स्वर्ग कस्तो हुन्छ ? हुन्छ वा हुँदैन ? मलाई थाहा छैन। तर, स्वर्ग सौन्दर्यको बिम्ब हो भने त्यो नेपाल हो। फोटो पत्रकारको रूपमा नेपालका विभिन्न ठाउँलाई मैले आफ्नो क्यामरामा कैद गरेको छु।
फरक–फरक कोणबाट, फरक–फरक बिन्दुबाट। प्रकृतिले दिएको भौगोलिक र जैविक विविधता र मानिसको श्रमले बनाएको संरचनाले साँच्ची नै नेपाल यथार्थको स्वर्ग बनेको छ।
क्यामेरा बोकेर यी भूगोलमा बारम्बार हिंड्दा मनमा एउटै रहर जाग्थ्यो, चरासरी उड्दै, माथि–माथि कावा खाँदै यो सौन्दर्य नियाल्न पाए !
म चरा त बन्न सकिनँ तर, चराको आँखाबाट देखिने दृश्यलाई क्यामरामा कैद गर्न सफल भएँ। बर्ड्स आई भ्यू भन्छन् नि ! त्यही दृश्य टिपेर तपाईंसमक्ष पस्किँदै छु।
रसुवादेखि जनकपुरसम्मको यात्रामा मैले नेपालका तीनै भौगोलिक अवस्थितिलाई समेटेको छु। हिउँ फुसफुसाइरहेको हिमाली भेगदेखि तराईका फाँट र जनघनत्व बढी भएको शहरसम्म यी शृंखलामा समेटिएका छन्।
आउनुस्, एकैछिन चरा बनि उडेको कल्पना गर्नुस् र मैले खिचेका तस्वीरसँगै नेपाल घुम्नुस् ।
चीनजाने बाटोमा पर्छ रसुवा। रसुवाको धुन्चे हुँदै स्याफ्रुबेंसी कटेर अगाडि बढ्दा पुगिन्छ आमाछोदुङ्मो गाउँपालिकामा अवस्थित पार्वतीकुण्डसम्म। त्यहाँ पुग्दा एकदमै शान्त महसूस गरें मैले। वरिपरि हिउँले ढाकिएको पहाड र बीचमा पार्वतीकुण्ड। चिसो बतास। शान्त वातावरण। एकैछिन मैले आफ्नै मनसँग पनि बात मार्न सकिनँ।
पार्वतीकुण्डको चिसो सिरेटो खाएर फर्किँदै गर्दा गल्छी नपुग्दै देखियो यो तोरीबारी। त्रिशुली किनारको यो तोरीबारीको सौन्दर्य मानव श्रमको परिणाम हो। बाटोको छेउबाट हेर्दा एकै झलकमा यो सौन्दर्य भेटिँदैन।
त्यही तोरीबारी नजिकको त्रिशूलीमाथिको झोलुंगे पुल प्रकृतिसँग मानिसको संघर्षको कथा हो। नदीले छुट्याएका दुई पहाडलाई जोड्ने पुलले यसैगरी विभाजित मानिसकताले बाँडिएका मान्छेलाई पनि जोड्दो हो कि ?
देश युद्धमा फसेको बेला चर्चामा आएको गाउँ हो जोगीमारा। धादिङको यो चेपाङ बस्तीका युवा विमानस्थल खन्न कालीकोट पुग्दा अनाहकमा मारिएका थिए। त्यतिबेला चुपचाप रुन बाध्य बनाइएको यो गाउँले कोल्टे फेर्दैरहेछ। मोटर कुद्ने यो बाटोले चेपाङ बस्तीको आँसु पुछ्न सक्यो कि सकेन, त्यो आकाशबाट हेर्दैमा कसरी थाहा हुन्छ र ?
सिन्धुलीको ढकाल गाउँका यी तस्वीर पनि मानव श्रम सिर्जित सौन्दर्य गाथा हुन्। आकाशबाट हेर्दा देखिएको खेतको संरचनाले तान्यो मेरो मन। मैले देखेँ, पसिना सिँचिरहेका मानिस र मानिसलाई साथ दिइरहेका गोरुहरू।
यहाँ पुग्दा मलाई अलिकति मन दुख्यो। सिन्धुलीको भिमानमा रहेको यो पुल नदी कम बालुवामाथि उभिएजस्तो लाग्यो। नदीले बगाउँदै ल्याएका कणहरू थुप्रिएर बनेको होला यो बगर। तर, मानिसकै क्रियाकलापले नदी साँघुरिएपछि बगर विभत्स देखिँदोरहेछ। बगर त सुख्खा हुन्छ, मानिसलाई त जीवनदायी नदी नै चाहिन्छ होइन र ?
चितवनको झुवानीमा अवस्थित केराबारी मानिसको जीविकाको प्रयत्न भन्छ। जिजीविषाले त हो मान्छेलाई मान्छे बनाएको। केराबारीको छेउछेउबाटै साइकल चलाइरहेको दृश्यले मलाई तराईको सौन्दर्य सम्झायो । सौन्दर्य त जहाँ पनि हुन्छ नि, चाहे त्यो हिमाल होस् वा तराई।
पैदलैपैदल जानकी मन्दिरको मुख्य द्वारमा पुग्दा जहिल्यै भव्य लाग्थ्यो। आकाशबाट हेर्दा भने जानकी मन्दिर घरैघरले घेरिएर विवश बनेको देखियो। चित्र बनाउन नजान्ने मान्छेले बनिसकेको चित्रमा कोरकार पारिदिएजस्तो। एउटा निश्चित ज्यामितीय आकारमा बसेको व्यवस्थित शहर हुन्थ्यो भने यस्तो कहाँ देखिन्थ्यो होला र ?
" /> ‘जहाँ ढुंगा–ढुंगामा देवताको बास छस्वर्ग कस्तो हुन्छ ? हुन्छ वा हुँदैन ? मलाई थाहा छैन। तर, स्वर्ग सौन्दर्यको बिम्ब हो भने त्यो नेपाल हो। फोटो पत्रकारको रूपमा नेपालका विभिन्न ठाउँलाई मैले आफ्नो क्यामरामा कैद गरेको छु।

">