आफ्नै जिन्दगी अरु कसैको जस्तो लाग्छ सीता भण्डारीलाई। आफैं हिंडेको बाटो अरु कसैले हिंडेजस्तो लाग्छ उनलाई। आफ्नै कथा अरु कसैले लेखेको किताबमा पढेजस्तो लाग्छ उनलाई।
तर, जिन्दगी आखिर जिन्दगी नै हो।
‘हिंड्दा हिंड्दै बाटो आफै बनाइदिन्छ जिन्दगी
पाइला चाले पुग्छ सफलता आफै सजाइदिन्छ जिन्दगी’
बस्, उनले पाइला चालिन्। जिन्दगीले आफैं बाटो बनाउन थाल्यो। उनले अठोट गरिन्। जिन्दगीले सफलताका ताज पहिर्याउन थाल्यो। नभए त ?
उही हेपिएको, उही दया गरिएको, उही टिठ गरिएको सीता नै रहिरहन्थिन्। अठोट गरिन् र त उनी आजकी सीता भएकी छन्।
तर, कथा यहाँबाट शुरू हुँदैन। कथा त शुरू हुन्छ, दोलखाको मेलुङबाट। आफैंसँग अन्जान, आफ्नै हालदेखि बेखबर, भर्खरै जगतको अनुहार चिन्दै गरेकी सीता भण्डारीबाट।
जहिलेदेखि संसारलाई अलिअलि चिन्ने भइन्, त्यहीबेलादेखि नै उनले आफूलाई अरुभन्दा भिन्न पाइन्। यो भिन्नतालाई हेर्ने मानिसहरूको आफ्नै दृष्टि थियो। कसैको नजरमा दया थियो। कसैकोमा टिठ। कसैको नजरमा सद्भाव थियो। कसैकोमा अपहेलना।
मानिसहरू भन्थे- ‘बिचरी यो यस्ती भई, के गरी खान्छे ?’
कसैले भन्थे- ‘यस्तोले जिन्दगीमा अब के गर्ली, यस्तो भएर बाँच्नु भन्दा त मरेकै जाति !’
साथीसंगीलाई हेर्थिन्। र, आफैंलाई हेर्थिन् ऐनामा।
उनीजस्तो गाउँमै कोही थिएन।
‘म किन यस्ती भएँ ?’, प्रश्न उठ्थ्यो बारम्बार घोच्नेगरी। हो, मन दुख्थ्यो नि। जब मानिसहरूले दयाको भावले व्यवहार गर्थे। मन दुख्थ्यो। जब मानिसहरू हेला गर्थे।
उनी त चाहन्थिन्, मलाई पनि अरुलाई जस्तै व्यवहार गरुन्। राम्रो गर्दा माया गरुन्। गल्ती गर्दा गाली।
जगत उनले सोचेजस्तो कहाँ थियो र? चाहँदैमा कहाँ फेरिन्थ्यो र!
अति भएपछि उनले एक दिन सोधिन् आमालाई- “म किन अरुभन्दा फरक छु? किन मेरो अनुहार अरुभन्दा फरक? खोई मेरो देब्रे हात ?”
सायद आमा त्यो दिन सम्झन चाहन्नथिन्। तर, छोरीलाई जवाफ त दिनैपर्थ्यो। त्यसपछि त थाहा पाइन् सीताले उनी कति ठूलो दुर्घटनाबाट गुज्रिएकी रहिछन्।
त्यतिबेला ६ महीनाकी थिइन् उनी। सँधैजस्तै आमा उनलाई दिदीहरूको जिम्मा लगाएर काममा गएकी थिइन्। कृषक परिवार थियो, काममा नगई माम पाइँदैनथ्यो। तर, स-साना दिदीहरू उनलाई घरमै छोडेर खेल्न पुगेछन्। अन्जान शिशु उनी ओल्टिँदा पल्टिँदा आगोको छेउमा पुगिछन्। कलिलो जिउलाई आगोले तुरुन्तै समात्यो। पोलेपछि चिच्याएकी उनको क्रन्दन सुनेर छिमेकीहरू जम्मा भएछन्। हतारहतार अस्पताल पुर्याएछन्। आधा शरीर डढिसकेको रहेछ। बायाँ हात काट्नुपरेछ। अनुहार र शरीरमा आगोका निरंकुश दागहरू सदाका लागि बसेछन्।
झसंग !
झसंग भइन् सीता।
त्यति कहालीलाग्दो यथार्थबाट गुज्रेर उनी यहाँसम्म आइपुगेकी रहिछन्। यथार्थको कठोर ऐना अगाडि उभिएर उनले जीवनका प्रतिविम्बहरू समेट्न खोजिन्।
जीवन त एउटा अन्जान यात्रा रहेछ। त्यस्तो यात्रा जहाँ मानिस एउटा विन्दुमा पुगेपछि मात्र आफ्नो उपस्थितिको बोध गर्दोरहेछ। सोध्दोरहेछ- म कहाँ छु ? र, पाउँदोरहेछ एउटा त्यस्तो विन्दुमा जहाँ उसको अगाडिको बाटो निश्चित भइसकेको छ। र, जहाँबाट ऊ पछाडि फर्कन पनि सक्दैन। र, बाँकी रहन्छन् त केवल नयाँ सम्भावना खोज्ने विकल्प।
सम्भावनाको खोजी त्यति सजिलो कहाँ छ र ! एउटा तहमा नपुग्दासम्म मान्छेले सम्भावनाका किरणहरू देख्दैन। तर, जीवन त आफैंमा शिक्षक हो। उसले सिकाउँछ, कसरी जिउनुपर्छ।
उनले सिक्दै गइन्, जिन्दगी जिउन। एकैपटक होइन। बिस्तारै–बिस्तारै। जिन्दगीकै लयमा।
त्यो सिकाइमा साथ दिए साथीहरूले। उनीहरुले खोक्रो आशा बाँडेनन्। टिठ पनि गरेनन्। दया पनि देखाएनन्।
त्यस्तो व्यवहार गरे, जस्तो व्यवहार सबैलाई गर्थे। लुकामारी खेल्थे, सीतालाई पनि खेलाउँथे। तिमीलाई पनि खेलाइरहेछौं भन्ने भावले होइन। सबैलाई जसरी नै। कहिलेकाहीँ झगडा गर्थे। कहिले माया–प्रेम। साथीहरूको यो समान व्यवहारले उनलाई कहिल्यै पनि कमजोर हुन दिएन।
के साथीहरूले उनलाई जानीबुझी यसरी साथ दिएका थिए? अहँ होइन, उनीहरूले उनलाई कुनै अनुग्रह गरेका थिएनन्। त्यो भन्दा माथि उठेर उनलाई आफूसरह ठानेका थिए। सँगै लिएर हिँडेका थिए।
सायद यही साथले नै उनलाई जिन्दगीलाई जिन्दगी जसरी हेर्न सिकायो।
गाउँमा अनेक प्रतियोगिता हुन्थ्यो। सीता भाग लिन खोज्थिन्। भलाद्मीहरू ‘सक्दिनस्’ भनेर टिठ देखाउँथे। साथीहरू हिम्मत दिन्थे।
तर, जिन्दगीको कठोर यथार्थ चुनौती बनेर बसेको थियो।
उमेरले यथार्थसँग साक्षात्कार गराउँदो रहेछ। उनलाई पनि चिनायो यथार्थको क्रुर अनुहार। यथार्थ संसार साथीजस्तो सहृदयी थिएन। ठ्याक्कै उल्टो थियो, अक्करे भिरजस्तो चट्टानै चट्टानले भरिएको।
“मैले आफूलाई जति नै सामान्य छु भने पनि आफैं बुझ्थेँ- म सामान्य थिइनँ। गाउँमा घाँस काट्न, ठूलो भारी बोक्न, रुख चढ्न सक्दिनथेँ”, सीता सम्झन्छिन्।
अर्कोतर्फ समाज पनि त क्रुर थियो, जसले बनाएको थियो कैयन् मानक। लगाउँथ्यो अनेक वचन।
“तर, ती वचनलाई मैले इख बनाएँ। आगोले शरीर जलाएको थियो तर, सपना र आत्मविश्वास जलाएको थिएन। त्यही सपना पछ्याउँदै म अगाडि बढेँ”, सीता सुनाउँछिन् आफ्नो स्वप्नयात्रा।
भारतका प्रसिद्ध वैज्ञानिक एवं पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले भनेकै छन्- ‘सपना त्यो हो, जो निदाएर देखिँदैन। सपना त त्यो हो जसले निदाउन दिँदैन !’
निदाउन नदिने सपना थियो सीतासँग। सपनाको आकृति बनिसकेको थिएन। अमूर्त चित्रले भरिएको क्यानभास थियो त्यो जहाँ सम्भावनाका अनेकौं रङ पोतिएका थिए। तर, चित्र बनिसकेको थिएन।
सीताले सम्भावनाका ढोका उघार्न थालिन्। तर, संघर्ष नगरी कहाँ सजिलै भेटिन्छन् र आशाका किरण? उनले बुझिन्, संघर्ष जिन्दगीको अर्को नाम हो। हो, कठोर यथार्थले उनलाई अरुभन्दा फरक बनाएको थियो। त्यसले कोरेका सीमासँग परिचित थिइन् उनी। तिनै सीमालाई अभेद्य बनाएको थियो समाजले। तर, सम्भवतः बूँद रानाका शेर उनको मनमा पनि पलाएको थियो-
‘सुन झैं हजारचोटी खारे पो जिन्दगी हो
कुन बेहोसीले भन्छ हारेको जिन्दगी हो।’
समाज भन्थ्यो- तिम्रो जीवन हारेको हो। सीताले अस्वीकार गर्थिन्- कुन बेहोसीले भन्छ हारेको जिन्दगी हो?
र, थालिन् संघर्षको नयाँ मैदानमा होमिन।
त्यो २०६२ सालको कुरा हो। आठ कक्षासम्म मेलुङमै पढिसकेकी थिइन्। काकाका छोराहरूसँग उनी पनि काठमाडौं आउन चाहन्थिन्। परिवारले त रोकेको थियो। तर, उनको सपनाले रोकिन दिएन।
जिद्दी गरेरै आइन् काठमाडौं। यहाँ आएर उनले पढाई भन्दा पनि आफ्नो खुट्टामा उभिने प्रयास गरिन्। त्यही सिलसिलामा तिलगंगामा शान्ति सेवा केन्द्रमा ह्यान्डिक्राफ्टको काम गरिन्। त्यहीँ हो उनले पेन्टिङ सिकेको।
तर, जिन्दगी यहीँ रोकिन मान्दैनथ्यो। बारम्बार उनी आफैंलाई सोध्थिन्- ‘के यत्तिलाई हो त मेरो जीवन ?’
सोध्थिन्। विकल्प फेला पर्दैनथ्यो। अनि, निराश हुन्थिन्। सायद त्यो अवसर नआएको भए उनको जीवन यही लयमा बितिजाने थियो। तर, उनले अवसर समाउन जानिन्।
भन्छन् नि, अवसर आउँछ ढोका ढक्ढक्याउँछ। तर, हामी आफ्नै जीवन पीडाको राग अलापेर बसेका हुन्छौं। ढोकामा ढकढक नसुनेर अवसर गुमाउँछौं। सीताले गुमाइनन्। जीवनमा पीडाको राग अलाप्न उनले उहिल्यै छोडिसकेकी थिइन्। जब अवसरले ढोका ढक्ढकायो, उनले तुरुन्तै आवाज सुनिन्।
त्यो अवसर थियो- पारा खेल।
ह्यान्डिक्राफ्टको काम गरिरहेको बेला उनले एक दिन सुनिन्, अपांगता भएका व्यक्तिले खेल्ने खेल हुँदोरहेछ- पारा खेल। त्यसैमा जोडिइन् उनी।
शुरूमा टेबलटेनिस, फुटबल खेलिन्। सन् २०१५ मा नेपालमा पारा तेक्वान्दो शुरू भएपछि उनी त्यता मोडिइन्। राम्रो खेलेकाले उनी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन्। अनि, कोरिया पुगिन्।
“मेरो जीवनको पहिलो खुशी नै त्यही हो”, यत्ति सम्झना मात्रले पनि सीता उत्साहित हुन्छिन्, “नेपालको प्रतिनिधित्व गरेर आएको छु। राम्रो खेल्नुपर्छ भनेर आत्मबल बढाउँथेँ।”
त्यही उत्साहको निरन्तरताले उनी अहिले राष्ट्रिय रूपमा स्थापित भइसकेकी छन्। दुईवटा राष्ट्रिय र सात वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्।
२०१५ मा रुसमा भएको आइडब्लुएस वर्ल्ड गेम र मनिलामा भएको सेकेन्ड एशियन पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले कांस्य पदक जितेकी थिइन्। त्यस्तै, सोही वर्ष उनले ‘पारा एथ्लेट अफ द इयर पल्सर स्पोर्टस् अवार्ड’ पनि हात पारेकी थिइन्।
जीवनको यो मोडमा पुगेर उनी आफैंलाई फर्केर हेर्छिन्। र, पाउँछिन्- जीवन पाठशाला रहेछ, जहाँ उनले जिउनुका अर्थहरू सिकिन्। भोगाइका पाठहरूमा उनले अनुभूतिका नयाँ-नयाँ ढोका उघारिन्। तिनै अनुभूतिले उनलाई अठोट गर्न सिकाए।
“आफ्नै कमाइ खान्छु, पौरख गर्छु। मीठो खाने ठाउँमा नमीठो खान्छु, दुई छाक खाने ठाउँमा एक छाक खान्छु। बरु एक जोर लगाएर बस्छु तर, मलाई हेप्नेलाई केही गरेर देखाउँछु भनेर अठोटले मलाई यहाँ पुर्यायो”, उनी सगौरव भन्छिन्।
पढ्नुहोस्
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> आफ्नै जिन्दगी अरु कसैको जस्तो लाग्छ सीता भण्डारीलाई। आफैं हिंडेको बाटो अरु कसैले हिंडेजस्तो लाग्छ उनलाई। आफ्नै कथा अरु कसैले लेखेको किताबमा पढेजस्तो लाग्छ उनलाई।

">