तपाईंले उनलाई चिन्नुभएन ? पक्कै चिन्नुभएको छ । तपाईंले गुनगुनाउने थुप्रै गीत उनैले रचेका हुन् ।
सम्झिनुभएन ?
‘रातो भाले क्वाँय क्वाँय...’
‘घरबेटी आमै आँगनीमा देउ न मलाई बास...’
‘ओ याङ्जी नाना...’
यिनै गीतका रचनाकार हुन् उनी ।
आफैंलाई जतिसुकै अल्छी भने पनि एउटा लामो यात्रा पूरा गरेर यहाँसम्म आइपुगेका छन्, गणेश रसिक ।

भोजपुरको छिनामखु नौलागाउँमा जन्मिएका उनको हजुरबुवा र बुवा सेनामा थिए । छोराले पनि यस्तै केही जागिर खाला भन्ने आश थियो परिवारमा । तर घरमा कहिलेकाहीँ हुने साहित्यिक र सांगीतिक वातावरणले उनको बाटै फेरिदियो ।
बुवाले दार्जिलिङबाट ल्याएका पुस्तक उनका साथी भए ।
बेञ्जुबाजा बजाएर दिनभर गाउँ डुल्न थाले ।
किताब पढ्ने सँगै लेख्ने बानी बस्यो ।
पाँच, छ कक्षामा पढ्दा नै उनले गीत लेखेर भोजपुरकै हस्तलिखित पत्रिकामा छपाएका थिए ।
अहिले जस्तो सहज थिएन जीवन त्यतिबेला ।
२००८ सालको कुरा हो । भर्खर क्रान्ति भएको थियो । प्रजातन्त्रको घाम झुल्कँदै थियो । गाउँघरमा शिक्षाको घाम भर्खर उदाउँदै थियो ।
गाउँगाउँमा शिक्षक थिएनन् । न बसेर पढ्ने डेस्क–बेन्च थियो । न त लेख्ने कापी नै ।
खरी, गोल र सिलौट काखीमा च्यापेर पढ्न जान्थे रसिक र रसिकहरु ।
सुकुलमा बसेर पढ्थे । हरेक दिन हात गोडा र लुगा कालो, सेतो भइदिन्थ्यो ।
दार्जिलिङमा पढाउने शिक्षकहरु उनीहरुलाई पढाउन भोजपुरसम्म आउँथे । इन्द्रबहादुर राई लगायतबाट शिक्षा पाए उनीहरुले ।
“मेरो बुवा दार्जलिङमा पढ्नु भएको । बुवाको साथी शिक्षक बनेर आउनुहुन्थ्यो,” रसिक सम्झन्छन्, “उनीहरुले मुनामदन लगायत कथाहरु सुनाउँथे । नाच सिकाउँथे । कविता सिकाउँथे । त्यसरी नै साहित्यिक र सांगीतिक माहोल पाउन थालेँ ।”
सांगीतिक माहोलको पनि आफ्नै कथा छ । व्यथा छ ।
लोकगीत गाउन काठमाडौं आएका उनी यतै रल्लिए । देखे, थुप्रै सम्भावनाका ढोका यतै छन् । बस् ढक्ढक्याउन बाँकी छ । उघार्न बाँकी छ । त्यसपछि फर्किएनन् उनी ।
त्यतिबेला पैसा साह्रै महँगो थियो । दार्जिलिङबाट आएका शिक्षकलाई तलब दिने पैसा हुँदैन्थ्यो । तलब दिन विद्यालयले वर्षेनी दशैं–तिहारमा सांस्कृतिक कार्यक्रम गथ्र्यो । विद्यार्थीहरु नाच्थे, गाउँथे ।
रसिक पनि कति पटक नाचे । कति पटक गाए । आपैmलाई पढाउने शिक्षकलाई तलब दिन नाच्दानाच्दै गाउँदागाउँदै उनीभित्र साहित्य र संगीतको रस पसिसकेको थियो ।
हाइस्कुल पढ्न आएपछि भोजपुरमा परशु प्रधान, शैलेन्द्र साकार, कृष्ण जोशी, मेघराज मञ्जुल जस्ता साथीहरु भेट्टाए । साहित्यिक अभ्यास झनै बढ्न थाल्यो । त्यसपछि उनको लेखनले निरन्तरता पायो । लेखिएका रचनाले माझिन पाए ।
घरपरिवार र नातागोताले उनी साहित्य संगीतमा लागेको खासै रुचाएका थिएनन् । त्यसो त उनले पनि लाहुरे हुने सुर नकसेका कहाँ हुन् र ? तर मनले साहित्य र सिर्जनाको बाटो समातिसकेको थियो ।
“‘कप्तानको नाति, मन्त्रीको भतिजो नपढेर यस्तो दुखिया काममा लागेर गाइने भयो’ भनेर नातागोताले खिसी गर्थे । त्यो बेलाको समय नै त्यस्तै थियो”, उनी सम्झन्छन् ।
तैपनि दुनियाँका कुरा सुनेनन् । आफ्नै मनलाई पछ्याए ।
मनको रोजाई पछ्याउँदै २०२२ सालमा रेडियो नेपालको लोकगीत प्रतियोगितामा भाग लिन आइपुगे काठमाडौं ।
बुवाका साथी बद्रीविक्रम थापाले प्रतियोगितामा भाग लिन सिफारिस गरिदिएका थिए । रेडियो नेपालको स्टुडियोमा पुग्दा सामुन्ने नातीकाजी, धर्मराज थापा, तारादेवी लगायतका कलाकार थिए ।
गाउने बेलामा भने एउटा खड्को आइलाग्यो ।
उनी चाहन्थे हार्मोनियम बजाएर गाउन । निर्णायक भन्थे, ‘लोकगीत कहाँ हार्मोनियम बजाएर गाउने ?’
पछि अर्काे समुहले बाजा बजाइदिएपछि उनले गाए ।

त्यो राल्फाकालिन युग थियो । पारिजातको नेतृत्वमा रामेश, रायन, मञ्जुल लगायतले एउटा नयाँ आन्दोलन छेडिरहेका थिए त्यतिबेला । रामेश र मञ्जुल भोजपुरकै थिए । उनीहरुसँगै संगत बढाए रसिकले ।
संगत बढ्दै गयो । हिरण्यलाल भोजपुरे भेटिए । उर्मिला श्रेष्ठ भेटिइन् ।
विभिन्न समूहमा जोडिएपछि कहिल्यै एक्लो महशुस गरेनन् उनले ।
लेकाली समुह, राल्फा लगायत समूहहरुको प्रभाव उनको जीवनमा ठूलो छ । काठमाडौंमा एक्लै आएका उनले साथी भेट्टाए ।
“त्यतिबेला ती समूहहरु नभइदिएको भए आज यहाँ आउने थिइन”, पुराना दिन सम्झन्छन् उनी ।
खुब सक्रिय थिए उनी त्यतिबेला । के मात्र गरेनन् ?
जेटिए भएर काम गरे ।
रेडियो नेपालमा गीत गाए ।
गोरखापत्रको लागि कथा लेखे ।
तर गीतले उनलाई चिनायो । मान्छे बनायो ।
गीत लेख्ने गणेशको आफ्नै तरिका छ ।
उनका हरेक गीतले कथा बोकेका हुन्छन् ।
आमाबाबु, तीन भाइ र एउटा छोराले उनकै अगाडि यो संसार छाडे । आफूलाई हुर्काउने र आफुले हुर्काएकाहरुको अन्त्यष्टि आफ्नै हातले गर्नुपर्यो । त्यतिबेला उनी सम्हालिन सकेका थिएनन् । मर्न चाहन्थे ।
उनका गीतमा जनजीवन हुन्छ । ‘नोस्टाल्जिया’ हुन्छ । उनका गीतले कुहिरोले डम्म परेको धुपीको जंगलतिर लैजान्छ । लेकको माथि–माथि पुर्याउँछ ।
यस्तै लेकमा भेडाबाख्रा चराउन लाँदाको माहोल सम्झिएर उनले रचेका थिए– ‘आज भेडाबाख्रा कता लाने...।’
गीतले राम्रै चर्चा बटुल्यो ।
बालविवाहको प्रभाव देखाउन उनले ‘घरबेटी नानी आँगनैमा देउन मलाई बास..’ गाए ।
त्यसो त रसिकका गीत रसिला पनि छन् । ‘रातो भाले क्वाँय क्वाँय...’ उनको अर्को चर्चित गीत हो ।
रसिकका गीत जति रमाइला छन् त्यति नै विरहले भरिएका पनि । मन चस्स छुने । कता–कता दुखाइजाने गीत पनि रचेका छन् उनले ।
‘ओ याङ्जी नाना...’ विरहले भरिएको त्यस्तै एउटा गीत हो ।
यो गीतको पृष्ठमा त्यस्तै विरहले भरिएको कथा छ ।
हिमाल पर्वतारोहणमा भारी बोक्ने ‘शेर्पा’ हरुको आँसुले भिजेको छ । त्यस्तै एक ‘शेर्पा’ थिए रिञ्जी । हिमाल चढ्ने टोलीसँगै भारी बोक्दाबोक्दै हिमालमै उनको मृत्यु भयो ।
रिञ्जीको निधनपछि उनकी पत्नी याङ्जी बौद्धमा बत्ती बाल्न पुगिन् ।
“रिञ्जीको निधनपछि बौद्धमा बत्ती बालिरहेकी उनकी पत्नी र उनका लुगामा झुन्डिएका दुई कलिला लाक्पा र निमालाई देखेर मन थामिएन”, रिञ्जीको दुःख सम्झिए रसिकले ।
त्यो विरहपूर्ण क्षण देखेपछि विक्षिप्त याङ्जीलाई सम्बोधन गर्दै उनले लेखेः
‘ओ याङ्जी नाना ! ओ याङ्जी नाना !
तिम्रो रिञ्जी हिमाल चढ्दा मर्यो भन्ने नसम्झ
ऊ त तिम्रो चौंरी गोठमा
कुहिरोसँग उड्दैउड्दै आइरहेछ ।
ऊ त तिम्रो सल्लेरी गाउँमा
घामसँग डुल्दैडुल्दै आइरहेछ ।’
गीत त लेखे तर सार्वजनिक गर्न सकेनन् ।
“मैले पनि आफ्नो प्रियजनलाई गुमाएको छु । त्यसैले उनको पीडा मेरो झैँ लाग्यो । अनि गीत लेखेँ । तर सार्वजनिक गर्न सकिनँ”, सुनाए रसिकले ।
लेखेको दुई दशकपछि मात्रै गायिका पवित्रा सुब्बाले यो गीत बाहिर ल्याइन् । गीतमा सल्लेरी गाउँको ध्वनि गुञ्जिएजस्तो संगीत भरिएको थियो ।
गीतले फेरि रुवायो रसिकलाई । अनि सुन्ने जति सबैलाई ।
त्यसो त गणेशले देशभक्तिका गीत पनि नलेखेका होइनन् ।
‘हट्ने होइन डटी लड्ने, नेपालीको बानी हुन्छ...’, ‘तराई हेर कति राम्रो हरियो वन हुनाले...’, ‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा पहरा छहराको देश...’ लेखे ।
राजतन्त्रकालीन त्यो समयमा लेखेकाले उनले राजावादीको आरोप पनि खेपे । तर, नियोजित रुपमा उनले उक्त गीत सिर्जना नगरेको र बालमन्दिरका बालबालिकाको लागि लेखेको उनी बताउँछन् ।
आफैले सिर्जना गरेकामध्ये उनलाई मन पर्ने हो – ‘धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै...।’
बेलाबेलामा गुनगुनाइबस्छन् । अनि टोलाउँछन् । अनि स्मृतिका गर्भमा हराउँछन् ।
“अहिले फर्केर हेर्दा मैले त्यतिबेला यो गीत कसरी लेखेँ हुँला भन्ने लाग्छ”, टोलाउँदै भन्छन्, “त्यो गीत मात्र पुरा गीत बने जस्तो लाग्छ ।”
गीत रच्न रसिकलाई विषय नै चाहिन्छ । कुनै घटना, कुनै चिजबाट प्रभावित भएपछि मात्रै उनमा गीतको सिर्जना हुन्छ ।
साह्रै सरल लाग्छन् उनका गीत । तर त्यति सरल छैन उनको जीवन ।
मृत्युका असंख्य व्यथाहरुबाट गुज्रिएका छन् उनी ।
मेरो जीवन र सिर्जना टाँसिएको छ । सिर्जना नगर्ने भएको भए, म उहिले नै निराश भएर आत्महत्या गरिसक्थें
आमाबाबु, तीन भाइ र एउटा छोराले उनकै अगाडि यो संसार छाडे । आफूलाई हुर्काउने र आफुले हुर्काएकाहरुको अन्त्यष्टि आफ्नै हातले गर्नुपर्यो । त्यतिबेला उनी सम्हालिन सकेका थिएनन् । मर्न चाहन्थे । तर आफूपछि श्रीमती र बुहारीहरुको जीवन अस्तव्यस्त हुने डरले सकेनन् । बरु गीत रचे । गीतमै पोखे आपूmलाई – ‘मर्न मन लाग्छ मलाई काल आउँदैन...।’
“मेरो जीवन र सिर्जना टाँसिएको छ । सिर्जना नगर्ने भएको भए, म उहिले नै निराश भएर आत्महत्या गरिसक्थें”, भन्छन् उनी, “सिर्जनामार्फत् मैले जीवनलाई अभिव्यक्त गर्ने माध्यम पाएँ । सिर्जना नभएको भए यति लामो जीवन रहँदैन थियो ।”
अहिले त उनी स्थिर भएका छन् ।
काठमाडौं छोडेर इलाम गएको पनि दुई दशक नाघिसकेछ । इलाममा सानो चिया बगान छ । पतिपत्नी, बुहारी, नातिनीहरु लिएर उनीहरुको भविष्यको लागि केही गरेर व्यवस्थित गरौँ भन्ने सोच उनको छ । छोरी ज्वाईं बेलायतमा छन् । नाति छ । उनीहरु उतै बस्छन् ।
एक हिसाबले उनी पनि व्यवस्थित भइसकेका छन् । अब दुईचार किताब लेख्ने सोचमा छन् ।
“तर अहिलेसम्म म जति सोच्छु, त्यो सोचेजस्तो मेरो जीवन छैन । के आइलाग्छ, त्यो समय अनुसार आफुलाई एड्जस्ट गर्दै लानुपर्ने हुन्छ,” अल्छी भने पनि आफ्नो सक्रियता सुनाउँदै भन्छन्, “सोचेजस्तो सजिलो जीवन छैन । म एउटा सोच्छु नियतीले के सोच्छ थाहा छैन । तर आशावादी छु । काम गर्नुपर्छ भन्ने लाग्छ ।”
" />

">