खुला क्षेत्रको विस्तार गर्नुको सट्टा टावर बनाउने कुरा भइरहेको छ। त्यो किन चाहियो ? के काठमाडौंलाई टावर चाहिएको छ ? हामीलाई टावर भन्दा सार्वजनिक क्षेत्र चाहिएको छ । ठूल्ठूला पार्क चाहिएको छ।
काठमाडौंमा स–साना कोठामा बस्दै आएका हामीहरू घाम ताप्न टुँडिखेल आउँछौं। कति मानिसहरू कोठा भाडामा बस्छन्। उनीहरूको घाम ताप्ने माध्यम भनेको टुँडिखेल बनिरहेको छ।
विदेशकै कुरा गर्ने हो भने उनीहरूले निजी घर सानो बनाउँछन्। बाँकी खुल्ला क्षेत्र राख्छन्। सार्वजनिक क्षेत्रलाई प्राथमिकता दिन्छन्। उनीहरूले भेटघाट गर्ने सार्वजनिक क्षेत्रमा हो। हामीहरूकहाँ सार्वजनिक क्षेत्र मासिदै गएको छ। हराउँदै गएको छ। त्यसैको विरोधमा हो, यो अकुपाई टुँडिखेल अभियान।
टुँडिखेलसँगै अन्य मासिदै गएका क्षेत्रहरूको संरक्षणमा यो अभियान सक्रिय हुनुपर्छ। विभिन्न योजना तथा रणनीतिका साथ अगाडि बढेमा एक दिन अतिक्रमणमा परेको सार्वजनिक क्षेत्र फिर्ता लिन सफल हुनेछौं।
(८ पुसमा मार्टिन चौतारीमा आयोजित ‘अकुपाई टुँडिखेलः एक वैचारिक मन्थन’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति, शिक्षाविद् माथेमाले व्यक्त गरेको विचारको सम्पादित अंश।)

‘काठमाडौंमा टावर होइन, ठूल्ठूला पार्क चाहिएको छ’

नोबेल लरेट ओरान पामुकले आफ्नो पुस्तकमा लेखेका छन्– ‘जो मानिस आफ्नो शहरसँग खुशी छैन, त्यो मानिस वास्तवमा खुशी छैन ।’

कहिलेकाँही मलाई पनि त्यस्तै लाग्छ।

सन् १९६० तिर पहिलो पटक काठमाडौं आउँदा यो शहर मेरा लागि रमाइलो ठाउँ थियो। त्यो अहिले कल्पना पनि गर्न सकिदैन। अहिले त हामीले बिग्रिएको काठमाडौं मात्र देखिरहेका छौं। काठमाडौं झारपात जसरी उम्रिएको छ ।

घरहरू पूरै सोलोडोलो, गोलो बनेका छन्। यी घरहरूको निर्माण देखेपछि मलाई सँधै ‘आर्किटेक्चरहरू’सँग रिस उठ्छ। उनीहरूसँग मेरो झगडा परिरहन्छ । कसरी यस्तो डिजाइन गर्न सकेको भनेर पटक–पटक मैले उनीहरूलाई गाली गरेको छु।

हामीले सार्वजनिक स्थलको, शहरी क्षेत्रमा खुला ठाउँको महत्व बुझ्नै सकेनौं। मल्लकालमा काठमाडौं कस्तो बनेको थियो भन्ने उदाहरण पाटन दरबार हो। त्यहाँ जहिले जाँदा पनि कस्तो आनन्द आउँछ।

म जापानमा राजदूत थिएँ। एकपटक नेपालबाट पत्र आयो– ‘युनेस्कोले काठमाडौंका ऐतिहासिक सम्पदालाई विश्वसम्पदा सूचीबाट हटाउने वा खतराको सूचीमा राख्ने तयारी गरेको छ । तिमी गएर त्यो हुन नदेऊ।’

पेरिसका राजदूतले फोन गरेर पनि भने– ‘यो निर्णयको अन्तिम चरणमा पुगेको छ। पेरिसमा निर्णय भएको हो। जापान त प्रक्रियाका लागि मात्र पठाएको हो। अब दोष जति तपाईंको टाउकोमा पर्ने भो।’ हामी दुईजना थियौं। लबिङ गरेर पास हुन दिएनौं। स्याबासी पनि पायौं।

उनीहरूले काठमाडौंलाई कसरी बिगारिएको छ भन्ने तस्वीर देखाएका थिए। ती तस्वीर लाजमर्दा थिए। एउटा सानो मन्दिरसँगै टाँसिएर ५/६ तला भन्दा अग्लो घर बनाइएको छ। मन्दिरको गजुर नै छोपिने गरि घर ढल्काइएको छ। अब त्यो मन्दिरको के अस्तित्व रह्यो ?

त्यो देखेपछि त्यसबखत मलाई के लाग्यो भने युनेस्कोको खतराको सूचीमा पर्न रोकेर सरकारका लागि त मैलै ठूलो काम गरें। तर, देशका लागि सेवा पु¥याएँ कि पु¥याइनँ त ? बरु खतराको सूचीमै राखेको भए, चार÷पाँच वर्षपछि राम्रो भएर आउँथ्यो कि ?

यस्तो प्रश्न अहिले पनि मेरो मनमा खेलिरहन्छ।

मलाई के विषयमा रिस उठ्छ भने यसबारे कोही पनि बोल्दैनन्। सबै चुपचाप छन् । त्यत्रो अग्लो संरचना बनाउँदासमेत कोही बोल्नुपर्दैन ?

यस्ता विषयमा त विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूले आवाज उठाउनुपर्ने हो। उनीहरू पनि चुपचाप छन्। काठमाडौंमा यत्रो सम्पदा संरक्षणको विषय उठिरहेको बेला केही बोल्नुपर्दैन ? विदेशमा यस्तो हुँदो हो त त्यहाँका विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरू बोलिरहेका हुने थिए। हाम्रा प्रध्यापक त यो विषय देख्दै देख्दैनन्।

यहाँ जसले जे गरे पनि हुन्छ। सार्वजनिक क्षेत्रहरू मासिदै गर्दा कोही पनि बोल्दैनन्। कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय यतिबेला चिहान जस्तै बनेको छ। प्राध्यापकहरूलाई देशमा जे जस्तो भइरहे पनि कुनै मतलव हुँदैन। उनीहरू सुतिरहेका छन्। विद्यार्थीहरूको पनि त्यही हालत छ।

‘अकुपाई टुँडिखेल’ अभियान शुरू भएपछि भने केही हुन्छ जस्तो लागेको छ। युवाहरूले विनाश हुँदै गइरहेको काठमाडौंका सार्वजनिक क्षेत्र संरक्षणमा देखाएको सक्रियता प्रशंसनीय छ। मलाई निकै खुशी लागेको छ।