संघर्षको अर्को नाम हो – शान्ता चौधरी। के मात्र भोगिनन् उनले ? १८ वर्ष अरूको घरमा दास सरह कमलरी बसेकी चौधरी हिँडेको बाटो लामो छ। कमैयामुक्ति आन्दोलनदेखि पहिलो संविधान सभाको सदस्य भएकी उनले क्यान्सरसँगको लडाइँमा समेत विजय हासिल गरिन्। र, उनी अहिले अर्को संघर्षमा छिन्। त्यो हो – शिक्षाको संघर्ष। २०३७ मा दाङमा जन्मिएकी शान्ता ४० वर्षको उमेरमा ‘कलेज गर्ल’ बनेकी छन्। उनका छोरा स्नातक तहमा अध्ययन गरिरहेका छन् भने छोरीले नर्सिङ अध्ययन गरिरहेकी छन्। प्रतिनिधि सभा सदस्य शान्ता चौधरीसँग मञ्जू कार्कीले गरेको कुराकानीः

भर्खरै मात्र कलेज पढ्न थाल्नु भएको छ, कस्तो लागिरहेछ ?

कलेज जाँदाको अनुभव मेरा लागि निकै महत्त्वपूर्ण छ। मेराे कल्पना पनि थिएन, कलेज जाउँला भन्ने। सानैदेखि पढ्ने रहर थियो। तर, अवसर पाइनँ। त्यसैले अवसर पाउनासाथ पढ्न थालेँ। कलेज त मेरा लागि धेरै टाढाको कुरा थियो। तर, मनमा इच्छा छ भने असम्भव भन्ने नहुँदो रै'छ। अहिले त कलेज जाने उमेरको भएको महसूस हुन्छ।

फिलिंग्स नै त्यस्तै आउँछ?

त्यस्तै आउँछ। अस्ति त मैले कलेजकै ड्रेस लगाएर गएँ। मभन्दा निकै कम उमेरका किशोरकिशोरीसँग बस्दा त्यही उमेरकै भएजस्तो लाग्छ।

विद्यालय जाने उमेरमा १८ वर्ष अरूको घरमा कमलरी भएर काम गर्नुभयो। त्यो बेला कुनै दिन टाइसुट लगाएर विद्यालय वा कलेज जान्छु भन्ने लागेको थियो ?

जति बेला मेरो पढ्ने उमेर थियो, म अरू कसैको घरमा दासीको जीवन बिताउँदै थिएँ। त्यतिबेला म पनि स्कुल जाउँला, ब्याग बोकेर ड्रेस लगाएर पढ्न जाउँला भन्ने सोच्नै सक्दिन थिएँ। मैले कल्पना पनि गरेकी थिइनँ। मेरो समुदाय, घरपरिवारमा कोही पनि स्कुल जाँदैन थिए।

पछिल्लो पटकको एसईईमा तपाईंको निकै चर्चा भयो। फेल भइएला भन्ने पीर कत्तिको पर्थ्यो ?

चिन्ता लाग्थ्यो नि। म रेगुलर स्टुडेन्ट पनि थिइनँ। मेरो बेस पनि बलियो थिएन। म त भर्खरै विद्यालय गएको मान्छे। फेल नभए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसो त मैले जीवनमा धेरै परीक्षा उत्तीर्ण गरिसकेकी थिएँ। तर, ती व्यवहारिक थिए। यो त मेरो स्कुलको परीक्षा थियो। पास भइदिएको हुन्थ्यो भन्ने लाग्थ्यो। तर, पास भइएन भने बर्बादै भइहाल्छ भन्ने चाहिँ कहिल्यै लागेन।

तपाईंबारे धेरै कुरा चर्चामा आए। संविधान सभा सदस्य हुँदा तपाईंले शपथको व्यहोरा पढ्न जान्नुभएको थिएन रे। त्यही संविधान सभाको प्राकृतिक स्रोत साधन व्यवस्था समितिको सभापति हुँदा तपाईंलाई एउटा कागजमा ड्राइभरको नम्बर दिइएको थियो रे। तपाईंले पढ्न नजानेर विन्दा पाण्डेज्यूलाई पढ्न दिनुभएको थियो रे। अहिले प्लस टु पढ्ने हुनुभयो। ती दिन सम्झिँदा कस्तो लाग्छ ?

पहिलो पटक संविधानसभा प्रवेश गर्दा मलाई आफ्नै नाम लेख्न आउँदैनथ्यो। त्यो अवस्था फरक थियो। मैले बाध्यताले पढ्न, लेख्न नजानेकी हुँ। त्यो अवसर नै पाएकी थिइनँ। अहिले आएर त्यो अवस्था सम्झिँदा लाग्छ, मानिसले चाह्यो भने जे पनि गर्न सक्दोरहेछ। त्यतिखेर र अहिलेको अवस्था त धेरै फरक भइसक्यो। मैले फोन नम्बर पढ्न सक्दिनँ थिएँ। कसैको नाम पढ्न सक्दिनँ थिएँ। त्यस्तो अवस्था थियो। शान्ता चौधरी अहिलेको अवस्थामा संविधान सभा प्रवेश गरेकी होइन नि। कानून बनाउनुपर्ने ठाउँमा लेख्न, पढ्न नजान्ने मान्छेको अवस्था कस्तो थियो होला कल्पना गर्नुस् त ! चुनौती थुप्रै आए, समस्या आए, अवरोध आए तर, मैले त्यसको सामना गर्न सकें जस्तो लाग्छ। किनभने मैले अक्षर पढ्न नजाने पनि जीवन पढेकी थिएँ। मेरो समुदायको समस्या आफैंले भोगेकी थिएँ। आन्दोलनमा हिँडेकी थिएँ। हो, हामीले हाम्रो अजेण्डामा मात्रै आन्दोलन गरेका थियौं। भूमिविहीनहरूले भूमि पाउनुपर्छ भन्ने हाम्रो अजेण्डा थियो। त्यसैले धेरै कुरामा ज्ञान थिएन। तर, मैले सोचेँ, आफैंले संविधान लेख्ने त होइन, मैले त बोल्ने हो। धेरै समस्या त आए तर, मैले आफूलाई कमजोर ठानिनँ। शुरूशुरूमा त आत्तिएँ। मिडियामा भाँडा माझ्दै सभासद भए, औंठा छाप सभासद भए, घाँस काट्दा–काट्दै सभासद भए भन्ने सुनिन्थ्यो। त्यतिबेला मलाई डर लाग्यो तर मैले अर्को संघर्ष शुरू गरेँ। त्यो थियो शिक्षाको लागि संघर्ष।

सरकारले कमलरी मुक्त घोषणा गरेको छ। पुनर्स्थापना गरिरहेछ। शिक्षाको व्यवस्था गरेको छ। अब थप आन्दोलनको आवश्यकता छैन। बरू व्यवस्थापनको खाँचो छ। सरकारले कमलरीका लागि बजेट छुट्याएको छ। हामी स्वतन्त्र भएका छौं।

तपाईं संविधान सभाको सदस्य बन्नु अघि संविधान भन्ने के हो भन्ने थाहा थियो ?

संविधान भनेको के हो भन्ने मलाई थाहा थिएन। म ०६३ सालमा मुक्त कमैया भएँ। ०६४ मा सभासद भएँ। मलाई मजस्तै भूमिहीनको पीडा थाहा थियो। संविधान र कानूनबारे थाहा थिएन।

तपाईंको जंगलमा भएको झुपडी प्रहरीले हटाइदिएपछि पाँच दिनसम्म भोकै बस्दा दूध खान नपाएर भर्खरै २० दिन पुगेको पहिलो सन्तान गुमाउनुभएको थियो रे। अहिले यो स्थानसम्म आइपुग्नुभएको छ। भूमिहीनको पक्षमा के गरिरहनुभएको छ ?

भूमिहीनको पीडा मेरो मात्रै होइन तत्कालीन समयमा जमिन र आयआर्जन नहुनेहरूको पीडा हो। म त्यो समुदायबाट आएकी हुँ। त्यो समुदायको दासतामा जीवन बिताउनेहरूको समुदाय हो। उसको पीडा कल्पना गर्नुस् त ! त्यो समुदायले भोग्ने पीडा अरूले कल्पना पनि गरेका हुँदैनन्। मैले भोगेको पीडा त्यसमध्ये एक हो।

अहिले पनि त्यो पीडा यथावत् छ ?

पहिलेकै जस्तो त छैन। तर, अझै पनि धेरै पीडामा छन्। म सांसद भएर पीडा कम भयो भन्ने होइन। सरकारले कमलरी मुक्त घोषणा गरेको छ। पुनर्स्थापना गरिरहेछ। शिक्षाको व्यवस्था गरेको छ। अब थप आन्दोलनको आवश्यकता छैन। बरू व्यवस्थापनको खाँचो छ। सरकारले कमलरीका लागि बजेट छुट्याएको छ। हामी स्वतन्त्र भएका छौं।

म कानूनको विद्यार्थी हुँ। आफैंले बनाएको संविधान, ऐनबारे पढ्छु। शिक्षकहरूले मलाई अरूलाई जस्तै उभ्याएर सोध्नुहुन्छ। कहिलेकाहीं चाहिँ उहाँहरू नै अलमल पर्नुहुन्छ। अनि मलाई सोध्नुहुन्छ।

तपाईं त्यस्तो पीडा भोगेर आउनुभयो। अहिले कम्युनिष्टको सरकार छ। तर, अहिले पनि कैयौं मानिस भोकै छन्। कसैले सुत्ने घर पाएका छैनन्। कसैले रोग लाग्दा उपचार पाएका छैनन्। उनीहरूको पक्षमा केही भइरहेजस्तो लाग्छ ?

म हरेक कुरा सकारात्मक ढंगले सोच्नुपर्छ भन्ने ठान्छु। हिजो महलमा बस्नेलाई आज एकाएक परिवर्तन गर्न सक्नुहुन्न। तर, हिजो गाँसबासका लागि छटपटाइरहेको थियो उसले सरकारले गरेका काम अनुभूत गरेको छ। अहिले सरकारले भू–उपयोगको नीति ल्याएको छ। भूमि ऐन ल्याएको छ। सबैलाई जमिन दिनुपर्छ भनेर अहिले आठौं भूमि ऐन संशाेधनका लागि ल्याएको छ। यो महत्त्वपूर्ण काम सरकारले गर्नुपर्छ।

फेरि तपाईंको संघर्षकै कुरा गरौं। एकपटक तपाईंले जसको घरमा कमलरी बस्नु भएको थियो। उसलाई आफैंले ड्राइभिङ गरेको गाडीमा लिफ्ट दिनु भएको थियो हैन ? कस्तो लाग्यो त्यो क्षण ?

जतिबेला म उहाँको घरमा कमलरी बसे उहाँको दोष होइन। समाज नै त्यस्तै थियो। हाम्रो पनि कमजोरी थिए होलान्। उहाँकाे पनि थियो होला। म उहाँलाई मात्रा दाेषी देख्दिनँ। त्यसकारण उहाँलाई लिफ्ट दिएको क्षण सम्झिँदा मैले हिजोको जमिनदारलाई होइन मेरो गाउँको बुबालाई, अभिभावकलाई गन्तव्यमा पुर्‍याइदिएको सम्झिन्छु।  उहाँहरूको सेवा गर्न पाउँदा मेरो खुशीको सीमा रहन्न। म घमण्ड गर्दिनँ। अहिले पनि हामी मिल्छौं। हाम्रो सम्बन्ध राम्रो छ। म बदलाको भावना राख्दिनँ।

तपाईंको भन्दा निकै कम उमेरका किशोरकिशोरीसँग बसेर पढ्दा कस्तो अनुभव हुन्छ ?

मलाई त बच्चा भएजस्तै महसूस हुन्छ। इन्टरभलमा खुर्रर दौडेर खेल्न पनि जान्छु। फेरि सोच्छु, म त सांसद हुँ। सदनमा बस्दा चाहिँ यो देशको जिम्मेवार व्यक्ति हुँ भन्ने महसूस हुन्छ।

अनि कक्षामा शिक्षकको व्यवहार कस्तो छ ?

अहिले पनि हाम्रो मुलुकमा महिलाहरूको साक्षरता प्रतिशत कम छ। तपाईं पनि निरक्षरबाट यहाँसम्म पुग्नुभयो। शिक्षाबाट वञ्चित आमाहरूलाई के सल्लाह दिनुहुन्छ ?

अब उहाँहरू पनि अगाडि बढ्नुपर्छ। यो समाज अप्ठ्यारो छ। मलाई पनि ‘शान्ता चौधरीले मर्ने बेला हरियो काँक्रो खान खोज्यो’ भने। तर, त्यस्तो कुराले हरेश खानुहुन्न। पढेपछिको जीवन साँच्चिकै सुन्दर छ, रमाइलो छ। त्यसकारण पढ्नुपर्छ। भर्खरै ७५ वर्षको आमाले मास्टर डिग्री गर्नुभयो। हामीले किन नपढ्ने ?

तपाईंले पाठेघरको क्यान्सर सफल उपचार गर्नुभयो। धेरै मानिस त क्यान्सर भन्ने बित्तिकै जीवन सकियो भनी सोच्छन्।

संयोग भन्नुपर्छ। भाग्यवश, पहिलो स्टेजमै थाहा भयो। धेरैलाई अन्तिम स्थितिमा थाहा हुन्छ। त्यसैले बेलाबेलामा जाँच गराउनुपर्छ। अर्को कुरा आत्मबल हो। प्रधानमन्त्रीलाई हेर्नुहोस्। उहाँ त्यति ठूलो रोगसँग लडिरहनुभएको छ। मुलुक बनाउँछु भन्नुहुन्छ। त्यसैले आत्मबल नै ठूलो हो। क्यान्सर भएको थाहा पाउँदा शुरूमा त म धेरै रोएँ। मर्छु होला जस्तो पनि लाग्यो। पछि एक दिन मर्ने नै त हो किन हरेश खाने भन्ने लाग्यो। त्यसैले आत्मविश्वास पलायो। त्यसैले हरेश खानुहुन्न। सफल उपचार हुन्छ। मेरो अनुरोध छ, सरकारले क्यान्सर, मृगौला रोग, मृटु रोगजस्ता जटिल रोगको निःशुल्क उपचार गरिदिओस्। यी रोग महंगा र प्राणघातक छन्।

" /> संघर्षको अर्को नाम हो – शान्ता चौधरी। के मात्र भोगिनन् उनले ? १८ वर्ष अरूको घरमा दास सरह कमलरी बसेकी चौधरी हिँडेको बाटो लामो छ। कमैयामुक्ति आन्दोलनदेखि पहिलो संविधान सभाको सदस्य भएकी उनले क्यान्सरसँगको लडाइँमा समेत विजय हासिल गरिन्। र, उनी अहिले अर्को संघर्षमा छिन्। त्यो हो – शिक्षाको संघर्ष। २०३७ मा दाङमा जन्मिएकी शान्ता ४० वर्षको उमेरमा ‘कलेज गर्ल’ बनेकी छन्। उनका छोरा स्नातक तहमा अध्ययन गरिरहेका छन् भने छोरीले नर्सिङ अध्ययन गरिरहेकी छन्। प्रतिनिधि सभा सदस्य शान्ता चौधरीसँग मञ्जू कार्कीले गरेको कुराकानीः

"> ‘पढेपछिको जीवन साँच्चिकै सुन्दर छ, रमाइलो छ’: Dekhapadhi
‘पढेपछिको जीवन साँच्चिकै सुन्दर छ, रमाइलो छ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्