काठमाडौं।
बर्न सर्भाईभर, न्यूजरुममा हामी यसै भन्छौं उनीहरूलाई, जो विभिन्न कारणले आगोको लप्कामा परे। त्यसका खत बोकेर बाँचे। र, अहिले आ–आफ्नै ठाउँबाट जिन्दगी सफल बनाउन जुधिरहेका छन्।
जीवन संघर्षमार्फत् ज–जसले प्रमाणित गरे, जीवन सुन्दर छ, यो शृंखला उनीहरूकै कथा हो। रिपोर्टरको रूपमा म त एउटा हल्कारा हुँ। उनीहरूलाई भेट्छु। खाटा बसिसकेका घाउ पनि कोट्याइदिन्छु। उनका आँसु र हाँसो, भुक्तमान र संघर्ष सबै टिप्छु। शब्दमा खिप्ने प्रयास गर्छु। र, तपाईंसमक्ष पस्किदिन्छु।
यो शृंखलामा पनि आज एकजना ‘बर्न सर्भाईभर’को स्टोरी सुनाउँछु। मेरो होइन, उनकै भाषामा।
अन्तिम सास जस्तो लागेको थियो त्यतिबेला मलाई। हुन त म सोच्ने अवस्थामा पनि कहाँ थिएँ र ? शरीर भतभती पोलिरहेथ्यो। सिंगो शरीरमा जलन भइरहेथ्यो। पीडाले आत्तिइरहेकी थिएँ। लागेको थियो, अब यो संसारमा मेरो समय यत्ति नै हो। तर, होइन रहेछ। बाँचे र त तपाईंलाई कथा सुनाइरहेछु।
जिन्दगी मोडहरूको लामो शृंखला रहेछ। र, हरेक घुम्तीमा नयाँ कथा बन्दारहेछन्। मान्छे आफ्नो कथा सम्हाल्दा सम्हाल्दै जिन्दगी बिसाइदिँदोरहेछ। कहिलेकाहीँ त लाग्छ, जिन्दगीको सबैभन्दा ठूलो भारी आफ्नै कथा हो। मानिस आफ्नै कथाको भारी बोकेर हिँडिरहेको हुन्छ। आफ्नै भारीले थिचिएको हुन्छ। तैपनि ऊ अघि बढिरहन्छ।
यस्तै छ मेरो जिन्दगीको कथा पनि।
मानिसलाई सबभन्दा गाह्रो आफ्नै कथा भन्न हुन्छ क्यारे ! उनी रोकिइन्। टोलाइरहिन्। सायद भारी भयो उनलाई आफ्नै कथा। सायद उनले पाइनन् आफ्नो कथा भन्ने शब्द। तर, म मौनताको कथा कसरी लेख्न सक्थें र ? सोध्न छोडिनँ। बरु उनको बाल्यकालबाट शुरू गरिदिएँ।
घरकी कान्छी छोरी म। चार दिदी र दुई दाई छन्। २०४६ सालमा ललितपुरको चुनिखेलमा जन्मिएकी म। बा–आमाले नाम राखिदिएका, रास्ता खड्गी।
कान्छी थिएँ। सबैकी प्यारी थिएँ। के मात्र पुगेको थिएन र मलाई ? पढाइ पनि राम्रै थियो।
एसएलसीसम्म कहिल्यै फेल भइनँ। टिचर बन्न चाहन्थें। प्लस टु पढ्दा नै त्यो रहर पनि पूरा भयो। बिहान कलेज जान्थें। दिउँसो पुलचोकको मन्टेश्वरीमा पढाउँथें।
अँ, सानैदेखि पढ्ने रूचि थियो। स्कुलको लाइब्रेरीमा भेटेजतिका किताब पढ्थें। म्याक्सिम गोर्कीको ‘आमा’ त मेरो बेस्ट थियो। पढ्ने बानीले लेख्न सिकाइदियो।
एउटा उमेर हुन्छ नि मन उकुसमुकस हुने, के भनुँ, के गरुँ लाग्ने। त्यो उमेरमा लेख्न थालें। र, मेरो लेखनको विषय जहिल्यै हुन्थ्यो– प्रेम। उपन्यास, कथा पढ्दा होस् वा फिल्म हेर्दा जहिल्यै लभ स्टोरीले तान्थ्यो।
मैले लेख्ने कवितामा प्रेम नै बढी हुन्थ्यो।
यही प्रेमले सिंगो जिन्दगी मोडिदियो। मेरो जिन्दगीमा प्रेमको बतास नचलेको भए म अहिले अर्कै तरिकाले जिइरहेकी हुन्थें।
भन्दै गर्दा उनका आँखामा आँसु रसाए। रोकिइन् यसरी मानौं एउटा कहालीलाग्दो भीर अगाडि एक्कासी पुगिन्। केही बेर म पनि रोकिएँ। र, फेरि सोधें– “किन के गर्यो प्रेमले ?”
जे गर्नु यही प्रेमले गर्यो।
बैंशालु उमेर थियो। भर्खर १७ पुगेकी थिएँ। रहर बढी बुझाई कम थियो। मस्तिष्क कम मन ज्यादा चल्थ्यो। सपना थियो, एउटा हिरो होस् मेरो जिन्दगीमा पनि।
मामाघर जाँदा ऊसँग भेट भयो मेरो। धापाखेल थियो उसको घर। गाडीमा भएको पहिलो भेटले नै मन तानिदियो। फोन नम्बर आदानप्रदान भयो। कुराकानी बढ्न थाल्यो। कुराकानीले भेटघाटसम्म पुर्यायो।
तिहारमा आमासँगै मामाघर जाँदा उसले प्रेम प्रस्ताव राख्यो।
शरूमा हिच्किचाएँ। कताकता डर लाग्यो। समाजमा हामीलाई ‘तल्लो जातको’ भन्थे। ऊ माथिल्लो जातको।
सोधें, “तिम्रो परिवारले मलाई एसेप्ट गरेन भने के गर्छौ ?”
“बरु परिवारलाई छोडिदिन्छु, तिमीलाई छोड्दिनँ”, उसको यही वचनले पग्लिएँ म। प्रेम अन्धो हुन्छ भन्ने यही भएर हो सायद।
आखिरीमा प्रेम परिहाल्यो। मैले उसलाई आफ्नो जीवन र संसार ठानें। वर्तमान र भविष्य मानें।
उसले पनि त माया देखाउँथ्यो। आर्मीमा थियो। ट्रेनिङ र कामबाट जति सक्यो फुर्सद निकालेर फोन गर्थ्यो।
उसैले त हो, मलाई सपना देख्न सिकाएको। मलाई के थाहा त्यो सपना केवल सपना थियो ?
लामो सास फेरिन् उनले। रोकिइन्। अनुहारमा उदासीको बादल मडारियो। सायद सम्झनाको सन्दुकमा ताला लगाइराखेका स्मृति कोट्याइदिएँ मैले।
स्टोरी खोज्ने काम साँच्ची नै सकसपूर्ण हुन्छ। निर्मम भएर सोध्नुपर्छ, कोट्याइरहनुपर्छ। मलाई उनको कथा तपाईंसामु सुनाउन छ नि त। किनभने मलाई थाहा छ, यो कथाको आखिरी कुनामा उज्यालो छ। तर, अन्धकार बाटो नहिँड्दासम्म उज्यालोको महत्व पनि त हुँदैन।
सोच्नोस् न, संसारमा अन्धकार नै नहुने भए के उज्यालोको महत्व हुन्थ्यो होला र ? म उज्यालोको कथा सुनाउन चाहन्छु। तर, कथा नै यस्तो जहाँ उज्यालो अन्धकारले बोकील्याएको छ। म अन्धकार कोट्याउँछु- “अनि ? अनि के भयो ? कसरी तपाईंको सपना सपना मात्रै रह्यो ?”
सपना मात्रै ? सपनामात्रै भइदिएको भए त हुन्थ्यो नि। त्यो त एक कटु सत्य बनिदियो। बिर्सन नसक्ने विगत बनिदियो। भुल्न नसकिने पीडा बन्यो।
तपाईंलाई थाहा छ, म मर्न चाहेकी थिएँ। तर, मर्न सकिनँ।
त्यो घटनापछाडि अरु घटनाहरू छन्।
२०६४ सालको साउनमा उसको आमा मेरो घरमा आइन्। मलाई गाली गरिन्। बा–आमालाई नानाभाँती सुनाइन्। घरमा रुवाबासी चल्यो।
बुवाले भन्नुभयो, “अबदेखि पढाई बन्द, काम बन्द। घरमै बस्।”
दाई–दिदी सबैले गाली गरे। तर, आमाले सम्झाउनुभयो। भन्नुभयो, “जा, त्यो केटालाई बोलाएर अबदेखि नभेट्ने भनेर सम्झा।”
आमाले मलाई सही सल्लाह दिएकी थिइन्। भोलिपल्टै मैले उसलाई जावलाखेलमा बोलाएर आमाले भनेझैं नभेट्ने भनें। उसले मानेन। जिद्धी थियो नि त। उल्टो ‘हिँड, भागेर बिहे गरौं’ भन्न थाल्यो।
जावलाखेल चोकमा जिद्धी गरिरह्यो। मर्छु भन्न थाल्यो। उसको जिद्धी अगाडि म हारिदिएँ। कलेज ड्रेसमै हिंडे उसँग।
उसैको लागि परिवारसँग टाढा भएँ। तर, परिवार त परिवार नै हो। बा-आमाले टिकाटालो गरिदिनुभयो। उसको परिवारले भने हाम्रो सम्बन्ध स्वीकार्नै मानेन। कुमारीपाटीमा कोठा लिएर बस्न थाल्यौं हामी।
बिहे गरेको केही महीना उसले मलाई निकै माया गर्यो। तर, बिस्तारै ऊ फेरिन थाल्यो। मैले उसको निम्ति मेरो सिंगो संसार छोडेर आएकी थिएँ। ऊ भने बहकिन थाल्यो। उसको मोबाइलमा पनि को–को केटीहरूको फोन आउन थाल्यो। मेरै अगाडि उनीहरूसँग छिल्लिएर कुरा गर्न थाल्यो। घर नआउने बहाना बनाउन थाल्यो।
कल्पना गर्नुसु त, जसको निम्ति तपाईंले भविष्यका सारा सपना त्यागेर हिंड्नुहुन्छ, उसले बेवास्ता गर्न थाल्यो भने के गर्नुहुन्छ ?
मेरो त रुन जाने ठाउँ पनि थिएन।
अनि मलाई रिस कसरी नउठोस् ? ऊसँग झगडा गर्न थालें। उसले भने जहिल्यै बेवास्ता गर्न थाल्यो। झगडा बढ्दै गयो।
झगडै झगडामा उसलाई डर देखाउन खोजें। लागेको थियो डर देखायो भने ऊ पग्लिन्छ र मलाई पहिलेजस्तै माया गर्छ। त्यसैले डर देखाएँ।
एकदमै आवेगमा थिएँ। उमेर पनि त त्यस्तै थियो।
खै त्यो दिन के भयो, यो अवस्थासम्म आउँछ भनेर मैले त्यस्तो डिसिजन लिएको पनि थिइनँ। त्यो बेला परिपक्व डिसिजन लिने मसँग क्षमता थिएन। अहिले भए त त्यो काम गर्नको लागि सोच्थेँ होला। रिसको झोंकमा त्यतिबेला म अन्धो भएँ।
स्टोभ प्रयोग गरिन्थ्यो त्यतिबेला। घरमा मट्टितेल थियो। मैले त्यही मट्टीतेल शरीरमा खन्याएर मर्दिन्छु भनेँ।
मलाई लागेको थियो, उसले सम्झाउँछ। माया गर्छ। तर, उल्टो उसले ‘ल मर्ने भए, मर्’ भनेर सलाई दियो।
मलाई उसको त्यो प्रतिक्रियाले झनै पीडा दियो। मैले आफैंलाई सलाई कोरेँ। आगो ह्वार्र बल्यो।
हाइनेक लगाएकी थिएँ। आगोले पग्लिएर शरीरमा लपक्कै टाँसियो। आगोले पोल्न थालेपछि म चिच्याएँ। भुँईमा लडें। मेरो पति मलाई जोगाउन आइपुग्यो। उसलाई पनि पोल्यो। छरछिमेकी आएर पाटन अस्पताल लगे। अस्पताल लैजाँदासम्म होश थियो। त्यहाँ प्रहरीमा केस गर्ने कुरा पनि भयो।
मलाई केस भन्दा पनि उपचार चाहिएको थियो। प्रहरीले सोध्दा ‘स्टोभ ब्लास्ट भएर पोल्यो’ भनें। मलाई उसको इमेज नराम्रो हुन्छ भन्ने डर लाग्यो। मैले परिवारलाई पनि झुठ बोलें। बोल्दाबोल्दै होश गुम्यो।
होस आउँदा अगाडि आमा, दिदी र दाइहरू थिए। उनीहरूले नै मेरो हेरविचार गरे। हात पोलेको थियो, अनुहार सुन्निएको थियो। कपाल काटिएको थियो। मेरो पतिलाई पनि पोलेको थियो। हामी दुबैलाई सैनिक अस्पताल लगियो। एक महीना अस्पतालमै बसेर उपचार भयो। मेरो घाउ चाँडै निको भएन।
अस्पतालमा रहुन्जेल मलाई पतिले पनि राम्रै व्यवहार देखायो। बेडबाट उठ्न नसक्दा ख्याल गथ्र्यो। तर, ऊ अस्पतालबाट डिस्चार्ज भएपछि आउनै कम गर्यो। म आठ महीना अस्पतालमा बसें। त्यसबीच उसले फोन गर्न पनि छोड्यो। आगोले पोलेको भन्दा पनि बढी पीडा उसको व्यवहारले हुन थाल्यो। बिस्तारै उठ्न सक्ने भएपछि मैले उसलाई फोन गरेर बोलाउँथे। तर, उसले बेवास्ता गर्न थाल्यो।
निकै कर गरेपछि एक दिन आयो ऊ। पोखरा घुमेर फर्किएको रहेछ। मेरो हालत त्यस्तो थियो। ऊ भने घुम्न गएको रहेछ। म निकै रोएँ त्यो क्षण।
आठ महीना अस्पतालमा बस्दा मलाई दिक्क लागिसकेको थियो। घरको न्यास्रो लागेको थियो। कताकता ऊ लिन आउँछ कि भन्ने आश पनि थियो।
हरेश खान नहुनेरैछ। घाउ अझै बाँकी थिए, तैपनि मैले जिद्धी गरें। मेरै जिद्धीले डिस्चार्ज गरियो। तर, ऊ मलाई लिन आएन। आमा आएर मलाई दिदीकोमा राख्नुभयो। उसले त मलाई पुरै बेवास्ता गर्यो।
मैले उसको असली अनुहार चिनें। आगोको लप्कामा परेपछि मलाई जिन्दगीको माया लाग्न थाल्यो। एकबारको जीवन हो, हार्न नहुनेरैछ। मैले उसको बाटो हेर्न छोडिदिएँ। बरु नयाँ सम्भावना खोज्न थालें।
त्यो घटनाबाट सिकें मैले, जिन्दगीमा सम्भावनाको खोजी गर्न छोड्न हुँदैन रहेछ। मानिसहरू आउँछन्, जान्छन्। घटना हुन्छन्, सकिन्छन्। घाउ लाग्छन्, खाटा बस्छन्। हामी समयसँगै दौड्न सिक्नुपर्नेरहेछ। रोकिनु हुँदोरैनछ।
म रोकिइनँ नि त। दिदीसँग बसिरहँदा म साथीले काम गर्ने संस्थामा गएँ। त्यहाँ मलाई मानसिक स्वास्थ्यका लागि काउन्सिलिङ गरियो। त्यहीँ मैले सिलाई–कटाईको तालिम लिएँ।
अब आफैंले केही गर्न सक्छु भन्ने लागेपछि कीर्तिपुरमा कोठा लिएर एक्लै बसेँ। त्यहाँ मेरो साथी नै साहित्य बन्यो। कवितामा आफैलाई पोखें–
‘आगोले शरीर जलायौ तिम्ले मर्न नि दिएनौ
खुशी र रहर सबै नै तिम्ले त्यही सँगै जलायौ
मेरै दोष हो भनेर सबै समाजमा फिजायौ
लगाइदिएँ आगो मैले नै त्यो चाहिँ भनेनौ
दोष जति तिम्रो खोल्छ कि भनी झुट बोल्न सिकायौ
आफन्त अनि समाजमा मेरो बदनामी गरिदियौ
सुन्दरता मेरो लुटेर भाग्यौ
मुस्कान मेरो स्तब्ध बनायौ
दुःखको भारी बोकाइदियौ
जीवन भरी यसरी रुवायौ
जीवनको रहर मेरै पो टुटे बेसहारा बनायौ
पीडाको आँशु झारेर रुने ठाउँ पनि छाडेनौ’
डायरीमा कोरिएको कविता सुनाएपछि उनी रोकिइन्। अहिले उनको अनुहारबाट उदासी हराइसकेको थियो। मलाई त अझै सोध्नुथियो- “अनि अहिलेको पतिसँग बिहे कसरी भयो ?”
कीर्तिपुरमा बस्न थालेपछि मैले विकासलाई भेटें। उहाँको पनि पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएको थियो। उहाँले मेरो पीडा बुझ्नुभयो। मैले पनि उहाँलाई बुझ्न थालेँ।
एकदिन उहाँले प्रस्ताव गर्नुभयो, “हाम्रो वेदना एकै खालको हो, त्यसैले हामी एकअर्कालाई बुझ्न सक्छौं। हामी विवाह गरौं।”
त्यसपछि हामी वैवाहिक बन्धनमा बाँधियौं। उहाँको पहिलो पत्नीतिरबाट छोरा र छोरी छन्। मलाई आफ्नै छोराछोरी लाग्छ। अहिले उनीहरूको आमा म हुँ।
तपाईंलाई मेरो कथा थाहा पाउँदा अचम्म लाग्छ होला। हुन त कतिले मेरो आगोले भेटेको शरीर देखेर कटाक्ष गर्छन्। तर, म अहिले पुरै बदलिइसकेको छु। मेरो विगत अघिल्लो जिन्दगीको कथा जस्तो लाग्छ।
हो, कहिलेकाहीँ सोच्छु, अहिलेको पार्टनर पहिले पाएको भए, जिन्दगीले यति घुम्ती घुम्न पर्दैनथ्यो। तर, यो घटना भयो र त मैले मलाई बुझ्ने जीवनसाथी पाएँ। उहाँले मलाई हरपल, हरक्षण र हर काममा साथ दिनुहुन्छ।
हो, परिस्थितिले मानिसलाई सँधै एकै ठाउँ राख्दैन। समय घुमिराख्छ, जिन्दगी घुमिराख्दोरहेछ। जिन्दगी घुम्दाघुम्दै अँध्यारो पलमा पुगेको थियो। अहिले म उज्यालो क्षणमा छु। बाँचिरहेछु।
पढ्नुहोुस्
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> काठमाडौं।जीवन संघर्षमार्फत् ज–जसले प्रमाणित गरे, जीवन सुन्दर छ, यो शृंखला उनीहरूकै कथा हो। रिपोर्टरको रूपमा म त एउटा हल्कारा हुँ। उनीहरूलाई भेट्छु। खाटा बसिसकेका घाउ पनि कोट्याइदिन्छु। उनका आँसु र हाँसो, भुक्तमान र संघर्ष सबै टिप्छु। शब्दमा खिप्ने प्रयास गर्छु। र, तपाईंसमक्ष पस्किदिन्छु।

">