काठमाडौं। सन् २००६ ताका इन्डियन रेष्टुरेण्टमा भाँडा माझिरहँदा आजको स्थानमा पुगुँला भनेर सायदै सोचेका थिए उनले। तर, जिन्दगीलाई एक कदम अगाडि लैजाने सपना त पक्कै देखेका थिए। त्यसैको प्रतिफल हो, आज अष्ट्रेलियाको नेपाली समुदायमा उनको नाम सुपरिचित भएको छ- डा. किरण थापा। 

१४ वर्षको अष्ट्रेलिया बसाईंमा उनले आफूलाई एक सफल व्यवसायीको रूपमा स्थापित गरेका छन्। सिड्नीमा उनको मुख्य काम हो, नेपाली समुदायलाई घर किन्न सहयोग गर्नु। 

अष्ट्रेलियामा रहेका हरेकजसो नेपाली घर किन्न वा बेच्नुपर्दा ‘क्यापकन पिटिओ लिमिटेड’ नपुगी निर्णय गर्दैनन्। अष्ट्रेलियाका हजाराैं मोर्टगेज ब्रोकरमध्ये किरणको क्यापकन उत्कृष्ट २०औं नम्बरमा पर्छ।  

अष्ट्रेलियामा किरण उदयको इतिहास जति छोटो छ त्यति नै लामो छ उनको संघर्षको कथा। निकै अप्ठ्यारा अक्करे भीरहरूको यात्रापछि मात्रै उनी सफलताको यो शिखर चुम्न सफल भएका हुन्। 

यूएनडीपीको सपना
मध्यम वर्गीय परिवारमा जन्मे हुर्केका किरणलाई खान/लाउनको खासै समस्या थिएन। बुवाआमाका ६ जना सन्तानमध्ये कान्छो छोरा हुन् उनी। 

बुवाको आफ्नै व्यवसाय थियो- चाउचाउ फ्याक्ट्री, घरमै खोलिएको। सानातीना ठेक्कापट्टामा पनि उनको लगानी थियो। 

किरण भन्छन्, “घरको कान्छो छोरो भएकाले पनि मैले बुवा आमाको बढी नै माया पाएँ। जहाँ जाँदा पनि बुवाले सँगै लैजानुहुन्थ्यो। उहाँबाटै जीवन दर्शन सिकेको हुँ मैले। सामाजिक समानताको अभियन्ता पनि हुनुहुन्थ्यो बुवा।”

रमाइलै रमाइलोमा विद्यालय शिक्षा पूरा गरे उनले। सन् १९९८ मा पुल्चोक इञ्जिनियरिङ कलेजले कम्प्युटर इञ्जिनियरिङमा पहिलो व्याचका लागि खोलेको भर्नामा परीक्षा दिए। नाम भने निस्किएन। सिभिल इञ्जिनियरिङमा भर्ना भए।  

सन् २००२ मा पुल्चोक इञ्जिनियरिङ कलेजबाट सिभिल इञ्जिनियरिङ तर्फका उत्कृष्ट तीनमध्येका हुन् किरण।

तस्वीर: गोपेन राई।

 स्नातक तहको पढाइपछि यूनडीपीले सञ्चालन गरेको ‘ग्रामीण उर्जा विकास कार्यक्रम’अन्तर्गत १० महीना ओखलढुङ्गामा बसेर काम गरे उनले। तत्कालीन विद्रोही माओवादी र सत्तापक्ष बीचको द्वन्द्व उत्कर्षमा थियो त्यसबेला। विदेशी संघसंस्थाका कर्मचारी भनेपछि ‘टार्गेट’मा परिहाल्थे। त्यसैले ओलखढुङ्गा बस्न सहज ठानेनन्। फर्किए काठमाडौं।

काठमाडौंमा गुजारा त चलाउनु नै थियो। जीविकोपार्जको उपाय खोज्दै गर्दा एक्मि इञ्जिनियरिङ कलेजमा अतिरिक्त क्रियाकलाप, काउन्सिलिङ र इन्डष्ट्रियल रिलेशन विभागको उपप्रमुखको जिम्मेवारी पाए। त्यो जागिरले काठमाडौंमा जसोतसो दैनिकी चल्थ्यो। 

कलेज पढाउँदै गर्दा पुस्तक पनि लेखे- इञ्जिनियरिङ इकोनोमिक्स। यो सन् २००५ को कुरा। ५०० प्रति छापिएको उक्त पुस्तक त्यतिबेला खासै बिक्री भएन। पुस्तक प्रकाशनका लागि सबै लगानी आफैंले गरेका थिए। लगानी पनि उठेन। जागिर पनि सोचेजस्तो भइरहेको थिएन। विकल्प खोज्न थाले।

निकै ठाउँमा आवेदन गरे तर, छनौटमा पर्न सकेनन्। 

“जुनसुकै ठाउँमा जागिर खान पनि ठूलै मानिसको सिफारिसमा पर्नुपर्थ्यो। आफन्त र नजिककाले मात्रै अवसर पाउथेँ”, उनी सम्झिन्छन्, “पहुँचवालासँगको सम्बन्ध नहुँदा हाम्रा जुत्ताका तलुवा मात्रै फाट्थें। यो तीतो अनुभवले मेरो मनमा घोच्यो, मस्तिष्कमा नकरात्मक प्रभाव पर्‍यो।” 

थोरै समय भए पनि यूएनडिपीको प्रोजेक्टमा काम गरेको हुँदा उनको भित्री मनमा चाहीँ त्यहीँ संस्थाकै उच्च तह काम गर्नुपर्छ भन्ने बसेको थियो। त्यसका लागि विदेशमा पढेर आउनुपर्छ भन्ने लाग्यो उनलाई।

हुन त, पुल्चोक इञ्जिनियरिङ कलेजका टपरहरूका लागि विदेशका उत्कृष्ट शैक्षिक संस्थामा छात्रवृत्तिको अवसर हुन्थ्यो। “तर, मलाई इञ्जिनियरिङ विषयले तान्नै सकेन। विकास र व्यवस्थापन क्षेत्रमा रूचि थियो,” उनी भन्छन्, “सजिलै उपलब्ध इञ्जिनियरिङको छात्रवृत्तिमा कहिँकतै आवेदन नै गरिनँ।”

अन्ततः उनले पढ्न विदेश जाने निधो गरे तर, आफ्नो पैसा खर्च गरेर होइन। विभिन्न देशमा विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन गर्न थाले। तर, भनेजस्तो कहाँ सजिलो थियो र ? सम्झिन्छन्, “अमेरिका, बेलायत, जापान अष्ट्रेलिया लगायतका विश्वविद्यालयमा आवेदन गर्दा २१ पटक असफल भएँ।”

तस्वीर: गोपेन राई।

२२औं पटकमा भने युनिभर्सिटी अफ मेलवर्नले उनलाई छात्रवृत्ति दियो। डेभलपमेन्ट टेक्नोलोजी पढ्नका लागि अष्ट्रेलिया जान पाउने भए उनी।

त्यसबेला छात्रवृत्ति नपाए पनि उनी अहिले ती सबै विश्वविद्यालय घुमिरहेका छन् पर्यटकको रूपमा। भन्छन्, “त्यतिबेला उनीहरूले मलाई चिन्न सकेनन् होला। मैले पनि आफूलाई प्रस्तुत गर्न जानिनँ होला। अहिले भने ती सबै विश्वविद्यालय हेर्न गइरहेको छु। क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका विश्वविद्यालय पुगें। बाँकी ठाउँमा पनि चाँडै पुग्ने योजना छ।”

संघर्षका ती दिन
सन् २००६ मा मेलबर्न त पुगे। तर, सरल रेखामा कहाँ हिड्थ्यो र जिन्दगी? नपाउनु दुःख पाए। नभोग्नु हण्डर खाए। 

मेलबर्न जाँदा श्रीमती गर्भवती थिइन्। अष्ट्रेलिया पुगेपछि सोचे, श्रीमतीलाई पनि सँगै ल्याउनुपर्छ। त्यसका लागि पैसा चाहिन्थ्यो। बच्चा जन्मँदा प्रशस्त खर्च हुन्थ्यो। अस्पताल महङ्गो थियो। दुई जना अष्ट्रेलियामा बाँच्नका लागि पनि त पैसा चाहिन्थ्यो। 

कामको खोजीमा जुटे उनी। इण्डियन रेष्टुरेन्टमा भाँडा माझ्ने काम पाए उनले। 

“शुरूशुरूमा पाउने काम नै त्यस्तै थियो। तीन दिन भाँडा माझेपछि जान मन लागेन”, उनी सम्झिन्छन्, “युनिभर्सिटीको जब पोर्टलमा झाडी सफा गर्ने मान्छे खोजिएको सूचना रहेछ। त्यही दिएको नम्बरमा फोन गरेर झाडी सफा गर्न पनि गएँ। केही समय यस्तै अनौपचारिक काममा दिन बिते।”

अलि पछि भने इञ्जिनियरिङ कन्सल्टिङ फर्ममा ल्याब टेक्निसियनको काम पाए उनले। टेक्निसियन भने पनि शारीरिक श्रम गर्नुपर्ने काम थियो त्यो। विभिन्न ठाउँबाट आएको माटो परीक्षण गर्नुपर्थ्यो। 

“इञ्जिनियरहरू टाईसुट लगाएर जान्थे। म भने खाकी लगाएर झोला बाकेर त्यही गाडीको पछाडी बस्थे। आफैंलाई नमज्जा लाग्थ्यो”, उनी भन्छन् “म रोएको छु त्यो काम गर्दा। मैले श्रीमतीलाई पनि लगेर देखाएँ के काम गर्छु भनेर।” 

त्यही बेला उनले अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति पनि लिए। 

केही समय गरेपछि ल्याब टेक्निसियनको काम पनि छाडिदिए। त्यसपछि लोकल काउन्सिलअन्तर्गत ट्राफिक इञ्जिनियरको कार्यालयमा १० महीना काम गरे। यो सन् २००९ को कुरा। 

त्यो आर्थिक मन्दीले विश्व निलेको बेला थियो। सबै सञ्चारमाध्यममा आकाशै खस्न लागेको जसरी आर्थिक संकटका समाचार छापिएका हुन्थे। फाइनान्सको विद्यार्थी भएकाले ती समाचारमा उनको ध्यान जान्थ्यो। किरण अफिसबाट फर्कन्थे र तीनचार घण्टा पत्रपत्रिकामा घोरिन्थे। ती समाचारले उनको दैनिकीमै प्रभाव पार्न थाल्यो। लाग्यो, कि समाचार पढ्न छाड्नुपर्छ कि जागिर। दुईतिर बाँडिएको ध्यान एक ठाउँमा लगाउन सके नतिजामुखी काम हुनसक्छ भन्ने उनलाई लाग्यो।

फेरि उनको मनले अर्को निर्णय लियो– फाइनान्समै पीएचडी गर्ने। उनी भन्छन्, “डाक्टर, इञ्जिनियर, सीए, ब्रोकर जेसुकै भए पनि पैसा नै चाहिने रहेछ। तर, पैसा कसरी कमाउने, त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा कहीँ कसैले सिकाउँदैन, पढाउँदैन। त्यसैको ज्ञानमा लोभिएँ म।”

उनी हरेक पटक चङ्गा उडाएझैं व्यवसाय हाँक्न खोज्ने तर, उड्दै उड्दैनथ्यो। झट्ट हान्थे, भुँइमै लतारिन्थ्यो। तर, २०११ मा उडाएको क्यापकन ब्राण्डको चङ्गाले भने गतिलो वेग लियो। भुँईमा झरेन। उनले निरन्तर धागो छोडिरहे, चङ्गाले आकाश चुमिरह्यो।

पीएचडीको योजना चाहिँ ज्ञान र पैसा दुबै स्वार्थबाट प्रेरित थियो। पीएचडी गर्दा फाइनान्सको ज्ञान पनि हुने, छात्रवृत्ति पनि पाइने। फाइनान्समा पीएचडी गर्ने योजनालाई उनको इञ्जिनियरिङको मास्टर्सले धोका दियो।

निकै संघर्षपूर्ण रूपमा तीन वर्ष मेलवर्नमा बिताए उनले। जहाँ हात हाल्थे त्यही असफलता हात लाग्थ्यो। संघर्षपूर्ण भयो जीवन। एक मन सोच्थे स्वदेश फर्कौं। अर्को मन भन्थ्यो- त्यहाँ पनि त प्रभाव र पहुँच नै चाहिन्छ। 

सन् २००५ तिर काठमाडौंमा बिताएका संघर्षपूर्ण विगत झलझली आउँथ्यो उनको दिमागमा। त्यही मुटु पोल्ने विगतले काठमाडौं फर्कन चाहेनन् उनी। विभिन्न विश्वविद्यालयमा गरेर सातौं पटक आवेदन गर्दा सिड्नीमा पीएचडीको अवसर पाए उनले। 

असफल ती हजार सपना
सन् २००९ मै मेलवर्न चटक्क छाडेर सिड्नी सरे उनीहरू। नयाँ ठाउँ, नयाँ परिवेश, अब शुरू भए संघर्षका नयाँ दिन।

सिड्नीमा भियतनामका दुई साथी भेटिए। उनीहरू शेयर बजारमा कारोबार गर्थे। उनीहरूकै संगत र सल्लाहमा सुनका सिक्का बेच्ने अनलाइन खोले। अनलाइन किरण आफैंले बनाएका थिए। यहाँ फेरि अर्को असफलता हाल लाग्यो। सुनको व्यापार पनि चलेन।

अब फाइनान्सियल प्लानर बन्नतिर लागे उनी। पीएचडीको अध्ययनले दिएको साहस थियो त्यो। 

हिम्मत गरेर ‘क्यापकन इन्भेष्टमेन्ट लिमिटेड’ दर्ता गरे। तालिम लिए। अहँ, यसमा त झन् केही गर्नै सकेनन्। लगानीका लागि पर्याप्त पैसा थिएन उनीसँग। 
असफलता नै असफलताको शृङ्खला बन्यो जिन्दगी।

तर, हार मानेनन्, सपना छाडेनन्। बरु गाइरहे भक्तराज आचार्यको गीत- ‘अल्झें कहीँ त के भो ? बाटो भुलेको छैन।’

हजार सपना देखेका थिए। कहाँ सजिलै हरेश खान्थे र ?

जब चङ्गा उड्यो
सन् २०११ तिर अष्ट्रेलियामा नेपालीहरू स्थायी बासिन्दाको अनुमति लिने र घर किन्ने गर्न थालेका थिए। बैंकहरूले ‘होम लोन’ दिन्थे तर, नेपालीलाई त्यहाँसम्म पहुँच पुर्‍याउनै गाह्रो थियो। किरणले यसैमा व्यवसाय देखे र मोर्टगेज ब्रोकर बन्ने सोचे। उनको व्यावसायिक उद्देश्य थियो, अष्ट्रेलियामा घर किन्न चाहने नेपालीलाई बैंकको सुविधा दिलाउन शुरू गर्ने। यसैका लागि उनले दर्ता गरे- क्यापकन पिटिओ लिमिटेड।

वित्तीय संस्थाले दिएको सुविधा घर किन्न चाहने नेपालीलाई थाहा हुँदैनथ्यो। बैंकको झन्झटिलो प्रक्रियामा फसिरहने समयमा पनि हुँदैनथ्यो उनीहरूलाई। कुन कामका लागि कुन बैंकले कसरी ऋण दिन्छ भन्ने सल्लाह दिन्थ्यो क्यापकर्नले। तालिम र सफ्टवेयरको माध्यमबाट ज्ञान लिएका हुन्थे उनीहरूले। त्यही ज्ञान व्यवसायको आधार थियो।

“त्यसबेला छोरो जन्मिएको भए अहिले जसरी हुर्कंदै हुन्थ्यो त्यसैगरी हामी कम्पनीलाई हुकाईरहेका छौं। हाम्रो छोरालाई जस्तो संस्कार दिइरहेका हुन्थ्यौं, व्यवसायमा पनि त्यही संस्कार अपनाइरहेका छौं।”

अष्ट्रेलियामा मोर्टजेग व्यवसायलाई ‘थर्ड पार्टी डिस्ट्रिब्यूसन च्यानल’को रूपमा लिइन्छ। यसरी काम गरेबापत बैंकले कसिशन दिन्छ। ग्राहकसँग कुनै शुल्क असुल्न पर्दैन। उनीहरूले निःशुल्क परामर्श र सेवा पाउँछन्। घर किन्न र बेच्नका लागि सबै प्रक्रिया यस्तै कम्पनीले पूरा गरिदिन्छन् र बैंकको सुविधा दिलाउँछन्। 

किरण भन्छन्, “घर किन्ने उद्देश्यमा लोभ, डर र भावना मिसिएको हुन्छ। कसैलाई देखाउने उद्देश्य पनि हुन्छ। त्यस्तो भावना शेयर गर्ने ठाउँ भएन भने गलत निर्णय पनि लिन सकिन्छ। यही बेला सही सल्लाह दिने हाम्रो काम हो।”

“अष्ट्रेलिया पुग्छन्, संघर्ष गर्छन् अलिअलि पैसा जम्मा भएपछि घर किन्छन् र कमाउँदै तिर्दै गर्छन्। मान्छेको जिन्दगीको कथा नै घरको वरपर घुमेको हुन्छ। यस्तो विषयमा सही निर्णय गर्न सकिएन भने जिन्दगीभर पछुताउनुपर्ने पनि हुन्छ”, किरण भन्छन्, “त्यही भएर अस्ट्रेलिायमा करीब ६० प्रतिशत होम लोन थर्ड पार्टी डिस्ट्रिब्यूसन च्यानलबाट जान्छ। ४० प्रतिशत मात्रै बैंकले सिधै लगानी गर्छ। त्यसको मतलब ऋण लिने मान्छेले पनि बैंकभन्दा बढी मोर्टगेज ब्रोकरलाई विश्वास गर्छन्।”

सन् २०११ देखि अहिलेसम्म किरणले क्यापकनबाट मात्रै करीब १३ सय घर खरीद-विक्री गरिदिएका छन्। त्यति नै मान्छे उनको कम्पनीसँग ठोक्किएर फर्किएका छन्।

यही नेपाली समुदायलाई सेवा दिँदा मात्रै पनि किरणको कम्पनी अष्ट्रेलियाको उत्कृष्ट २० मोर्टगेज ब्रोकर मध्येमा पर्छ। 

“अष्ट्रेलिया सरकारले हरेक वर्ष उत्कृष्ट १०० मोर्टगेज ब्रोकरको सूची सार्वजनिक गर्छ। त्यसमा सन् २०१८ मा क्यापकर्न २०औ स्थानमा छ। त्यसअघि ४२औं स्थानमा थियौं”, किरणले आफ्नो व्यावसायिक सफलता सुनाए। उनीहरूले बैंकमा गरेको “बुक भ्यालु”को आधारमा व्यवसायको आकार तय हुन्छ। सन् २०१८ मा ११५ मिलियन अष्ट्रेलियन डलर अर्थात करीब साढे नौ अर्ब नेपाली रूपैयाँ बराबरको ऋण स्वीकृत गराएको थियो उनको कम्पनीले। 

तस्वीर: गोपेन राई।

नेपालीमाझ व्यवसाय गरेर स्थापित हुन पाएकोमा किरण गर्व गर्छन्। भन्छन्, “नेपालीहरूको समस्या समाधानमा सहयोगी बन्न पाएको छु। दलाल भनेर हेला गरिने कामलाई पनि सम्मानित व्यवसाय हो भनेर स्थापित गर्न सकेको छु। मैले कति कमाएँ भन्दा पनि पेशालाई स्थापित गर्न सकेकोमा गौरवान्वित छु। पीएचडी गरेर पनि ब्रोकर बन्न हुन्छ भनेर उदाहरण प्रस्तुत गरेको छु।”

क्यापकनमार्फत् अष्ट्रेलियामा सफल भएका उनी अहिले व्यवसाय विविधिकरणमा ध्यान दिइरहेका छन्। अबको पाँच वर्षमा क्यापकनलाई अष्ट्रेलियाको शेयर मार्केटमा सूचीकृत गराउने उनको योजना छ। 

मोर्टगेज व्यवसाय बाहेक अन्यत्र पनि हात हाल्ने योजनालाई अन्तिम रूप दिइसकेका छन् उनले। त्यसैका लागि उनले तीन महीना अगाडी ललितपुरको पाटनमा अफसोर कम्पनीको रूपमा क्यापकनको कार्यालय खोलेका छन्। जहाँ आठ जना नेपाली काम गर्छन्। उनी भन्छन्, “जति उचाइमा पुग्ने हो त्यति नै गहिरो जग चाहिन्छ। त्यसैको तयारी स्वरूप नेपालमा अफिस खोलेका हौं।”

मोर्टगेज बाहेक ‘पर्पल लभ’ ब्राण्डमा पर्यटन व्यवसायमा सहभागी हुँदैछन् उनी। अष्ट्रेलियामा मखमलीको बगैंचा बनाउने र पर्यटक भित्र्याउने उनको योजना छ। जसका लागि अष्ट्रेलियाकै तास्मानीय राज्यमा ७१३ रोपनी जग्गा किनिसकेका छन् उनले। अष्ट्रेलियामा यो प्रोजेक्ट सक्नासाथ त्यस्तै मखमली बगैंचा नेपालमा पनि बनाउने किरणको योजना छ।   

नजन्मिएको छोरोले दिलाएको सफलता
उनलाई सफताको शिखरमा चढाएको क्यापकन किरणका लागि नजिन्मिएको छोरो बराबर हो। यसमा उनको आफ्नै कथा छ। उनले २००६मा छोरो जन्मिदा अस्पतालले नाम माग्यो। छोराको नाम उनीहरूले सोचिसकेका थिएनन्। अस्ट्रेलियन समुदायलाई पनि सुहाउँदो नेपालीले पनि अप्ठ्यारो नमान्ने नाम चाहिन्थ्यो। उनले यसो सोचे र भनिदिए-कायरोन।

केही वर्षपछि फेरि अर्को बच्चा जन्मिने भयो। बुढाबुढीले बेलैमा सल्लाह गरे। छोरी जन्मिए क्रिस्टी र छोरा जन्मिए क्यापकन राख्ने निर्णय गरे। संयोगवश उनीहरूको छोरी जन्मिइन्। उनीहरूले जुराएको एउटा नाम फाल्टु रह्यो। त्यही नाममा कम्पनी खोले-क्यापकन। 

किरण भन्छन्, “त्यसबेला छोरो जन्मिएको भए अहिले जसरी हुर्कंदै हुन्थ्यो त्यसैगरी हामी कम्पनीलाई हुकाईरहेका छौं। हाम्रो छोरालाई जस्तो संस्कार दिइरहेका हुन्थ्यौं, व्यवसायमा पनि त्यही संस्कार अपनाइरहेका छौं।”

उनीहरूको यही संस्कार, व्यवहारले ग्राहक सन्तुष्ट छन्। ग्राहकको त्यही सन्तुष्टीले कम्पनीलाई शिखर पुर्‍याइरहेको छ। अष्ट्रेलियामा किरण छाइरहेका छन्। 

" /> काठमाडौं। सन् २००६ ताका इन्डियन रेष्टुरेण्टमा भाँडा माझिरहँदा आजको स्थानमा पुगुँला भनेर सायदै सोचेका थिए उनले। तर, जिन्दगीलाई एक कदम अगाडि लैजाने सपना त पक्कै देखेका थिए। त्यसैको प्रतिफल हो, आज अष्ट्रेलियाको नेपाली समुदायमा उनको नाम सुपरिचित भएको छ- डा. किरण थापा। 

"> नजन्मिएको छोरोमार्फत् अष्ट्रेलियामा उदाएका किरण (भिडिओसहित): Dekhapadhi
नजन्मिएको छोरोमार्फत् अष्ट्रेलियामा उदाएका किरण (भिडिओसहित) <p style="text-align:justify">काठमाडौं। सन् २००६ ताका इन्डियन रेष्टुरेण्टमा भाँडा माझिरहँदा आजको स्थानमा पुगुँला भनेर सायदै सोचेका थिए उनले। तर, जिन्दगीलाई एक कदम अगाडि लैजाने सपना त पक्कै देखेका थिए। त्यसैको प्रतिफल हो, आज अष्ट्रेलियाको नेपाली समुदायमा उनको नाम सुपरिचित भएको छ-&nbsp;डा. किरण थापा।&nbsp;</p> <p style="text-align:justify">१४ वर्षको अष्ट्रेलिया बसाईंमा उनले आफूलाई एक सफल व्यवसायीको रूपमा स्थापित गरेका छन्। सिड्नीमा उनको मुख्य काम हो, नेपाली समुदायलाई घर किन्न सहयोग गर्नु।&nbsp;</p> <p style="text-align:justify">अष्ट्रेलियामा रहेका हरेकजसो नेपाली घर किन्न वा बेच्नुपर्दा &lsquo;क्यापकन पिटिओ लिमिटेड&rsquo; नपुगी निर्णय गर्दैनन्। अष्ट्रेलियाका हजाराैं&nbsp;मोर्टगेज ब्रोकरमध्ये किरणको क्यापकन उत्कृष्ट २०औं नम्बरमा पर्छ। &nbsp;</p> <p style="text-align:justify">अष्ट्रेलियामा किरण उदयको इतिहास जति छोटो छ त्यति नै लामो छ उनको संघर्षको कथा। निकै अप्ठ्यारा अक्करे भीरहरूको यात्रापछि मात्रै उनी सफलताको यो शिखर चुम्न सफल भएका हुन्।&nbsp;</p> <p style="text-align:justify"><strong>यूएनडीपीको सपना</strong><br /> मध्यम वर्गीय परिवारमा जन्मे हुर्केका किरणलाई खान/लाउनको खासै समस्या थिएन। बुवाआमाका ६ जना सन्तानमध्ये कान्छो छोरा हुन्&nbsp;उनी।&nbsp;</p> <p style="text-align:justify">बुवाको आफ्नै व्यवसाय थियो-&nbsp;चाउचाउ फ्याक्ट्री, घरमै खोलिएको। सानातीना ठेक्कापट्टामा पनि उनको लगानी थियो।&nbsp;</p> <p style="text-align:justify">किरण भन्छन्, &ldquo;घरको कान्छो छोरो भएकाले पनि मैले बुवा आमाको बढी नै माया पाएँ। जहाँ जाँदा पनि बुवाले सँगै लैजानुहुन्थ्यो। उहाँबाटै जीवन दर्शन सिकेको हुँ मैले। सामाजिक समानताको अभियन्ता पनि हुनुहुन्थ्यो बुवा।&rdquo;</p> <p style="text-align:justify">रमाइलै रमाइलोमा विद्यालय शिक्षा पूरा गरे उनले। सन् १९९८ मा पुल्चोक इञ्जिनियरिङ कलेजले कम्प्युटर इञ्जिनियरिङमा पहिलो व्याचका लागि खोलेको भर्नामा परीक्षा दिए। नाम भने निस्किएन। सिभिल इञ्जिनियरिङमा भर्ना भए। &nbsp;</p> <p style="text-align:justify">सन् २००२ मा पुल्चोक इञ्जिनियरिङ कलेजबाट सिभिल इञ्जिनियरिङ तर्फका उत्कृष्ट तीनमध्येका हुन् किरण।</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="667" src="https://www.dekhapadhi.com/storage/photos/shares/Economy/_R0A0072.JPG" width="1000" /> <figcaption>तस्वीर: गोपेन राई।</figcaption> </figure> </div> <p style="text-align:justify">&nbsp;स्नातक तहको पढाइपछि यूनडीपीले सञ्चालन गरेको &lsquo;ग्रामीण उर्जा विकास कार्यक्रम&rsquo;अन्तर्गत १० महीना ओखलढुङ्गामा बसेर काम गरे उनले। तत्कालीन विद्रोही माओवादी र सत्तापक्ष बीचको द्वन्द्व उत्कर्षमा थियो त्यसबेला। विदेशी संघसंस्थाका कर्मचारी भनेपछि &lsquo;टार्गेट&rsquo;मा परिहाल्थे। त्यसैले ओलखढुङ्गा बस्न सहज ठानेनन्। फर्किए काठमाडौं।</p> <p style="text-align:justify">काठमाडौंमा गुजारा त चलाउनु नै थियो। जीविकोपार्जको उपाय खोज्दै गर्दा एक्मि इञ्जिनियरिङ कलेजमा अतिरिक्त क्रियाकलाप, काउन्सिलिङ र इन्डष्ट्रियल रिलेशन विभागको उपप्रमुखको जिम्मेवारी पाए। त्यो जागिरले काठमाडौंमा जसोतसो दैनिकी चल्थ्यो।&nbsp;</p> <p style="text-align:justify">कलेज पढाउँदै गर्दा पुस्तक पनि लेखे- इञ्जिनियरिङ इकोनोमिक्स। यो सन् २००५ को कुरा। ५००&nbsp;प्रति छापिएको उक्त पुस्तक त्यतिबेला खासै बिक्री भएन। पुस्तक प्रकाशनका लागि सबै लगानी आफैंले गरेका थिए। लगानी पनि उठेन। जागिर पनि सोचेजस्तो भइरहेको थिएन। विकल्प खोज्न थाले।</p> <p style="text-align:justify">निकै ठाउँमा आवेदन गरे तर,&nbsp;छनौटमा पर्न सकेनन्।&nbsp;</p> <p style="text-align:justify">&ldquo;जुनसुकै ठाउँमा जागिर खान पनि ठूलै मानिसको सिफारिसमा पर्नुपर्थ्यो। आफन्त र नजिककाले मात्रै अवसर पाउथेँ&rdquo;, उनी सम्झिन्छन्, &ldquo;पहुँचवालासँगको सम्बन्ध नहुँदा हाम्रा जुत्ताका तलुवा मात्रै फाट्थें। यो तीतो अनुभवले मेरो मनमा घोच्यो, मस्तिष्कमा नकरात्मक प्रभाव पर्&zwj;यो।&rdquo;&nbsp;</p> <p style="text-align:justify">थोरै समय भए पनि यूएनडिपीको प्रोजेक्टमा काम गरेको हुँदा उनको भित्री मनमा चाहीँ त्यहीँ संस्थाकै उच्च तह काम गर्नुपर्छ भन्ने बसेको थियो। त्यसका लागि विदेशमा पढेर आउनुपर्छ भन्ने लाग्यो उनलाई।</p> <p style="text-align:justify">हुन त, पुल्चोक इञ्जिनियरिङ कलेजका टपरहरूका लागि विदेशका उत्कृष्ट शैक्षिक संस्थामा छात्रवृत्तिको अवसर हुन्थ्यो। &ldquo;तर, मलाई इञ्जिनियरिङ विषयले तान्नै सकेन। विकास र व्यवस्थापन क्षेत्रमा रूचि&nbsp;थियो,&rdquo; उनी भन्छन्, &ldquo;सजिलै उपलब्ध इञ्जिनियरिङको छात्रवृत्तिमा कहिँकतै आवेदन नै गरिनँ।&rdquo;</p> <p style="text-align:justify">अन्ततः उनले पढ्न विदेश जाने निधो गरे तर, आफ्नो पैसा खर्च गरेर होइन। विभिन्न देशमा विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन गर्न थाले। तर, भनेजस्तो कहाँ सजिलो थियो र ? सम्झिन्छन्, &ldquo;अमेरिका, बेलायत, जापान अष्ट्रेलिया लगायतका विश्वविद्यालयमा आवेदन गर्दा २१ पटक असफल भएँ।&rdquo;</p> <div aria-label=" image widget" contenteditable="false" role="region" style="text-align: center;" tabindex="-1"> <figure class="image" data-widget="image"><img alt="" height="533" src="https://www.dekhapadhi.com/storage/photos/shares/Feature Photo/0Kiran-Thapa/Kirana-thapa4.JPG" width="800" /> <figcaption>तस्वीर: गोपेन राई।</figcaption> </figure> </div> <p style="text-align:justify">२२औं पटकमा भने युनिभर्सिटी अफ मेलवर्नले उनलाई छात्रवृत्ति&nbsp;दियो। डेभलपमेन्ट टेक्नोलोजी पढ्नका लागि अष्ट्रेलिया जान पाउने भए उनी।</p> <p style="text-align:justify">त्यसबेला छात्रवृत्ति&nbsp;नपाए पनि उनी अहिले ती सबै विश्वविद्यालय घुमिरहेका छन् पर्यटकको रूपमा। भन्छन्, &ldquo;त्यतिबेला उनीहरूले मलाई चिन्न सकेनन् होला। मैले पनि आफूलाई प्रस्तुत गर्न जानिनँ होला। अहिले भने ती सबै विश्वविद्यालय हेर्न गइरहेको छु। क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका विश्वविद्यालय पुगें। बाँकी ठाउँमा पनि चाँडै पुग्ने योजना छ।&rdquo;</p> <p style="text-align:justify"><strong>संघर्षका ती दिन</strong><br /> सन् २००६ मा मेलबर्न त पुगे। तर, सरल रेखामा कहाँ हिड्थ्यो र जिन्दगी? नपाउनु दुःख पाए। नभोग्नु हण्डर खाए।&nbsp;</p> <p style="text-align:justify">मेलबर्न जाँदा श्रीमती गर्भवती थिइन्। अष्ट्रेलिया पुगेपछि सोचे, श्रीमतीलाई पनि सँगै ल्याउनुपर्छ। त्यसका लागि पैसा चाहिन्थ्यो। बच्चा जन्मँदा प्रशस्त खर्च हुन्थ्यो। अस्पताल महङ्गो थियो। दुई जना अष्ट्रेलियामा बाँच्नका लागि पनि त पैसा चाहिन्थ्यो।&nbsp;</p> <p style="text-align:justify">कामको खोजीमा जुटे उनी। इण्डियन रेष्टुरेन्टमा भाँडा माझ्ने काम पाए उनले।&nbsp;</p> <p style="text-align:justify">&ldquo;शुरूशुरूमा पाउने काम नै त्यस्तै थियो। तीन दिन भाँडा माझेपछि जान मन लागेन&rdquo;, उनी सम्झिन्छन्, &ldquo;युनिभर्सिटीको जब पोर्टलमा झाडी सफा गर्ने मान्छे खोजिएको सूचना रहेछ। त्यही दिएको नम्बरमा फोन गरेर झाडी सफा गर्न पनि गएँ। केही समय यस्तै अनौपचारिक काममा दिन बिते।&rdquo;</p> <p style="text-align:justify">अलि पछि भने इञ्जिनियरिङ कन्सल्टिङ फर्ममा ल्याब टेक्निसियनको काम पाए उनले। टेक्निसियन भने पनि शारीरिक श्रम गर्नुपर्ने काम थियो त्यो। विभिन्न ठाउँबाट आएको माटो परीक्षण गर्नुपर्थ्यो।&nbsp;</p> <p style="text-align:justify">&ldquo;इञ्जिनियरहरू टाईसुट लगाएर जान्थे। म भने खाकी लगाएर झोला बाकेर त्यही गाडीको पछाडी बस्थे। आफैंलाई नमज्जा लाग्थ्यो&rdquo;, उनी भन्छन् &ldquo;म रोएको छु त्यो काम गर्दा। मैले श्रीमतीलाई पनि लगेर देखाएँ के काम गर्छु भनेर।&rdquo;&nbsp;</p> <p style="text-align:justify">त्यही बेला उनले अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति पनि लिए।&nbsp;</p> <p style="text-align:justify">केही समय गरेपछि ल्याब टेक्निसियनको काम पनि छाडिदिए। त्यसपछि लोकल काउन्सिलअन्तर्गत ट्राफिक इञ्जिनियरको कार्यालयमा १० महीना काम गरे। यो सन् २००९ को कुरा।&nbsp;</p> <p style="text-align:justify">त्यो आर्थिक मन्दीले विश्व निलेको बेला थियो। सबै सञ्चारमाध्यममा आकाशै खस्न लागेको जसरी आर्थिक संकटका समाचार छापिएका हुन्थे। फाइनान्सको विद्यार्थी भएकाले ती समाचारमा उनको ध्यान जान्थ्यो। किरण अफिसबाट फर्कन्थे र तीनचार घण्टा पत्रपत्रिकामा घोरिन्थे। ती समाचारले उनको दैनिकीमै प्रभाव पार्न थाल्यो। लाग्यो, कि समाचार पढ्न छाड्नुपर्छ कि जागिर। दुईतिर बाँडिएको ध्यान एक ठाउँमा लगाउन सके नतिजामुखी काम हुनसक्छ भन्ने उनलाई लाग्यो।</p> <p style="text-align:justify">फेरि उनको मनले अर्को निर्णय लियो&ndash; फाइनान्समै पीएचडी गर्ने। उनी भन्छन्, &ldquo;डाक्टर, इञ्जिनियर, सीए, ब्रोकर जेसुकै भए पनि पैसा नै चाहिने रहेछ। तर, पैसा कसरी कमाउने, त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा कहीँ कसैले सिकाउँदैन, पढाउँदैन। त्यसैको ज्ञानमा लोभिएँ म।&rdquo;</p> <blockquote> <p style="text-align:justify">उनी हरेक पटक चङ्गा उडाएझैं व्यवसाय हाँक्न खोज्ने तर, उड्दै उड्दैनथ्यो। झट्ट हान्थे, भुँइमै लतारिन्थ्यो। तर, २०११ मा उडाएको क्यापकन ब्राण्डको चङ्गाले भने गतिलो वेग लियो। भुँईमा झरेन। उनले निरन्तर धागो छोडिरहे, चङ्गाले आकाश चुमिरह्यो।</p> </blockquote> <p style="text-align:justify">पीएचडीको योजना चाहिँ&nbsp;ज्ञान र पैसा दुबै&nbsp;स्वार्थबाट प्रेरित थियो। पीएचडी गर्दा फाइनान्सको ज्ञान पनि हुने, छात्रवृत्ति&nbsp;पनि पाइने। फाइनान्समा पीएचडी गर्ने योजनालाई उनको इञ्जिनियरिङको मास्टर्सले धोका दियो।</p> <p style="text-align:justify">निकै संघर्षपूर्ण रूपमा तीन वर्ष मेलवर्नमा बिताए उनले। जहाँ हात हाल्थे त्यही असफलता हात लाग्थ्यो। संघर्षपूर्ण भयो जीवन। एक मन सोच्थे स्वदेश फर्कौं। अर्को मन भन्थ्यो- त्यहाँ पनि त प्रभाव र पहुँच&nbsp;नै चाहिन्छ।&nbsp;</p> <p style="text-align:justify">सन् २००५ तिर काठमाडौंमा बिताएका संघर्षपूर्ण विगत झलझली आउँथ्यो उनको दिमागमा। त्यही मुटु पोल्ने विगतले काठमाडौं फर्कन चाहेनन् उनी। विभिन्न विश्वविद्यालयमा गरेर सातौं पटक आवेदन गर्दा सिड्नीमा पीएचडीको अवसर पाए उनले।&nbsp;</p> <p style="text-align:justify"><strong>असफल ती हजार सपना</strong><br /> सन् २००९ मै मेलवर्न चटक्क छाडेर सिड्नी सरे उनीहरू। नयाँ ठाउँ, नयाँ परिवेश, अब शुरू&nbsp;भए संघर्षका नयाँ दिन।</p> <p style="text-align:justify">सिड्नीमा भियतनामका दुई साथी भेटिए। उनीहरू&nbsp;शेयर बजारमा कारोबार गर्थे। उनीहरूकै संगत र सल्लाहमा सुनका सिक्का बेच्ने अनलाइन खोले। अनलाइन किरण आफैंले बनाएका थिए। यहाँ फेरि अर्को असफलता हाल लाग्यो। सुनको व्यापार पनि चलेन।</p> <p style="text-align:justify">अब फाइनान्सियल प्लानर बन्नतिर लागे उनी। पीएचडीको अध्ययनले दिएको साहस थियो त्यो।&nbsp;</p> <p style="text-align:justify">हिम्मत गरेर &lsquo;क्यापकन इन्भेष्टमेन्ट लिमिटेड&rsquo; दर्ता गरे। तालिम लिए। अहँ, यसमा त झन् केही गर्नै सकेनन्। लगानीका लागि पर्याप्त पैसा थिएन उनीसँग।&nbsp;<br /> असफलता नै असफलताको शृङ्खला बन्यो जिन्दगी।</p> <p style="text-align:justify">तर, हार मानेनन्, सपना छाडेनन्। बरु गाइरहे भक्तराज आचार्यको गीत- &lsquo;अल्झें कहीँ त के भो ? बाटो भुलेको छैन।&rsquo;</p> <p style="text-align:justify">हजार सपना देखेका थिए। कहाँ सजिलै हरेश खान्थे र ?</p> <p style="text-align:justify"><strong>जब चङ्गा उड्यो</strong><br /> सन् २०११ तिर अष्ट्रेलियामा नेपालीहरू स्थायी बासिन्दाको अनुमति लिने र घर किन्ने गर्न थालेका थिए। बैंकहरूले &lsquo;होम लोन&rsquo; दिन्थे तर, नेपालीलाई त्यहाँसम्म पहुँच पुर्&zwj;याउनै गाह्रो थियो। किरणले यसैमा व्यवसाय देखे र मोर्टगेज ब्रोकर बन्ने सोचे। उनको व्यावसायिक उद्देश्य थियो, अष्ट्रेलियामा घर किन्न चाहने नेपालीलाई बैंकको सुविधा दिलाउन शुरू गर्ने। यसैका लागि उनले दर्ता गरे-&nbsp;क्यापकन पिटिओ लिमिटेड।</p> <p style="text-align:justify">उनी हरेक पटक चङ्गा उडाएझैं व्यवसाय हाँक्न खोज्ने तर, उड्दै उड्दैनथ्यो। झट्ट हान्थे, भुँइमै लतारिन्थ्यो। तर, २०११ मा उडाएको क्यापकन ब्राण्डको चङ्गाले भने गतिलो वेग लियो। भुँईमा झरेन। उनले निरन्तर धागो छोडिरहे, चङ्गाले आकाश चुमिरह्यो।</p> <p style="text-align:justify">वित्तीय संस्थाले दिएको सुविधा घर किन्न चाहने नेपालीलाई थाहा हुँदैनथ्यो। बैंकको झन्झटिलो प्रक्रियामा फसिरहने समयमा पनि हुँदैनथ्यो उनीहरूलाई। कुन कामका लागि कुन बैंकले कसरी ऋण दिन्छ भन्ने सल्लाह दिन्थ्यो क्यापकर्नले। तालिम र सफ्टवेयरको माध्यमबाट ज्ञान लिएका हुन्थे उनीहरूले। त्यही&nbsp;ज्ञान व्यवसायको आधार थियो।</p> <blockquote> <p style="text-align:justify">&ldquo;त्यसबेला छोरो जन्मिएको भए अहिले जसरी हुर्कंदै हुन्थ्यो त्यसैगरी हामी कम्पनीलाई हुकाईरहेका छौं। हाम्रो छोरालाई जस्तो संस्कार दिइरहेका हुन्थ्यौं, व्यवसायमा पनि त्यही संस्कार अपनाइरहेका छौं।&rdquo;</p> </blockquote> <p style="text-align:justify">अष्ट्रेलियामा मोर्टजेग व्यवसायलाई &lsquo;थर्ड पार्टी डिस्ट्रिब्यूसन च्यानल&rsquo;को रूपमा लिइन्छ। यसरी काम गरेबापत बैंकले कसिशन दिन्छ। ग्राहकसँग कुनै शुल्क असुल्न पर्दैन। उनीहरूले निःशुल्क परामर्श र सेवा पाउँछन्। घर किन्न र बेच्नका लागि सबै प्रक्रिया यस्तै कम्पनीले पूरा गरिदिन्छन् र बैंकको सुविधा दिलाउँछन्।&nbsp;</p> <p style="text-align:justify">किरण भन्छन्, &ldquo;घर किन्ने उद्देश्यमा लोभ, डर र भावना मिसिएको हुन्छ। कसैलाई देखाउने उद्देश्य पनि हुन्छ। त्यस्तो भावना शेयर गर्ने ठाउँ भएन भने गलत निर्णय पनि लिन सकिन्छ। यही बेला सही सल्लाह दिने हाम्रो काम हो।&rdquo;</p> <p style="text-align:justify">&ldquo;अष्ट्रेलिया पुग्छन्, संघर्ष गर्छन् अलिअलि पैसा जम्मा भएपछि घर किन्छन् र कमाउँदै तिर्दै गर्छन्। मान्छेको जिन्दगीको कथा नै घरको वरपर घुमेको हुन्छ। यस्तो विषयमा सही निर्णय गर्न सकिएन भने जिन्दगीभर पछुताउनुपर्ने पनि हुन्छ&rdquo;, किरण भन्छन्, &ldquo;त्यही भएर अस्ट्रेलिायमा करीब ६० प्रतिशत होम लोन थर्ड पार्टी डिस्ट्रिब्यूसन च्यानलबाट जान्छ। ४० प्रतिशत मात्रै बैंकले सिधै लगानी गर्छ। त्यसको मतलब ऋण लिने मान्छेले पनि बैंकभन्दा बढी मोर्टगेज ब्रोकरलाई विश्वास गर्छन्।&rdquo;</p> <p style="text-align:justify">सन् २०११ देखि अहिलेसम्म किरणले क्यापकनबाट मात्रै करीब १३ सय घर खरीद-विक्री गरिदिएका छन्। त्यति नै मान्छे उनको कम्पनीसँग ठोक्किएर फर्किएका छन्।</p> <p style="text-align:justify">यही नेपाली समुदायलाई सेवा दिँदा मात्रै पनि किरणको कम्पनी अष्ट्रेलियाको उत्कृष्ट २० मोर्टगेज ब्रोकर मध्येमा पर्छ।&nbsp;</p> <p style="text-align:justify">&ldquo;अष्ट्रेलिया सरकारले हरेक वर्ष उत्कृष्ट १०० मोर्टगेज ब्रोकरको सूची सार्वजनिक गर्छ। त्यसमा सन् २०१८ मा क्यापकर्न २०औ स्थानमा छ। त्यसअघि ४२औं स्थानमा थियौं&rdquo;, किरणले आफ्नो व्यावसायिक सफलता सुनाए। उनीहरूले बैंकमा गरेको &ldquo;बुक भ्यालु&rdquo;को आधारमा व्यवसायको आकार तय हुन्छ। सन् २०१८ मा ११५ मिलियन अष्ट्रेलियन डलर अर्थात करीब साढे नौ अर्ब नेपाली रूपैयाँ बराबरको ऋण स्वीकृत गराएको&nbsp;थियो उनको कम्पनीले।&nbsp;</p> <div aria-label=" image widget" contenteditable="false" role="region" style="text-align: center;" tabindex="-1"> <figure class="image" data-widget="image"><img alt="" height="533" src="https://www.dekhapadhi.com/storage/photos/shares/Feature Photo/0Kiran-Thapa/Kiran-thapa3.JPG" width="800" /> <figcaption>तस्वीर: गोपेन राई।</figcaption> </figure> </div> <p style="text-align:justify">नेपालीमाझ व्यवसाय गरेर स्थापित हुन पाएकोमा किरण गर्व गर्छन्। भन्छन्, &ldquo;नेपालीहरूको समस्या समाधानमा सहयोगी बन्न पाएको छु। दलाल भनेर हेला गरिने कामलाई पनि सम्मानित व्यवसाय हो भनेर स्थापित गर्न सकेको छु। मैले कति कमाएँ भन्दा पनि पेशालाई स्थापित गर्न सकेकोमा गौरवान्वित छु। पीएचडी गरेर पनि ब्रोकर बन्न हुन्छ भनेर उदाहरण प्रस्तुत गरेको छु।&rdquo;</p> <p style="text-align:justify">क्यापकनमार्फत् अष्ट्रेलियामा सफल भएका उनी अहिले व्यवसाय विविधिकरणमा ध्यान दिइरहेका छन्। अबको पाँच वर्षमा क्यापकनलाई अष्ट्रेलियाको शेयर मार्केटमा सूचीकृत गराउने उनको योजना छ।&nbsp;</p> <p style="text-align:justify">मोर्टगेज व्यवसाय बाहेक अन्यत्र पनि हात हाल्ने योजनालाई अन्तिम रूप दिइसकेका छन् उनले। त्यसैका लागि उनले तीन महीना अगाडी ललितपुरको पाटनमा अफसोर कम्पनीको रूपमा क्यापकनको कार्यालय खोलेका छन्। जहाँ आठ जना नेपाली काम गर्छन्। उनी भन्छन्, &ldquo;जति उचाइमा पुग्ने हो त्यति नै गहिरो जग चाहिन्छ। त्यसैको तयारी स्वरूप नेपालमा अफिस खोलेका हौं।&rdquo;</p> <p style="text-align:justify">मोर्टगेज बाहेक &lsquo;पर्पल लभ&rsquo; ब्राण्डमा पर्यटन व्यवसायमा सहभागी हुँदैछन् उनी। अष्ट्रेलियामा मखमलीको बगैंचा बनाउने र पर्यटक भित्र्याउने उनको योजना छ। जसका लागि अष्ट्रेलियाकै तास्मानीय राज्यमा ७१३ रोपनी जग्गा किनिसकेका छन् उनले। अष्ट्रेलियामा यो प्रोजेक्ट सक्नासाथ त्यस्तै मखमली बगैंचा नेपालमा पनि बनाउने किरणको योजना छ। &nbsp;&nbsp;</p> <p style="text-align:justify"><strong>नजन्मिएको छोरोले दिलाएको सफलता</strong><br /> उनलाई सफताको शिखरमा चढाएको क्यापकन किरणका लागि नजिन्मिएको छोरो बराबर हो। यसमा उनको आफ्नै कथा छ। उनले २००६मा छोरो जन्मिदा अस्पतालले नाम माग्यो। छोराको नाम उनीहरूले सोचिसकेका थिएनन्। अस्ट्रेलियन समुदायलाई पनि सुहाउँदो नेपालीले पनि अप्ठ्यारो नमान्ने नाम चाहिन्थ्यो। उनले यसो सोचे र भनिदिए-कायरोन।</p> <p style="text-align:justify">केही वर्षपछि फेरि अर्को बच्चा जन्मिने भयो। बुढाबुढीले बेलैमा सल्लाह गरे। छोरी जन्मिए क्रिस्टी र छोरा जन्मिए क्यापकन राख्ने निर्णय गरे। संयोगवश उनीहरूको छोरी जन्मिइन्। उनीहरूले जुराएको एउटा नाम फाल्टु रह्यो। त्यही&nbsp;नाममा कम्पनी खोले-क्यापकन।&nbsp;</p> <p style="text-align:justify">किरण भन्छन्, &ldquo;त्यसबेला छोरो जन्मिएको भए अहिले जसरी हुर्कंदै हुन्थ्यो त्यसैगरी हामी कम्पनीलाई हुकाईरहेका छौं। हाम्रो छोरालाई जस्तो संस्कार दिइरहेका हुन्थ्यौं, व्यवसायमा पनि त्यही संस्कार अपनाइरहेका छौं।&rdquo;</p> <p style="text-align:justify">उनीहरूको यही संस्कार,&nbsp;व्यवहारले ग्राहक सन्तुष्ट छन्। ग्राहकको त्यही सन्तुष्टीले कम्पनीलाई शिखर पुर्&zwj;याइरहेको छ। अष्ट्रेलियामा किरण छाइरहेका छन्।&nbsp;</p> <p style="text-align:justify"><iframe frameborder="0" height="590" scrolling="no" src="https://www.youtube.com/embed/JQ5ZT7hmyO4" width="960"></iframe></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्