नचिनेको चीन
चीन न एकदमै उत्तम मुलुक हो न निकृष्ट। अरु देश जस्तै एउटा सामान्य (नर्मल) देश हो। सामान्य मान्छेले जसरी आफ्नो व्यवहार चलाउँछ उसले पनि त्यसरी नै चलाउँछ। उसले हामीलाई त्यत्तिकै माया पनि गर्दैन। त्यत्तिकै दुःख पनि दिँदैन।
हामी ‘चीनले नेपालको विकास गरिरहेछ’ भन्छौं। यसो हेरौं त, चीन आज दोस्रो धनी मुलुक भइसक्यो। हामीलाई के दियो ? अफ्रिकामा उसले गरेको लगानी हेरौं। अरु दक्षिण पूर्वी एसियाली मुलुक कम्बोडिया, लाओसमा भएको र हाम्रोमा गरेको लगानी तुलना गरौं। हाम्रोमा नगण्य छ। तैपनि हामी भनिरहन्छौं, चीनले हामीलाई सहयोग गरिरहेछ।
चीन गरीब मुलुक हुँदा भने केही सहयोग गरेको थियो। नेपालमा कोदारी राजमार्ग बनायो। केही उद्योग बनाइदियो। ट्रलीबस बनाइदियो। पृथ्वी राजमार्ग बनाइदियो। चीनले त्यसो गर्नुका कारण थिए।
चीनले नेपालसँग व्यापार गर्न वा भारतले नेपालमा आक्रमण गरे नेपाललाई बचाउन ती पूर्वाधार बनाएको होइन। कोदारी राजमार्ग भारतलाई चीनको जवाफ थियो।
नेहरूको बुझाई हिमालय भारतको सिमाना हो भन्ने थियो। उनले नेपाललाई आफ्नो सुरक्षा परिधीभित्रै राखेर हेर्थे।
चिनियाँहरू भारतलाई ‘हिमालय अवेद्य कवच भएन, तिम्रो नजिकसम्मै आउन सक्छौं’ भन्ने सन्देश दिन चाहन्थे। त्यसैले उनीहरूले कोदारी राजमार्ग बनाए।
व्यक्तिगत स्वभावका हिसाबले चिनियाँहरू समग्रमा हामी नेपाली जस्तै छन्। भावुक छन्। विश्वास पनि गरिहाल्छन्। ग्रामीण वा विकासशील शहरतिर जाँदा विदेशी भनेर माया पनि गर्छन्। परिवारमा स्वागत पनि गर्छन्।
चिन्ने कसरी ?
भाषा नजानीकन चिनियाँ समाज चिन्न निकै गाह्रो छ। यसको संस्कृति पनि अचम्मको छ। हामीले टिभीमा आधुनिक चीन हेर्छौं – बेइजिङ, साङ्घाई, ग्वाङ्जाओ। तर आधुनिक चीनमा पनि परम्परा जीवित नै छ। त्यो बाहिरबाट हेर्दा झट्ट देखिँदैन।
धेरै ठूलो शहरमा केही परिवर्तन आए पनि चीनको धेरै भू–भागमा कन्फ्युसियसकै विचारले निर्देशित गर्छ। कन्फ्युसियसको विचार चिनियाँ समाजको मुख्य सांस्कृतिक मूल्य हो।
कन्फ्युसियसले चिनियाँ भाषामा आठ वटा शब्द भनेका छन्। त्यसैले चिनियाँ समाजलाई मार्गनिर्देशन गरेको छ। यसले नै चिनियाँ राज्य र जनताको सम्बन्ध, परिवारभित्रको सम्बन्ध, व्यक्ति–व्यक्तिको सम्बन्ध बताउँछ। ती हुन् –
राजा राजाजस्तो।
मन्त्री मन्त्रीजस्तो।
बाउ बाउजस्तो।
छोरा छोराजस्तो।
जबसम्म यो सम्बन्ध रहिरहन्छ समाज चलिरहन्छ। जब राजा राजाजस्तो हुँदैन, मन्त्री मन्त्रीजस्तो हुँदैन, बाउ बाउजस्तो हुँदैन र छोरा छोराजस्तो हुँदैन त्यसपछि समाज विशृंखलित हुन्छ।
अधिकांश चिनियाँहरू देवतामा विश्वास गर्छन्। कम्युनिष्ट सरकार भए पनि समाजमा दैवी शक्तिप्रतिको विश्वास छ।
व्यक्तिगत स्वभावका हिसाबले चिनियाँहरू समग्रमा हामी नेपाली जस्तै छन्। भावुक छन्। विश्वास पनि गरिहाल्छन्। ग्रामीण वा विकासशील शहरतिर जाँदा विदेशी भनेर माया पनि गर्छन्। परिवारमा स्वागत पनि गर्छन्। एक अर्ब ३० करोड जनसंख्या भएको देश हो, चीन। दुईचार जना फटाहा पनि होलान्। तर समग्रमा असल मान्छेहरू छन्।
चिनियाँ समाजमा सोपान (हाइरार्की) भने छ। माथि उल्लेख गरेजस्तो राजा राजाजस्तो वा बाउ बााउजस्तो हुने र मन्त्री मन्त्रीजस्तो वा छोरा छोराजस्तो हुने तहगत व्यवस्था छ।
हाम्रो समाजमा जस्तो जातमा आधारित सोपान भने होइन। जिम्मेवारीमा आधारित हो।
उथलपुथलपूर्ण चीन
आधुनिक चीन निर्माणको इतिहास हेर्दा निकै उथलपुथलपूर्ण पाइन्छ। सन् १९७० को दशकसम्मै चीन उथलपुथलबाट गुज्रिरहेको थियो। यो उथलपुथलमा पनि चिनियाँ सांस्कृतिक मूल्य र मान्यताले काम गरेको छ।
कन्फ्युसियसले नै भनेका छन् – ‘जब सरकारले राम्रो काम गर्दैन विद्रोह गर्न पाइन्छ।’ चीनको इतिहासमा त्यस्तै भयो।
जसले चीन बनाए, एकीकरण गरे, उनको शासन पनि धेरै समय टिकेन। त्यसपछि एकपछि अर्को वंशको शासन चल्यो। जस्तै, छिन, हान, सुई, ताङ, सङ, युआन, मिङ, छिङ चीन वंशका शासन। एकपछि अर्को क्रान्ति भइरह्यो।
सन् १८४० को दशकमा भएको ‘अफिम युद्ध’पछि ताइपिङ आन्दोलन भयो। यसलाई संसारकै ठूलो क्रान्ति मानिन्छ। त्यो आन्दोलनमा दुई करोड जनताले ज्यान गुमाएका थिए।
त्यसैले आन्दोलन र क्रान्तिलाई चिनियाँ सरकारले स्वीकार्छ पनि। तर जबसम्म राज्यले राम्रो शासन चलाइरहन्छ तबसम्म त्यसको विरोध हुँदैन।
सन् १९११ मा सन यात् सेनको नेतृत्वमा गणतन्त्रको स्थापना भयो।
सन् १९१९ मा मे ४ को आन्दोलन हुँदादेखि नै र त्योभन्दा अगाडि देखि नै साहित्यमा, क्याम्पसमा युवाहरूमा जोश थियो। जापान जस्तो सानो देशले संसारलाई हराउन सक्छ। हाम्रो यति ठूलो देश पनि कमजोर छ। हामी कहाँनेर चुक्यौं ? भन्ने विषयमा चलफल हुन्थ्यो। त्यतिबेला नै मिस्टर साइन्स र मिस्टर डेमोक्रेसीको अवधारणा आयो। त्यतिबेला नै लि ता चाओ, लु सुनजस्ता कम्युनिष्टहरूले कम्युनिज्मबाट मात्र देशको मुक्ति सम्भव छ भने।
सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो।
सन् १९३० को दशकबाट गृहयुद्ध शुरु भयो। त्यो गृहयुद्ध पनि शासकहरूले शासन चलाउन नसक्दा भएको थियो। बहुसंख्यकलाई मार्क्सवाद, माओवादबारे खासै जानकारी नै थिएन।
चिनियाँका लागि सांस्कृतिक क्रान्ति एउटा दुःखद स्मृति बन्न पुग्यो। बहुसंख्यक चिनियाँले यो क्रान्तिलाई ‘१० वर्षको उपद्रो’ भनेर सम्झन्छन्।
देश विकराल अवस्थाबाट गुज्रिरहेको थियो। भोकमरी चलिरहेको थियो। धनी र गरीबको खाडल फराकिलो थियो। विदेशीहरूले थिचोमिचो गरिरहेका थिए। अनि प्रश्न उठ्यो– हाम्रो देश किन कमजोर भयो ? यसलाई पुनर्उत्थान गर्न के गर्ने ? राष्ट्रप्रेमको भावना त थियो। त्यहीँ भावनालाई माओले उपयोग गरे।
माओको क्रान्ति त किसानहरूले गरेको हो। माओवाद र मार्क्सवादको मुख्य फरक नै यही हो। मार्क्सले ‘किसानहरू अशिक्षित वर्ग हो यसबाट केही हुँदैन, शहरी मजदुरले नै क्रान्ति गर्ने हो’ भन्थे। तर चीनको परिस्थितिलाई माओले बुझे। उनले चीनको शक्ति किसान हो भन्ने बुझे। उनी आफैँमा कुशल रणनीतिकार थिए। साथै चिनियाँ समाज पनि बुझेका थिए। त्यसैले उनी सफल भए। चिनियाँ कम्युनिष्ट पार्टीमा पनि छिटै शीर्ष तहमा पुगे।
ग्रामीण किसानहरूको दिमागमा मार्क्सवाद, साम्राज्यवादको विरुद्ध जस्ता विषय थिएनन्। उनीहरूको दिमागमा नजिकैको शत्रु जापानलाई हटाउने र आफ्नो देशलाई बलियो बनाउने मात्र थियो।
१० वर्षको उथलपुथल
वर्तमान चीन र नेतृत्वको उदयमा सन् १९६६ देखि १९७६ मा चलेको १० वर्षे ‘सांस्कृतिक क्रान्ति’ को महत्वपुर्ण भूमिका छ। यो आन्दोलनले चिनियाँ कम्युनिष्ट पार्टी र नेतृत्व पंक्तिलाई शासन प्रक्रिया र अर्थतन्त्रबारे नै पुनःविचार गर्न बाध्य पार्यो।
सांस्कृतिक क्रान्तिबारे बुझ्न यो कसरी शुरु भयो भन्नेबाटै बुझ्नुपर्छ।
सन् १९५० को दशकमा माओले थालेको ‘ग्रेट लिप फरवार्ड’ मा असंख्य मानिस भोकमरीले मरे।
त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीभित्र माओको आलोचना शुरु भयो। माओलाई पार्टीभित्र बिस्तारै पाखा लगाइयो।
माओले त्यतिबेला भनेको एउटा रेकर्ड नै छ। उनले भनेका थिए– “त्यो तङ स्याओ फिङले मलाई मरेको पुर्खालाई जस्तै व्यवहार गर्छ। केही सोध्नै आउँदैन।”
माओ पार्टीको व्यवहारप्रति असन्तुष्ट थिए।
लुसान प्लेनममा माओले ‘ग्रेट लिफ्ट फरवार्ड’मा गल्ती भएकाले माफी माग्ने प्रस्ताव गरिएको थियो। तर माओले माफी मागेनन्।
त्यो घटनापछि माओ पार्टीभित्र पाखा लगाइएका थिए।
त्यसपछि ल्यु शाओचीलाई अध्यक्ष बनाइयो।
त्यहीबेला माओ र स्टालिनको पनि फाटो परिसकेको थियो। माओलाई बिस्तारै सोभियत संघका समर्थकहरूले पार्टीमा कब्जा गर्छन् भन्ने लाग्न थाल्यो।
त्यहीबेला चीन–रुस द्वन्द्व पनि भयो। माओलाई अमेरिकासँग सम्बन्ध राम्रो बनाउने मौका मिल्यो।
यी घटनाका पृष्ठभूमिमा माओले ‘केन्द्रलाई प्रहार गर’ भनेर आह्वान गरे जहाँबाट सांस्कृतिक क्रान्ति शुरु भयो।
त्यसले माओलाई फेरी केन्द्रमा ल्यायो।
सांस्कृतिक क्रान्तिकै समयमा माओकी पत्नी चियाङ छिङको नेतृत्वमा ‘ग्यांग अफ् फोर’ जन्मियो। यी चारजनाले माओको आडमा उपद्रो मच्चाउन थाले। त्यतिबेला ग्यांग अफ् फोर नभएर ग्यांग अफ् फाइभ भनिन्थ्यो।
चिनियाँका लागि यो एउटा दुःखद स्मृति बन्न पुग्यो। बहुसंख्यक चिनियाँले यो क्रान्तिलाई ‘१० वर्षको उपद्रो’ भनेर सम्झन्छन्।
सांस्कृतिक क्रान्तिले हरेक चिनियाँलाई एक अर्काप्रति सशंकित बनाइदियो। त्यो समयका मानिसलाई मनमा लागेको कुरा नभन्ने बानी बस्यो जसले गर्दा चीनको कला, साहित्य, आविष्कार पछि पर्यो।
सांस्कृतिक क्रान्तिका कारण चिनियाँहरूले उन्मुक्त वातावरणको खोजी गरिरहेका थिए। त्यही चाहनाले तङ स्याओ पिङको उदय भयो।
तङको उदय
तङ स्याओ पिङ चिनियाँ कम्युनिष्ट पार्टीका पुरानै नेता थिए। निकै उतारचढावयुक्त छ उनको जीवन। शुरुमा उनी माओ पक्षधर नै थिए।
सन् १९५० को दशकमै माओले विचारका सयौं फूल फुल्न देऊ भनेर अभियान थालेका थिए। त्यतिबेला जनतालाई चिनियाँ कम्युनिष्ट पार्टीका कमजोरीबारे चिठी लेख्न आह्वान गरिएको थियो। सायद नेताहरूलाई हामीले गल्ती नै गरेका छैनौं, कसैले त्यस्तो चिठी लेख्दैनन् भन्ने लागेको थियो। तर एकपछि अर्को गरेर चिठीहरू आउन थाले। त्यसपछि नेतालाई डर भयो।
त्यसपछि एउटा अर्को अभियान शुरु भयो। ‘बुद्धिजिवीलाई सुधार गर्ने’ भनेर अनकन्टार ठाउँमा पठाउन थालियो। त्यसमा धेरै बुद्धिजीविहरूको ज्यान गयो। यो अभियानलाई तङ स्याओ पिङले समर्थन गरेका थिए।
‘ग्रेट लिफ्ट फरवार्ड’को उनले विरोध गरे। त्यसपछि माओले उनलाई पाखा लगाए।
सांस्कृतिक क्रान्तिको बेलामा पनि तङले विरोध गरेका थिए। त्यसैले उनलाई र उनको परिवारलाई दुःख दिइयो।
यति हुँदाहुँदै पनि तङलाई कतै न कतै ‘माओले मलाई पुनस्र्थापित गर्लान्’ भन्ने थियो। माओले पनि जतिसुकै मन नपराए पनि के बुझेका थिए भने केही कुरा बिग्रियो वा मलाई केही भयो भने समाधान गर्न सक्ने मानिस तङ स्याओ पिङ हो। माओ देशभक्त चाहिँ थिए।
पछि तङले ‘मबाट गल्ती भयो, म चेयरम्यानको विरोधी होइन’ भन्ने खालको पत्र पनि लेखेका थिए। तङलाई फेरी बोलाइयो। उनी संयुक्त राष्ट्र संघमा भाषण गर्न पनि गए।
सन् १९७६ मा चाउ एन लाई को मृत्यु भएपछि समस्या आयो। चाउको अन्त्येष्टीमा जाने मानिसहरूले छेउछाउका रुखमा सानो सिसा झुण्ड्याए। चिनियाँ भाषामा सानो सिसालाई ‘स्याओ फिङ’ भनिन्छ। जनताले तङ स्याओ पिङ आउनुपर्छ भन्ने सन्देश दिन खोजेका थिए।
यो देखेपछि चियाङ छिङहरूलाई डर लाग्यो। तङले विद्रोह गर्न थाल्यो भन्ने पर्यो। फेरी तङलाई पाखा लगाइयो। त्यसपछि माओको निधन भयो। तङको सेनामा राम्रो पकड पनि थियो। सन् १९७८ मा सेनाको सहयोगले नै उनी पुनर्स्थापित भए।
नेतृत्वमा आउनासाथ तङले सांस्कृतिक क्रान्तिबाट मुक्त भएको सन्देश दिन खोजे। उनले आर्थिक उदारीकरण मात्र गरेनन्, परम्पराको पुनर्उत्थान गरेर जनतालाई एउटा सन्देश दिए।
माओेले सांस्कृतिक क्रान्तिबाट पुरानो परम्परा हटाउने भनेका थिए।
तङ स्याओ पिङ नेतृत्वमा आउने बित्तिकै पुराना परम्परालाई निरन्तरता दिइयो।
चीनमा पहिला पहिला स्प्रिङ फेस्टिभलमा घरको दुईतिर दुइवटा देवताको फोटो टाँसिन्थ्यो, हाम्रोमा नाग टाँसेजस्तै। एउटा, पैसाको देवता। अर्को, घरको रक्षा गर्ने देवता।
सांस्कृतिक क्रान्तिताका माओ र चाउ एनलाईको फोटो टाँसिन्थ्यो।
तङ स्याओ पिङ आएपछि पुरानै देवताका फोटो टाँस्न दिए। त्यति नै बेला बैंक अफ् चाइनाको क्यालेन्डरमा चीनका परम्परागत देवताका फोटा छापिए। यसले पनि जनतालाई ‘ए हामीले यी देवताको पूजा गरे हुनेरैछ, कसैले केही नगर्दोरहेछ’ भन्ने सन्देश दियो।
उनले ‘अब शान्ति आउँछ’ भनेर ढुक्क बनाए। स–साना व्यवसाय गर्न दिन थाले। आर्थिक अवसरका मौका दिन थाले।
चिनियाँहरू शुरुदेखि नै व्यापार गर्नेहरू हुन्। सरकारले नै जनतालाई कमाउने अधिकार दिएपछि उनीहरू कमाउन थाले। जनताले पनि राज्यको विरोध गर्नुपर्ने कारण देखेनन्।
यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने, तङ स्याओ फिङको उदयसँगै सांस्कृतिक रूपमा कन्फ्युसियस विचारको पुनरोदय भयो। तर चीनको पछिल्लो विकास पूँजीवादी प्रक्रियाबाटै भयो, आर्थिक उदारीकरण मार्फत्।
वर्तमान चीन
वर्तमान चीनमा असन्तुष्टि नै नभएको समाज होइन। तर चिनियाँ व्यवस्थामा सुधार पनि भइरहेको छ। सुधार भइरहेको विषयलाई पश्चिमा सञ्चारमाध्यमले खासै प्रचार गर्दैनन्।
चिनियाँ कानून प्रणालीमा जनताले सरकारविरुद्ध मुद्दा हाल्न पाउने बन्दोबस्त थपिएको छ। नागरिकलाई धेरै नै अधिकार दिइएको छ। अक्सफोर्डले प्रकाशन गरेको ‘चाइना मोर्डनाइजेज’ मा यसबारे उल्लेख गरिएको छ।
चिनियाँ जनताको हक सुनिश्चित गर्नेतर्पm राज्यले ध्यान दिएको छ। पहिला गुनासो भए पनि सम्बोधन हुँदैनथ्यो।
अब सम्बोधन हुन थालेको छ।
चिनियाँ समाजमा धनी र गरिबबीच निकै फराकिलो खाडल छ। तर तङ स्याओ फिङले के भनेका थिए भने एउटा वर्ग धनी भएपछि अरु पनि हुँदै जान्छन्।
चिनियाँ सरकारले गाउँ–गाउँसम्म सेवाप्रवाह बलियो बनाएको छ। गाउँ–गाउँमा विकास पुर्याएको छ। चिनियाँ सरकारको सेवा प्रवाह राम्रो छ।
खासमा सामुद्रिक किनारको चीन र भित्री चीनबीच खाडल हो। त्यो खाडल पुर्न सरकारले व्यापक संरचना निर्माण गरिरहेको छ। पूर्वाधारको निर्माणले सबै गाउँहरू जोडिएका छन्। अर्कोतर्पm किसानहरूलाई व्यापक मात्रामा कर छूट दिइएको छ।
सन् २००० तिर चीनमा जस्तो खाले असन्तुष्टि थियो, अहिले त्यस्तो छैन। त्यतिबेला पश्चिमा सञ्चारमाध्यमहरूले चीनलाई ग्रामीण भेकबाटै खतरा छ भन्थे। चीनको इतिहास हेर्दा पनि त्यस्तै देखिन्थ्यो। चीनको हरेकजसो क्रान्ति ग्रामीण इलाकाबाटै उठेको पाइन्छ। तर अहिले चीनले ग्रामीण क्षेत्रमा लगानी गर्यो।
नेतृत्व निर्माण
चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य हुन निकै गाह्रो छ। हाम्रोमा जस्तो पैसा तिरेर सदस्य हुन पाइँदैन। कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु चिनियाँ युवाको लागि चिठ्ठा परे सरह हो।
विश्वविद्यालयहरूमा पार्टीको ‘सेक्रेटरी’ हुन्छ। पार्टीले पढाईमा अब्बल मानिसहरूलाई ध्यान दिएको हुन्छ। अब्बल विद्यार्थीबारे सबै कोणबाट छानबिन गरिन्छ। ऊ दुव्र्यसनमा फसेको छ, छैन। मितव्ययी छ, छैन। यस्ता गुणबारे अध्ययन गरिन्छ। त्यसपछि उसलाई कम्युनिष्ट पार्टीको सदस्यका लागि प्रस्ताव गरिन्छ।
प्रस्ताव स्वीकार गरेकाहरूलाई निश्चित काम जिम्मा लगाइन्छ। जसले राम्रोसँग काम सम्पन्न गर्छ उसको बढोत्तरी हुँदैजान्छ। तल्लो तहबाट शुरु हुँदै जान्छ।
कम्युनिष्ट पार्टीमा संलग्न हुनु भनेको राज्य सञ्चालनमा भाग लिने हो।
तल्लो तहबाट काम गर्दै आउने भएकाले अनुभव हुन्छ, अध्ययन गरेका हुन्छन्। त्यसले परिपक्व नेतृत्व जन्मिन्छ। चिनियाँहरूलाई राम्रोसँग थाहा छ, हामीले सानो त्रुटी गर्यौं भने ठूलो असर पर्छ। त्यसले गर्दा अहिले उनीहरूको नीति निर्माण प्रक्रिया तलबाट माथितिर छ।
पहिला माथिको नेतृत्वले निर्णय गरे पुग्थ्यो। अहिले जनताले के चाहन्छन् भन्नेबाट शुरु गरिन्छ। भविष्यमा जे मागको निम्ति आन्दोलन हुन सक्छ, त्यो अहिलेदेखि नै पुर्याउँदै जाने प्रक्रिया थालनी गरिन्छ।
नेपाल हेर्ने नजर
संसार हेर्ने मामिलामा नेपाली र चिनियाँमा खासै फरक छैन। नेपालीलाई ‘हामी बहादुर जाति’ भन्ने घमण्ड भएजस्तै चिनियाँ पनि ‘हामी पुरानो सभ्यता’ भन्ने घमण्ड छ। चिनियाँहरूमा ‘हामी यल्लो इम्पररका सन्तान’, ‘हामी सबैभन्दा सिभिलाइज्ड’, ‘हामी पावरफुल’ भन्ने घमण्ड छ।
तर, मौका मिले जसरी नेपाली विदेश जान पछि पर्दैनन् त्यसैगरी चिनियाँ पनि जान्छन्।
सन् २००८ सम्म धेरै चिनियाँलाई नेपाल कहाँ पर्छ भन्ने मतलब नै थिएन। अचेल बिस्तारै चिनियाँहरू नेपाल घुम्न आउन थालेका छन्। उनीहरूलाई नेपाल घुम्न आउन सजिलो पनि छ।
चिनियाँहरूले ब्लगमा लेखेको हेर्छु। कसैले निकै राम्रो लेखेका छन्। कसैले निकै गाली गरेर पनि लेखेका छन्। एकदम फोहोर ठाउँ, हाम्रो सानो गाउँजस्तो भनेर लेखेका पनि छन्। समग्रमा आम समाजलाई नेपालबारे खासै चासो छैन। चासो राख्नेहरूले एउटा गरिब देश भनेर बुझ्छन्।
राज्यको कोणबाट हेर्ने हो भने चीनको मुख्य चासो आणविक शक्ति सम्पन्न देशहरू हुन्। खासगरी भारत र रुस हुन्। ती देशसँग उनीहरूले तेल, ग्याँस किन्छन्। चीनले जापान, उत्तर कोरिया, दक्षिण कोरियाले के गर्लान् भन्नेमा ध्यान दिन्छ। चीनको दैनन्दिनको रणनीतिमा खासै अटाउने देश नै होइन, नेपाल। नेपाललाई उनीहरू निकै तल्लो प्राथमिकतामा राखेर हेर्छन्। चीनका पनि आफ्नै बाध्यता छन्।
हामीले भारतसँगको असुरक्षाको भावले चीनसँग सम्बन्ध बनाइरहेका छौं।
केही मानिसहरूले तिब्बतको विषयलाई लिएर नेपालमा चीनको चासो छ भन्ने गर्छन्। म यसमा सहमत छैन। उनीहरूलाई राम्रोसँग थाहा छ– नेपालमा ‘स्वतन्त्र तिब्बत’को नाममा गतिविधी भए पनि अरु देशले गर्ने हो। जुन देशले नेपालमा त्यस्तो गतिविधी चलाउने हो तीसँग चीनले आफै ‘डिल’ गर्न सक्छ।
हामी चीनलाई सन् १९६० वा १९७० को दशकको जस्तो नसोचौं। अहिलेको बलियो र आत्मविश्वासयुक्त देशको रूपमा बुझौं।
(अन्तर्राष्ट्रिय सम्बन्धका जानकार त्रैलोक्यराज अर्यालसँगको वार्तामा आधारित यो लेखसँगै हामीले देखापढीमा उदीयमान महाशक्ति चीनलाई बुझ्ने र बुझाउने शृंखला ‘आजको चीन’ शुरू गरेका छौं। –सम्पादक)
" />नचिनेको चीन

">