हरेक मान्छे प्रेममा पर्दैनन्। न त हरेक मान्छेमा प्रेम गर्ने साहस हुन्छ। यो देशमा, मान्छे केवल कल्पनामा प्रेम गर्छन्। सपनामा गर्छन्। मलाई थाहा छैन, संसारका अन्य ठाउँतिर कस्तो छ। तर, भारतमा प्रेम गर्नु भनेको समाज अनि धर्मले लागू गरेका असङ्ख्य प्रतिबन्धसँगको संघर्ष हो। यहाँसम्म कि हाम्रो घरको चार भित्ताभित्र पनि प्रेम एक वर्जित विषय भएर रहेको छ।
'के तिम्रो जीवनमा कोही विशेष मान्छे छ ?' देशका कति आमा- बाबाले यस्तो प्रश्न छोराछोरीलाई सोधेका होलान्, 'के तिमी कसैलाई मन पराउँछौं ?'
हामीमध्ये कतिले आफ्नो छोरीसँग सोध्ने साहस गरेका छौं, 'के तिमी प्रेममा छौ ?'
जहाँ आई लभ यू भन्दा धेरै पर-परसम्म छ प्रेमको फॉट। कमसेकम यति सानो सहयोगको कमीले प्रेमलाई केवल आई लभ यू भन्नुमा सीमित गरिदिन्छ। पहिले त हामीलाई सिनेमाले प्रेमबारे कल्पना गर्न सिकाउँछ। यो दैविक पागलपनको कारिगर म हरेक हप्ता रिलिज हुने फिल्महरूलाई मान्छु। केवल हामीलाई प्रेम गर्न सिकाउनका लागि पुस्ता-पुस्ताका फिल्म निर्माता, गीतकार अनि सङ्गीतकारहरूले आफूसँग भएजति कल्पना शक्ति खर्च गरेका छन्। पहिलोचोटि लुकीलुकी कसैलाई कसरी हेर्ने ? त्यो पनि हामीलाई सिनेमाले सिकाउँछ। अनि दुर्घटनावश कसैका अगाडि ठोक्किने छल सिकाउने पनि त सिनेमा नै हो। यही प्रक्रियामा हामीमध्ये कतिलाई फिल्मले प्रेमी बनाइदिएको छ त कतिलाई लफंगा।
एक दुजे के लिए (१९८१) एक शक्तिशाली फिल्म थियो। किनकि हिन्दी सिनेमामा प्रेमीहरूले प्रेमका लागि अनि उनीहरूले कल्पना गरेको विशाल भारतका निम्ति भाषा अनि भाषिक संस्कृतिको पर्खाल तोडेर ज्यानको बाजी लगाएका थिए। नत्र छतमा चढेर दिनरात गरिने खासखुसमै सीमित हुने थियो प्रेम।
कमल हसन अनि रति अग्निहोत्रीको त्यो जोडी। वाह ! आज पनि हामीलाई रुवाइदिने क्षमता राख्न सक्छन्। पहिलोचोटि एउटा फिल्मले समग्र भारतको सतही अनि फर्जी धारणालाई चुनौती दिएको बेला थियो। त्यसलाई हामीले लामो समयदेखि आफूभित्र पालेर राखेका थियौँ।
मेरे जीवन साथी/ प्यार किये जा - जस्ता फिल्मको नामलाई समेटेर गीत लेख्नु सामान्य कला मात्र होइन। एक हिन्दीवाली कुनै तामिलवालासँग प्रेममा पर्न सक्ने सम्भावनाको बाटो देखाउनु पनि हो।
फिल्मको टाइटलबाट कसैले प्रेमको भाषा निर्माण गर्न सक्छ। कसैले तमिलनाडुको कुनै जिल्ला वा शहरको नामबाट आफ्नो प्रेमीलाई बोलाउन सक्छे। आफ्नो प्रेमीसँग बोल्न सक्छे अनि गीत गाउन सक्छे।
फिल्महरूले हामीलाई असल प्रेमी मात्र बनाएको छैन। मुम्बइबाट निस्कने फिल्महरू हमेसा गरीब अनि धनीबीच उभिएको पर्खाललाई तोड्ने कोसिसमा लागिरहे। यिनीहरूको प्रेमिल क्रान्तिको परिधि यतिसम्म थियो।
चाँदी की दिवार ना तोड़ी
प्यार भरा दिल तोड दिया
एक धनवान की बेटी ने
निर्धनका दामन छोड़ दिया।
(उनले चाँदीले बनेको पर्खाल तोडिनन् तर प्रेमले भरिएको एउटा मन तोडिन्। एक धनीकी छोरीले गरीबको प्रेम तोडिन्।) विश्वास, १९६९।
यहाँ प्रेमको पीडालाई महसूस गरी हेर्नुहोस्। धनी महिलाहरू जहिल्यै दिल तोड्छन्। उनीहरू प्रेममा धोकेबाज निस्कन्छन्। तर केही फिल्म यस्ता पनि छन्, जहाँ धनी महिलाहरूले आफ्नो प्रेमीसँग जीवन बाँच्नका लागि हरेक कुरा छोडेर आउँछन्। तर, फिल्मद्वारा भनिने सबभन्दा प्रबल कथाको रूप लगभग उस्तै किसिमका थिए। प्रेमको सानो संसारभित्र धन मात्र होइन, जात पनि हाबी हुन्छ। हरेक प्रेमीले आफ्नो जातको रेखाभित्रै रहेर प्रेमको सम्भावनालाई अन्वेषण गर्नपर्ने स्थिति हुन्छ।
कोही मुसलमान राजनीतिज्ञ यस्ता छन्, जसका पत्नी हिन्दू घरानाकी हुन्। अनि यस्ता हिन्दू राजनीतिज्ञ पनि छन्, जसले मुसलमान महिलासँग विवाह गरेका छन्। निश्चय नै ती प्रेम विवाह थिए, तर आफ्नो प्रेमलाई उनीहरू जनता अगाडि खुल्ला रूपले देखाउन अस्वीकार गर्छन्। तिनीहरू आफ्नो पारिवारिक पृष्ठभूमिको कारण भोटमा आउने घाटासँग डर मान्छन्।
असङ्ख्य प्रेमीले हिन्दी रजतपटलाई चम्किलो पारेका छन्। तर, तिनीहरू केवल दुई सुन्दर शरीर हुन्। तिनीहरूको धर्म हुँदैन न जात हुन्छ। फिल्म निर्माताहरूको फेन्टासीभित्र प्रेम पनि केवल फेन्टासीजस्तो नै हुन्छ। गीतकारहरूले यस्ता गीत लेखेका छैनन्, जहाँ एक प्रेमीले आफ्नी प्रेमिकाको सामाजिक पृष्ठभूमिको सामना गरेको होस् वा त्यसमाथि प्रश्न गरेको होस् हरेक हिरो उच्च जातका हुन्छन्- कि पूर, कि माथुर कि सक्सेना। हिरोइन जोकोही हुन सक्छन् या त लिली, मिली वा सादा सिल्ली। पूर्णरूपले तयार परेर कोही बेला हिरोइन आकाशबाट झर्छिन्। आकाशबाट झरेका यस्ता खाले हिरोइन नैतिक हिसाबले शुद्ध पनि हुनुपर्छ।
किसी शायर की गजल, ड्रिमगल।
किसी झिल का कमल, ड्रिमगल।
हिन्दी सिनेमाका असङ्ख्य कथाले प्रेमलाई यथापूर्वस्थितिको पोषण गर्ने वस्तुको रूप दिएका छन्। तर, प्रेम कहिल्यै यथापूर्वस्थितिमाथि अडिंदैन। सबभन्दा पहिले प्रेमले जातको पर्खाल तोड्नैपर्ने हुन्छ। हिन्दू-मुस्लिम समाजबीच एकताको सन्देश हाँक्ने फिल्म पनि सचेत तरिकाले हिन्दू-मुस्लिम कित्ताका प्रेमकथाहरूबाट टाढा रहेको महसूस गर्न सकिन्छ। कुनै पनि यस्तो फिल्म मेरो सम्झनामा आउँदैन, जहाँ एक मुस्लिम युवतीले हिन्दू युवकको हात च्याप्प समातेर भनेकी होस्- आई लभ यू। कुनै पनि कपुर हिरो एक दलित महिलासँगको प्रेमका लागि आफ्नो घर छोडेर हिँडेको छैन। अहो, म पनि ! फिल्मबाट सामाजिक परिवर्तनको आशा गरिरहेछु। कम अन रवीश !
वास्तवमा, हाम्रो राजनीतिले पनि त्यस्तो प्रेमलाई स्वीकृति दिँदैन, जसले जात अनि धर्मको पर्खाल तोड्छ। कोही मुसलमान राजनीतिज्ञ यस्ता छन्, जसका पत्नी हिन्दू घरानाकी हुन्। अनि यस्ता हिन्दू राजनीतिज्ञ पनि छन्, जसले मुसलमान महिलासँग विवाह गरेका छन्। निश्चय नै ती प्रेम विवाह थिए, तर आफ्नो प्रेमलाई उनीहरू जनता अगाडि खुल्ला रूपले देखाउन अस्वीकार गर्छन्। तिनीहरू आफ्नो पारिवारिक पृष्ठभूमिको कारण भोटमा आउने घाटासँग डर मान्छन्। तर के समाजको ढाँचा यस्तै छ त ? हो, यो सत्य हो। तर, यही समाजको अर्को रूप पनि छ, जहाँबाट प्रेमिल क्रान्तिको उभार आउने सम्भावना उत्तिक तीव्र छ। जनताले जात अनि धर्मका पर्खाल भत्काउँछन् अनि बाँच्छन् पनि।
तपाईंलाई हेक्का होला मैले पर्खाल शब्दलाई अहिलेसम्म कतिचोटि प्रयोग गरिसकें ? यो वास्तवमै एउटा ट्रेजेडी हो। भारतमा पर्खालविनाको प्रेम सम्भव हुँदैन। यहाँसम्म कि क्षमाबिना पनि प्रेम सम्भव हुन्छ। तर, पर्खालबिनाको प्रेम असम्भव। प्रेम एक जटिल विषय हो। यसले तपाईंलाई एक विद्रोही बनाइदिन्छ। पागल बनाइदिन्छ- बावला वा बावली। तनाव यति धेरै हुन्छ कि तपाईंलाई हिन्दी सिनेमामा जस्तो स्वप्निल तरिकाले भाग्न मन पर्छ। तपाईंको पतलुन अनि जुत्ताले अचानक रङ फेर्छ अनि सेतो र चम्किलो बन्छ। तपाईंकी प्रेमिका सेतो गाउन लगाएर स्लो मोसनमा तपाईंतिर दौडेर आउँछिन्। तपाईंडरू एक अर्कालाई अँगालोमा बेर्नुहुन्छ। त्यसपछि शुरू हुन्छ गीत-
मैं से मीना से ना साकी से...ना पैमाने से
दिन बेहेलता हे मेरा आपके आ जाने से।
असल प्रेमीहरूलाई आफ्नो शहरबारे थाहा हुन्छ अनि उनीहरूलाई यसबारे धेरै कुरा थाहा हुन्छ पनि। ऋतुहरूको लय उनीहरूको मुटुमा धड्किन्छ। तिनीहरू जो प्रेममा परेका छैनन। उनीहरू शहरका वास्तविक बासिन्दा होइनन्।
खुदगर्ज (१९८७) फिल्मको यस गीतबाट हामीले एउटा कुरा भर्खरै थाहा पायौं, कसैको प्रेमी या प्रेमिका मनोरञ्जनका लागि एक विकल्प पनि हुन सक्छ। टीभीमा कुनै पनि गीत राम्रो बजिरहेको छैन। बाबासँग तपाईंको भर्खरै झगडा परिसकेको छ। त्यो सब भुलिदिनुहोस् अनि गीत गाउन शुरू गर्नुहोस्। गुलजार वा आनन्द बक्सीबाट तपाईंले गाउने गीत लेखाउन सकिन्छ। पलायन नै भारतमा प्रेमका लागि एकमात्र स्थान हो।
हाम्रा शहरहरूमा प्रेमका लागि उचित ठाउँ छैन। हाम्रा लागि पार्क भनेको यस्तो ठाउँ हो, जहाँ सयपत्री अनि बगनबेलिया फुल्छन्। जहाँ अवकाश लिएका केही मान्छे पाका जगिङका लागि आउँछन्। त्यहाँ एक-दई जोडी प्रेमी पनि हुन सक्छन्। तिनीहरूलाई क्वारक्वार्ती एकोहोरो हेरिन्छ। प्रेमलाई उचित ठाउँ चाहिन्छ। केवल प्रेमका लागि।
कुनै सुपर मलको किल्ला पछाडि उभिएर नै हाम्रो शहरका युगल प्रेमी खुब थाक्छन्। इयालमा हावाको झोक्का चलिरहेका बेला च्यादर, तौलिया वा अन्य कुराको पर्दा लगाएर प्रेम गर्दा उनीहरू खतराको गन्ध महसूस गर्छन्। सिनेमा हलको अन्धकारमा उनीहरू एकअर्काको हात समात्छन् अनि जब बत्ती जल्छ, आत्तिएर एक अर्काको हात छोडिदिन्छन्। आफूले भोग्नु परेको कष्टबारे प्रेमीहरूले कसैलाई भनेका छैनन्। फेसबुकमा पनि यसबारे लेखेका छैनन्।
मिलो ना तुम तो हम घबराएँ
मिलो तो आँख चुराएँ
हमेँ क्या हो गया है ?
हिर राँझा (१९७०) बाट लिइएको यो गीत सुन्दा एउटा प्रश्न सोध्न मन लाग्दैन-
हामी कहाँ भेट्न सक्छौं ?
तर भारतका प्रेमीहरूलाई मेरो सलाम छ। भेट्नका लागि कुनै ठाउँ बाँकी छैन तर पनि यिनीहरूले हार मानेका छैनन्। यिनीहरू हमेसा शहरबाट निस्कने बाटोको खोजीमा छन्। तपाईं अटो रिक्साको प्लास्टिक पर्दा तान्नुहुन्छ। गाडी भाडामा तपाईंका सबै पैसा सकिन्छ। खाली सिनेमा हलको आशामा तपाईंले झुर फिल्महरूको बक्स अफिस कलेक्सन बढाउन केही योगदान दिनु हुन्छ। छेउबाट हिंडेर जानेहरूको नजरलाई नजरअन्दाज गरेर आफ्नो शिर प्रेमीको काँधतिर झुकाउनुहुन्छ। बस, एकैछिनका लागि प्रेमीसँग बिताउने समयका लागि तपाईंले घन्टौँ संघर्ष गर्नुपर्ने हुन्छ। यस प्रकारको कामले तपाईंलाई एक कार्यकर्ता बनाइदिन्छ। प्रेमीहरूलाई यस प्रकारको जोखिमबारे थाहा हुन्छ। म कुनै नेता भएको भए हरेक शहरमा एक लभ पार्क निर्माण गरिदिने थिएँ अनि खुशीखुशी चुनावी हार स्वीकार्ने थिएँ। किनकि स्वाभाविकरूपमा समाजले हार स्वीकार गर्दैन।
इस्क कोई रोग नहीं भन्ने निद्राबाट तपाईं बाहिर निस्कनुहोस्। किनकि यस प्रकारको प्रेम एक रोग नै हो। प्रेमका लागि ठाउँ माग्नुहोस्। देशका ६५ प्रतिशत युवा जो ३५ वर्षभन्दा कम उमेरका छन्, उनीहरू केवल मसिनका नट र बोल्ट बनाउनका लागि मात्र होइनन् वा दोकान खोल्न अनि पकौडा बेच्नका लागि मात्र होइनन्। आफ्नैको बितिसकेको युवाले एक दिन तपाईंलाई एउटा प्रश्न गर्नेछ- प्रेमका लागि तपाईंले आफ्नो कति समय खर्च गर्नुभयो अनि कति समय कामका लागि दिनुभयो ? यदि तपाईंलाई कामसँग मात्र प्रेम छ भने जीवनको अर्थ के रह्यो ? यदि तपाईंलाई घन्टौँसम्म कसैको आँखाले तानेन भने तपाईंले यत्रो उमेरसम्म के हेरिरहनुभयो ? तपाईंले ससुरालीबाट पाएको दाइजोको अन्दाज लगाउन सक्नुहुन्छ। त्यसको मूल्य चाहे जतिसुकै होस्, तपाईंले त्यसभित्र आफ्नो आशिक पाउनुहुन्न, यो पक्का हो। दाइजो व्यवसायले प्रेम विवाहका लागि ठाउँ दिन ठाडै अस्वीकार गरिदिन्छ। संसारमा सायद महिलामात्र यस्तो चीज हो, जसको मूल्य मर्दको क्षमता अनि पहिचानले निर्धारित गर्छ। वास्तवमा बेहुली आफैंमा एक दाइजो हो। ए यो देशका नौजवानहरू, बरु डुबेर मर्नुहोस् !
प्रेमले हामीलाई मान्छे बनाउँछ। यसले केही हदसम्म जिम्मेवार बनाउँछ अनि हामी पहिले जस्तो थियौं, त्योभन्दा केही फरक एक असल मान्छे बनाउँछ। हरेक प्रेमी एक आदर्श मान्छे हुँदैन, न त हरेकचोटि असल भई निस्कन्छ। तर, जो प्रेम गर्छन्, उनीहरूसँग अरू केही नभए पनि एक असल संसारको कल्पना हुन्छ।
तपाईंको शहर इको-फ्रेन्ड्ली मात्र होइन, इश्क-फ्रेन्ड्ली पनि जरुरी छ। हामीले नै आफ्ना लागि बिना कुनै हतार, बिना कुनै हिचकिचाहट केही समयका लागि रहने एउटा ठाउँ निर्माण गर्न सक्छौं। यस्तो वातावरण जहाँ प्रेमको गन्ध पाएर लट्ठी टेक्दै अचानक प्रहरीको आगमन नहोस्। जहाँ आफ्नो कुलको सम्मान बचाउनेहरू बन्दुक अनि छुरा लिएर नआइपुगून्।
जब तपाईं प्रेम गर्न थाल्नुहुन्छ, कहिल्यै नपुगेको शहरका साँघुरो गल्लीबारे पनि थाहा हुन थाल्छ। तपाईंले शहरका गुप्त कुराहरू फेला पार्न थाल्नुहुन्छ। कति ठाउँमा प्रेमिकाको हात समातेर खुलेआम हिंड्न सक्नुहुन्छ। कति ठाउँ एक अर्कासँग अलि टाढा रहेर हिंड्न सिक्नुहुन्छ। प्रेमीहरू आफ्नो शहरलाई उनीहरूको कल्पनाअनुसार परिवर्तन गर्न चाहन्छन्। उनीहरूले कल्पना गरेको शहर गालिबको कविताको शहर होइन। असल प्रेमीहरूलाई आफ्नो शहरबारे थाहा हुन्छ अनि उनीहरूलाई यसबारे धेरै कुरा थाहा हुन्छ पनि। ऋतुहरूको लय उनीहरूको मुटुमा धड्किन्छ। तिनीहरू जो प्रेममा परेका छैनन। उनीहरू शहरका वास्तविक बासिन्दा होइनन्।
जिस तन को छुवा तुने, उस तन को छुपाउँ,
जिस मन को लगे नैना, वह किस को दिखाउँ। (रुदाली, १९९३)
आह ! हामी त्यस प्रेमको व्याख्या गर्न असफल हुन्छौं। प्रिय मीरा ! तिमी यही देशको जमिनमाथि प्रेमको उन्मादमा नाच्यौ। प्रेममै गायौ। के यो सत्य होइन ?
कहिलेकाहीं प्रेमले हामीलाई अलिकति असुरक्षित बनाउँछ। केही हिचकिचाहट पनि भरिदिन्छ। यस्तो केही गरेन भने तपाईंलाई यसले क्रूर बनाइदिन्छ। प्रेम गर्नु भनेको आई लभ यू भन्न होइन, प्रेम गर्नु भनेको कसैलाई चिन्नु हो, अनि त्यो कसैका लागि आफैंलाई चिन्नु हो। फेब्रुअरीको महीना छ। प्रेमिकाको खोजीमा आफ्नो सबै ऊर्जा खत्तम नगर्नुहोस्। आफूभित्र हेर्नुहोस्, अनि आफ्नो शहरलाई पनि। एउटा यस्तो शहर जहाँ प्रेम सम्भव छ। यस्ता सपनाहरूतिर केहीबेर गम्नुहोस्, जो कसैका लागि तपाईं पूरा गर्न चाहनुहुन्छ।
तपाईंको शहर इको-फ्रेन्ड्ली मात्र होइन, इश्क-फ्रेन्ड्ली पनि जरुरी छ। हामीले नै आफ्ना लागि बिना कुनै हतार, बिना कुनै हिचकिचाहट केही समयका लागि रहने एउटा ठाउँ निर्माण गर्न सक्छौं। यस्तो वातावरण जहाँ प्रेमको गन्ध पाएर लट्ठी टेक्दै अचानक प्रहरीको आगमन नहोस्। जहाँ आफ्नो कुलको सम्मान बचाउनेहरू बन्दुक अनि छुरा लिएर नआइपुगून्। जहाँ गफ शुरू नभईकन मुङ्फलीवाला नआइपुगून्। हाम्रो सपनाहरूमा प्रेमका लागि पर्याप्त ठाउँ हुनु एक जायज कुरा हो। फिल्महरूमा पनि। तर, आफ्नो शहरमा प्रेम गर्नका लागि ठाउँ नहुनु कस्तो अप्रिय कुरा हो ?
(सन् २०१८ मा 'स्पिकिङ टाइगर दिल्ली'द्वारा अंग्रेजी भाषामा प्रकाशित पुस्तक 'द फ्री भ्वाइस' को लेखनाथ क्षेत्रीले गरेकाे नेपाली अनुवाद 'मुक्त आवाज' सांग्रिला बुक्सले प्रकाशन गरेकाे हाे। याे निबन्ध साेही पुस्तकबाट साभार गरिएकाे हाे।)
" /> हरेक मान्छे प्रेममा पर्दैनन्। न त हरेक मान्छेमा प्रेम गर्ने साहस हुन्छ। यो देशमा, मान्छे केवल कल्पनामा प्रेम गर्छन्। सपनामा गर्छन्। मलाई थाहा छैन, संसारका अन्य ठाउँतिर कस्तो छ। तर, भारतमा प्रेम गर्नु भनेको समाज अनि धर्मले लागू गरेका असङ्ख्य प्रतिबन्धसँगको संघर्ष हो। यहाँसम्म कि हाम्रो घरको चार भित्ताभित्र पनि प्रेम एक वर्जित विषय भएर रहेको छ।'के तिम्रो जीवनमा कोही विशेष मान्छे छ ?' देशका कति आमा- बाबाले यस्तो प्रश्न छोराछोरीलाई सोधेका होलान्, 'के तिमी कसैलाई मन पराउँछौं ?'

">