मुख्य चुनौतीहरू के–के छन् ?
खासगरी ५० ओभरको क्रिकेट सोचेअनुरूप हुन सकेको छैन। पछिल्लो चार वर्षमा राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन्। जिल्ला र क्षेत्रीय स्तरका प्रतियोगिता पनि भएनन् । टी–२०मा सबैको फोकस छ। टी–२० फ्रेन्चाइज्ड लिगहरू मात्र भए । हामीले वान डे क्रिकेटलाई महत्वका साथ अगाडि बढाउनुपर्ने छ।
टु डे फर्म्याटलाई पनि अगाडि बढाउनुछ । टु डे नहुँदा नेपालको ब्याटिङ समस्या रहिरहने हो कि भन्ने डर छ। त्यसैले खेलाडीलाई लामो फम्र्याटको क्रिकेट खेल्न अभ्यस्त गराउनुछ । त्यसका लागि सबै किसिमको तालिम, पूर्वाधार र प्रतियोगिता चाहिन्छ।
त्यसो भए ५० ओभरको क्रिकेटको निरन्तरता नै मुख्य लक्ष्य हुनेछ ?
हो । किनभने हामीसँग बेन्च स्ट्रेन्थ छैन। सिनियर टामको पनि वैकल्पिक टीम भएन। सिनियर टिममा कुनै बेला खेलाडी इन्जर्ड भए। प्रदर्शन राम्रो भएन। बाहिर बस्नुपर्यो भने त्यसको ठाउँमा नेपाल ‘ए’ वा त्यस्तै खालको उमेर समूहको यू–२३ टिम बनाउने कि ? एउटा छुट्टै कोच र छुट्टै स्पोनसर राख्ने कि भन्ने छलफल पनि भइरहेको छ ।
हाम्रो वान डे स्टेटस तीन वर्ष बाँकी छ। हामीले उत्कृष्ट खेल्नुपर्छ । राम्रा राष्ट्रसँग खेल्ने अवसर पाउनुपर्यो । नेपाल भन्दा राम्रो स्तरको राष्ट्रसँग वान डे ट्रायङ्गुलर सिरिज खेल्नुपर्छ । हामीले पहल गर्नुपर्यो। त्यस्ता टिमला सहमत गराउनु पर्यो। आईसीसीसँग लबिङ गर्नुपर्यो। अफगानिस्तान जस्तो टिमसँग खेल्न पायौँ भने पनि फाइदा हुन्छ। त्यसपछि अर्को चार वर्षको लागि ओडिआई स्टेटस जोगाउनुपर्नेछ।
अब खेलाडीको संख्या बढाउनुपर्छ। ३५–४० खेलाडीलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा राख्नुपर्छ। यू–२३ का खेलाडीलाई पनि राख्ने हो। त्यसलाई नेपाल राइनोज वा नेपाललाई चिनाउन अर्कै कुनै नाम दिन सकिन्छ ।
क्यान निलम्बन हुँदा टी–२० लिगहरू पनि धेरै भइरहको छन्। अब त्यसका लागि पनि एउटा मापदण्ड बनाउनुहुन्छ कि ?
क्रिकेटको गभर्निङ बडी नहुँदा क्यानले गर्नुपर्ने नेपाल प्रिमियर लिग हुन सकेन। अब त्यो गर्नु जरुरी छ। सबभन्दा पहिला नेपाल प्रिमियर राष्ट्रिय लिग खेलाउनुपर्छ । टी–२० फ्रेन्चाइज्ड लिग हुन्छ।
क्षेत्रीय स्तरका फ्रेन्चाइज लिगहरु छन् आइसीसीबाट मान्यता पाएका। क्यान थिएन। हामी क्यान एड्भाइजरी ग्रुपमा हुँदा सोधेको चाँही थियो। त्यस्ता तीन वटा प्रतियोगिता छन्। उनीहरुको कानूनी हैसियत के छ ? नेपाल क्रिकेट संघको विधान अनुरूप छरछैन। कसैप्रती पूर्वाग्रही नभइ यस्ता कुरा हेर्छौं । सरोकारवालासँग छलफल गर्छौं। नियमसंगत रहेनछन् भने त्यसलाई सच्याउनुपर्छ ।
क्यान निलम्बन हुँदा आईसीसीबाट आउने ‘फण्ड’ रोकिएको छ। स्पोनसर पनि कम छ। भौतिक पूर्वाधार पर्याप्त छैन । यी सबैमा के पहल गर्नुहुन्छ ?
निलम्बन हुँदा नेपालले पाउनुपर्ने फण्ड आइसीसीमै छ। नेपालको कोटाको पैसा उनीहरू आफैंले खर्च गरिरहेको छ । कति बाँकी छ, थाहा छैन। कसले गरेको छ, कोही प्रतिनिधिमार्फत् पो गरेको छ कि वा सिधै खर्च गरेको छ, यसबारेमा केही थाहा छैन । हामीलाई त्यसबखत तपाईहरूले आर्थिक कारोबार गर्न पाउनुहुन्न भनिएको थियो ।
त्यसबारेमा अध्ययन गर्छौं। सबै कुरा त निलम्बन फुकुवापछि नै थाहा पाइने छ ।
अर्को, पूर्वाधारबारे सरकारसँग, राष्ट्रिय खेलकुद परिषद्सँग सल्लाह गर्छौं। राखेपले निर्माण गर्न लागेका ८–९ वटा खेल मैदानहरू चाँडो सम्पन्न गराउन पहल गर्छौं।
निर्माण व्यावसायीले ठेक्का लिने तर काम समयमा नगर्ने अवस्था छ। त्यसैले राखेप र खेलकुद मन्त्रीसँग सल्लाह गरेर अगाडि बढ्छौं।
स्पोनसरबारे निलम्बन अघि सम्झौता गरिएको थियो । तर कार्यान्वयन हुन सकेन। अब त्यसको समस्या हुँदनै।
हरेक प्रतियोगिताले स्पोनसर पाउँछ। खेलाडीले यस्तो राम्रो प्रदर्शन गरेको छ। टीभी राइट्सहरु पनि होला। धेरै कर्पोरेट हाउसहरु छन्। उनीलाई कन्भिन्स गर्नुपर्यो । उनीहरु पनि नेपाली क्रिकेट अगाडि बढोस् भन्ने नै चाहन्छन् । नेपालको नाम विश्वामा चिनाएको क्रिकेटले नै हो । उनीहरूले पनि सहयोग नगर्ने भन्ने हुँदैन । उनीहरूलाई पनि फाइदा हुन्छ।
खेलाडीसँग ‘सेन्ट्रल कन्ट्रायक्ट’ पनि भएको थियो । अब त्यो के हुन्छ ?
त्यसले निरन्तरता पाउँछ ।
घरेलु संरचनामा परिवर्तन गरी उमेरगत प्रतियोगिता गर्ने हो । काठमाडौं बाहिर प्रदेशस्तरीय प्रतियोगिताहरु पनि गर्नुछ ।
बीचमा आईसीसीले पनि केही फेरबदल गरेको भन्ने सुनिएको थियो ?

चार वर्षको कार्यकालका लागि तपाईको टीम आएको छ। यति लामो अवधिका लागि के–के योजना छन् ?
लामो समयका योजना सबैसँगको सल्लाहमै बनाउने हो । केन्द्रीय समितिका सबै बसेर योजना बनाउने हो। अहिले क्रिकेटमा काम गरिरहनुभएका अग्रज साथीहरू र निर्वाचनमा पारजित भएकाहरू सबैसँग बसेर योजना बनाउने हो ।

टीयू मैदानले मात्र पुग्दैन । यसलाई अन्तर्राष्ट्रिय भेन्यु मात्र बनाउनुपर्छ । अत्यावश्यक कुनै राष्ट्रिय प्रतियोगिता त्यहाँ गर्न सकिन्छ । अन्य अभ्यासका लागि मूलपानी मैदान प्रयोग गर्ने हो । उमेर समूहका प्रतियोगिताका लागि प्रदेशमा जहाँ सुविधा छ त्यहाँ नै गर्नुपर्छ ।