नेपाली र विदेशी सङ्गीतबीच अन्तरघुलन कहिलेदेखि हुन थाल्यो ? नेपाली लोकभाका र विदेशी शैलीका सङ्गीतबीच कहिलेदेखि ‘फ्युजन’ शुरू भयो ? दुई गोलार्धका सङ्गीतबीच ‘फ्युजन’ गर्ने काममा क–कसले, कहिले–कहिले योगदान गरे ? यसबारे स्पष्ट जवाफ पाइँदैन।
सङ्गीत सर्जक शुक गुरुङले सांसारिक नाता तोडेर हामीसँग भर्खरै बिदा भएका छन्। यो घडीमा ‘सङ्गीत फ्युजन’ को प्रसंगमार्फत् गुरुङबारे केही चर्चा गर्नु सान्दर्भिक हुनेछ। सङ्गीतकार शुक गुरुङ नेपाली लोकभाका र पश्चिमी सङ्गीतलाई मिसाएर नयाँ शैली र स्वादका सङ्गीतिक परिकार पस्कने सर्जकमध्ये पर्छन्। अझ भनौं, नेपाली लोक–रकका सूत्रधारमध्ये एक मानिन्छन्।
यही प्रसंगमा ‘रक म्युजिक’को कुरा गरौँ। अमेरिकामा सन् १९६० तिर ‘रक म्युजिक’ अस्तित्वमा आएको इतिहास भेटिन्छ, जुन ‘रक एण्ड रोल’ सङ्गीतको विकसित रूप मानिन्छ। सन् १९४०–१९५० तिर ‘रक एण्ड रोल’ अस्तित्वमा आएको विश्वास गरिन्छ। यद्यपि, यसबारे कालक्रमगत मतभिन्नताहरू छन्।
नेपालमा धेरै चर्चामा रहेको साङ्गीतिक ब्याण्ड ‘नेपथ्य समूह’लाई धेरैले ‘रक म्युजिक’मा आधारित साङ्गीतिक समूह मान्छन्। यसले नेपाली लोकसङ्गीतको धारलाई पनि छाडेको छैन। ‘नेपथ्य समूह’ को साङ्गीतक प्रस्तुतिमा ‘रक म्युजिक’ र नेपाली लोकसङ्गीतको मिश्रण भेटिन्छ। यही आधारमा ‘नेपथ्य समूह’लाई नेपाली लोक-रक भनेर चित्रण गरिन्छ।
शुक ‘नेपथ्य समूह’ बाट उदाए । यसभन्दा अघि अमृत गुरुङ, शुक गुरुङ र भीम पुनको सक्रियतामा ‘भञ्ज्याङ झङ्कार’ नामक साङ्गीतिक समूह गठन भएको र त्यसले केही साङ्गीतिक कार्यक्रम गरेको अभिलेख भेटिन्छ। यद्यपि, यसबारे उतिसाह्रो चर्चा चलेको पाइन्न।
‘नेपथ्य समूह’बाट ‘छेक्यो छेक्यो देउराली डाँडा...’ बोलको गीत निस्कियो। यो गीत युवामाझ बिछट्टै लोकप्रिय बन्यो। यसले शुक गुरुङको साङ्गीतिक व्यक्तित्व ह्वात्तै बढाइदियो। यसपछि के कारण हो, शुक ‘नेपथ्य समूह’ मा बस्न रुचाएनन्। एउटा अतिशय सुन्दर सिर्जना दिएर उनी बाहिरिए। ‘नेपथ्य समूह’ मा उनको सिर्जनाले केराको जुनीजस्तै नियति भोग्यो। एकै बेतमा सारा उत्पादकत्व सकियो ।
‘नेपथ्य समूह’बाट बाहिरिएपछि उनी मातृसंस्थामा फर्केनन्। संस्थामा कोही आउनु र जानु सामान्य भए पनि सबै अवस्थामा सामान्य मान्न सकिँदैन। ‘नेपथ्य समूह’बाट शुक किन बाहिरिए ? यसबारे शुक गुरुङ स्वयम् र अमृत गुरुङ दुवैजना मौन रहे। सङ्गीतभित्र घुसेको राजनीति के हो, धेरैले बुझ्न पाएका छैनन्।
ती सङ्गीत–शिल्पीहरूको निजी सम्बन्धका ‘केमेष्ट्री’ को जोड–घटाउ नगर्नु कसैको रहर होइन। यद्यपि, उनीहरू काँधमा काँध मिलाएर सँगै रहेका भए अरू बेजोड साङ्गीतिक कोसेली तयार हुने थिए। उनीहरूको सम्बन्धबारे यति चाहिँ टिप्पणी गर्न सकिन्छ।
‘नेपथ्य समूह’बाट बाहिरिएपछि उनी २०५० को दशकको पूर्वाद्धतिरै काठमाडौँ छिरे। उनी एक्लै सङ्गीतकर्ममा लागे। ‘आँखैमा झलझली...’, ‘भाइटीकामा भेट्न आउँला...’, ‘कसैलाई दोष दिन चाहन्न...’ जस्ता दर्जनौं गीत सिर्जना गरे। उनका यी गीत धेरैका मनमस्तिष्कमा सुमधुर झङ्कार बनेर बसिरहे। उनले चर्चा बटुलिरहे। स्रोतागणको माया र सदभाव उनीमाथि ओइरिइरहे।
सङ्गीत सिर्जनाभन्दा बाहिरको उनको व्यक्तित्वलाई हेर्ने हो भने उनी रसिला व्यक्ति थिए। कुराको सेलरोटी पकाउन सिपालु थिए। हास्यचेतले भरिएका व्यक्ति थिए। बोल्दा धेरै हाँसो–ठठ्ठा गर्थे। विनोदी स्वाभावका थिए। बोलीमा अनेकन् विम्ब र उपमा प्रयोग गरेर मिठासपूर्ण अभिव्यक्ति पस्कन्थे। व्यङ्ग्यात्मक अभिव्यक्तिमा निपुण थिए। उनको कुरा सुनेर धेरैले रमाइलो मान्थे।
सबै कुरा ठीकठाक चलिरहेको बेला नियतिले एउटा कुनाबाट उनीप्रति कुदृष्टि लगाइरहेको थियो। पंक्तिकारले २०५८ सालतिर काठमाडौंमा भेट्दा उनलाई मधुमेहले छोइसकेको थियो।
तर, उमेरदार व्यक्ति भएकाले उनी हट्टाकट्टा र फुर्तिला नै थिए। त्यतिबेला उनी म्हेपीमा बस्थे। उनको डेराको गमलामा मधुमेह निको पार्न सघाउने वनस्पति फक्रिरहेका-फुलिरहेका हुन्थे।
उनी आहार विहारमा निष्फिक्रीजस्ता देखिन्थे। त्यतिबेला केही साथीभाइलाई मदिराभोगको नशाबाट छुटकारा दिलाउन प्रयत्नरत थिए। विडम्बना, उनी आफै भने मदिराभोगबाट टाढिन सकेका थिएनन्।
पथ पहरेजलाई नै पहरेज गर्दै जाँदा उनीभित्रको रोग मौलाउँदै गयो। पछि पहरेज नियन्त्रण गर्न सकिने रोग असाध्य व्यथामा परिणत हुन थाल्यो। मधुमेहले चौतर्फी असर देखाउँदै गयो। विस्तारै आँखा कमजोर भए। अन्त्यमा आँखाको ज्योति निभ्यो। त्यसपछि मिर्गौला बिग्रियो। कालान्तरमा मिर्गौलाले धोका दिएरै छाड्यो।
स्वास्थ्यका दृष्टिले उनको जीवनमा एकपछि अर्को दुर्भाग्यपूर्ण घडी आइरहे। यसको दुःखदायी असर उनको साङ्गीतिक करिअरमा पनि पर्दै गयो। उनका नयाँ कृति जन्मन छाडे। साथीभाइ टाढिँदै गए। उनी ख्याति कमाएर पनि गुमनाम बन्ने दिशातिर उन्मुख थिए।
जीवनको उत्तरार्धमा शुक गुरुङ साङ्गीतिक दृष्टिले एक्ला र सुस्त भएका थिए। रोगले एकपछि अर्को गरी गिजोल्दै जाँदा उनी सङ्गीतकर्मबाट निवृत्तजस्ता भइसकेका देखिन्थे। समयको कठोर झोक्काले उनलाई पल पल कमजोर बनाइरहेको थियो। शारीरिक दृष्टिले मात्र होइन, साङ्गीतिक दृष्टिले पनि।
उनको चर्चाको ग्राफ ओरालो झरिरहेको थियो। एकाध साथीसंगीले बाहेक उनको चर्चा गरेको भेटिँदैनथ्यो। चर्चा भइहाले पनि सङ्गीतकर्म भन्दा शारीरिक अवस्थ्यताबारे बढी हुन्थ्यो।
यद्यपि, उनीप्रति माया र सद्भाव खन्याउने साथीसंगी र शुभचिन्तकले भने बिर्सिएका थिएनन्। उनको उपचारार्थ देश-विदेशमा आर्थिक सहयोग जुटाउने अभियान चलेका थिए। उनको सहयोगका लागि ठूलो राशी जुटेको समाचार आएका थिए।
शुक गुरुङले भने आफैसँग हरपल हार्दै गएका थिए। बाँच्ने आशा त्यागिसकेका थिए। आफ्नो उपचारका लागि उठेको रकम खर्च गर्न चाहेनन्। पैसा हातमा परेर पनि मिर्गौला फेर्ने चाहेनन्।
त्यो रकमबाट आफूभन्दा लामो समय बाँच्ने उमेर भएका परिवारजनलाई टाउको लुकाउने गुँड बनाइदिन आग्रह गरे। उनले आफ्नै जीवन खण्डहर पारेर परिवारजनको भविष्य बनाउने सोचे। उनका सहयोगीहरूले त्यो चाहना पूरा गरिदिए।
उनको जीवन बसाइँ सर्ने चराको जस्तो रह्यो। पुर्ख्याैली घर लमजुङ भएका शुक चितवन पुगे। त्यहाँबाट पोखरा। बाल्यकाल त्यतै बित्यो। नयाँ धारका सङ्गीत अनुरागीहरूसँग हिमचिम बढ्यो। त्यहीँबाट सङ्गीतलाई जीवनको लयको रूप दिए। सङ्गीतकर्ममा जुटिरहे।
यही मेहेरीमा पोखराबाट काठमाडौंँ हानिए। काठमाडौं छिरेपछि पनि सङ्गीत सिर्जनामा जुटे। रोग असाध्य बन्दै गएपछि पुनः पोखरा फर्किए। रोटेपिङझैं एउटा वृत्तमा घुमेर उनको जीवनले सदाका लागि विश्राम लियो।
बहीखाता पल्टाउँदा उनको जीवनमा जोड-घटाउ गर्नुपर्ने थुप्रै पक्ष होलान्। यस्तो अङ्क–गणितमा उनको जीवनमा जोडिन आएकी जीवनसंगिनी जुना गुरुङको सानो चर्चा नगरी उनको जीवनगाथा अपुरो हुन्छ।
अनेकन् झञ्झावतसँग जुधेर जुनाले जीवनसंगी र दुई छोराका मुहारमा खुशी फक्राउन अथक प्रयत्न गरिन्। आफूभन्दा धेरै पाको जीवनसंगीलाई डोर्याएर क्लिनिक र अस्पताल पुर्याइरहिन्। सेवा–सुश्रुषामा जुटेर माया-ममताको वर्षा गरिरहिन्। उनले शुक गुरुङलाई साँचो अर्थमा साङ्गीतिक–सामाजिक व्यक्तित्व बनाउन हरसम्भव प्रयत्न गरिन्।
तमाम नाता-सम्बन्धको जालो तोडेर शुक अर्कै लोकमा पुगिसके। अब उनी स्मृतिमा मात्र बाँच्नेछन्। यहाँनेर, रोमन दार्शनिक सिसिरोको भनाइ सान्दर्भिक हुन आउँछ। उनले भनेका छन्, ‘दिवङ्गत व्यक्तिको जीवन जिउँदो व्यक्तिको स्मृतिमा बाँच्छ।’ आफ्नै साङ्गीतिक विरासतको प्रतापबाट उनी धेरैको स्मृतिमा बाँचिरहनेछन्।