सन् २०१० देखि चीनले विश्व राजनीतिमा नयाँ तरिकाले प्रभाव पार्न शुरु गर्यो। सन् २००८ को पश्चिमा वित्तीय संकटभन्दा पहिलेदेखि नै चीन विश्व राजनीतिक रंगमञ्चमा नयाँ तर फुच्चे शक्तिको रुपमा देखिन थालेको थियो। वित्तीय संकटले उथलपुथल ल्याइदियो।
सन् २००८ भन्दा अघि पश्चिमा परम्परागत अर्थशास्त्रीहरूले ढिलोचाँडो चीन विश्व आर्थिक संकटबाट ग्रसित हुने ठानेका थिए। तर त्यस्तो कहिल्यै भएन। बरु, आर्थिक संकट पश्चिमा जगतमा आयो जसले त्यहाँको स्थिरता र आत्म–आत्मविश्वास नै धर्मरायो।
भर्खरै हामीसँग विदा मागेको सन् २०१० को दशकको हरेक वर्षमा विश्व आर्थिक वृद्धिको मुख्य कारक अमेरिका होइन चीन बन्यो। विश्व बैंकले क्रय शक्ति अनुरुपता (पर्चेज पावर प्यारिटी) को आधारमा गरेको तुलनात्मक अध्ययन अनुसार सन् २०१४ मा चिनियाँ अर्थतन्त्रले अमेरिकालाई उछिन्यो। हुन त गत दशकमा उकालो लागेको चीनको आर्थिक वृद्धिदर खस्केर अहिले ६.२ प्रतिशत पुगेको छ, तैपनि चीन विश्वमा द्रूत गतिमा बढिरहेको अर्थतन्त्रमै पर्छ। सन् २०१० को आफ्नै अर्थतन्त्रको तुलनामा चीनको वर्तमान अर्थतन्त्र दोब्बर भन्दा बढी भएको छ।
सन् २०१०को दशकमा भएको महत्वपूर्ण परिवर्तन यही नै हो। र यो परिवर्तन मानव जातिकै इतिहासमा एउटा महत्वपूर्ण आर्थिक रुपान्तरण हो। स्वभाविक रुपमा पश्चिमा जगतले यो परिघटनालाई सहज ढंगले लिन सकेन। उसले यो परिघटना अस्वीकार गर्न, खारेज गर्न र निन्दा गर्न अनेकन् रुप देखायो।
चीनको उदयले संयुक्त राज्य अमेरिका र युरोपलाई अस्तित्वगत संकट सिर्जना गरिदिएको छ। यो संकट यो शताब्दीभर नै रहनेछ। पश्चिमा जगत विस्थापित हुने प्रक्रियामा छ। एउटा विन्दुमा पुगेपछि उसले यो प्रक्रिया विरुद्ध केही पनि गर्न नसक्ने अवस्था आउनेछ। संसारमै रुपान्तरण ल्याउने परिवर्तन इतिहासमै विरलै हुन्छन्। चीनको उदय तीमध्ये एक हो। र, भर्खरै बितेको दशकमा मात्र पश्चिमा जगतले चीनको उदय हुने र त्यसले संसारमै परिवर्तन ल्याउने महुसस गर्यो।
परिवर्तनको यो सिलसिला भने कायमै छ।
चीनको उदयले संयुक्त राज्य अमेरिका र युरोपलाई अस्तित्वगत संकट सिर्जना गरिदिएको छ। यो संकट यो शताब्दीभर नै रहनेछ। पश्चिमा जगत विस्थापित हुने प्रक्रियामा छ। एउटा विन्दुमा पुगेपछि उसले यो प्रक्रिया विरुद्ध केही पनि गर्न नसक्ने अवस्था आउनेछ।
एक दशक अघिसम्म पनि चीन सस्तो हाते उत्पादनको पर्याय थियो। पश्चिमा जगत् चिनियाँ अर्थतन्त्र नक्कली सामानको उत्पादककै परिचय बोकेर बस्छ भन्ठान्थ्यो। आफ्नो आविष्कार गर्ने क्षमतालाई चीनले टक्कर देला भन्ने उसले सोचेको पनि थिएन। तर दृश्य फेरियो। साइबर प्रविधिको विकासका लागि प्रख्यात अमेरिकी ‘सिलिकन भ्याली’लाई टक्कर दिने गरी चीनको शेन्चेन दृश्यमा आयो। शेन्चेनको आगमनसँगै माइक्रोसफ्ट, गुगल, फेसबुक र अमेजनलाई टक्कर दिन हुवावे, टेन्सेन्ट र अलिबाबा आइपुगे। यी उत्पादनहरू अमेरिकी उत्पादकै सिको गरेजस्तो देखिए पनि चिनियाँहरू नयाँ आविष्कारमा लागिपरेका छन्।
गत वर्ष मात्र पेटेन्टका लागि विश्वभर दर्ता भएकामध्ये आधाजसो चिनियाँ आविष्कार हुन्। तर अचम्म मान्नुपर्ने नै के छ र ! ३५ वर्षदेखि वार्षिक १० प्रतिशत र पछिल्लो दशक ६ देखि ८ प्रतिशत आर्थिक वृद्धि गरिरहेको देशका मानिसहरू द्रूत परिवर्तन र निरन्तर आविष्कारसँग अभ्यस्त भइसकेका छन्। र, बिर्सन नहुने तथ्य के हो भने चीन निकै नै सम्पन्न र बौद्धिक रुपमा समृद्ध सभ्यता हो, जो सधैंभरी सिकाई र शिक्षामा प्रतिबद्ध छ।
सम्भवतः चीनको बढ्दो प्रभावको सबभन्दा स्पष्ट उदाहरण सन् २०१३ मा आरम्भ गरिएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ– बीआरआई’ हो। यो चिनियाँ सहयोगमा विश्वभर सडक, रेलमार्ग, बन्दरगाह र उर्जा पूर्वाधारको विश्व सञ्जाल निर्माण गर्ने परियोजना हो। युरेसियाली भूभागमा नै रुपान्तरण ल्याउने महत्वाकांक्षी परियोजना पनि हो, यो। र, यूरोपेली भूभाग विश्वका ६० प्रतिशत मानिस बस्ने स्थान हो।
विशेषतः विकासशील देशकासमेत गरेर १४० भन्दा बढी देशले यो परियोजनामा हस्ताक्षर गरेका छन्। त्यस्तै सन् २०१९ को शुरुमा भएको दोस्रो ‘बेल्ट एन्ड रोड समिट’ मा हस्ताक्षर गर्ने यी देशका अधिकांश प्रमुखहरूले सहभागिता जनाएका थिए। अमेरिकासमेत सहभागी भएको कुनै पनि सम्मेलनमा यो तहको सहभागिता भएको छैन।
वर्तमान विश्व व्यवस्था कमजोर बन्दै गएको यो समयमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई सांकेतिक रुपमै भए पनि नयाँ विश्व व्यवस्थाको भ्रुणको रुपमा हेर्न सकिन्छ। यसका केही आधार छन्। पहिलो, यसले विश्वकै जनसंख्याको ८५ प्रतिशतलाई ओगट्छ जसमध्ये विकासशील देशका जनता अधिक छन्। दोस्रो, यसले सबैभन्दा बढी प्राथमिकता दिएको विकास परियोजनामा सबैभन्दा महत्व विकासशील देशहरूलाई दिइएको छ। पश्चिमा परियोजनामा यस्तो विशेषता दुर्लभ नै हुन्छ।
चार दशकभन्दा बढी समयदेखि चीन र अमेरिकाको सम्बन्ध तुलनात्मक रुपमा सौम्य थियो। सन् २०१६ मा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजय यो सम्बन्धमा महत्वपूर्ण मोड हुन पुग्यो। चीनप्रति ट्रम्पको शत्रूतापूर्ण दृष्टि आफैमा अनौठो भने होइन। यो अमेरिकाको दोहोरो चरित्रकै निरन्तरता हो। त्यसैले यो अकल्पनीय पनि होइन। चीनप्रति अमेरिकाको वर्तमान धारणाको जगमा डर लुकेको छ। त्यो डर हो– विश्वमा रहेको आफ्नो प्रभुत्व गुम्ने खतरा। विश्वकै प्रभुत्वशाली शक्तिको रुपमा अमेरिका रहनुलाई धेरै अमेरिकीहरूले आफ्नो देशको आनुवंशिक गुण नै सम्झिन्छन्।
इतिहासमै चीनले आफूलाई कहिल्यै पनि सैन्य शक्तिको रुपमा विकास गरेको छैन। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीको उदय निकै आक्रामक विस्तारवादको रुपमा भएको थियो। ती परिघटनासँग तुलना गर्ने हो भने चीनको उदय निकै संयमित छ।
यो डरको अर्को कारण विश्व रंगमञ्चमा चीनको बढ्दो हस्तक्षेपकारी उपस्थिति पनि हो। खासगरी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र त्यसैसँग जोडिएको ‘एशियाली पूर्वाधार लगानी बैंक’ (एआइआइबी) सँग अमेरिका त्रसित छ। स्मरणीय रहोस्, बेलायत एआइआइबीमा हस्ताक्षर गर्ने पहिलो गैर–एशियाली देश हो।
विश्व व्यापार संगठन (डब्लुटिओ) र उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) प्रति ट्रम्पको नकारात्मक धारणाले आफैले सिर्जना गरेको विश्व व्यवस्थाप्रति अमेरिकाको बढ्दो अरुचि पुष्टि गर्छ। यो अरुचि वास्तवमा पश्चगमन हो। चीनप्रति ट्रम्पको व्यापार युद्धबाट केही पनि हासिल नभएको स्पष्ट भइसकेको छ। ह्वावेको ५जी प्रविधि रोक्न उसले थालेको प्रविधि युद्धले पनि केही उपलब्धि हासिल गर्न सकेन।
अमेरिका–चीन सम्बन्ध बिग्रने क्रम जारी छ। र, नयाँ शितयुद्ध शुरु भए जस्तो पनि देखिन्छ। तर, यो पछिल्लो शितयुद्ध (अमेरिका र सोभियत संघबीचको) को नक्कल हुनेछैन। त्यतिबेला अमेरिका उदाँउदो शक्ति थियो भने सोभियत संघ अस्ताउँदो। अर्कोतर्फ पछिल्लो शितयुद्ध मूलतः सैन्य प्रतिस्पर्धा थियो।

२०२०को दशकमा पश्चिमा–केन्द्रित विश्व व्यवस्थामा निरन्तर क्षति आउनेछ। सँगसँगै चीन–उन्मुख संस्थाहरूको प्रभाव बढ्दै जानेछ। यो प्रक्रिया अहिलेसम्म भएभन्दा फरक, अप्रत्याशित र कैयौं पटक डरलाग्दो हुनेछ। तर यो हुनबाट कसैले रोक्न सक्नेछैन।
(ज्याक्स चर्चित पुस्तक ‘ह्वेन चाइना रुल्स द वर्ल्ड’का लेखक हुन्। ‘द गार्जियन’ मा प्रकाशित लेखको अनुवाद लक्ष्मण श्रेष्ठको हो।)
" />

">