बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरू हुँदैछ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वाकांक्षी योजना छ।
योजना र सपना ठूला हुनुपर्छ। सरकारले पनि ठूलै योजना र सपना देखेको छ। त्यही सपना जनतामाझ बाँडेको छ। यसलाई सकारात्मक रूपमा लिनपर्छ।
तर, नेपाल भ्रमण वर्ष प्रचार गरिएजस्तै पूर्व तयारीका साथ मनाँइदैछ वा छैन ? यो अहम् प्रश्न हो। जसले सरकारले भनेको नेपाल, जहाँ २० लाख पर्यटक भित्र्याउने उसको लक्ष्य छ, त्यो भित्र सुदूरपश्चिम अटेको छ कि छैन, हाम्रा लागि यो महत्त्वपूर्ण विषय हो।
विगतका सरकारले पनि भ्रमण वर्ष नमाएको होइन। ती भ्रमण वर्ष र यो भ्रमण वर्षमा भिन्नता छ कि छैन ? यो महत्त्वपूर्ण प्रश्न हो।
पर्यटन संसारको त्यस्तो सबैभन्दा ठूलो उद्योग हो, जसका लागि कच्चा पदार्थ छैन। हामीसँग भएका स्रोत, साधन, संरचना र क्षेत्र नै पर्यटन उद्योगका हिस्सा हुन्। चाहे त्यो नदीनाला हुन्, चाहे मानवनिर्मित संरचना हुन्, चाहे अन्य प्राकृतिक स्रोत।
वार्षिक रुपमा संसारमा सबैभन्दा बढी पर्यटक भित्रिने देश हो, फ्रान्स। जहाँ २०१८ मा ८२ दशमलव ६ मिलियन (आठ करोड २६ लाख) पर्यटक भित्रिएका थिए। मानवनिर्मित इफेल टावर फ्रान्सको महत्त्वपूर्ण आकर्षण हो। यद्यपि त्यस बाहेक थुप्रै प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक धरोहरहरू पर्यटक आकर्षण गर्ने आधार हुन्। फ्रान्समा यो अवधिमा हवाई रुट भएर पाँच करोड ७५ लाख ५४ हजार ७९५ पर्यटक भित्रिए। वर्षभरिमा चार लाख ७१ हजार ८७२ उडान भए।
दोस्रो बढी पर्यटक भित्रिने देश अमेरिका हो। जहाँ गत वर्ष ७५ दशमलव ६ मिलियन (सात करोड ५६ लाख) पर्यटक भित्रिएका थिए। तेस्रो स्थानमा रहेको स्पेनमा पनि अमेरिकाकै हाराहारीमा पर्यटक भित्रिएको तथ्यांक छ।
हाम्रो छिमेकी देश चीन सबैभन्दा पर्यटक भित्र्याउने देशहरूको सूचीमा चौथो स्थानमा छ। जहाँ सन् २०१८ मा ५९ दशमलव ३ मिलियन (पाँच करोड ९३ लाख) पर्यटक भित्रिएका थिए।
त्यो सूचीमा इटली पाँचौ स्थानमा छ। बेलायत छैठौंमा। जर्मनी सातौंमा। मेक्सिको आठौंमा। थाइल्याण्ड नवौंमा। टर्की १० औंमा। अष्ट्रिया ११ औंमा। मलेसिया १२ औंमा। ग्रिस १३ औंमा।
१४ औंमा रसिया छ। १५ औंमा जापान। १६ औं स्थानमा छ, साउदी अरब। १७ औंमा दक्षिण कोरिया छ।
युरोपको सानो मुलुक नेदरल्याण्ड्समा यो संख्या एक करोड ७० लाख भन्दा बढी छ।
त्यो सूचीको १८औं स्थानमा छ, नेदरल्याण्ड्स। राजधानी आम्स्टर्डमको जनसंख्या करीब आठ लाख छ। २०१७ मा नेदरल्याण्ड्समा उसको जनसंख्या भन्दा बढी एक करोड ८० लाख पर्यटक भित्रिए। जसले करीब १२ दशमलव ९ बिलियन युरो खर्च गरे।
हंगेरी १९ औं स्थानमा पर्छ।
संसारकै चर्चित पर्यटकीय गन्तव्यका रूपमा चिनिने स्वीट्जरल्याण्डमा झण्डै एक करोड २० लाख मान्छे प्रतिवर्ष भित्रिन्छन्। स्वीट्जरल्याण्डको अर्थतन्त्रमा पछिल्लो वर्ष पर्यटकहरूको आगमनबाट ४४ दशमलव सात बिलियन सिएचएफको योगदान पुग्यो।
पर्यटकलाई भित्र्याउने हो भने केही उदार हुनैपर्छ। केही खुकुलो हुनैपर्छ। तर, हामी एकातिर खुकुलो हुन तयार छैनौं, अर्कोतिर पर्यटक आएनन् भनेर कोकोहोलो गर्छौं ।
नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक भित्रिएको आँकडा छ।
जबकि नेपालभन्दा सानो मुलुक कम्बोडियामा ६० लाख भन्दा बढी पर्यटक भित्रिए। जोर्डनमा वार्षिकरूपमा भित्रिने पर्यटकको संख्या कम्बोडियाको हाराहारीमा छ।
नेपालभन्दा जनसंख्या र भूगोलका हिसाबले धेरै सानो मध्यपूर्वको देश जोडर्नमा बर्सेनि ६० लाखभन्दा बढी पर्यटक भित्रिन्छन्। तर, नेपालका लागि २० लाख पर्यटक भित्र्याउने योजना अहिले पनि महत्त्वकांक्षी मानिएको छ।
ठूलो संख्यामा पर्यटकहरू नभित्रिनु के नेपालसँग पर्यटकीय आकर्षणका केन्द्रहरू नभएर हो त ?

सरकारले पर्यटन प्रवर्द्धनका लागि बर्सेनि अर्बाैं रूपैयाँ पर्यटन मन्त्रालयमार्फत् खर्च गरिरहेको छ। अहिले प्रदेशअन्तर्गत रहेका पर्यटन मन्त्रालय पनि अर्बौं रूपैयाँ वार्षिकरूपमा खर्च गरिरहेका छन्। स्थानीय तह पनि पर्यटनका नाममा रकम खर्च गरिरहकै छन्।
यति हुँदाहुँदै पनि किन पर्यटक भित्रिन सकेनन् ? यसमा के कहिल्यै छलफल भयो ? के नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा यस विषयमा छलफल भयो ? भएन। पहिले पर्यटन भ्रमण वर्ष भनिन्थ्यो, अहिले नेपाल भ्रमण वर्ष। फगत नाम मात्र फेरियो। न शैली फेरियो। न क्रियाकलाप।
भ्रमण वर्षहरू कर्मकाण्डीय भए। नाम मात्रका भ्रमण वर्ष।
पर्यटन प्रवर्द्धन गर्ने नाममा पर्यटन मन्त्रालय, पर्यटन बोर्डका कर्मचारी, मन्त्रीका श्रीमती भाइ, भतिजा, सालो, पीएले विभिन्न देशमा घुम्ने अवसर पाइरहे। हप्तैपिच्छे मन्त्रालय र पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीहरू विदेश घुमिरहेकै छन्। पर्यटन बोर्ड पनि त्यस्तै छ।
हुँदाहुँदा केन्द्र सरकार र पर्यटन बोर्डलाई केही काम गरेन भनेर गाली गरिरहनेहरूले प्रदेश सरकार र निजी क्षेत्रको नेतृत्व गर्ने अवसर पाए। तर, उनीहरूले पनि त्यही गरे।
प्रदेशको पर्यटन नीति कस्तो बनाउने ? पर्यटक कसरी भित्र्याउने ? प्रदेशमा पर्यटकीय गन्तव्यहरूसम्म पुग्ने सहज व्यवस्था, खानपिन र बासको उचित व्यवस्था, पर्यटकहरूलाई सही सूचना दिने विषयमा पटक्कै गम्भीर नदेखिनु प्रदेश सरकारको गैरजिम्मेवारपन हो।
फ्रान्सको ऐतिहासिक इफेल टावर, स्वीट्जरल्याण्डको प्राकृतिक ताल, हिमाल, हिमाली वस्तीहरुमा सुन्दर वस्तीहरू, व्यवस्थित शहर पर्यटकीय आकर्षण गर्ने क्षेत्रहरू हुन्। ब्राजिल र अर्जेन्टिनामा फुटबल पर्यटकहरूलाई आकर्षण गर्छ। यी देशको मुख्य पर्यटन भनेकै खेल हो। हंगेरीको नदी सभ्यता, ऐतिहासिक भवनहरू, सफा, सुन्दर र व्यवस्थित शहरले पर्यटकलाई लोभ्याउँछ।
नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डमभित्र नहरमा क्रुजमा यात्रा गर्नुको मज्जा नै बेग्लै। यहाँको खुला यौन बजार पर्यटकलाई आकर्षण गर्ने एउटा क्षेत्र हो। नेदरल्याण्ड्स र डेनमार्कमा त साइकल संस्कृतिले नै पर्यटकलाई लोभ्याउँछ।
समुद्रमाथिको शहर भेनिस हेर्न बर्सेनि करौडौं पर्यटक पुग्छन्। इन्डोनेशियामा खुल्ला चिडियाघर जहाँ आँखा अगाडि बाघ, हात्ती, शेर र अरू पनि थुप्रै जंगली जनावर हेर्न बर्सेनि लाखौं पर्यटक पुग्छन्। बालीको महत्त्व त बेग्लै छ।
समुद्र हुनेले समुद्र बेचिरहेका छन्। थाइल्याण्ड, बाली, गोवाको आकर्षण यहाँको समुद्री तट त हो नै। यहाँको रात्रि जीवन पनि हेर्न पर्यटकहरू लालयित हुन्छन्।
युरोपका अधिकांश पर्यटकीय गन्तव्य आकर्षणका केन्द्र यहाँका राजाका दरबार, संसद र हजारौं वर्ष पुराना कलात्मक र विशाल चर्चहरू पनि हुन्। चीनको बेइजिङ ग्रेटवाल र माओको समाधीस्थलका कारण पर्यटकहरूलाई आकर्षण गर्छ। सांघाइको विकास हेर्नकै लागि विश्वकै अति विकसित मुलुकका नागरिक पनि पुग्छन्। र, यी सबै पर्यटकीय गन्तव्यहरूको बारेमा गुगलमा पर्याप्त जानकारी छन्। त्यहाँ जादा कसैले असुरक्षित महसूस गर्दैनन्। निर्धक्कसँग यहाँको वातावारणमा पर्यटकहरू रमाउँछन्। न खानाको चिन्ता हुन्छ। न बासको। न सुरक्षाको।
खोई भौतिक पूर्वाधार ?
नेपालका मन्त्री, नेता, सांसद, पर्यटन मन्त्रालयका पदाधिकारी, कर्मचारीहरूले यी सवै देशको भ्रमण गरिसकेका छन्। त्यहाँ पुगेपछि उनीहरूले सोच्छन् पनि होला, हाम्रो देश पनि यस्तै बनाउन पाए कस्तो हुन्थ्यो होला ?
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त डेढ दशकअघि नै घोषणा गरेका थिए, नेपाललाई स्वीजरल्याण्ड बनाउँछौ भनेर।
सबैका सबै कुरा गफमै सीमित भए। विदेशबाट फर्किएपछि र अर्को पटक विदेश नटेक्दासम्म सबै कुरा बिर्सिने बानी बसिसकेको छ, नेपालीहरूको। त्यही कारण पनि नेपालमा पर्यटन प्रवर्द्धन र पर्यटकलाई आकर्षणका लागि ठोस् योजना बन्न सकेनन्।
नेपालमा पर्यटकलाई आकर्षण गर्ने क्षेत्रहरू यहाँका हिमाल, नदी, लुम्बिनी, सगरमाथा मात्र भए अहिलेसम्म। यी क्षेत्रमा पर्यटकहरूलाई खाने बस्ने उचित व्यवस्थापनका लागि सुविधासम्पन्न होटलहरू पनि खुले। विमानसेवा पनि छ। सुरक्षा पनि छ।
तर, यी बाहेक के नेपालमा पर्यटक जाने र जानुपर्ने अझ भन्नु पर्दा पर्यटकलाई आकर्षण गर्न सकिने अरू क्षेत्रहरू छैनन् र ? छन्। धेरै छन्।
तर, ती पर्यटकीय गन्तव्यसम्म पुग्ने न सडक राम्रो छ। न हवाई यातायातको व्यवस्था छ। न सुरक्षित सडक यातायात छ। न त त्यहाँ खानबस्नको उचित व्यवस्था छ। न सुरक्षाको ग्यारेण्टी छ। खप्तड हाम्रा लागि महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो। तर, स्वीट्जरल्याण्डमा यस्ता क्षेत्रहरू कति छन्, कति ? खप्तडमा केही चिज त फरक हुनुपर्यो। किन त्यहाँको मान्छे वा युरोपको मान्छे यहाँ आउने ?
समुद्रको किनारमा बस्नेलाई समुद्र हेर्ने रहर हुँदैन। हिमालमा बस्नेलाई हिमाल हेर्ने रहर हुँदैन। हामीसँग समुद्र छैन। यद्यपि हामीसँग हिमाल छन्। नदीनाला छन्। लुम्बिनी छ। हिन्दूहरूका लागि पशुपतिनाथ र मुक्तिनाथलगायतका धार्मिक क्षेत्रहरू छन्।
यसको अर्थ त्यहाँको मान्छेलाई खप्तडमा आकर्षण गर्न सकिँदैन भन्न खोजेको होइन। मान्छे आफूसँग जे छैन, त्यसलाई हेर्न चाहन्छ।
खप्तडको यात्रा सस्तो हुनुपर्यो। जो अहिलेका नेपालका हवाई कम्पनीको चर्को भाडादरका कारण सम्भव छैन। यसलाई कम गर्न सरकारले भ्रमण वर्षभन्दा पहिले पहल गर्नुपर्थ्यो। गरेन।

पर्यटकहरूलाई आकर्षण गर्ने अरू पनि थुप्रै क्षेत्रहरू छन्। यद्यपि नेपालको पर्यटन अहिलेसम्म त्रिभूज आकारमा सीमित छ। विदेशीहरू हवाई यात्रा गरेर काठमाडौं झर्छन्। त्यहाँ बस्छन्। अनि त्यहाँबाट पोखरा, लुम्बिनी, सौराहा। अन्नपूर्ण सर्किट। मुस्ताङ। यही सेरोफेरो मात्र नेपालको पर्यटन क्षेत्र बनेको छ।
गत वर्ष नेपालमा ११ लाख बढी पर्यटक भित्रिदा सुदूरपश्चिममा भने त्यो संख्या हजारमा त के पाँच सयको हाराहारीमा पुग्न सकेन। सरकारको महत्त्वाकांक्षामा अटाएका २० लाख पर्यटकमा केही हजार संख्यालाई पनि सुदूरपश्चिममा पुर्याउने योजना देखिँदैन। र, केही हजार पर्यटक भित्र्याउने छाँटकाट प्रदेश सरकारको गतिविधि र कामबाट देखिँदैन। त्यसैले यो भ्रमण वर्ष सुदूरपश्चिमका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात हुने निश्चित छ। आशा गरौं, त्यस्तो नहोस्।
खोई सूचना ?
संसारका हरेक देशका साना हुन् वा ठूला पर्यटकीय गन्तव्यहरू, हरेक पर्यटकीय गन्तव्यका बारेमा गुगलमा जानकारी छ। त्यहाँको सरकार, पर्यटन मन्त्रालयले पनि आफ्ना वेबसाइटहरूमा पर्यटकीय गन्तव्यहरूका बारेमा जानकारी दिएको छ।
हरेक शहरमा पर्यटकीय सूचना केन्द्र छन्। जसले पर्यटकहरूलाई त्यहाँका पर्यटकीय गन्तव्यहरूका बारेमा हाते बुक उपलब्ध गराउँछ। पर्यटकले जान्न चाहेका हरेक पर्यटकीय गन्तव्यका बारेमा सही सूचना र जानकारी दिन्छन्।
युरोपमा तपाईं एक्लै हुनुहुन्छ। तपाईंको साथमा कोही छैन। फेरि पनि तपाईंलाई कुनै डर हुँदैन, भय हुँदैन। खल्तीमा पैसा र दिमागमा सूचना भए तपाईं जहाँ पनि, जुनसुकै बेला जान सक्नुहुन्छ। राति होस् वा दिन। त्यसले कुनै फरक पार्दैन। के तपाईं आफ्नै देश नेपालका कुनै पनि ठाउँमा त्यसरी जान सक्नुहुन्छ। त्यस्तै निर्धक्क भएर यात्रा गर्न सक्नुहुन्छ ?
कुन पर्यटकीय गन्तव्य जान कति समय लाग्छ ? कति पैसा लाग्छ ? त्यहाँ जाने साधन तथा यातायातको के कस्तो व्यवस्था छ ? होटलको व्यवस्था कस्तो छ ? मौसम कस्तो छ ? त्यहाँको विशेषता के हो ? छुटाउन नहुने ठाउँ के हो ? यी र यस्ता यावत विषयमा पर्याप्त सूचना सहजै मिल्छ।
तर, हामीकहाँ अहिलेसम्म त्यस्तो सुविधा छैन। यो सुविधा नभएसम्म कुनै विदेशी नेपालीको गफका भरमा नेपाल आउनेवाला छैन। सुरक्षा र सूचनामा विश्वास नभएसम्म विदेशी पर्यटकले कहीँको पनि यात्रा गर्दैन। सुदूरपश्चिमको हकमा त झन् यहाँका कुनै पनि पर्यटकीय गन्तव्यका बारेमा सही सूचना छैन। मन्त्रालयले निकालेको कफी टेबल बुक भ्रमण वर्ष नजिकिएपछि लुकाइएको छ। अनि पर्यटक भित्र्याउने ठूला गफ चाहिँ तिनैले दिइरहेका छन्, जो-जो यो पुस्तक प्रकाशनमा संलग्न थिए। गफ बेचेर पर्यटक आउँदैनन्, तिनलाई कसले बुझाउने ?
खोई सुरक्षा ?

पर्यटकका लागि यो प्रश्न सबैभन्दा अहम् प्रश्न हो। हामी जसरी युरोप वा अन्य मुलुकमा जाँदा जस्तो सुरक्षा महसूस गर्छौ, के यहाँ त्यस्तै महसूस गर्न सक्छौं ?
पोखराका पर्यटनकर्मीहरूले भारतीय पर्यटकहरूलाई भित्र्याउन पटक-पटक लखनउ, दिल्ली लगायतका शहरहरूमा चलो पोखरा अभियान चलाए। तर, अहिले के भएको छ, त्यहाँ ? भारतीय पर्यटकहरूलाई गाडी लगेर जान नदिने। उनीहरूलाई दुःख दिने। सास्ती दिने मात्र काम भएको छ।
नेपालका अन्य शहरहरूमा पनि प्रहरी र ट्राफिक प्रहरीले भारतीय गाडी देख्नै नहुने। हैरान गर्ने। भारतीय गाडीले अलिकति कहीँकतै कसैलाई छोयो कि उसलाई अनावश्यक दुःख दिने।
यस्तै व्यवहार रहिरह्यो भने कसरी भारतीय पर्यटकहरू भित्रिन्छन्। पर्यटकका लागि सुरक्षा पहिलो शर्त हो। यसतर्फ पर्यटन व्यवसायी र नेपाल सरकारको ध्यान कहिले जाला ?
खोई योजना ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन २०१८ मा काठमाडौं विमानस्थलले करीब ७२ लाख यात्रुलाई सेवा पुर्याएको थियो। ठाउँको सीमितताले गर्दा जस्तोसुकै विस्तार र सुधार गरे पनि यो विमानस्थलको क्षमता ९० लाख यात्रु नाघ्दैन।
न भौतिक पूर्वाधार छ। न सही सूचना छन्। न त सुरक्षाको ग्यारेण्टी छ। छ त फगत सपना। बस् सपना। के सपनाले मात्र नेपाल भ्रमण वर्ष सफल होला र ? फेरि पनि आशा गरौं सफल होस्।
एकातिर हामीसँग गतिला योजना छैनन्। अर्कोतिर हामीसँग क्षमता पनि छैन।
हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा अहिले नै एयर ट्राफिक जाम हुन्छ। र, आधा घण्टा जहाजहरू आकाशमा होल्ड हुनु सामान्य भइसकेको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय उडान थप गर्न र विदेशी पर्यटकहरू हवाई मार्ग हुँदै भित्र्याउन कति सम्भव छ ?
आफ्नो अवस्था र क्षमता नहेरी फगत सपना बाँड्ने काम भयो ? नेपाल भ्रमण वर्षमा त्यही कुरा दोहोरिएको छ ?
नेपालमा गत वर्ष ११ लाख पर्यटक भित्रिएका थिए। अब ९ लाख थप पर्यटक कहाँबाट भित्रिने हुन् ? कसरी भित्रिने हुन् ? कुन बाटो भएर भित्रिने हुन् ? र, ती भित्रिएका पर्यटकलाई कहाँ लैजाने हो ? कुनै योजना सरकारसँग छैन। युरोपका विभिन्न देशमा पर्यटन मन्त्रालय र पर्यटन बोर्डले गरेका पर्यटन प्रवर्द्धनका कार्यक्रम रकम खर्च गर्ने उपाय बाहेक केही देखिएका छैनन्।
न भौतिक पूर्वाधार छ। न सही सूचना छन्। न त सुरक्षाको ग्यारेण्टी छ।
छ त फगत सपना। बस् सपना। के सपनाले मात्र नेपाल भ्रमण वर्ष सफल होला र ? फेरि पनि आशा गरौं सफल होस्।
" />बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरू हुँदैछ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वाकांक्षी योजना छ।

">