केहि सिमित देशमा लाखौँमा विक्रि भएपनि नेपाली चित्रकलाले विश्व बजारमा भने प्रशस्त अवसर पाएको छैन।
विश्व बजारमा लाखौंमा होइन, करोड र अर्बमा कारोबार हुन्छ।
नेपालमा त्यो स्तरसम्म पुग्नका लागि आवश्यक पूर्वाधार नै बनेका छैनन्। शहरहरूमा ग्यालरी अभाव छ। काम गर्न स्टुडियो छैन।
उमाशंकर शाह कलाकारले एक्सपोज हुने ठाउँ नै नपाएको बताउँछन्।
शहरमा पर्याप्त ग्यालरी नहुँदा कलाकारका सिर्जनाले प्रदर्शनको मौका पाएका छैनन्। खरिदकर्ताले केहि नाम चलेका कलाकारले घरघरै धाएर चित्रहरू किन्नुपर्ने अवस्था छ। ग्यालरीहरूमा प्रदर्शन हुन पाए नयाँ र राम्रा सिर्जना पनि खरिदकर्ताको नजरमा पर्न सक्थे। केहि परम्परागत चित्रकलाका संग्रहालय शहरमा नभएका होइनन्। तर समसामयिक चित्रकलाको लागि कुनै संग्रहालय नभएकोमा उमाशंकरको गुनासो छ।
भन्छन्, “नेपाली समसामयिक कलालाई कलाप्रेमीहरूले कहाँ गएर बुझ्ने ?”
अन्य देशमा भने कलाको व्यापार संयोजन गर्ने ‘अक्सन हाउस’ नै हुन्छ। भारतको सम्पूर्ण समसामयिक कला बुझ्न ‘ग्यालरी अफ कन्टेम्पोररी आर्ट’मा गए पुग्छ। नेपालमा त्यस्ता ठूला ग्यालरी बन्न सकेका छैनन्। नेपालमा यो विषय अहिलेसम्म कुनै योजनामा नै परेको छैन। नेपाली कलाले विदेशमा हुने ठूला कला मेलामा भाग लिने अवसर नै पाएको छैन।
बजार बढाउनको लागि कला क्षेत्रमा लगानी नै भएको छैन। सरकारले यो विषयलाई गम्भिरतापूर्वक नलिएको आरोप उमाशंकरको छ। भन्छन्, “ललितकला प्रज्ञा प्रतिष्ठान कमजोर भयो, खोज गर्नुपर्ने, योजना बनाउनु पर्नेमा इभेन्ट गरेर बसेको छ।”
क्षमता भएर पनि ठूला कला संकलकसम्म पुग्ने अवसरबाट नेपाली कला वञ्चित भएको उनको भनाइ छ।
सरकारी स्तरबाटै तदारुकता नहुँदा हङकङमा हुने ठूलो अन्तर्राष्ट्रिय कला मेलामा नेपाली कला पुग्नै पाएको छैन। हस्तकला महासंघका पूर्व अध्यक्ष धर्मराजले एक करोड रुपैयाँको पौभा चित्र हुँदा हुँदै पनि मेलामा पठाउने आँट गर्न नसकेको अनुभव सुनाए।
नेपाली चित्रकलाले बजार नपाउनुको अर्को कारण सामाजिक मनोविज्ञान पनि हो। आम वृत्तमा पेन्टिङ सजाउने धनीमानीले हो भन्ने चिन्तन छ।
“परिवारका हरेक सदस्यको हातमा चालिस पचास हजारको मोबाइल हुन्छ, करोडको गाडी चढेर हिँड्न सक्ने नेपाली छन्, तर एउटा पेन्टिङ किन्न सक्दैनन्”, भन्छन् नेपाल परम्परागत चित्रकला परिषद्का सचिव उदय बज्राचार्य।
त्यसो त सस्तोमा पाउने गरी प्रिन्ट रूपमा चित्र उपलब्ध गराउन नसक्नु पनि नेपाली चित्रकलाको कमजोरी हो। त्यसरी चित्र उपलब्ध गराउन सके नेपालीहरूको भित्तामा यूरोप अमेरिकाका बगैँचा, घर, गाउँ अनि बच्चाका प्रिन्ट चित्र देखिँदैनथ्यो होला।
नेपालमा प्रिन्ट मेकर कलाकार नभएका पनि होइनन्। करिब पचास जना पुगिसकेका छन्। तर चित्रकलाको व्यापार सघन भएको काठमाडौं शहरमै एउटा पनि प्रिन्ट मेसिन छैन।

छैन पहलकदमी

चित्र बिक्छ, मोल पाउँदैन सिर्जनाले

करिब ४२ वर्ष अगाडी। लोक चित्रकारले बनाएको एउटा चित्र ३४ रुपैयाँमा बिक्रि भयो। उनी दंग परे।

त्यतिबेला चित्रको पनि यति धेरै पैसा पर्छ भनेर उनले सोचेकै थिएनन्। ३४ रुपैयाँ पनि त्यो जमानामा धेरै थियो। त्यो भन्दा पनि अचम्म त उनको चित्र बिकेको थियो।

चित्र बिक्दा छक्क पर्ने चित्रकारको अहिले रोजीरोटी नै चित्र भएको छ। एउटै चित्रलाई ५० लाखसम्ममा बेच्छन् उनी।

खासमा पौभा चित्र बनाउँछन् उनी। देवीदेवतालाई केन्द्रमा राखेर मसिना बुट्टाहरूले भर्ने चित्रकला हो पौभा।

लोक चित्रकारजस्तै सुन्दर सिं खवाल पनि पौभा नै बनाउँछन्। ३५ वर्ष अघि उनका चित्र दुई सय रुपैयाँमा बिक्रि हुन्थे। अहिले त्यो मूल्य बढेर दुई लाख देखि दश लाखसम्म पुगेको छ।

परम्परागत चित्रकलालाई नै धानिरहेका नयाँ पुस्ताका अर्का कलाकार हुन्, राजप्रकाश तुलाधर। २० वर्ष अघि सम्म दुइ सय रुपैयाँमा चित्र बेच्ने तुलाधरले अहिले १०/१५ लाख सम्म लिन्छन्।

परम्परागत चित्रको मात्र होइन आधुनिक चित्रकलाको बजार पनि उत्तिकै छ नेपालमा।

समसामयिक कलाका महँगो कलाकारको सूचीमा पर्छन्, उमाशंकर शाह। उनका चित्रहरू एक लाख रुपैयाँदेखि १६ लाख रुपैयाँ सम्ममा बिक्रि भएका छन्। नेपालमै उनले ७/८ लाख रुपैयाँसम्ममा चित्र बेचेका छन्।

सन् १९९० तिर काठमाडौँ आएर पहिलो प्रदर्शनी गर्दा उनले सात सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्मका चित्रकला राखेका थिए। त्यतिबेला जम्माजम्मी चार/पाँच हजार रुपैयाँ कमाइ गरेका थिए। १९९२ मा प्रदर्शनी गर्दा २५ हजार रुपैयाँ कमाइ गरे। त्यतिबेला उनको सबैभन्दा महँगो चित्रको मूल्य नौ हजार रुपैयाँ थियो। दुई दशक पनि नपुग्दै उनका चित्रको बिक्री लाखमा हुन थालेको छ।

यी तथ्यले बताउँछन् विश्व बजारमा नेपाली चित्रकलाको आयाम फराकिलो छ। चित्र रहर मात्र होइन व्यवसाय बनेको छ। कलाको पनि मुल्य पर्न थालेको छ। बजार सँगसँगै नेपाली चित्रकलाले आफ्नो पहिचान पनि स्थापित गर्दैछ।

नेपाली कलाले करोड नजिकको मूल्य पाएको सुन्दा र पढ्दा राम्रो त अवश्य लाग्छ, तर एक दुई जना कलाकारका चित्रहरुले राम्रो मुल्य पाउँदैमा पुरै नेपाली कलाको विकास भयो भनेर खुशी भइहाल्नुपर्ने अवस्था भने आएको छैन।

त्यसरी विदेशमा बिक्रि हुनेमध्ये सबैभन्दा महँगो नेपाली चित्रको सूचीमा पौभा पर्छ। नेपाल हस्तकला महासंघको तथ्यांक अनुसार पौभापछि बढि बिक्रि हुने चित्र थाङ्का हो। पछिल्लो समय मिथिला चित्रकला र थारु चित्रकलाको बजार पनि विस्तार भइरहेको छ। पौभा र थांका परम्परागत चित्रकला हुन् भने मिथिला र थारु लोक।

महासंघको तथ्यांक अनुसार नेपाली चित्रकलाको प्रमुख बजार चीन हो। संख्याको हिसाबले चीन बाहेक अरु देशमा पनि चित्रकलाको व्यापार उस्तै–उस्तै देखिन्छ। तर आर्थिक कारोबारको हिसाबले नेपाली चित्रकला व्यापारको पचास प्रतिशत हिस्सा चीनले लिएको छ। चीनमा पौभा र थाङ्का चित्रकलाको माग बढि छ। अमेरिका, यूरोप, क्यानडा, जापान, ताइवान लगायतका देशमा नेपाली चित्रकलाको माग राम्रो देखिन्छ।

वार्षिक ६० देखि ७० करोड रुपैयाँको नेपाली चित्रकला विदेशमा विक्रि हुन्छन्।

नेपाली कलाले करोड नजिकको मूल्य पाएको सुन्दा र पढ्दा राम्रो त अवश्य लाग्छ, तर एक दुई जना कलाकारका चित्रहरूले राम्रो मुल्य पाउँदैमा पुरै नेपाली कलाको विकास भयो भनेर खुशी भइहाल्नुपर्ने अवस्था भने आएको छैन।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं नेपाल हस्तकला महासंघका पूर्व अध्यक्ष धर्मराज शाक्य भन्छन्, “अझै कति राम्रा कलाकारको सिर्जनाले उचित मूल्य र बजार पाएका छैनन्, नेपाली कलाको बजार बलियो बनिसकेको छैन।”

विश्वमा भएको कलाको व्यवसायिकरणलाई हेर्दा विश्वबजारमा प्रतिस्पर्धा गर्ने स्तरमा नेपाली कला अझै पुगिनसकेको कलाकार उमाशंकर शाह बताउँछन्।

यसका पनि आफ्नै चुनौती छन्।

“मेरो चित्रकला प्रोडक्ट मात्र होइन, लामो समयको मेहनतको फल हो, यसलाई कम्पनिको उत्पादन जस्तै गरी मूल्य तोकिन्छ।” - लोक चित्रकार

छैन सिर्जनाको मूल्य

नेपाली चित्रले पहिलेको तुलनामा अवश्य पनि मूल्य पाउन थालेका छन्। तर चित्रकारहरू भने लागतको मात्र मूल्य पाएको गुनासो गर्छन्।

“पहिलेको तुलनामा आम्दानी बढेपनि सिर्जनाले उचित मूल्य पाएको छैन”, लोक चित्रकार भन्छन्। समय र सामग्रीको मूल्य मात्र मिलिरहेको बताउँछन् चित्रकार।

राजप्रकाश पनि केहि समय अघिसम्म ज्यालादारीकै हिसाबले काम गरेको बताउँछन्।

हुन त सिर्जनाको मूल्य तोक्न सकिँदैन। तैपनि आफ्नो लामो समयदेखिको लगनको नतिजा केवल उत्पादनको रूपमा मात्र मुल्यांकन हुँदा कलाकारको चित्त नबुझ्ने दुखेसो छ लोक चित्रकारको। भन्छन्, “मेरो चित्रकला प्रोडक्ट मात्र होइन, लामो समयको मेहनतको फल हो, यसलाई कम्पनिको उत्पादन जस्तै गरी मूल्य तोकिन्छ।”

एउटै चित्र तयार गर्न उनले वर्षौँ खर्चिने गर्छन्। मिहिन काम हुने भएकाले उनका चित्र समय र सिर्जना दुवैको हिसाबले महत्वपूर्ण हुन्छन्।

घट्दो बजार

ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं हस्तकला महासंघका पूर्व अध्यक्ष शाक्यका अनुसार केहि नेपाली चित्रकलाले राम्रो मुल्य पाए पनि विदेशमा नेपाली चित्रकलाको माग भने घटेको छ।

अर्कोतर्फ विदेशमा राम्रो माग भएको परम्परागत चित्र पौभा बनाउने कलाकारको संख्या नेपालमा घट्दै गएको छ। धेरै समय खर्चेर बनाउनुपर्ने भएकाले पनि यसमा युवा पुस्ताको चासो कम हुँदै गएको चित्रकारहरू बताउँछन्। कलाकार लोक चित्रकार भन्छन्, “यसको प्रोसेस नै लामो हुन्छ, सजिलै केहि दिनमै बनाउन सकिँदैन, यति धेरै धैर्य अहिलेका मान्छेमा कहाँ पाउनु ?”

एउटा सामान्य पौभा चित्र बनाउन पनि कम्तीमा दुई महिना लाग्छ। अहिले चीनले पौभा चित्रहरू रिप्रिन्ट गरेर बेचिरहेको छ। सस्तोमा पौभा चित्रको प्रिन्ट पाएपछि महँगोमा धेरै समय पर्खेर चित्र किन्नेहरूको संख्या घटिरहेको बताउँछन् कलाकार सुन्दर।

“समसामयिक चित्रकलाका लागि कुनै संग्रहालय छैन, नेपाली कलालाई कलाप्रेमीहरूले कहाँ गएर बुझ्ने ?” - उमाशंकर शाह

छैन विविधता

विश्व बजारमा नेपाली चित्रकलाको माग घट्नुको अर्को कारण हुनसक्छ विविधताको कमी।

कला व्यवसायी बिरेन्द्र शाही नेपाली परम्परागत चित्रकलामा विविधता नपाउँदा यसका ग्राहक घटिरहेको बताउँछन्। भन्छन्, “चित्र पुरानै शैलीको हुन्छ, कलाकार मात्र नयाँ हुन्छ, कहिलेसम्म नेपाली देवी देवताको चित्र मात्र बेचिराख्ने ?”

कलाकारले परम्परागत चित्रमा नयाँपन दिन नसकेको उनको आरोप छ।

चित्रकलामा प्रतिलिपी अधिकार बलियो नहुँदा एउटाको शैली अर्कोले चोरिरहेको छ। यसले पनि नेपाली चित्रकलाको व्यापारलाई नराम्रो असर गरेको छ। सबै चित्र उस्तै देखिन्छन्, कुन असली, कुन नक्कली पत्ता लगाउन गाह्रो, त्यसमाथि पनि महँगोमा चित्र किन्नेले कसैसँग नजुध्ने नौलो शैली नै किन्न खोज्छ। नक्कल गरेर चित्र बनाउनेहरूले सस्तोमा बेचिदिन्छन्, त्यसको असली कलाकारले उचित मूल्य पाउनै सक्दैन। विरेन्द्र भन्छन्, “असली कलाकार कुन हो कसरी छुट्याउने ? नक्कल गर्नेले धेरै पैसामा बेचिरहेको हुन्छ।”

छैन ढुक्क बजार

नेपाली कलाले विश्वबजारमा आवश्यक मूल्य नपाउनुको अर्को कारण विश्व बजारमा आएको मन्दी पनि हो। विश्व बजारमा नै आर्थिक समस्या देखिइरहेकाले त्यसको असर चित्रकलाको व्यवसायमा पनि परेको व्यवसायी विरेन्द्र शाही बताउँछन्।

अहिलेको समयमा चीनलाई मात्र मुख्य बजार सोचेर त्यसमै ढुक्क पर्ने अवस्था छैन। नेपाली कला बजार पछि पर्नुको एउटा अर्को कारण एकताको अभाव हो।

“व्यापारीमा एकता छैन, कलाकारहरूमा पनि एकता छैन यसले हाम्रो बजारलाई कमजोर बनाएको छ”, भन्छन् विरेन्द्र।

कलाकार लोक चित्रकारले बनाएको चित्र। तस्वीर सौजन्यः लोक चित्रकार।