नयाँ वर्षमा नयाँ लक्ष्य तय गर्नुभएको छ ? यी ८ कुरामा ध्यान दिनुस्
काठमाडौं । आजदेखि ईश्वी संवत्को नयाँ वर्ष शुरू भएको छ । नयाँ वर्ष शुरु हुँदा धेरै मानिसले आफ्ना नयाँ–नयाँ लक्ष्य तोक्छन् । आफ्नो डायरीमा ती लक्ष्य सुटुक्क लेखिराख्छन् । तर वर्षको अन्तिमतिर पुग्दा धेरै मानिसले आफूले आफैसँग गरेका वाचा पूरा नगरेको पाउँछन् । उनीहरुका लक्ष्य अधुरै हुन्छन् ।
अधिकांश मानिसका लक्ष्य स्वास्थ्यसँग सम्बन्धित हुन्छन् । त्यसमध्ये धेरैको त तौल घटाउने हुन्छ । त्यस्ता लक्ष्य राख्नेहरुलाई न्यूयोर्क न्युट्रिशन ग्रुपका प्रमुख कार्यकारी अधिकृत लिजा मस्कोभिजले प्रतिबद्धता कायम राख्ने केही उपाय सुझाएका थिए । ती उपाय सबैजसो लक्ष्य राख्नेलाई काम लाग्न सक्छन् । उनले सुझाएका उपाय यस्ता छन्ः
१. यथार्थवादी बन्नुहोस्
२. प्राथमिकता चयन गर्नुहोस्
हामी सबैसँग गर्न चाहेका धेरै काम हुन्छन् । हामी कोही उत्तिकै घुम्न, उत्तिकै पढ्न, उत्तिकै साथीहरु बनाउन, उत्तिकै अनुसन्धान गर्न चाहन्छौं । हाम्रा रुचीका क्षेत्र पनि धेरै हुन्छन् । तर दुःखको कुरा, हामीसँग ती सबै रुची पुरा गर्ने समय हुँदैन । त्यसैले एकपटकमा एउटा मात्र काममा केन्द्रित हुनु उचित हुन्छ । त्यसका लागि तपाईंले आफ्ना उद्देश्यको प्राथमिकता छुट्याउनुपर्छ ।
३. स्पष्ट लक्ष्य राख्नुहोस्
धेरै मानिसहरु आफैले मेसो नपाउने अमूर्त लक्ष्य राख्छन् । जस्तो कि, अध्ययनमा जोड दिने । तर उनीहरु आफैले के अध्ययन गर्ने भन्ने मेसो पाउँदैनन् । यस्तो लक्ष्यले प्रभावकारी परिणाम दिँदैन । तपाईंले के अध्ययन गर्न चाहनुभएको हो त्यसमा स्पष्ट हुनैपर्छ । इतिहास पढ्ने कि अर्थशास्त्र, राजनीतिशास्त्र पढ्ने कि कानून, साहित्य कि अनुसन्धानमूलक पुस्तक पढ्ने ?
शारीरिक अभ्यासमा पनि यस्तै नियम लागू हुन्छ । धेरै अभ्यास गर्ने भन्दा अस्पष्ट हुन्छ । त्यसको साटो हप्ताको दुई दिन योग गर्ने वा हप्ताको कम्तिमा तीन दिन २० मिनेटका दरले अभ्यास गर्ने भन्नु उचित हुन्छ ।
४. रणनीति बनाउनुहोस्
सुन्दर योजनामा रणनीति पनि सामेल हुन्छ । तपाईंले आफ्नो योजना कसरी पूरा गर्दै हुनुहुन्छ ? तपाईंले हासिल गर्न चाहेको लक्ष्यसम्म पुग्ने तरिका के हो ? त्यसमा आइपर्न सक्ने बाधा के हुन् ? ती बाधाको सामना कसरी गर्ने ? यस्ता विषयमा पहिले नै स्पष्ट भएर रणनीति बनाउँदा लक्ष्य हासिल गर्ने सम्भावना बढी हुन्छ ।
५. नयाँ योजना बनाउन सिक्नुहोस्
असफलता र बाधा नचाहेर पनि आइलाग्छन् । यो नै जिन्दगी हो । तपाईंले चाहेजस्तै सधैं हुन्छ भन्न सकिँदैन । त्यसैले लक्ष्य पूरा गर्ने बाटोमा आइपर्ने हरेक बाधा सामना गर्न तयार रहनुहोस् । लक्ष्य नफेर्नुहोस् । लक्ष्य पूरा गर्ने तरिका फेर्नुहोस् । तपाईंले पढ्न चाहेको किताब महंगो रहेछ भने पुस्तकालय जान नछोड्नुहोस् ।
६. जाँचकी राख्नुहोस्
धेरै मानिसले नयाँ वर्षमा गरेका प्रतिबद्धता पूरा नगर्नुको एउटा कारण हो, उनीहरु कसैप्रति जिम्मेवार बन्दैनन् । तपाईं लक्ष्य पूरा गर्न चाहनुहुन्छ भने जिम्मेवार बन्नैपर्छ । त्यसैले परिवारमा कोही यस्तो मानिस तयार गर्नुहोस् जसले तपाईंलाई बारम्बार खबरदारी गरिरहोस् ।
७. समयसीमा तयार गर्नुहोस्
नेपालको इतिहास पढ्ने योजना छ ? वर्षभरिको समय नराख्नुहोस् । यथार्थपरक समयसीमा छुट्याउनुहोस् । जस्तै, पहिलो तीन महिनामा लिच्छवीकालिन नेपाल पढ्ने । तौल घटाउने योजना नै छ भने ६ महिनामा तीन किलोग्राम घटाउने नभन्नुहोस् ।
८. आफैलाई पुरस्कार दिनुहोस्
जसले जे सुकै भने पनि परिणाममा केही पाउन खोज्ने मानिसको स्वभाव हो । त्यसैले तोकिएको लक्ष्य पूरा भएपछि आफैलाई केही पुुरस्कारको बन्दोबस्त गर्नुहोस् । जस्तै, तीन महिनामा १० किलो घटाएबापत एक जोर नयाँ जुत्ता ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्