काठमाडाैं। एक समय थियो, अभिनेत्री भन्नासाथ केही नाम आउँथे– शर्मिला मल्ल, गौरी मल्ल, करिष्मा मानन्धर, मौसमी मल्ल, निरुता सिंह आदि। अनि अभिनेताको सूचीमा आउँथे– राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी आदि।
राजेश हमाल र निरुताको जोडी त एकपटक यति जमेको थियो कि लोकगीत नै बनेको थियो- ‘म तिम्रो राजेश हमाल...म तिम्रै निरुता सिंह।’
समय फेरियो। रंगपटमा देखिने मुहारहरू पनि फेरिए। नौलो कुरै भएन। तर, अलि नियालेर हेर्दा दृश्य त्यति सरल देखिँदैन। कुनै बेलाका चर्चित अभिनेता अहिले पनि दृश्यबाट ओझेल भइसकेका छैनन्। राजेश हमाल, भुवन केसीहरू अहिले पनि कुनै न कुनै रूपमा चर्चामै छन्। तर, उनीहरूभन्दा निकै पछि रंग दुनियाँमा छिरेर चर्चा कमाएका अभिनेत्रीहरू दृश्यबाट ओझेल परिसकेका छन्।
अभिनेत्रीहरू रंगकर्म भन्दा पनि अरु कारणले चर्चामा आउने गरेका छन्। करिश्मा मानन्धर पछिल्लो समय राजनीति र पढाइका कारण चर्चामा छिन्।
कुनैबेलाकी चर्चित हिरोइन् मौसमी मल्ल नवलपूरमा रिसोर्ट खोलेर उतै व्यस्त छिन्। चलचित्रमा काम गर्ने प्रस्ताव आइरहे पनि व्यवसायमा केहि समय ध्यान दिनका लागि उतै बसिरहेको बताउँछिन् उनी।
अभिनेत्री गौरी मल्लले केहि समय अघिसम्म ‘सिंहदरबार’ नामको टेलिचलचित्रमा मुख्य भूमिकामा काम गरिन्। सन् २०१६ मा चलचित्र ‘के म तिम्रो होइन र’ र ‘गाजलु’ मा आमाको भूमिकामा देखिइन्। यद्यपि उनी चलचित्रमा मुख्य भूमिकामा थिइनन्।
पछिल्लो पटक उनले अभिनय गरेको चलचित्र ‘ब्लाइन्ड रक्स’मा पनि आमाकै भूमिकामा देखिएकी छन्। जसमा मुख्य भूमिका बेनिशा हमालले निभाएकी छन्।
गौरी मल्ल आफ्नो समयकी हिट नायिका थिइन्। उनले अभिनय गरेका सबैजसो फिल्म हिट नै भए। सन्तान, चेलीबेटी, कन्यादान, स्वर्ग, सरस्वती, महामाया जस्ता उनका हिट फिल्म हुन्। नारी प्रधान चलचित्रमा उनको भूमिकालाई नेपाली दर्शकले निकै मन पराएका थिए।
सन् १९९० को दशकमा सँगै चलचित्र उद्योगमा प्रवेश गरेका दुइ अभिनेत्री करिष्मा र गौरी दुवैको दबदबा रह्यो। यी दुइले लामो समय नेपाली चलचित्रमा नायिकाको रूपमै राज गरे।
करिष्माले एक नम्बरको पाखे, रणभूमि, पंक्षी, साथी, बाबु साहेब, बसन्ती, ढुकढुकी, ट्रक ड्राइभर जस्ता गतिला चलचित्रमा गतिलै भूमिका निभाइन्।
करिब एक दशकको अमेरिका बसाइपछि कमब्याक गरेकी करिष्माले अभिनयकै कारण पहिलेको उचाइ हासिल गर्न भने सकिनन्। कमब्याकपछि उनले अभिनय गरेका केही चलचित्र कतै रिलिजमै समस्यामा परे त कुनै घाटामा गए।
अभिनेत्री शर्मिला मल्ल चलचित्र जगतमा डेब्यु गर्दा जम्मा १४ वर्षकी मात्र थिइन्। चेलीबेटी, वासुदेव, बादल, के घर के डेरा जस्ता चलचित्रमा काम गरेकी शर्मिला नायिकाको रूपमा लामो समय टिक्न सकिनन्। उमेरभन्दा चाँडै आमाको भूमिकामा अभिनय गर्न थालेकाले नायिकाको यात्रा छोटो भएको उनी आफै स्वीकार्छिन्।
अभिनेत्री कृष्टि मैनालीले सन् १९८५ मा ‘के घर के डेरा’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन्। तिलहरी, चिनो, युगदेखि युगसम्म, राधाकृष्ण लगायतका चलचित्रसँगै उनले यस उद्योगमा दशक लामो यात्रा तय गरिन्। दर्शकको आँखाले अझै पनि खोजिरहने नायिकाको सूचीमा कृष्टिको नाम छुटाउनै मिल्दैन। छोटो अभिनय यात्रालाई टुंग्याउँदै उनी अमेरिका भास्सिइन्।
उनी मात्र नभइ दर्शकको मन जित्न सफल नायिका जल शाह, सारंगा श्रेष्ठ पनि उतै हराए।
अभिनेत्री निरूता सिंह गत बैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’मा हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिएकी छन्। १९९३ मा ‘रहर’ चलचित्रबाट आफ्नो फिल्मी यात्रा सुरू गरेकी उनले अभिनय गरेको चलचित्र ‘दर्पण छाया’ले सन् २००१ मा सात करोड रूपैयाँ कमाउन सफल भएको थियो।
दार्जिलिङबाट नेपाल आएर धेरै दर्शकको मनमा नमेटिने गरि बस्न सफल भएकी उनको पनि कमब्याकले पहिलेजस्तो उचाइ लिन सकेन। उनलाई कतिले महँगी नायिका पनि भन्ने गर्छन्।
त्यस्तै चलचित्र ‘अप्सरा’बाट लाइम लाइटमा आएकी अभिनेत्री संचिता लुइँटेलको कमब्याकलाई पनि नेपाली दर्शकले रूचाएनन्। उनले पछिल्लो समय ‘राधा’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी थिइन्।
नेपाली चलचित्र उद्योगमा यसरी नब्बेको दशकमा आएका अभिनेत्रीहरू नै ओझेल परिरहेका छन्। तर छिमेकी भारतको बलिउड जगतलाई हेर्दा भने त्यस्तो देखिँदैन। यहाँ उल्लेख गरिएका अभिनेत्री भन्दा पहिलेदेखि वा सँगसँगै चर्चामा रहेका मनिषा कोइराला, हेमा मालिनी, रेखाको चार्म उत्तिकै देखिन्छ।
मनिषा कोइरालाले सन् १९८९ मा नेपाली चलचित्र ‘फेरि भेटौँला’मा पनि अभिनय गरेकी थिइन्। तर उनी बलिउड नै फर्किइन्। १९९१ मा ‘सौदागर’ चलचित्रबाट बलिउडमा डेब्यु गरेकी उनी २०१२ सम्म निरन्तर बलिउडमा छाइरहिन्। क्यान्सरका कारण पाँच वर्ष ब्रेक लिए पनि उनको अभिनय रोकिएन।
सन् २०१७ मा उनले चलचित्र ‘डियर माया’मा काम गरिन्, त्यो पनि मुख्य भूमिकामा। त्यसपछिका लस्ट स्टोरिज, संजु जस्ता चलचित्रमा उमेरकै कारण मुख्य भूमिकाबाट वञ्चित हुनु परेन। अभिनेता संजय दत्तको जीवनीमा आधारित यस चलचित्रमा उनले संजुको आमाको भूमिका निभाएकी थिइन्।
बागबान चलचित्रमा हेमा मालिनीको भूमिका उदाहरणीय छ। गालामा केहि धर्सा पर्दैमा र उमेर ढल्कँदैमा अभिनयको महत्व घट्दैन। अभिनेत्री रेखाले ५० वर्ष लामो अभिनय यात्रामा कहिल्यै आफ्नो महत्व घट्न दिइनन्।
प्रायः बलिउडकै प्रभाव पर्ने गरेको नेपाली चलचित्र उद्योगमा यस्ता सकारात्मक प्रभाव भने पर्न सकेन। नेपाली चलचित्रका नायिकाहरूको सुमधुर अभिनय यात्रा उमेर र शारिरिक सौन्दर्यमा मात्रै सिमित रहने गरेको छ। आखिर किन ?
नेपाली कलाजगतमा नायिकालाई हेर्ने दृष्टिमै समस्या छ। नायिका भन्नासाथ कथाको मुख्य पात्र नभइ नायकसँगै नाच्ने पात्रको रूपमा मात्र बुझ्ने गरिन्छ। यो चिन्तनले गर्दा नायिकालाई सौन्दर्यसँग मात्र जोडेर हेर्ने प्रवृत्ति विकास भएको छ।
“गौरी मल्ल, जल शाहहरूको अभिनय निकै राम्रो लाग्छ। उनीहरूलाई लिएर नेपाली महिलाबारे उदाहरणीय चलचित्र बनाउने मन छ। तर मन भित्र कताकता डर पलाउँछ , कतै डुबिने पो हो कि ?”, निर्देशक आकाश अधिकारी भन्छन्।
निर्देशक यादव भट्टराईको त नयाँ गर्न खोज्दा घाटा खाएको तितो अनुभव छ। सतीप्रथामा आधारित फिल्म ‘झोला’बाट चर्चा कमाएका उनको अर्को चलचित्र ‘झोर’ भने घाटामा गयो।
“परिवर्तन गर्छु भन्नेहरूले कहिलेसम्म बालुवामा पानी खन्याइरहने ?”, उनी प्रश्न गर्छन्।
राज्यले चलचित्र क्षेत्रलाई उद्योगको रूपमा स्वीकार्न नसकेको उनको आरोप छ।
“देशको आर्थिक सामाजिक स्थिति ठिक नहुँदासम्म व्यावसायिक रूपमा हौसला मिल्दैन। स्रोत र साधनको अभाव, पढ्ने सिक्ने ठाउँको कमीले गर्दा ग्लोबल मार्केटलाई लक्षित गरेर चलचित्र बन्न सकेका छैनन्”, यादव भन्छन्, “हामी अझै परिवर्तन हुनुपर्छ मात्र भनिराछौं, तर परिवर्तन हुन सकेको छैन।”
अभिनेत्रीहरू हराउँदै जाने अर्को मुख्य कारण पारिवारिक जीवन पनि हो। खासगरी बिहेपछि उनीहरू पारिवारिक जञ्जालमा अल्झिन्छन्।
चलचित्रमा भन्दा निकै गाह्रो हुन्छ पारिवारिक जीवनका जिम्मेवारी निभाउन। पारिवारिक जीवनकै कारण हराउँदै गएका हुन्, शर्मिला मल्ल, विपना थापा, अरूणिमा लम्साल लगलायतका नायिकाहरू।
विपना भारतीय नागरिकसँग विवाह गरेर उतै पलायन भइन्। अरुणिमा लम्साल छोरी जन्मिएपछि आमाको जिम्मेवारीमा अल्झिइन्। शर्मिला मल्ल चलचित्रको प्रस्ताव आए पनि घरदेखि टाढा गएर सुटिङ गर्न सक्दिनन्। पारिवारीक समस्याकै कारण उनीहले आफ्नो करिअरसँग सम्झौता गरिरहेका छन्।
“बिहे पछिको पारिवारिक र सामाजिक बन्धनले महिलालाई नै धेरै बाँधेको हुन्छ। समाज र परिवारको जिम्मेवारीको हिसाबले हेर्ने हो भने वास्तविक हिरो महिला नै हुन्छन्, तर चलचित्रले वास्तविक समाजलाई प्रस्तुत गर्न सकेका छैनन्”, अभिनेत्री मौसमी मल्लको अनुभव छ। यद्यपी उनी आफूले पाएका चरित्रमा खुशी नै छिन्। भन्छिन्, “अब यो उमेरमा आएर स्कर्ट लगाएर फूलवारीमा नाच्छु भनेर त भएन नि। उमेर सुहाउँदो रोल सबैले पाएकै छन्।”
दोष कसको ?
अभिनेत्रीहरूलाई निरन्तरता दिन नसक्नुको दोष चलचित्रकर्मी तथा समिक्षक प्रकाश सायमी निर्देशक र अभिनेत्रीलाई नै दिन्छन्।
“आफ्नो समयमा चलचित्र उद्योग धानेका अभिनेत्री जस्तो पायो त्यस्तो चलचित्रमा कमब्याक गर्नु नै मुर्खता हो। उनीहरूले चलचित्र पहिचान गर्न सकेनन्। वर्षौंको अनुभव सँगालेका निर्देशकले पनि गतिला चलचित्र निर्माण गर्न सकेनन्”, सायमी भन्छन्।
निर्देशक आकाश अधिकारी र यादव भट्टराई दुवैले भने कथा लेखनमा कमजोरी देख्छन्। तर सायमी यसलाई उनीहरूको पन्छिने बहाना मात्र ठान्छन्। भन्छन्, “राम्रा स्क्रिप्ट हातमा लिएर बसेका लेखकहरू छन्, तर निर्देशकले आँट नै गर्न सक्दैनन्।”
राम्रो निर्देशकको हातमा फिल्म पुग्यो भने सफल त हुन्छ नै अभिनेता, अभिनेत्रीको करिअर पनि लम्बिन्छ।
“तर यहाँ निर्देशकले नै अभिनेत्रीको करिअरको आयु आठ दश वर्ष भन्दा लामो देखेको हुँदैन”, सायमीको आरोप छ, “हिरोइन हुनु भनेको लोकसेवा आयोगको जाँच दिनु होइन, जसमा उमेरको हद तोकिएको होस्।”
सहि चरित्र दिन नसक्दा मिथिला शर्मा जस्ता होनहार कलाकार कला प्रस्तुत गर्नबाटै वञ्चित छन्। त्रिकालदर्शी भएर सोच्नुपर्ने निर्देशकहरूकै दृष्टिमा कमजोर भएकाले नेपाली अभिनेत्रीले खुम्चिनु परेको छ।
चलचित्र निर्देशकहरू वितरकको अधिनमा छन्। हलवालाले आफ्नो चलचित्र नलिने हुन् कि भन्ने डरमा छन् निर्देशकहरू। त्योसँगसँगै अभिनेत्रीहरूले पनि आफ्नो करिअरलाई संवेदनशील रूपमा लिएका छैनन्।
बलिउडकै कुरा गर्ने हो भने राज परिवारमा विवाह भएर पनि अभिनेत्री करिना कपूरले काम गर्न छोडेकी छैनन्। अधिकांश बलिउड अभिनेत्रीले करिअरलाई केन्द्रमा राखेका छन्।
नेपाली अभिनेत्रीहरू छिटो पलायन हुनतर्फ लागे। केहि समय काम गर्ने र आफ्नो जीवन सेटल गर्ने धेरै अभिनेत्री छन्। विविध भूमिकामा काम गर्ने चासो कमै अभिनेत्रीले राख्छन्।
विश्व साँघुरो बन्दै जाँदा जनमानसको चलचित्रप्रतिको अवधारणा पनि फेरिँदै गएको छ। सायमी भन्छन्, “अब गीत गाउन र नाच्न जान्दैमा नायिका भइँदैन, जीवन जिउनु नायिका हुनु हो।”