२१ औँ शताब्दी एशियाली हुने सबैको अनुमान छ। यो नयाँ आयामको केन्द्रमा चीन–भारत हुने छन्। यस्तो परिवर्तन उन्मुख विश्वलाई वैचारिक रूपमा नेतृत्व गर्ने नेताहरू नै त्यसको केन्द्रमा रहने छन्। यो सन्दर्भमा एशियाका दुई चिन्तक महात्मा गान्धी र माओ त्सेतुङबारे सिंगो विश्वले अध्ययन गर्नु श्रेयकर हुन्छ।
विपरीत धुव्रका यी दुई महान अतुलनीय देखिनसक्छन्। गान्धी अहिंसाका उपासक हुन् भने माओ सशस्त्र क्रान्ति र जनयुद्धका कट्टर समर्थक। गान्धी एक तपस्वी हुन् जसले राज्यको सबै शक्तिलाई तिलाञ्जली दिए। यता माओ भने २६ वर्षसम्म निरन्तर राज्यशक्तिको केन्द्रमा रहे।
सारमा भने यी दुवै महान् चिन्तक थिए। दुवैले अतुलनीयरूपमा व्यापक जनसमुदायलाई परिचालन गरे। दुवैले आफ्ना विशाल देशहरू र करोडौं जनतालाई विदेशी दमन र दासताबाट मुक्त गरे। दुवैका बाटो फरक थिए, लक्ष्य भने एउटै। यी दुवै चिन्तकमा समानता र विविधता पाइन्छ।
समानता
इतिहासका सबै महान् व्यक्ति जस्तै गान्धी र माओ पनि इतिहासकै परिणाम हुन्। संसारमै उथलपुथल ल्याएको २०औं शताब्दीको पहिलो पचास वर्षले यी दुई चिन्तकको निर्माण गर्यो। पहिलो र दोस्रो विश्व युद्धताकाको उपनिवेशविरोधी र प्रजातान्त्रिक आन्दोलनहरूले गान्धी र माओजस्ता नेता जन्माए।
आफ्नो देश र जनताप्रति अगाध माया तथा आफ्नो गौरवशाली इतिहासको पुनर्उत्थानमा प्रतिबद्धता दुवै नेतामा पाइने समानता हो।
यी दुवै नेतामा पाइने अर्को समानता पनि छ। दुवैले दमित जनसमुदायको शक्तिमा विश्वास गर्थे। खासगरी ग्रामीण किसानहरू राष्ट्रिय स्वाधीनता र प्रजातान्त्रिक आन्दोलनका योद्धा हुनसक्छन् भन्ने मान्थे।
दुवै नेतासँग जनतासम्म पुग्ने अदभूत क्षमता थियो।
जनतालाई एकीकृत पार्दै संगठितरूपमा आन्दोलनमा सहभागी गराउन पनि दुवै उत्तिकै सक्षम थिए।
गान्धीको सन् १९३० को लाठी आन्दोलन र असंख्य सत्याग्रह अब इतिहासमा अमेट्य भइसकेको छ।
त्यसैगरी सन् १९३४–३५ मा एक वर्षको अवधिमा माओको नेतृत्वमा भएको ९ हजार किलोमिटर लामो ‘लङ मार्च’ पनि इतिहासको अभिन्न अंग बनिसकेको छ।
क्रान्तिको रणनीतिक इतिहासमा यी दुवै नयाँ आविष्कार थिए। त्यतिबेलासम्मका अधिकांश आन्दोलन शहरी मजदुर र बौद्धिकमा निर्भर थिए।
क्रान्तिको रणनीति र क्रान्तिका संवाहकको पहिचानमा मात्र नभई विकासबारेको दृष्टिकोणमा पनि दुवै चिन्तकमा समानता पाइन्छ।
गान्धी र माओ दुवैले पश्चिमा अर्थात् विकासको पूँजीवादी मोडलको आलोचना गर्थे।
गान्धीले औद्यौगिक विकासको प्रक्रियालाई नकार्दै आत्मनिर्भर ग्रामीण समुदायको मार्ग प्रस्ताव गरेका थिए। स्वराज उनको मूल मन्त्र थियो जहाँ हरेक गाउँ उत्पादनमा आत्मनिर्भर हुन्थ्यो। सरल र सादा जीवन आदर्श हुन्थ्यो।
त्यस्तै माओ पनि आधुनिक औद्योगिक विकासको नमूनालाई शंकाको दृष्टिले हेर्थे। ठूला उद्योगले निर्देशित अर्थतन्त्रप्रति उनको खासै विश्वास थिएन। त्यसैले उनले कृषि र उद्योग तथा ठूला र साना उद्योगबीच न्यायिक सन्तुलनमा जोड दिए। यद्यपि माओले आधुनिकतालाई पूर्ण अस्वीकार भने गरेनन्।
यी दुवै चिन्तकका लागि विकासको अन्तिम उद्धेश्य भौतिक आवश्यकताको पूर्ति मात्र थिएन। दुवैका निम्ति विकास भनेको उच्च नैतिकतासहितको नयाँ मानवको निर्माण थियो।
भिन्नता
यी समानताका बावजुद दुई चिन्तकहरूमा केही विशिष्ट फरक पनि छन्।
विश्व दृष्टि र दर्शनको कोणबाट हेर्दा गान्धी आदर्शवादी र आस्तिक व्यक्ति हुन्। उनको जीवन दर्शन अध्यात्मवादी थियो। उनको आध्यामिक जीवन हिन्दू धर्मका ग्रन्थ गीता र रामायणबाट निर्देशित थियो। यद्यपी उनी जातीयतामा भने विश्वास गर्दैनथे । अन्य धर्मलाई भने उत्तिकै सम्मान गर्थे। उनले आफ्नो चिन्तन टोल्स्टोय, रुस्किन, थोरो, इमर्सन लगायतका आधुनिकता विरोधी अन्य पश्चिमा विद्धानबाट प्रभावित भएको सगर्व स्वीकार गर्थे।
यी सबैको निचोड सन् १९०९ मा प्रकाशित उनको पुस्तक ‘हिन्द स्वराज’मा प्रकट भयो। यो पुस्तकमा उनले स्वराजबारेको आफ्नो मौलिक चिन्तन प्रस्तुत गरेका छन्। यो पुस्तकमा नै उनको मूल सिद्धान्त अंकुरायो। त्यो थियो - ‘व्यक्तिको आन्तरिक परिर्वतनबाट नै सामाजिक परिवर्तन शुरू हुन्छ।’
त्यसपछि उनको जीवनको मूलमन्त्र नै यही भयो। सत्याग्रह र सर्वोदय आन्दोलन पनि यही चिन्तनमा आधारित थियो।
अर्कातिर माओ भने भौतिकवादी र नास्तिक थिए। उनको जीवनभरको सिद्धान्त भौतिक द्वन्द्ववाद थियो। उनले यो सिद्धान्त अभ्यास मात्र गरेनन् बरू त्यसको समृद्धिमा पनि योगदान गरे। पूर्विय ज्ञान पद्धित र चिनियाँ दर्शनको ‘यिन एन्ड याङ’ (उज्यालो र अन्धकारको चर्चा गर्ने चिनियाँ द्वैतवाद) समेत समावेश गरेर उनले भौतिकवादी द्वन्द्ववादलाई समृद्ध बनाए।
मार्क्स र लेनिन दुवैका अविचलित अनुयायी थिए माओ। यद्यपि उनले चीन र अन्य देशले आफ्नो परिस्थिति अनुसार मार्क्सवाद अवलम्बन गर्नुपर्नेमा जोड दिन्थे।
एक मार्क्सवादी भएकाले माओका लागि वर्ग नै मुख्य थियो। वर्गलाई जोड दिने भएकाले उनी गान्धीभन्दा विपरीत विचार राख्थे। माओका लागि व्यक्तिको रूपान्तरण समाजमा रहेको वर्ग-सम्बन्धको रूपान्तरणले मात्र हुन्थ्यो।
यो नै गान्धी र माओको सैद्धान्तिक फरकको सार हो। मानवजातिको मुक्तिको समान उद्धेश्य हुँदाहुँदै पनि दुवैले फरक बाटो रोज्नुको पछाडि पनि यही सैद्धान्तिक फरकले गर्दा हो।
गान्धीका लागि अहिंसा केवल साधन मात्र थिएन। यो आफैंमा आत्ममुक्तिको एक साध्य पनि थियो।
उनी भन्थे,“निष्क्रिय प्रतिरोध व्यक्तिगत पीडाबाट अधिकार सुरक्षित गर्ने एक विधि हो। यो विधि हतियारले प्रतिरोध गर्ने भन्दा विपरीत हो।”
एक अपरिचित साथीलाई लेख्दै उनले यो मान्यताप्रति आफ्नो अडान दोहोर्याएका छन्- “आफूलाई मुक्ति देऊ। शान्त आत्माले यो महसुस गर्ने छ, तिमी आफैं भारत हौ। तिम्रो मुक्तिमा नै भारतको मुक्ति छ।”
यसबारेमा माओको धारणा गान्धीको भन्दा विपरीत थियो ।
उनी भन्थे, “राजनीतिक शक्ति बन्दुकको नालबाट प्राप्त हुन्छ। राजनीतिक शक्तिभन्दा बाहिरको शक्ति एक भ्रम हो।”
युद्ध र शान्तिको सवालमा उनको एउटा नीति नै थियो, ‘जस्तालाई त्यस्तै।’
समाजलाई संगठित पार्ने विषय र आर्थिक विकासका विषयमा पनि गान्धी र माओबीच भिन्नता थियो। गान्धीले ‘हिन्द स्वराज’मा औद्योगिकीकरणलाई नै समाजको सम्पूर्ण विकृतिको कारक मानेका छन्। त्यसलाई चिर्न उनको विचारमा समाज स्वावलम्बी हुनुपर्ने उनको धारणा रहेको पाइन्छ।
यसका लागि पुरानै आर्थिक पद्धतिलाई अपनाउनुपर्ने उनको मत रहन्छ। यसको अर्थ उनी आधुनिक विकास नमूनाको विरुद्ध थिए।
केन्द्रिकृत शासन प्रणालीको विरोध गर्ने गान्धीको स्वराजको अर्थ नै समानान्तम ग्रामीण समुदायको संगठन हो।
यो मामिलामा पनि गान्धीको विपरीत धारणा राख्थे माओ।
आधुनिकताको विचारबाट एक हदसम्म प्रेरित माओले औद्योगिकीकरण, शहरीकरण, प्रविधियुक्त र केन्द्रिकृत शासनसत्ता लगायतमा जोड दिन्थे। तथापि उनले आफ्नो जीवनको उत्तरार्द्धमा स्टालिनले प्रवर्द्धन गरेको कर्मचारीतन्त्रको विरोध गर्दै आम जनवाद र विकेन्द्रिकृत आर्थिक–राजनीतिक प्रणालीमा जोड दिएका थिए।
संगति
गान्धी र माओको निधनपछि उनका उत्तराधिकारीले केही समयमा नै उनीहरूलाई विस्थापित गरे। यद्यपि भारत र चीनको हालको विकास र समृद्धिमा उनीहरूले आधार खडा गरेका थिए।
गान्धी र माओको तत्कालीन समयका केही विचार भने वर्तमान समय–सापेक्ष छैनन्। केही विचार भने समाजको विकास र मानिसमा भएको चेतनाको विकासक्रमसँगै आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छन्।
नेपालका पूर्व माओवादी क्रान्तिकारी अहिले २१ औँ शताब्दीको ठोस अवस्था अनुकूल समाजवादको नयाँ नमूनाको सश्लेषणमा संलग्न भएका छन्। यो विषयमा म आफ्ना केही विचार राख्न चहान्छु। गान्धी र माओ दुवैका सकारात्मक र नकारात्मक पक्ष थियो। नकारात्मक पक्षलाई हटाउँदै हामी सकारात्मक पक्षको अनुशरणमा लाग्नुपर्छ। त्यो सकारात्मक पक्षलाई समाज विकासको नयाँ आयामसँग जोड्न सक्नुपर्छ।
सर्वप्रथम, दर्शन क्षेत्रमा भौतिक द्वन्द्ववादलाई भौतिक विज्ञानमा भएको नयाँ खोजहरूको प्रकाशमा अझ विकिसित गर्नुपर्ने हुन्छ। हिन्दू, बौद्ध, ताओइज्म, पूर्वी दर्शनको अन्य शाखाहरूमा निश्चित प्रासंगित अवधारणाहरूको पूरक हो। यसका आधारमा वैज्ञानिक मानवतावादको नयाँ विचारधारा पुरानो उदारवाद र साम्यवादसँग मिलाउन सकिन्छ।
२१ औं शताब्दिको ठोस परिस्थिति सुहाउँदो समाजवादको नयाँ मोडलबारे संश्लेषण गर्न नेपालमा पूर्व माओवादी क्रान्तिकारी लागेको परिप्रेक्ष्यमा म केही विचार प्रस्तुत गर्छु।
गान्धी र माओ दुवैका सकारात्मक र नकारात्मक पक्ष थियो।
नकारात्मक पक्षलाई हटाउँदै हामी सकारात्मक पक्ष अनुसरण गर्ने हिम्मत हामीले गर्नैपर्छ। त्यो सकारात्मक पक्षलाई समाज विकासको नयाँ आयामसँग जोड्न सक्नुपर्छ।
सर्वप्रथम, दर्शनको क्षेत्रमा भौतिक द्वन्द्ववादलाई भौतिक विज्ञानमा भएको नयाँ खोजहरूको प्रकाशमा अझ विकिसित गर्नुपर्ने हुन्छ। हिन्दू, बौद्ध, ताओवाद लगातका पूर्वी दर्शनको अन्य शाखाका प्रासंगिक अवधारणाले यो विचारलाई समृद्ध बनाउनुपर्छ।
यसको आधारमा पुरानो उदारवाद र साम्यवादको विपरीत नयाँ वैज्ञानिक मानवतावाद संश्लेषण गर्न सकिन्छ।
दोस्रो, समावेशी, समानुपातिकता र सहभागीतात्मक लोकतन्त्रमा आधारित समाजवादतर्फ समाजको उत्तर-पूँजीवादी पुनर्संरचनाका लागि जनता जनताको संघर्ष/आन्दोलनलाई विशाल सत्याग्रहको शृंखलाको रूपमा कल्पना गर्न सकिन्छ।
तेस्रो, आर्थिक विकास र संगठनको प्रणालीलाई आलोचनात्मक आधुनिकताको रूपमा परिभाषित गर्न सकिन्छ। यो आधुनिकता चारवटा खम्बामा आधारित हुनेछ। ती हुन्- तीव्र वृद्धि, न्यायिक वितरण, वातावरणीय स्थिरता र मानवीय खुशी। यी चार तत्त्वले बजार, समाज र राज्यलाई उचित भूमिका दिनेछन्।
भारत, चीन दुवैसँग मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको नेपाल उपयुक्त भौगोलिक अवस्थितीमा छ। के निकट भविष्यमा गान्धी र माओ नेपालमा भेट हुने सम्भावना छ?
(२८ सेप्टेम्बर २०१९ मा हिन्दूस्तान टाइम्समा प्रकाशित डा. भट्टराईको लेखको भावानुवाद)
" />२१ औँ शताब्दी एशियाली हुने सबैको अनुमान छ। यो नयाँ आयामको केन्द्रमा चीन–भारत हुने छन्। यस्तो परिवर्तन उन्मुख विश्वलाई वैचारिक रूपमा नेतृत्व गर्ने नेताहरू नै त्यसको केन्द्रमा रहने छन्। यो सन्दर्भमा एशियाका दुई चिन्तक महात्मा गान्धी र माओ त्सेतुङबारे सिंगो विश्वले अध्ययन गर्नु श्रेयकर हुन्छ।

">