१५ जेठ २०५६, शनिबार।
चाहेर पनि यो दिन बिर्सन सक्दिनन् सुनीता महर्जन(४०)।
उनको वशमा हुन्थ्यो त समयको सुई घुमाएर विगतमा लैजान्थिन्। क्यालेन्डरबाट यो दिन गायब बनाइदिन्थिन्। र, जिन्दगीलाई आफूले चाहेकै बाटोमा हिंडाउँथिन्। चाहेकै दिशामा डोर्याउँथिन्। जे सपना बाँकी रहे जिन्दगीमा, तिनैलाई पूरा गर्थिन्।
थिए नि उनका पनि सपनाहरू।
घरकी कान्छी छोरी। चुलबुले। चटपटे। सबैको माया पाएकी। केही चाहिए भने भइहाल्थ्यो। बा-आमाले ढिलोचाँडो पूरा गरिदिन्थे। नभए दिदी र दाइको अगाडि खुट्टा बजार्थिन्। उनीहरूले पूरा गरिदिन्थे। मायाले पुल्पुल्याएका थिए सबैले।
तर, मायाले मात्तिएकी पनि त थिइनन्। पढाइ राम्रै थियो। सीप पनि सिकेकी थिइन्। छोरीको हातमा सीप भयो भने जीवन सुन्दर हुन्छ भनेर बा-आमाले एसएलसी परीक्षापछि सिलाइकटाईको तालिम लिन लगाएका थिए। ६ महीना तालिम लिएकी थिइन्। त्यहीबेला कम्प्युटर पनि सिकेकी थिइन्।
दिदी नर्स थिइन्। त्यसैले शुरूमा नर्स नै बन्ने रहर थियो उनको। तर, बिस्तारै लक्ष्य परिवर्तन हुँदै गयो। दिदीको सल्लाहले पनि काम गर्यो। उनी व्यवस्थापनकी विद्यार्थी बनेकी थिइन्।
त्यति ठूला सपना होइनन्। सामान्य सपना थिए उनका– राम्रोसँग पढ्ने। कुनै राम्रो कार्यालय वा बैंकमा गतिलो जागिर खाने।
तर, त्यो एक दिन हुरीजस्तै आइदियो र सारा सपना सुकेका पातसरी उडाइदियो।
काश! उनको वशमा भए समयको सुई घुमाएर उनी विगतमा फर्किन्थिन् र त्यो दिन नै गायब बनाइदिन्थिन्। तर, मानिसको हातमा सबथोक कहाँ हुन्छ र!
‘अपनी मर्जी से कहाँ अपने सफर के हम हैं
रुख हवाओं का जिधर का है उधर के हम हैं’
हिंड्दा हिंड्दै हिंडिरहेको बाटै मोडियो। देख्दा देख्दै देखेका दृश्य फेरिए। बाँच्दा बाँच्दै बाँचिरहेको जिन्दगी नै बदलियो। उफ्!
जे भयो त्यही एक दिनमा भयो। एक छिनमा भयो।
त्यो दिन शनिबार भएकाले उनी घरमै थिइन्। आमा र दाइ पनि घरमै थिए। दिदी काममा गइसकेकी थिइन्।
विदाको दिन उनी खाना पकाउन आफै अघि सरिन्। खाना पकाउन बुँइगल उक्लिइन्। त्यो स्टोभको जमाना थियो। मट्टितेलले बल्ने स्टोभ-जति दम दियो, त्यति बल्थ्यो।
सँधैजस्तै चामल पखालिन्। स्टोभका पार्टपुर्जा कसकास पारिन्। ग्यालिनबाट मट्टितेल स्टोभमा राखिन्। अनि, आगो बाल्न दम दिन थालिन्। खोई के भयो कुन्नि? मट्टितेल बढी भयो कि? मट्टितेल आउने प्वाल थुनियो कि? थाहा छैन, के भयो। भ्वार्र गरेर सँधैजस्तै बल्ने स्टोभ बलेन।
एकैपटक स्टोभ पड्कियो– ड्वाङ्ग....
ठूलो आवाज आएपछि आमा, दाइ दौडेर बुँइगलमा आइपुगे। आगोले सुनीताको शरीर दनदनी बलिरहेको देखे। उनी पीडाले चिच्याइरहेकी थिइन्। गाग्रोको पानी खन्याए। पानीले आगो त निभ्यो तर, पीडा कम भएन।
झन्झन् पोल्न थाल्यो। रोइन्, कराइन्। आमाले ‘केही हुँदैन’ भन्दै ढाडस दिँदैथिइन्। तर, पीडा कम भएको थिएन। उनलाई हतारहतार बालाजु घरबाट वीर अस्पताल पुर्याइयो। बाटोमा आफ्नो छालाको स्वरूप फेरिइरहेको देखिन् उनले।
आगोले लुगा पुरै डढेर शरीरमा टाँसिएको थियो। डाक्टरले उनका लुगा च्यात्दै थिए। त्यत्तिकैमा उनी बेहोस् भइन्।
१५ दिनपछि होस आएछ। तर, आँखा खोलेर हेर्न सक्ने अवस्थामा थिइनन् उनी। पछि पो थाहा पाइन्, होस नआएपछि डाक्टरहरूले बाँच्दैन भनेर लत्तो छोडिसकेका थिए रे। तर, दिदी नर्स भएकाले हार खाइनन्। बहिनीको घाँटीमा जमेको कफ मेसिन लगाएर निकालिदिइन्।
मृत्युलाई जितेर बौरिइन् उनी। तर, जिउनलाई बाँकी जिन्दगी पहिलेजस्तो सहज थिएन।
अस्पतालको बेडमा असहाय पल्टिरहिन् उनी। न कोल्टो फेर्न सक्थिन्। न मुख फोर्न नै। आँखा नदेख्ने भएका थिए। संसार अँध्यारो लागिरहेथ्यो।
शरीरमा कतिवटा अप्रेसन भए, उनले कहाँ गनिन् र!
तिनै अप्रेसनले आँखा देख्न सक्ने भइन्। पोलेको हातमा खुट्टाको छाला टाँसियो। केही सुधार आयो। दुई महीनापछि घर लगियो।
तर, घर घर जस्तो लागेन। सबथोकमा विश्राम लागिसकेको थियो। पढाइ छुट्यो। बस्न पनि सक्दिनथिन्। बिस्तारामा पल्टिरहनुको विकल्प थिएन।
हिंडिरहनुपर्ने। बोलिरहनुपर्ने। रमाइलो गरिरहनुपर्ने। सुनाइरहनुपर्ने। सुनिरहनुपर्ने। सारा बानीमा विश्राम लाग्यो।
यसो हेर्थिन् आफैंलाई, हात बाँगिएको थियो। औंलाहरू चम्चा पनि समाउन नसक्ने गरी अशक्त भएका थिए। आमाले चम्चाले खाना खुुवाउँथिन्। दिदीले घाउमा पट्टी फेर्दिरहन्थिन्।
उनी भने बिस्तारामा पल्टेर चुपचाप आँसु बहाइरहन्थिन्।
आफ्नो जिन्दगी पनि अर्कैको जस्तो लाग्न थालिरहेथ्यो। भर्खरै २० वर्ष त पुगेकी थिइन्। तर, युगौं युग बिताएजस्तो लागिरहेथ्यो।
सबैभन्दा दुःखी त त्यतिबेला भइन् जब उनले ऐना हेरिन्।
झल्यास्स भइन् जब त्यो घटनापछि पहिलोपल्ट उनले ऐना हेरिन्।
हरे, के भयो यो? आँखा, नाक वरिपरिका छाला डढेलोले खाएको रुखको ठुटोजस्तो कालो भएको थियो। कान डढेर कञ्चटमा टाँसिएको थियो। ओठ चिउँडोसम्म तानिएको थियो।
“म त झस्याङ्ग भएँ”, पहिलोपटक ऐना हेरेको त्यो क्षण उनको स्मृतिमा शिलालेख बनी बसेको छ, “डाँको छोडेर खुब रोएँ। जिन्दगी नै सकियो जस्तो लाग्यो। संसार अँध्यारै भयो।”
के यो आफ्नै अनुहार हो? सोधिन् आफैंलाई। एकपटक होइन। पटक–पटक। हरक्षण, हरप्रहर।
कहाँ यस्तो थियो र उनको अनुहार। गोरी थिइन्। आँखामा कालो गाजल, ओठमा रातो लिपिस्टिक लगाएर सजिन मन पर्थ्यो।
तर, यो आगोले खाएको शरीर कसको हो?
“पहले हर चीज थी अपनी मगर अब लगता हैं
अपने ही घर मे किसी दुसरे घर के हम हैं”
बाँचिरहेको घर पराई लाग्यो। देखिरहेको शहर बिरानो बन्यो। बाँच्नुपर्ने हरप्रहर सकस बन्यो। जिन्दगी जिउनै दिक्क लाग्यो।
उनी डिप्रेसनमा गइन्।
आमालाई भन्न थालिन्, “मलाई त बाँच्नै मन छैन।”
तर, आमा पनि कहाँ कमजोर थिइन् र? जिन्दगीले सिकाएको थियो नि उनलाई, जिन्दगी हारेर कहाँ हुन्छ र? लडेर जिउनुपर्छ। छोरीलाई अगाडिको लडाइँ लड्न हिम्मत भर्न थालिन्।
एकपल एक्लै छोडिनन्। जहाँ गए पनि छायाँसरी सँगै भइन्। तैपनि उनको मनको पीडा कम भएन। एक्लै हाँस्ने–रुने गर्न थालिन्। बहिनीको यो पीडा दाइहरूलाई पनि सह्य भएन।
डाक्टर निराकारमान श्रेष्ठकोमा लगे। औषधीले उनको मानसिक विषाद कम गर्दै लग्यो।
कहिलेकाहीँ उनलाई लाग्छ, जिन्दगी र जंगल उस्तै हो। डढेलोले खाएको जंगल पलाउन बिर्सँदैन। आगोले जलेका ठुटाहरूबाटै नयाँ पालुवा पलाउँछ। वर्षाको एक झर पानी पछि हरियाली छाउन थाल्छ। र, वर्षदिनमा त फूलहरू फुल्न थालिसक्छन्।
उनको जिन्दगीमा पनि आशाका पालुवा पलाउन थाले। दिदी, दाइ र आमाको सहारा वर्षासरह जीवनदायी बने। उनी फेरि पहिलेजस्तै कुराकानी गर्न थालिन्। दिदीको सहारामा व्यायाम गर्न थालिन्। बिस्तारै बाहिर निस्कन थालिन्।
हो, उनको उपचार निकै लामो चल्यो।
त्यहीबेला काठमाडौंकै साँखुमा खुलेको ‘सुष्मा कोइराला मेमोरियल अस्पताल’ अर्को जीवनदायी वर्षा भइदियो। त्यहाँ डाक्टर आन्ड्रियासले उनको तिघ्राको छाला चिउँडोमा टाँसेर ओठको अप्रेसन गरिदिए। हातमा हाड र छालामात्रै थियो। दुई हप्ता हात पेटमा जोडेर राखेपछि बिस्तारै मासु पलाउन थाले। बाँगिएका औंलालाई डाक्टरहरूले सिधा बनाएर चम्चा समाउन सक्ने बनाए। उपचारपछि बसेर खान सक्ने भइन्। बिस्तारै नित्यकर्म आफैं गर्न सक्ने भइन्।
अनि त आशाको वृक्ष हलक्कै हुर्किन थाल्यो।
त्यो आशामा डाक्टर आन्ड्रियासको मायाले पनि साथ दिएको थियो। उनले अस्पतालमा उनीभन्दा पनि दयनीय अवस्थामा पुगेका मानिसलाई देखाएर आत्मबल बढाउन मद्दत गरे।
त्यो आशामा अर्को ईट्टा बन्यो अर्जुन शाहको फोटोग्राफी। उनले फोटो नखिचेको भए? उनीजस्तै अग्निपीडितको तस्वीरले क्यालेन्डर नसजाएको भए आजको हिम्मत पनि कहाँ आउँथ्यो होला र! फोटोले हिम्मतको यज्ञमा घ्युको काम गर्यो।
खासमा त फोटोसँग उनले सम्बन्धविच्छेद नै गरिसकेकी थिइन्। फोटो खिच्नु, खिचाउनु अघिल्लो जन्मको स्मृतिजस्तो भइसकेको थियो उनका लागि।
पहिले त सुनीता फोटोको सौखिन नै थिइन्। घरमा भएको क्यामेराले अनेक पोजका फोटा खिच्थिन्। साथीहरूसँग घुमफिर गर्दा खिचेका फोटाले उनका अल्बम सजिएका थिए।
तिनै अल्बम पल्टाएर उनी स्मृतिले आफैंलाई चिमोटिरहन्थिन्।
ओहो! संसार कसरी एकाएक साँघुरिएको थियो। घरदेखि अस्पताल। अस्पतालदेखि घर। साथीसँगी भेट्न पनि मन मरेको थियो। आफन्तले त बोलाउँथे तर, उनीहरूको दयामिश्रित सद्भाव पनि बोझिलो लाग्थ्यो।
अर्जनु शाह क्यामेरा बोकेर आए। र, उनको अनुहारभित्रको अर्को अनुहार देखाइदिए।
डिजाइनरले डिजाइन गरेका कपडा लगाएर उनले क्यालेन्डरका लागि फोटो सुट गराइन्।
“पहिलेजस्तो त पक्कै आउँथेन, आएन”, क्यालेन्डरका लागि फोटो सेसनपछि आफ्नो दृष्टिकोण फेरिएको सुनाउँछिन् उनी, “तर, मैले मभित्रको वास्तविक अनुहार देखेँ। त्यसमाथि सबैले राम्रो मान्नुभयो। म खुशी भएँ।”
अहिले सौन्दर्यलाई परख गर्ने उनको दृष्टिविन्दु नै फेरिएको छ। भन्छिन्, “भित्री मन सफा हुनुपर्ने रहेछ। मेरो आमा त बुढी भइसक्नुभो, पहिले जस्तो राम्रो छाला छैन तर, मेरो आमाले निष्पाप, निष्छल माया गर्नुहुन्छ नि। त्यसैले रूप हैन, मन राम्रो हुनुपर्छ।”
भन्न त भन्थे नि मानिसहरूले नानाथरी। छिमेकीहरू नै भन्थे, “तिमीसँग त कोही सँगै हिंड्न पनि चाहँदैन।”
तर, उनमा आशाको उभार भइसकेको थियो। आफैसँग भनिन्, “कोही मसँग नहिंडेर के फरक पर्छ? म एक्लै हिंडिदिन्छु।”
“चलते रहते है कि चलना है मुसाफिर का नसीब
सोचते रहते है किस राहगुजर के हम हैं”
अब उनीसँग हिंड्नलाई सिंगो जिन्दगी थियो। बुझिसकेकी थिइन्– जिन्दगी यात्रा हो। हरेक यात्रामा जस्तै जिन्दगीमा पनि मोड अनेकौं आउँछन्। कति उकालीमा मानिस थाक्छ। कति चिप्लेटीमा मानिस पछारिन्छ। हिंड्न नै त कहाँ छोड्छ र?
उनले जिन्दगीका बाटाहरू पहिल्याउन थालिन्।
हो, शुरूमा केही दुविधा थिए।
आमाले सिलाई गर् भनिन्। उनले मेसिन चलाईवरी हेरिन्। कैंचीमा हात चलाइन्। सक्छु भन्ने लागेपछि छिमेकी दिदीको सितापाइलामा रहेको टेलरमा काम गर्न थालिन्।त्यो पहिलो खुड्किलो थियो। भर्याङको एउटा खुड्किलो उक्लेपछि मानिस अर्को खुड्किलो त ताकिहाल्छ।
“सिलाईले मलाई केही गर्न सक्छु भन्ने बनायो”, सुनाइन् उनले।
उनी अरु खुड्किलाहरूको खोजीमा लागिन्।
पत्रिकामा विज्ञापन हेरेर हर्बल सामग्री बेच्ने काममा लागिन्। सामान बोकेर दैलो–दैलोमा पुग्न थालिन्। शुरूको महीनामा धेरैले किने। पछि किन्नै छोडे। बरु उनलाई देखेर कस्तो अजिबको मान्छे भन्ने धेरै भए। उनले भन्नेहरूको मुख थुन्न सक्थिनन्। हेर्नेहरूको दृष्टि बदल्न सक्थिनन्। जागिर त बदल्न सक्थिन्। काम छोडिदिइन्।
सहकारीमा दुई वर्ष काम गरिन्। त्यसमा पनि मन मरेपछि गार्मेन्टमा काम गर्न थालिन्। गार्मेन्ट मालिक रामप्रसाद ढुंगानाले पनि विमान दुर्घटनामा दुईवटै गोडा गुमाएका रहेछन्। उनको हिम्मतमा अर्को आड थपियो।
भूकम्प नआएको भए त्यही कामले निरन्तरता पाउँथ्यो होला। भूकम्पले घर भत्काएपछि उनी र आमा दिदीको घरमा पुगे। दाइहरू टोलमै टेन्ट हालेर बसे। अलिपछि माछापोखरीमा टहरा बनाएर बस्न थाले।
त्यहाँ उनले साथीसँग सिलाइका नयाँ डिजाइन सिकिन्।
अहिले सुनीता आफैंले सिलाई पसल खोलेकी छन्। त्यतिले नथेग्ला भनेर कस्मेटिक र किरानाको पसल पनि राखेकी छन्। सपना फेरिएको छ। देख्न चाहिँ छोडेकी छैनन्। भन्छिन्, “पक्की घर बनाएर परिवारलाई खुशी साथ राख्ने सपना छ।”
(माथि प्रयोग गरिएको गजल निदा फाजलीको हो, जसमा जगजित सिंहले स्वर र तलत अजीजले संगीत दिएका छन्।)
पढ्नुहोस्
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> १५ जेठ २०५६, शनिबार।चाहेर पनि यो दिन बिर्सन सक्दिनन् सुनीता महर्जन(४०)।

">