएको छैन। पार्टीको विधानअनुसार केन्द्रीय कमिटीले गरेका निर्णय छिटो छिटो कार्यान्वयन हुनुपर्छ। त्यसका लागि निर्णय लिनेगरी सचिवालयको व्यवस्था गरिएको हो । तर, अहिलेको अवस्थामा स्थायी समिति नै महत्वपूर्ण तह हो।
तीन–तीन महिनामा बस्नुपर्ने यति महत्वपूर्ण तहको बैठक एक बर्ष बसेन नि ?
हाम्रो भनाई पनि त्यही थियो। पार्टीको काम प्रभावकारी भएन, आठ लाखभन्दा बढी सदस्यहरु वेरोजगार भए, कमिटी परिचालित नहुँदा जनतामा जान पाइएन, स्थानीय र प्रादेशिक सरकारलाई पार्टीले सहयोग गर्न सकेनन् भनेर हामीले बैठकको माग गर्दै आएका थियौं। पार्टीको बैठक नियमित नबस्दा कार्यकर्ता परिचालन हुन पाएनन्। सरकारले गरेका राम्रा काम पनि जनतामा लैजान सकिएन। सरकारलाई सहयोग गर्ने काम हुन सकेन। पार्टी कमिटिहरूमा छलफल भएको भए यस्तो अवस्था आउदैन्थ्यो।
स्थायी समितिको बैठकमा सरकारको कामबारे पनि समीक्षा भएको हो?
प्रतिवेदन नै समीक्षात्मक ढंगबाट प्रस्तुत गरिएकाले छलफल पनि त्यहीअनुसार भयो। तर, छलफलका विषय रचनात्मक र सकारात्मक थिए। स्थायी समिति सदस्यहरुले एक–एक गरेर जनताका समस्या राख्नुभयो। हामीले पनि अरू धेरै विषयसँगै सुशासनका मुद्धाहरु उठायौं। तर, जनताका इस्यू र दैनन्दिनको जीवनसँग जोडिएका कुरा, अनि जनताले भोगिरहेका समस्यामा सरकारको ध्यान जानुपर्छ भन्नेमा धेरैले जोड दिनुभयो।
उपनिर्वाचनको परिणाम भर्खरै आएकाले पनि हामीलाई यसबारे छलफल गर्न सजिलो भयो। जनता करबाट आजित भएका रहेछन् भन्ने उपनिर्वाचनको नतीजाले पनि देखायो। स्थायी समितिमा प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री, गृहमन्त्रीलगायत थुप्रै मन्त्री हुनुहुन्छ। उहाँहरुलाई देशका कुनाकाप्चासम्म के रहेछ भन्ने पनि राम्रोसँग थाहा भयो। अब त्यसको परिणाम देखिन्छ। अब बस्ने केन्द्रीय कमिटी बैठकमा पनि जनताका समस्या आउनेछन् । म मिति नै त तोक्दिन, तर केन्द्रीय कमिटी बैठकपछि सरकारले गर्ने कामका नतीजा देखिनेछन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएको छ।  के भ्रष्टाचार बढेको हो?
मलाई लाग्छ, कुनै पनि पार्टीले पानीमाथिको ओभानो बन्न मिल्दैन। किनभने सबै पार्टी सत्तामा गएका छन्। तर, एउटा कुरा के मा चाहिँ हामी प्रष्ट छौं भने सुशासन कायम गर्न नसक्ने हो भने ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पूरा हुँदैन । सबभन्दा प्रमुख कुरा नै भ्रष्टाचार नियन्त्रणको हो । त्यसका लागि खरो उत्रनुपर्नेछ ।
अहिले कम्युनिष्ट पार्टीलाई दोष दिइनु राजनीतिक कुरा हो । कहिलेकाहीँ त सत्तापक्ष र प्रतिपक्ष नै मिलेर भ्रष्टाचार गरेका कुरा पनि आउँछन्। तर, म अरू पार्टीबारे टिप्पणी गर्न चाहन्न, आफ्नै पार्टीबारे भन्छु। हाम्रो पार्टीमाथि विभिन्न पश्न उठेका छन्। हाम्रा नेता, मन्त्री, हामी सांसद लगायतमाथि प्रश्न उठेका छन । हामीले कम्युनिष्ट हौं भन्नका लागि आफ्नो आचरण सुधार्नै पर्छ । यो स्पष्टीकरण दिने कुरा होइन, हामीले जनताको विश्वास आर्जन गर्न नगरी नहुने काम हो।
प्रस्तुति:मञ्जु कार्की
"> ‘कम्युनिष्ट हौं भन्नलाई हामीले आफ्नो आचरण सुधार्नै पर्छ’: Dekhapadhi
‘कम्युनिष्ट हौं भन्नलाई हामीले आफ्नो आचरण सुधार्नै पर्छ’
२९ मंसीरमा शुरू भएको नेकपा स्थायी समितिको बैठक एक सातामा सकिएको छ। एक बर्षपछि बसेको बैठक कस्तो रह्यो ?
धेरै साथीहरुले ‘अहिले बल्ल बैठक जस्तो भो’ भन्ने टिप्पणी गर्नु भएको छ । हामी सबैले राख्नुपर्ने कुरा त्यहाँ राखेका छौं । खुसीको कुरा चाहिँ २३ पुसमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको छ।
केन्द्रीय कमिटीको बैठक बस्दा पनि खुसी हुनुपर्ने अवस्था आएको हो ?
पार्टी एकीकरणपछिको १९ महीनामा जम्मा एकपल्ट केन्द्रीय कमिटी बैठक बस्यो, त्यो पनि चियापान र सामान्य प्रक्रिया पूरा गर्नका लागि मात्र। नियमित केन्द्रीय कमिटी बैठक अहिलेसम्म बसेकै छैन।
हामीले २०७७ सालको अन्त्यसम्म महाधिवेशन गर्ने भनेका छौं। अहिले दुई पार्टी जोडिएका मात्र छन्, यसलाई साँच्चिकै एक बनाउन महाधिवेशन हुनुपर्छ। त्यसपछि मात्र अन्तरघुलनको प्रक्रिया शुरु हुन्छ। त्यसकारण पनि यो खुसीको कुरा हो।
स्थायी समिति बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनु भएन। अर्का अध्यक्ष दाहालले मात्र बैठक सञ्चालन गर्दा कस्तो रह्यो?
स्वास्थ्यका कारणले उहाँ उपस्थित नहुनु भएको हो। तर, राजनीतिक प्रतिवेदन अध्यक्षद्वयकै सल्लाहमा पेस भएको हो। अध्यक्ष पुष्पकमल दाहाल स्थायी समितिको बैठक अघि वा पछि बैठकबारे ओली कमरेडसँग सरसल्लाह गर्न र जानकारी गराउन बालुवाटार जानुहुन्थ्यो। अर्थात् स्थायी समिति बैठकमा के के भयो भन्ने ओली कमरेडलाई थाहा छ। बैठकमा उपस्थित नभए पनि उहाँको सल्लाह र समझदारीमै बैठक फलदायी बनेको हो।
के केन्द्रीय कमिटीको बैठक बोलाइनु नै स्थायी समिति बैठकको उपलब्धि हो?
हाम्रो पार्टीमा दैनिक कार्यसञ्चालनका लागि केन्द्रीय सचिवालय छ। तह भनेको स्थायी समिति हो। संसारभरका कम्युनिष्ट पार्टीमा यसलाई अर्थपूर्ण समिति मानिन्छ। हाम्रोमा पोलिटव्यूरो गठन भएको छैन। पार्टीको विधानअनुसार केन्द्रीय कमिटीले गरेका निर्णय छिटो छिटो कार्यान्वयन हुनुपर्छ। त्यसका लागि निर्णय लिनेगरी सचिवालयको व्यवस्था गरिएको हो । तर, अहिलेको अवस्थामा स्थायी समिति नै महत्वपूर्ण तह हो।
तीन–तीन महिनामा बस्नुपर्ने यति महत्वपूर्ण तहको बैठक एक बर्ष बसेन नि ?
हाम्रो भनाई पनि त्यही थियो। पार्टीको काम प्रभावकारी भएन, आठ लाखभन्दा बढी सदस्यहरु वेरोजगार भए, कमिटी परिचालित नहुँदा जनतामा जान पाइएन, स्थानीय र प्रादेशिक सरकारलाई पार्टीले सहयोग गर्न सकेनन् भनेर हामीले बैठकको माग गर्दै आएका थियौं। पार्टीको बैठक नियमित नबस्दा कार्यकर्ता परिचालन हुन पाएनन्। सरकारले गरेका राम्रा काम पनि जनतामा लैजान सकिएन। सरकारलाई सहयोग गर्ने काम हुन सकेन। पार्टी कमिटिहरूमा छलफल भएको भए यस्तो अवस्था आउदैन्थ्यो।
स्थायी समितिको बैठकमा सरकारको कामबारे पनि समीक्षा भएको हो?
प्रतिवेदन नै समीक्षात्मक ढंगबाट प्रस्तुत गरिएकाले छलफल पनि त्यहीअनुसार भयो। तर, छलफलका विषय रचनात्मक र सकारात्मक थिए। स्थायी समिति सदस्यहरुले एक–एक गरेर जनताका समस्या राख्नुभयो। हामीले पनि अरू धेरै विषयसँगै सुशासनका मुद्धाहरु उठायौं। तर, जनताका इस्यू र दैनन्दिनको जीवनसँग जोडिएका कुरा, अनि जनताले भोगिरहेका समस्यामा सरकारको ध्यान जानुपर्छ भन्नेमा धेरैले जोड दिनुभयो।
उपनिर्वाचनको परिणाम भर्खरै आएकाले पनि हामीलाई यसबारे छलफल गर्न सजिलो भयो। जनता करबाट आजित भएका रहेछन् भन्ने उपनिर्वाचनको नतीजाले पनि देखायो। स्थायी समितिमा प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री, गृहमन्त्रीलगायत थुप्रै मन्त्री हुनुहुन्छ। उहाँहरुलाई देशका कुनाकाप्चासम्म के रहेछ भन्ने पनि राम्रोसँग थाहा भयो। अब त्यसको परिणाम देखिन्छ। अब बस्ने केन्द्रीय कमिटी बैठकमा पनि जनताका समस्या आउनेछन् । म मिति नै त तोक्दिन, तर केन्द्रीय कमिटी बैठकपछि सरकारले गर्ने कामका नतीजा देखिनेछन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएको छ।  के भ्रष्टाचार बढेको हो?
मलाई लाग्छ, कुनै पनि पार्टीले पानीमाथिको ओभानो बन्न मिल्दैन। किनभने सबै पार्टी सत्तामा गएका छन्। तर, एउटा कुरा के मा चाहिँ हामी प्रष्ट छौं भने सुशासन कायम गर्न नसक्ने हो भने ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पूरा हुँदैन । सबभन्दा प्रमुख कुरा नै भ्रष्टाचार नियन्त्रणको हो । त्यसका लागि खरो उत्रनुपर्नेछ ।
अहिले कम्युनिष्ट पार्टीलाई दोष दिइनु राजनीतिक कुरा हो । कहिलेकाहीँ त सत्तापक्ष र प्रतिपक्ष नै मिलेर भ्रष्टाचार गरेका कुरा पनि आउँछन्। तर, म अरू पार्टीबारे टिप्पणी गर्न चाहन्न, आफ्नै पार्टीबारे भन्छु। हाम्रो पार्टीमाथि विभिन्न पश्न उठेका छन्। हाम्रा नेता, मन्त्री, हामी सांसद लगायतमाथि प्रश्न उठेका छन । हामीले कम्युनिष्ट हौं भन्नका लागि आफ्नो आचरण सुधार्नै पर्छ । यो स्पष्टीकरण दिने कुरा होइन, हामीले जनताको विश्वास आर्जन गर्न नगरी नहुने काम हो।
प्रस्तुति:मञ्जु कार्की
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्