लामो समयसम्म पश्चिमाहरुले इतिहास आफ्नै पक्षमा रहेको सोचे । त्यसैले विश्वको भविष्य आफ्नो कल्पना अनुसार हुनुपर्छ भन्नेमा उनीहरुको जोड थियो । शीतयुद्धको समाप्ति र सोभियत संघको विघटनपछि त झन् यो मान्यता अझ बलियो भयो ।
साँच्चै नै, भविष्य पश्चिमाकै थियो । त्यो भन्दा बाहिर सोच्न सक्ने स्थिति पनि थिएन ।
विचार नगरिएको पाटो के थियो भने, शीतयुद्धको समाप्तिभन्दा पहिले, अझ ठ्याक्कै भन्नु पर्दा सन् १९७८ बाटै चीनले आधुनिकीकरणको युग शुरु गरिसकेको थियो । इतिहासले पुष्टि गर्नेछ, चीनका लागि सन् १९८९ भन्दा १९७८ को महत्व बढी छ ।
सन् १९७८ मा तङ स्याओ पिङ चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेताका रुपमा चुनिएका थिए भने सन् १९८९ मा उनले नेतृत्व हस्तान्तरण गरेका थिए ।
तङका पालादेखि नै चीनको आधुनिक इतिहास सुरु भएको मानिन्छ ।
आधुनिक चीनको उदय भएसँगै पश्चिमा मूलुकले चीनलाई बुझ्ने तरिका पनि फरक पर्दै गयो ।
तङले थालेको आर्थिक र राजनीतिक सुधारले ‘चीन पनि पश्चिमा देशजस्तै समृद्ध हुन्छ, भएन भने असफल राष्ट्र हुन्छ’ भन्ने सबैको आकलन थियो । वास्तवमा चीन सफल भयो पनि ।
चीनको राजनीतिक व्यवस्था भने पश्चिमाहरुले सोचे जस्तो भएन । उनीहरु आफ्नै मूल्य मान्यताका आधारमा अघि बढ्दै गए । देशको अर्थतन्त्र झन् भन्दा झन् बलियो हुँदै गयो । यस अर्थमा चीन पश्चिमा देशभन्दा फरक रह्यो । अझै पनि चीन पश्चिमा देशभन्दा पृथक रहने प्रक्रियामा नै छ ।
पश्चिमा विज्ञले अपेक्षा गरे जस्तै न चीनको अर्थतन्त्र लामो समयपछि धराशायी बन्यो, न त पश्चिमाले व्याख्या गरेजस्तो प्रजातन्त्रका लागि त्यहाँका जनताले संघर्ष नै गर्नुपर्यो । बरु, पश्चिमा देशमा राजनीति र अर्थतन्त्रमा ठूलो हुन्डरी ल्याउन सफल भयो ।
सन् २००७–०८ को आर्थिक मन्दीले पश्चिमा देशको अर्थतन्त्रमा ठूलो समस्या सिर्जना गर्यो । यो मन्दीले सन् १९३० को ‘महामन्दी’भन्दा पनि बढी असर पश्चिमा देशलाई गर्यो ।
सन् २००७–०८ को आर्थिक मन्दीको प्रभाव कतिसम्म विकराल थियो भने सन् २०१५–१६ सम्म पनि यसका असर कायम रहे । परिणामस्वरुप, नवउदारवादको अवसान हुन पुग्यो । त्यहाँको शासक वर्ग कमजोर हुन पुग्यो । सरकारी संस्था विघटनको संघारमा पुगे ।
अहिले संयुक्त राज्य अमेरिका र यूरोपेली संघको साख इतिहासमै कमजोर बन्न पुगेको छ ।
उदीयमान देशहरुको नेतृत्व गरेका चीन र भारतले मात्र अहिले विश्वको कूल गार्हस्थ उत्पादनमा ६० प्रतिशतभन्दा थोरै मात्र कम योगदान गर्छन् । जबकि, १९७० को दशकको मध्यसम्म पनि विश्व अर्थतन्त्रमा यी दुई देशको योगदान करीब ३३ प्रतिशतको हाराहारीमा थियो ।
पश्चिमा प्रभूत्वले अवश्य पनि एउटा छाप छोडेको छ । तर यो प्रभुत्व सदा कायम हुने थिएन । त्यसो त कुनै पनि प्रभुत्व शाश्वत हुँदैन ।
दोस्रो विश्वयुद्धपछिको ठूलो उपलब्धि भनेको विकासशील देशहरुको उदय हो ।
विश्वको करीब ८५ प्रतिशत जनसंख्या विकासशील देशमा छ । पहिलेका विकसित देशमा भने अहिले जम्मा १५ प्रतिशत मात्र जनसंख्या छ ।
विकासशील देशले पश्चिमा देशबाट धेरै कुरा सिकेका छन् तर ती पश्चिमा नै हुने सम्भावना भने छैन । यो मामिलामा चीन एक उल्लेखनीय उदाहरण हो । चीन राष्ट्र–राज्य मात्र नभएर एक सभ्यता पनि हो । यो तथ्य पश्चिमा राज्यले बुझेका छैनन् र बुझ्ने कोसिस गरेका पनि छैनन् ।
चीनको राज्य र समाजबीचको सम्बन्ध पश्चिमाको भन्दा निकै फरक छ । यो शासन प्रणालीको एउटा नौलो तरिका पनि हो । अमेरिका र अरु पश्चिमा देशजस्तै चीन साम्राज्यवादी होइन । चीनको इतिहास र संस्कृति पश्चिमाको भन्दा निकै फरक छ । त्यसैले चीन पश्चिमा जस्तै हुन सक्दैन र हुने अपेक्षा पनि गर्नु हुँदैन ।
यूरोपको उदयले विश्वलाई परिवर्तन ग¥यो । अमेरिकाको उदयले पनि विश्व परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्यो । विश्वशक्तिका रुपमा उदय हुँदै गरेको चीनले पनि विश्वलाई त्यति नै र त्यो भन्दा ठूलो मात्रामा परिर्वतन गर्ने अपेक्षा गर्न सकिन्छ । यो भन्दा फरक तरिकाले सोच्नु यथार्थ भन्दा पर र इतिहास विपरीत हुन जान्छ ।

अमेरिकाले नेतृत्व गरेको विश्वमा चीन पश्चिमाजस्तो देश हुन्छ भन्ठान्नु भ्रम हो । तर, चीनले त्यो सबै कुरा निमिट्यान्न पारेर आमूल रुपमा नयाँ सुरुवात गर्छ भन्ने पनि कल्पना गर्न सकिँदैन ।
यसरी सोच्नु चीनको परम्परा विपरीत हुन्छ ।
साम्राज्य विस्तारका क्रममा यूरोपले देखाए जस्तो सैनिक दम्भ होस् वा अमेरिकाले अहिले गरे जस्तै काम चीनले आगामी दिनमा गर्न सक्छ भनेर नसोच्दा हुन्छ ।
विश्वलाई हेर्ने चिनियाँ दृष्टिकोण ठिमाहा खालको छ । यसले हरेक थोकको अँध्यारो र उज्यालो पाटो (यिन एन्ड याङ) लाई स्विकार्छ । पश्चिमाहरु एकात्मकतामा बढी जोड दिन्छन् भने चिनियाँहरु बहुलतामा ।
यस मामिलामा चिनियाँहरु तत्कालीन सोभियत संघभन्दा पनि फरक मत राख्छन् । सोभियत संघले विश्वलाई बहुपक्षीय वा एकपक्षीय रुपमा हेथ्र्यो तर चिनियाँहरु व्यवहारवादी छन् । पश्चिमाका धेरै पक्षका प्रशंसक पनि हुन् चिनियाँ । त्यसबाट आकर्षित पनि छन् । त्यसो गर्न जरुरी पनि छ । तर उनीहरु पश्चिमा जसरी आफूलाई विशिष्ट ठान्दैनन् । पश्चिमाले दावा गरेजस्तो आफू मोडल हौं भन्ने पनि ठान्दैनन् । आफ्नो नक्कल अरुले पनि गरुन् भन्ने अपेक्षा पनि राख्दैनन् ।
चीनले कति युद्ध लड्यो भन्नेबाटै विचार गर्न सकिन्छ । चीनको विशिष्ट स्वभावका कारण नै पूर्र्वी एसियाली क्षेत्र यूरोपको तुलनामा लामो समय शान्तिपूर्ण अवस्थामा रह्यो ।

हामीले पश्चिमा मूल्य मान्यतालाई उदारवादसँग दाँजेर त्यसलाई बचाउने बहानामा बहस गर्नु हुँदैन । यस्ता धेरै परम्परा र संस्कृति छन् जो विश्वलाई समृद्ध बनाउन सक्षम छन् । यसै पनि पश्चिमले निकै कम जनसंख्याको मात्र प्रतिनिधित्व गर्छ ।
पश्चिमाहरुले विश्वास गरे जस्तै विश्व अबका दिनमा एकात्मक हिसावले चल्नेवाला छैन । बरु, चिनियाँ मूल्य मिश्रित बहुलतामा आधारित भएर जाने सम्भावना छ । चीनसहित पूर्र्वी एसियाली संस्कृति पश्चिमाको एकात्मक संस्कृति भन्दा बढी सामुदायिक र पारिवारिक प्रकृतिको छ । यस्तो आफ्नै मौलिकता भएको संस्कृतिमा आमूल परिर्वतन होला भनेर चिन्ता गरिहाल्नुपर्ने अवस्था पनि आइसकेको छैन ।
अहिलेको समयमा ठूलो चुनौती भनेको चीनको उदय होइन । बरु, चीनको उदयलाई अमेरिकाले कसरी लिन्छ र आफनो प्रभाव निस्तेज हुँदै गएको घटना कुन रुपमा लिन्छ भन्ने चासो मुख्य हो ।
केही पक्षमा परिवर्तन पनि होला, केही पक्षमा पनि अहिलेको अवस्था भन्दा खराब होला तर केही पक्षमा अहिले भन्दा राम्रो हुन पनि सक्छ । बिर्सन नहुने तथ्य के हो भने, अमेरिकाले नेतृत्व गरेको विश्व व्यवस्थामा उसले भने जस्तो केही उदारता र प्रजातान्त्रिक छै्रन । अन्तर्राष्ट्रिय (अरु देशका) विषयमा पश्चिमा नेतृत्वको व्यवहार निरंकुश प्रकृतिको छ ।

अमेरिकामा बढ्दै गएको अनुदारवादी चरित्र हठात् निम्तिएको आकस्मिक परिस्थितिको परिणाम मात्र होइन । विश्व व्यवस्थाबाटै कमजोर बन्दै गएको अमेरिकी प्रभाव केही समय भरथेग गर्न सकिएला कि भनेर उसले गरेको प्रयासको सूचक हो ।
हामीले यो बुझ्नुपर्छ, पश्चिमा प्रजातन्त्रको नारा उनीहरुको प्रभाव विस्तार भएपछि मात्र आएको हो । तर प्रजातान्त्रिक विचारले मात्र विगतको पश्चिमा प्रभाव धान्न सक्ला? यदि पश्चिमा मूलुकहरु आफ्नो मूल्य मान्यतालाई नवीन बनाई राख्न र चीनको बढ्दो प्रभावसँग प्रतिस्पर्धा गर्न सक्षम भएमा मात्र विश्वमा उनीहरुको अस्तित्व रहन सहज हुने ।
(‘ह्वेन चाइना रुल्स दी वल्र्ड’ पुस्तकका लेखक मार्टिन ज्याक्स बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक हुन् । यो लेख ‘द इकोनोमिस्ट’मा २०१८ जूनमा प्रकाशित उनको आलेखको भावानुवाद हो ।)
पढ्नुहोस्
आजको चीन १- हामीले नचिनेको चीन
" />

">