१ जेठ २०६१को नेपाल साप्ताहिकको वार्ता स्तम्भमा नयाँ पुस्ताका इतिहासविद् प्रत्यूष वन्तले मलाई मेरो लघु निबन्ध संग्रह जनआन्दोलनका छर्राहरूको स्मरण गराए। यो मैले झण्डैजसो बिर्सिसकेको कृति थियो। वन्तले वर्तमान अवस्थामा पढ्नैपर्ने एउटा पुस्तक भनेर यो झिनो संग्रहप्रति लोकको ध्यानाकृष्ट गरेछन्। स्मृतिको वायुयानमा विचरण गर्दै मैले अतीततिर फर्केर हेरें। र त्यहाँ आफ्नै पाइलाका हुन् कि होइनन् जस्ता केही धमिला डोबहरू देखें। ती इतिहासको गोरेटोमा मेरो सानो लेखकीय हस्तक्षेपको प्रभावले बनेका डोबहरू थिए।
जनआन्दोलनका छर्राहरूको पुनःस्मरणले मेरो चित्तमा एकसाथ प्रसन्नता र खिन्नताको भाव जगाइदियो। प्रसन्नता किनभने छयालीस सालको जनआन्दोलनलाई बिसाएको लगत्तै लेखिएका लघु आकारका यी निबन्धहरूमा मैले आफ्नो लामो लेखकीय जीवनमा पहिलो पटक अङ्कुशमुक्त अभिव्यक्ति स्वतन्त्रताको हक भरपूर उपयोग गरेको थिएँ। त्यो मैले पहिले कहिल्यै कल्पना नगरेको अद्भूत र रोमाञ्चक अनुभव थियो। नेपाली इतिहासको त्यो देदीप्यमान क्षणमा मानसिक र मनोवैज्ञानिक दासताका साङ्ला तोडेर जागेका जनताको ऐक्यबद्ध शक्तिको अदम्य ज्वालासाम निरङ्कुश राजशाही पराजित भएको थियो। अभिव्यक्तिको डबलीमा निषेधका दश्य र अदृश्य यावत् पर्खालहरू गाम्गुर्लुम् ढलेका थिए। एकदमै खुला र निर्बन्ध त्यो परिवेशमा सबै प्रकारका भय, भ्रम र प्रलोभनहरूबाट पर रहेर एकदमै उन्मुक्त र उल्लासमय मनोदशामा मैले ती निबन्धहरू लेख्ने सुऔसर पाएको थिएँ।
पृष्ठदृष्टिले गम्दा अहिले मलाई लाग्छ, त्यो मेरो लामो लेखकीय जीवनको छोटो र स्वप्नवत् तर सुन्दर र सुखद् क्षण थियो। निरङ्कुश राजशाही कालमा अभिव्यक्तिको फाँटमा जुनजुन विषयहरू कडाइका साथ निषिद्ध थिए, यी निबन्धमा मैले तीमध्ये केही विषयहरूलाई कोट्याएको थिएँ। चार अमर शहीदका शिरमाथि अनधिकत र अशिष्ट रूपबाट स्थापना गरिएको राजा त्रिभुवनको शालिक, चमचम चम्किने चाँदीका सिक्काको प्रलोभनमा पेशेवर चाटुकारहरूद्वारा अतिरञ्जनासाथ निर्माण गरिएको चाँदनी शाहको भीमकाय कवि-व्यक्तित्व, जनआन्दोलनको प्रहारमा परी गर्धनबाट छुट्टिएर रत्नपार्कको सानो जलकुण्डमा अलपत्र परेको मुमा रानी रत्नको शालिकको शिरमा प्रतिबिम्बित जनजागरणको गाथा, कल्पनाशील आन्दोलनकारीहरूद्वारा आविष्कृत पम्फादेवीको रहस्यमय कथा, पराजयपश्चात् अन्धकारका पत्रभित्र लुकेर आतङ्कित मुद्रामा इतिहासको साँगुरो सुरुङमा कतै अलप भएका कुण्डले र मण्डलेहरूको कारुणिक दशा आदि।
उसो त यस संगालोमा जनआन्दोलनलाई विजयको क्षणदेखि नै पराजयको त्रासद गुफातिर डोऱ्याइन लागेका लक्षणहरूलाई इङ्गित गर्ने केही मूर्त दृष्टान्तहरू पनि समावेश भएका थिए। यो तथ्य सडकमा हँसिया-हथौडा र चार तारा अङ्कित विशाल झण्डा बोकेका कुण्डले र मण्डलेहरूको भद्दा उपस्थितिमा दृष्टिगोचर भएको थियो। ‘परशुनारायणको जयगान र गणेशमानको गाँड’ नामक निबन्ध यो तथ्यको झनै प्रखर अभिलेख थियो। स्मरणीय छ, काँधमाथि जनआन्दोलनको तेजोबध गर्ने जिम्मा लिएको प्रतिकार समितिका शाही सेवक परशुनारायण चौधरीलाई जनआन्दोलन टुङ्गिदा नटुङ्गिदै रातो गलैंचा ओछयाएर नेपाली काँग्रेसमा भित्र्याइएको थियो। यी प्रतिकारनायक मान्यवर ज्वाइँको भेषमा विजयी मुद्रामा ङिच्च हाँस्दै काँग्रेसमा भित्रिएका थिए। भित्र्याउने कर्ता थिए नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला। यी काँग्रेसी त्रिमूर्ति भावुक र भावविभोर मुद्रामा थिए। मानौं भित्र्याइएको लोकतन्त्रविरोधी कुनै दण्डनीय अपराधीलाई होइन, दुःखी नरनारीहरूको उद्धार गर्न स्वर्गबाट अवतरित भएको कुनै प्रिय र पूज्य देवदूतलाई हो। एकतन्त्रका अति ताबेदार परशुनारायणलाई लोकतन्त्रका नायक गणेशमानको गाँडको संज्ञा दिइँदा यो विद्रूत कथा कटाक्षको एउटा विभत्स चित्रका रूपमा बिम्बित भएको थियो।
छरितो भाषा र मनोविनोदी शैलीमा रचिएका यी निबन्धहरूमा मैले लेखकीय जीवनको प्रारम्भदेखि नै आफ्नो अन्तरमा सञ्चित असह्य पीडालाई निकास दिएको थिएँ। त्यो अभिव्यक्ति स्वतन्त्रताको हक दमित हुनाको कारण पैदा भएको पीडा थियो। बन्धनमुक्त शब्दका माध्यमले जब मेरो पीडाले निकास पायो, त्यो घडीमा मलाई लामो समयदेखि मेरो मानसमा उकुच पल्टिएका घाउहरूमा गानिएको पिप निचोर्दा हुने पीडामिश्रित आनन्दको अनुभूति भएथ्यो। साँचो अर्थमा त्यो पीडाविरेचनको एक शानदार क्रिया थियो।
अहिले नेपाली राजनीतिका कालातीत र आदिम तत्वहरूद्वारा इतिहासको रथ उल्टो दिशातिर फर्काइएको याम छ। अहिले खोला किनारको स्थिर र मौन बकल्लोझै मौका कुरी बसेको पराजित सामन्तशाहीद्वारा हाम्रा समस्त नागरिक हकहरूसहित अभिव्यक्ति स्वतन्त्रताको हक हरण गरिएको छ। सिङ्गै मुलुक एक विशाल कारागार र एक चित्कारपूर्ण बधशालामा रूपान्तरित भएको छ। यो कष्टकर र कुरूप घडीमा अतीतको त्यो निर्बन्ध अभिव्यक्ति स्वतन्त्रताको कथा मेरालागि एउटा न्यास्रोलाग्दो सम्झना बनेको छ। सत्य हो, मेरो बन्धित अभिव्यक्ति बन्धनमुक्त भएको थियो, तर दुर्भाग्यवश आफ्नै राजनीतिक नायकहरूको अविवेक, असावधानी र अदूरदर्शिताका कारण यो पुनः बन्धित हुनपुग्यो। मेरो यो अनुभूतिमा असीम दुःख छ।
सत्य हो, मेरो बन्धित अभिव्यक्ति बन्धनमुक्त भएको थियो, तर दुर्भाग्यवश आफ्नै राजनीतिक नायकहरूको अविवेक, असावधानी र अदूरदर्शिताका कारण यो पुनः बन्धित हुनपुग्यो।
अनिर्वाचित र स्वेच्छाचारी शासन खपिनसक्नु जनपिराहा थियो। छयालीस सालमा त्यसको तख्ता पल्टयो। र रिक्त स्थानमा बहुदलीय निर्वाचित शासनको प्राणप्रतिष्ठा भयो। अहिले फर्केर हेर्दा लाग्छ, हाम्रा राजनीतिक नायकहरू इतिहासको पछिल्लो बेन्चीमा लुकेर बस्ने लद्द विद्यार्थी सरह रहेछन्। यो सत्य उजागर गर्दा मलाई लाज लाग्छ, यिनले इतिहासका पराजित पात्रहरूको प्रतिशोधकारी र प्रत्यागमनकारी चरित्रबारे कखरासम्म पनि पढेका रहेनछन्। अल्पज्ञान र अल्पदृष्टि भएका यी राजनीतिक नायकहरूलाई लाग्यो होला, क्रान्ति सम्पन्न भयो र लोकतन्त्रको बाजी सदासर्वदाका लागि जितियो। संघर्ष गर्नुपर्ने दुःखका दिन सकिए। अबका दिन सत्तारोहण गरी फगत सुखभोग गर्नका लागि हुन्। आखिर गर्न पनि यिनले त्यसै गरे। परिणामस्वरूप धूलामा पछारिएको राजशाहीलाई उठेर धूलो टकटक्याउँदै पुनः सुलसुलेझै सत्ताको केन्द्रमा घुसेर सिङ्गो सत्ता हडप्ने अवसर प्राप्त भयो। असावधानी र मूर्खतासाथ यो अनिष्ट अवसरको दैलो उघारिदिने पात्रहरू हाम्रै भुत्तेहरू हुन्।
प्रत्येक विजयी जनआन्दोलनले नवीन संस्कृति र मूल्यप्रणालीका लागि खाली ठाउँ बनाउने हेतुले अतीतकालदेखि सञ्चित हुँदै आएको इतिहासको फोहोर-मैला धोई-पखाली गर्छ। यो शुद्धीकरण राज्यको संरचना, कार्यविधि र पात्र तीनै तहमा अपेक्षित हुन्छ। सांस्कृतिक मूल्यजन्य फोहोर-मैलाका कतिपय जरुवा संवाहकहरू दण्डित हुन्छन्, अरू कतिपयचाहिँ आफ्नो कलङ्कित छविको कारण लोकनजरबाट बहिष्कृत भई इतिहासको किनारतिर भाग्छन्। तर बहुदलीय शासनका हाम्रा अक्षम सारथीहरूले यस प्रकारको शुद्धीकरणको खाँचो लेसमात्र पनि महसुस गरेनन्। नतिजास्वरूप, लोकतन्त्ररूपी निम्छरो विरुवा वरिपरि विनाशकारी भार पलाउन थाल्यो। कालक्रममा लोकतन्त्रको कलिलो र कोमल बिरुवा एकतन्त्रको आक्रामक झारमुनि छोपियो। अन्ततः जेठ १९, असोज १८ र माघ १९ का कुरूप कथाहरूको रचना गर्दै इतिहासको रथ अतीतको उही दमनकारी अन्धकारतिर मोडियो। एक समय थियो जब लेखकलाई भयमुक्त र स्वच्छन्द रूपले जनआन्दोलनका छर्राहरू लेख्ने निर्वाध हक थियो। अहिले अर्को समय आयो जब लेखक नागरिक हकको उपभोग र आफ्नो अन्तस्करणको आदेशको पालना गरी त्यो लेखेको कसुरमा सत्ताको कोपभाजन बन्न श्रापित छ। यो अनुभव मलाई ऐठनकारी दुःस्वप्नजस्तो लाग्छ। र दुःस्वप्नको मेरो यो अनुभूतिमा असीम दुःख छ।
तथापि, कष्टकर वर्तमानमा उभिएर अतीतमा आफू हिँडेका पाइलाका केही अर्थपूर्ण डोबहरू र अतीतमा लोकतन्त्रको उदार छहारीमुनि आफूले भोगेका केही सुन्दर क्षणहरूको सम्झना गर्दा त्यसबाट मलाई अन्धकारका शक्तिहरूसंग जुध्न केही न केही ऑट र प्रेरणा प्राप्त भएको छ। प्रत्यूषले सुझाएझै जनआन्दोलनका छर्राहरू पुनःविचरण गरिन लायकको कृति हो भन्ने म ठान्दिनँ। यसमा अखबारमा छाप्ने हेतुले हतार-हतार छोइएका विविध राजनीतिक र सांस्कृतिक विषयहरूको न त विषद व्याख्या छ, न त गहन विश्लेषण नै। तर मेरा लागि भने यो पुनःविचरण एक रोमाञ्चक र प्रेरक सन्दर्भ बनेको छ। उदास मुद्रामा म गम्छु, पहिले अभिव्यक्ति स्वतन्त्रताको अवस्था त्यस्तो थियो, अहिले यस्तो छ। मलाई थाहा छ, सङ्गीन र केवल सङ्गीनको बलले अपहरण गरिएको हाम्रो अभिव्यक्ति स्वतन्त्रताको हक खोसेर फिर्ता लिने सामूहिक अभियानमा मैले आफ्नो विचार र आवाजका अस्त्रहरूलाई उध्याएर पुनः यथायोग्य चेष्टा गर्नुपर्छ। हो, अतीतको मुक्त अभिव्यक्ति स्वतन्त्रताका ती दिव्य क्षणहरूको स्मरण गर्दै हामीले निरन्तर र अथक चेष्टा गर्नैपर्छ। जनआन्दोलनका छर्राहरूको निहुँमा अतीतका सिर्जनशील क्षणहरूको पुनःस्मरण गराएर आफ्नै पाइलाका डोबहरूमा अलिकता प्रेरणादायी प्रकाश खोज्न मलाई कुत्कुत्याउने मेरा आदरणीय प्रत्यूष धन्य हुन्।
हाम्रा राजनीतिक नायकहरू इतिहासको पछिल्लो बेन्चीमा लुकेर बस्ने लद्द विद्यार्थी सरह रहेछन्। यो सत्य उजागर गर्दा मलाई लाज लाग्छ, यिनले इतिहासका पराजित पात्रहरूको प्रतिशोधकारी र प्रत्यागमनकारी चरित्रबारे कखरासम्म पनि पढेका रहेनछन्।
म देख्छु, सैन्यवादको आतङ्कमय छायाँमुनि अहिले अधिकांश लेखकहरूका स्वर शुष्क भएका छन्, र तिनका कलमहरू खोलाकिनारका सुकेका सिरुका पात. भयले थर्थर कामिरहेका छन्। राजनीतिक रङ्गमञ्चमा जब माघ १९ को फौजी क-को मञ्चन भयो, त्यस सँगसँगै सञ्चार गृहका सम्पादकीय आसनहरू सैनिक अधिकारीहरूद्वारा कब्जा गरिए। अगाडि टेबुलमा बन्दुकहरू थिए, पछाडि कुर्सीमा बर्दीधारी सिपाहीहरू बसे। कुनातिर लखेटिएका कलमधारी वास्तविक सम्पादकहरू हुचिलको छाया परेको सर्पझै एकदमै असहाय, निरीह र निस्तेज भए। त्यो विवेकको वाणी बोल्ने कलममाथि आतङ्क फिजाउने बन्दुकको वर्चस्व कायम भएको कुरूप घडी थियो। केही समयपछि सञ्चार गृहहरूबाट बन्दुकहरू त पन्छिए तर लेखकहरूका मानसमा त्यसको भयकारी मनोवैज्ञानिक असर भने अझै यथावत् छ। गणराज लुइँटेलले कान्तिपुरको आफ्नो स्तम्भमा एक पटक लेखेको म सम्झिन्छु, यतिखेर प्रत्येक लेखकका मस्तिष्कमा हजार जना सशस्त्र फौज अहोरात्र परेड खेलिरहेका छन्। वास्तवमा दिमाग खोक्रो हुनाको कारण विचारको सामना विचारले गर्न नसक्ने जर्जर सामन्ती सत्ताद्वारा सञ्चार गृहहरूमा शस्त्र बल उपस्थित गराइनुको सुनियोजित प्रयोजन यही नै हो। सात दिन बन्दुक तेर्साउनु र स्मृतिमा अड्डा जमाएर बस्ने त्यसको भूतले कलमकर्मीहरूलाई सात वर्षसम्म तर्साउनु। जता जान्छु, प्रायः भूतदेखि तर्सिएर सातो उडेका लेखकहरू म देख्छु।
जब म लेखकको भेषमा जताततै अर्द्ध-मृतकहरू देख्छु, मलाई छयालीस साल चैत ३ गतेको लेखकीय संवेदनशीलता र सौर्य, अग्रसरता र दायित्वबोधको सम्झना आउँछ। त्यो वास्तवमा लेखकहरूले गौरवमय इतिहास बनाएको दिन थियो। सामान्यतः एकान्तमा, एक्लै, आफ्नै धुनमा रचनाकर्म गर्ने लेखकहरू त्यस दिन एकान्त आ-आफ्ना कुना छाडेर निरङ्कुश सत्तालाई हाक्काहाक्की हाँक दिन दलबलका साथ एक लय र एक तालमा खुला डबलीमा निस्केका थिए। तिनले काला पट्टीभित्र मुखलाई कैद गरेका थिए। त्यो दमनकारी शासकहरूसामु प्रतीकात्मक रूपले तिम्रो शासनमा अभिव्यक्तिको दशा यीः यस्तो छ भनेर प्रदर्शन गरिएको एउटा कठोर व्यङ्ग्य-चित्र थियो।
यस पटक ३ चैतमा साविक लेखकहरूद्वारा छयालीस सालको चैत ३ गतेको स्मरण गरियो। कार्यक्रम मूल्याङ्कन प्रकाशनको एउटा अलि ठूलो कोठामा भएको थियो। प्रकृति र प्रवृत्तिका दृष्टिले उक्त स्मृति कार्यक्रम मलाई निरस र निरर्थक कर्मकाण्डीय श्राद्धजस्तै लाग्यो। त्यहाँ अधिकांश लेखकका आँखामा हस्तक्षेपकारी चेतना शून्यप्रायः थियो। तिनका वक् बसेजस्ता थिए। तिनका अनुहार लेखकीय आभाशून्य थिए। म इतिहासका दुई पृथक् कालखण्डका यी दुई अवसरको साक्षी बसेको थिएँ। मूल्याङ्कनको कोठाको एक कुनामा बसेर मैले दूर अतीतको चैतका सहभागीहरूका मुद्रामा प्रतिबिम्बित भावदशाको सम्झना गर्दै स्मृति कार्यक्रमका सहभागीहरूका मुख-मुद्रा नियालेर हेरें। मलाई लाग्यो, अघिल्लो चैतमा लेखकहरू जागरुक र सशक्त थिए, अग्र-क्रियाशील र जुझारु थिए। अहिले प्रायः लेखकहरू निन्द्राग्रस्त र अशक्त, संवेदनशून्य र भुत्ते भएका देखें। स्मृति कार्यक्रममा अधिकांश वक्ताहरूका अभिव्यक्तिहरू आत्म-केन्द्रित गुनासा र कुण्ठाग्रस्त गनगनमै सीमित भए। त्यहाँ लोकतान्त्रिक राजनीतिका कतिपय पात्रहरूमा गोचर भएको दृष्टिहीनता र लम्पटपनाका कथा कहेर ती कथालाई आ-आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्ने अस्त्रका रूपमा प्रयोग गर्न खोजिएको मैले टड्कारै देखें।
तर, फौजी बलको सहाराले नागरिकका मुख थुनिएको, तिनका कान लाटा पारिएको र तिनका मस्तिष्कलाई कुजो तुल्याइएको भयावह सङ्कटकालमा अभिव्यक्ति स्वतन्त्रताका सजग र संवेदनशील अगुवा भनिने लेखकहरूको भूमिका कस्तो हुनुपर्ने हो भन्ने सम्बन्धमा त्यहाँ विषय-प्रवेश नै भएन। अझ वयस्क नागरिकद्वारा नचनिएका भुइँफुट्टा र अति अलोकप्रिय पात्रहरूको स्वेच्छाचारी शासनद्वारा आत्मिक र भौतिक दवै रूपबाट नागरिकहरूमाथि नग्न आक्रमण भइरहँदा एक जिम्मेवार कलमकर्मीको नाताले म के गरिरहेको छु भनेर आफ्ना कर्मको ऐनामा आफूलाई हेर्न वक्ताहरूलाई चाखै भएन। मलाई त्यो जागरुक र जिम्मेवार कलमकर्मीहरूको स्मृतिसभा भन्दा पनि इतिहासको जोखिमपूर्ण कालमा यो वा त्यो निहुँ झिकेर आफ्नो घोषित दायित्वबाट पन्छिन खोज्ने मृतकहरूको विकर्षणकारी झुण्डजस्तो लाग्यो। घरबाट निस्कंदा म आसा र साहसको खोजीमा निस्केको थिएँ, कार्यक्रमबाट निरासा र भय लिएर म बाटो लागें।
मेरो विचारमा सङ्कीर्ण, अनुदार र असहिष्णु राज्यद्वारा थोपरिने दमनकारी सेन्सरशीप लेखकीय अकर्मण्यता वा मौनताको निहुँ कदापि हुन सक्दैन। सच्चा र इमान्दरीपूर्ण लेखन त राजनीतिक सत्ता, राजनीतिक संस्था वा धार्मिक परम्परा, रीति र रुढिहरूद्वारा नागरिकहरूमाथि थोपरिने अनुचित आदेश र अवरोधकारी निषेधको अवज्ञामा न अभिव्यक्त हुन्छ।
अचेल साहित्य फाँटका लेखकहरूका विमर्श बैठकहरूबाट प्रायशः पाइने प्रभाव यस्तै हुन्छ। सहधर्मीहरूमा अन्तर्निहित आसा र साहसद्वारा आलोकित जिउँदो हुन पाए कस्तो हुन्थ्यो भनेर गयो, अर्द्ध-मृत भएर बाटो लाग्न विवश भइन्छ। यो मेरो नितान्त निजी अनुभव हो। उसो त मेरो लुलो साहसबाट उठने पर झिना-मसिना पाइलाहरूलाई दुस्साहसको संज्ञा दिएर मेरो साहसलाई झनै तुल्याउन उद्योग गर्ने 'क्रान्तिकारी वीरहरू'को झुण्ड पनि सानोतिनो छैन।
स्वतन्त्र अभिव्यक्तिको जोखिमपूर्ण यात्रामा साहस र आसाका सन्दर्भमा निर्माण गर्न यत्न गर्नेहरू छँदै छैनन् भन्ने होइन। म सम्झन्छु, यलमाया केन्द्र पाटनमा पाकिस्तानी कवि र गजलकार फैज अहमद फैजको सम्झना गरिएको थियो। पाकिस्तानी तानाशाहीविरुद्ध काव्यको माध्यमले अभिव्यक्ति स्वतन्त्रताको हकका निम्ति ज्यान छाडेर लड्ने ती निर्भिक र लोकप्रिय कलाकारलाई एक प्रेरक सन्दर्भका रूपमा यलमाला केन्द्रले प्रक्षेपण गरेको थियो। सिमलको भुवाजस्तो फटिक केशराशिमुनि ताजा काश्मिरी स्याउजस्तो कान्तिमय मुहार भएका कनकमणि दीक्षितले शिष्ट उद्घोषणको भाकामा समकालीन नेपाली साहित्य फाँटका लेखकहरूको स्मरण गरे। उनले मुख फोरेर यस फाँटका लेखकहरूको थोक मृत्यु पो भयो कि भनी सन्देह त प्रकट गरेनन्, तर उनका शब्दहरूमा अन्तर्निहित भावको चुरो कुरो भने लगभग यही थियो। प्रकारान्तरले उनले भने – कुम्भकर्णझै दीर्घ निन्द्रामा लठ्ठिएका हाम्रा लेखकहरूलाई यो लम्पट निन्द्राबाट ब्युझाउन सकिएला कि भनेर इख्याउन फैज अहमद फैजलाई एक सचेतक अगुवाका रूपमा यहाँ प्रस्तुत गरिएको हो। कनकीय कथन सुनेर कवि बैरागी काइँलालाई साढे पेच परेछ क्यार। उनले इमानसाथ आत्मस्वीकृति प्रकट गरे – हो, कनकको कथनमा सत्यको अंश निकै ठूलो छ।
मेरो विचारमा सङ्कीर्ण, अनुदार र असहिष्णु राज्यद्वारा थोपरिने दमनकारी सेन्सरशीप लेखकीय अकर्मण्यता वा मौनताको निहुँ कदापि हुन सक्दैन। सच्चा र इमान्दरीपूर्ण लेखन त राजनीतिक सत्ता, राजनीतिक संस्था वा धार्मिक परम्परा, रीति र रुढिहरूद्वारा नागरिकहरूमाथि थोपरिने अनुचित आदेश र अवरोधकारी निषेधको अवज्ञामा न अभिव्यक्त हुन्छ। अवज्ञाको प्रकृति र शैली अभिव्यक्ति स्वतन्त्रताको अवस्था र सीमाको सापेक्षमा कहिले मुखर र कहिले प्रच्छन्न, कहिले प्रत्यक्ष र कहिले प्रतीकात्मक हुनसक्छ। तर, जो प्रतिबद्धता र कर्मले स्वतन्त्रताको गायक हो, परिस्थिति अपेक्षाकृत रूपले असहज वा जोखिमपूर्ण जे जस्तो भए पनि दासतामुखी आज्ञा र निषेधमाथि ऊ सदैव हस्तक्षेप गर्छ। कवि श्यामलका शब्दमा जसले जोखिम उठाएर हस्तक्षेप गर्दैन ऊ मृतक हो। यस्तो मृतक अग्रगामी सामाजिक चेतनाको संवाहक हैन, जान-अन्जान दमनतन्त्रको दास बन्नमात्र लायक हुन्छ। म देख्छु, हाम्रो परिवेशमा अहिले लेखकको भेषमा स्वेच्छिक दासहरूको बाहुल्य छ।
लेखकहरूमा गोचर भएको लज्जास्पद मृतकपनाको पृष्ठभूमिमा कारणहरू के हुँदा हुन् भनी यदाकदा म घोत्लिन्छु। यसमा मेरा केही मोटा अवलोकन र अनुमानहरू छन्। मेरा यी अवलोकन र अनुमानहरू धेरथोर यथार्थको धरातल टेकेर उभिएका होलान् भन्ने कुरामा म विश्वस्त छु।
एक - इतिहासको सङ्कटकालमा लेखकीय मौनता भय र पलायनको कायरतापूर्ण भावनाबाट निःसृत हुन्छ। प्रचलित भाषामा यसलाई हामी आत्मसेन्सरशीप भन्छौं। सङ्कटकालमा इतिहासले सबैको परीक्षा लिन्छ। यो इतिहासको सहजकालमा ठूलाठूला क्रान्तिकारी बाचा गर्नेहरूका सुन्दर बाचाहरूको आवरणभित्र लुकेका अनुहारहरू आ-आफ्ना सच्चा स्वरूपमा प्रकट हुने घडी हो। धनुष्टंकार मुद्रामा विन्तीपत्र हालेर वा कृपाको आधारमा दलका कोटामा छानिएर वृद्ध अश्वहरू विश्राम गर्ने तबेलातुल्य शाही प्रज्ञाप्रतिष्ठानमा यथास्थितिको चौकिदार भई तलब-भत्ता भोग गर्न भित्रिनेहरूसँग मेरा कुनै अपेक्षा छैनन्। न त हिजोसम्म 'मलाई नालापानी दुख्यो, ऐय्या-ऐय्या, मलाई कालापानी दुःख्यो, मर-मर' भन्दै नित्य राष्ट्रवादको भजन गाउने तर आज शाही शासनकालमा चिनियाँ शासकहरूलाई फड्के किनारमा साक्षी राखेर हाम्रो कालापानीको लालपुर्जा दिल्लीका शासकहरूका चरणमा अर्पण गरिँदा चुंसम्म पनि नबोल्ने दरबारका पोष्यपुत्रतुल्य 'राष्ट्रवादी' लेखकहरूसँग नै मेरा कुनै अपेक्षाहरू छन्। उसो त पुरस्कारदाता तस्करहरूका पटाङ्गिनीमा ख्वामित्को दर्शन गर्न नित्य प्रातःभ्रमणको साधना गर्ने लेखनदासहरूसँग पनि मेरा कुनै अपेक्षा छैनन्।
म आवाज नहुनेहरूको आवाज हुँ, म अशक्तहरूको शक्ति हुँ र म इतिहासको सङ्कटकालमा सत्य बोल्न जोखिम उठाउने वीर हूँ भनी बाचा गर्नेहरूले चर्को बोल्ने बेला कहिले आउने होला ? समस्त सामाजिक मानचित्र मानव-अस्थिपञ्जरको पहाड र खरानीको थुप्रोमा रूपान्तरित भइसकेपछि ?
तर, आफूलाई मार्क्सवादी र लेनिनवादी, क्रान्तिकारी र जनवादी, प्रगतिवादी र विप्लवी भनी आत्म-विज्ञापन गर्न रुचाउनेहरूसंग भने निश्चय नै मेरा अपेक्षाहरू थिए। मेरा यी अपेक्षाहरूले प्रत्युत्तरमा प्रायः निराशामात्र हात लगाएका छन्। एउटा संवाद सम्झन्छु। यो संवाद उषा तिवारी-तितिक्षु र प्रगतिशील लेखक संघका बहालवाला अध्यक्षबीचको हो। तिवारी-तितिक्षुले अध्यक्षसामु जिज्ञासा प्रकट गरिछन् - ‘अध्यक्षज्यू ! शाही सत्तामुनि नागरिकहरूको भौतिक र आत्मिक अस्तित्व खतरामा परेको कोलाहलमय क्षणमा प्रगतिशील लेखक संघ सघन मौनव्रतमा लीन हुनाको कारण के हो ?’ प्रत्युत्तरमा अध्यक्षले भनेछन् – 'तिवारीज्यू, यो चर्को बोलिहाल्ने बेला होइन।' अध्यक्षको यो प्रत्युत्तरले केही असजिला प्रश्नहरू जन्माउँछ। सशस्त्र द्वन्द्वको चेपुवामा परेर दिन प्रतिदिन दर्जनौँ निःशस्त्र नागरिकको निर्मम बध हुँदैछ। तिनको त्रासद् नियतिबारे सूचना सम्प्रेषण गर्ने प्रतिपक्षीय सञ्चारगृहहरूमाथि राज्यका निषेधकारी बन्दुकहरूको ताण्डव कायम छ। नरभक्षी द्वन्द्वको विषाक्त तुवाँलोमुनि धमिलो पानीमा माछा मार्न सिपालु परचक्रीहरूका अदृश्य पञ्जासामु मुलुकको अस्तित्वमाथि नै प्रश्नचिन्ह उठेको आभास हुन्छ। रक्तरञ्जित सामाजिक मानचित्रमा सर्वत्र मृत्युको कोलाहल र चित्कार व्याप्त छ।
म आवाज नहुनेहरूको आवाज हुँ, म अशक्तहरूको शक्ति हुँ र म इतिहासको सङ्कटकालमा सत्य बोल्न जोखिम उठाउने वीर हूँ भनी बाचा गर्नेहरूले चर्को बोल्ने बेला कहिले आउने होला ? समस्त सामाजिक मानचित्र मानव-अस्थिपञ्जरको पहाड र खरानीको थुप्रोमा रूपान्तरित भइसकेपछि ? मलाई लाग्छ, बोल्ने शुभ साइतको यो आरामदायी प्रतिक्षा लोकतन्त्रको र मुलुकैको मलामी जाने अशुभ साइतको प्रतिक्षा हो। अध्यक्षको उक्त कथनमा म स्वेच्छिक आत्मसेन्सरशीपको झ्यालखानमा कैद भएको एक निरीह पात्रको रुग्ण मनोदशा प्रतिम्बित भएको देख्छ।
दुई - लेखकीय कर्मकाण्ड र लेखकीय सिर्जनशीलताबीचको भेदसम्बन्धी अलमल लेखकीय अकर्मण्यता र मौनताको एक कारक हो भन्ने मलाई लाग्छ। लेखकीय कर्मकाण्ड विविध स्वरूपमा अभिव्यक्त भएको पाइन्छ। वक्तव्यवाद, मूर्तिपूजा, स्मृतिसभा, कोठे गोष्ठी, पुरस्कार आदान-प्रदान र लेखकीय श्रेष्ठताको दम्भमा भिन्नभिन्न स्वरूपमा यो कर्मकाण्डीय चरित्र गोचर हुन्छ। सामाजिक र राष्ट्रिय जीवनमा गम्भीर असर पार्ने घटनाहरू घट्दा प्रतिक्रियास्वरूप वक्तव्य जारी गरिने कार्यमा हाम्रा अधिकांश साहित्यिक संस्थाहरू आफ्नो अहं दायित्व निर्वाह भएको ठान्छन्। बिलम्ब नगरी वक्तव्य जारी गरिन्छ र अर्को घटना नघटुन्जेलसम्म अर्को वक्तव्य जारी गर्ने समयको प्रतिक्षामा बसिन्छ। एक वक्तव्य र अर्को वक्तव्यबीचको अन्तराल प्रायः कुम्भकर्णे गतिहीनता र मौनतामा बित्छ। तर, बिडम्बना के छ भने सञ्चार माध्यमहरूका दृष्टिमा यस्ता वक्तव्यहरूको प्रकाशनमूल्य नै हुँदैन। कारण यी संस्थाहरू आफ्ना हस्तक्षेपकारी चिन्तनशील र सिर्जनशील कर्महरूद्वारा प्रकाशनयोग्य हैसियत आर्जन गर्न असमर्थ छन्। आफ्नो हैसियतविहीन हैसियतका कारण जब वक्तव्यहरू तिरष्कृत हुन्छन्, यी संस्थाका अधिकारीहरू सञ्चारगृहहरूतिर धारे हात लगाएर आफ्नो कमजोरीलाई छोप्ने प्रयास गर्छन्। अनि वक्तव्य जारी गरिने कार्यलाई क्रान्ति नै गरे सरह गौरवमय ठान्दै फेरि यिनीहरू नछापिने वक्तव्य जारी गर्ने समयको प्रतिक्षामा समाधिस्थ हुन्छन।
मलाई लाग्छ, स्मरणीय साहित्यिक पूर्वजहरूका मूर्ति स्थापना गर्ने कार्य स्वतः सिर्जनशील कार्य होइन। यस्तो कार्य समकालीन जीवन्त चिन्तन र सिर्जनासंग जोडिएर शिक्षाप्रद र प्रेरक प्रसङ्ग नबनेको खण्डमा यो कार्य विशुद्ध मूर्तिपूजक कर्मकाण्डमा प्रतीत हुन्छ। अहिले भइरहेको त्यही छ। मूर्ति खडा गरिन्छ। अनि अनुपम प्रकृतिको पुनीत कर्म गरियो भनी आत्म-विज्ञापन गर्दै नाक घोक्र्याइन्छ। तर, ती निर्जीव मूर्तिहरूका पृष्ठभूमिमा रहेका प्रेरक सन्दर्भहरूलाई जीवन्त तुल्याएर समकालीन जीवन-प्रक्रियासँग जोड्ने सिर्जनशील चेष्टा गरिँदैन। मेरो विचारमा, मूर्ति स्थापना र मूर्ति पूजाको यो अभ्यास चिन्तन र सिर्जन प्रक्रियामा साधक हैन, बरु बाधक नै भइरहेको छ। यी मूर्तिहरू यिनका संस्थापकहरूद्वारा आफ्नो अकर्मण्यतालाई छोप्ने मायावी आवरणहरू हुन्। र युवा पुस्ताका लागि यी आवरणहरू भ्रमका मुहान हुन्। साहित्य संसारमा युवा पुस्ताको मौनता र अकर्मण्यताका पछिल्तिर नेतारूपी गुरुका बचनलाई अकाट्य आज्ञा मानी शिरोपर गर्ने दासवत् प्रवत्तिको प्रभाव पनि लर्तरो नहोला भनी म अनुमान गर्छ। यस प्रसङ्गमा प्रलेसका अध्यक्षको गुरु-वचन स्मरणीय छ।
स्मृतिसभा र पुरस्कार आदान-प्रदान गरिने उत्सवहरूको प्रकृति र परिणति पनि मूर्ति स्थापना र मूर्ति पूजाकै चरित्रसंग मेल खान्छ। चरित्रका दृष्टिले यी कार्यकलापहरू धार्मिक श्राद्ध वा भजनकै नवीन संस्करणहरू हुन्। मूर्ति स्थापना, रुढ स्मृतिसभा र पुरस्कार आदान-प्रदान आदि जोखिमरहित कार्यहरू हुन्। छालाको अतिशय माया हुनेहरूले यस्ता कार्यहरूमा हर्दम् प्रवृत्त भई क्रान्तिकारिताको आवरण आर्जन गर्नका निमित्त प्रचण्ड जाँगर प्रदर्शन गरेको दृश्य अचम्मै उदेकलाग्दो देखिन्छ।
साहित्यको संसारमा सम्पन्न हने साप्ताहिक, पाक्षिक वा मासिक गोष्ठीहरूमा पनि कर्मकाण्डको कडा गन्ध आउँछ। बन्द कोठामा, एकाध दर्जन मित्रमण्डलीका बीचमा रचना पढिन्छन् र सुनिन्छन्। ती रचनाहरूको पहुँच प्रायः ती सङ्कुचित कोठाबाहिर कही हुँदैन। तिनलाई प्रकाशन माध्यमसम्म पुऱ्याउने यत्न पनि कमै गरिन्छ। प्रकाशन माध्यममा मेरो पहुँच छैन अथवा प्रकाशन माध्यमले मलाई पत्याउँदैन भन्ने निहुँलाई एउटा घुमाउरो आत्म-सुरक्षाकारी अस्त्र बनाइन्छ। प्रकाशन माध्यम लेखकलाई खोजेर उसको घरदैलोमा धाउँदैन, लेखकले आफै धाएर जानुपर्छ र प्रतिस्पर्धामा जुटेर आफ्नो विचार र शिल्पको शक्तिले आफ्नो ठाउँ आफै बनाउनुपर्छ।
तर, अल्छेपना, आत्महीनता वा भयको कारण बहुधा यो अभ्यास उपेक्षित हुन्छ। केवल बन्द कोठामा रचना पढिन्छ, त्यो खुत्रुक्क खल्तीमा हालिन्छ र घरमा लगेर त्यसलाई सिरानीमुनि लुसुक्क लुकाइन्छ। बन्द कोठामा क्रान्तिकारिताको प्रदर्शन गर्दा सके प्रदर्शनकारीलाई सन्तोष र गौरव प्राप्त हुँदो हो। यो जोखिमरहित कर्मद्वारा प्राप्त हुने असामाजिक सन्तोष र गौरव हो। वाचकहरूलाई मैले समाजका लागि सिङ्गो एक दिन बलिदान गरे भन्ने भ्रम पनि हुँदो हो। मलाई लाग्छ, असल मनसाय भएका कतिपय लेखकहरू यो स्वनिर्मित कारागारका निर्दोष कैदी भएका हुन सक्छन्। आफ्नो रचनाकर्मलाई सार्थक र लोकोपयोगी तुल्याउन तिनले यो पाखण्डपर्ण कारागारका अदृश्य पर्खालहरू भत्काएर अलि फराकिलो सार्वजनिक फाँटमा निस्कने साहस गर्नु निश्चय नै राम्रो हुँदो हो। भोलि कुनै अध्यवसायी शोधकर्मीले सिरानी उत्खनन् गरी आफ्नो भूमिगत कविताको पाण्डुलिपि आविष्कार गरिदेला, र सङ्कटकालमा श्री फलाना कवि जोखिमपूर्ण काव्य-क्रान्तिको बलिदानी मोर्चामा अटल रूपले प्रवत्त थिए भनी कीर्तिमान कायम गरिदेला भनी अपेक्षा गर्नु फन्टुस स्वैरकल्पनामा लीन सोम शर्माका पिताको सातुको कथाजस्तै मिथ्या अपेक्षा हो। आज रचिने साहित्यले आजै अर्थ र गरिमा प्राप्त गर्न सक्यो भनेमात्र भोलि त्यो स्मरणीय सन्दर्भ बन्नसक्छ।
सङ्कटकालमा लेखिने विषयको चयन स्वयंमा लेखकको आन्तरिक परिचय बोल्छ। शिरमाथिको समस्त आकासमा अराजक द्वन्द्वबाट पीडित निहत्था नागरिकहरूका हारगुहार माग्ने चित्कारहरू हरपल व्याप्त भएको बेला र बर्बर राज्यद्वारा ती चित्कारहरूबारे बोल्न र लेख्न निषेध गरिएको बेला संवेदनशील सर्जकले चयन गर्ने पहिलो विषय यही चित्कार हो।
अभिव्यञ्जनाको लालित्यपूर्ण स्वरूपका कारण शास्त्रहरूमध्ये साहित्य उच्च, विशिष्ट र अद्वितीय हो भन्ने मान्यताबाट कतिपय साहित्यकारहरूमा थामिनसक्नु दम्भ पैदा भएको म देख्छ। ती आफूलाई कसैले गर्न नसक्ने सिर्जनकर्म गर्ने विरलाकोटी र अनुपम प्रतिभा ठान्छन्। अनि समाजद्वारा आफ्नो उदात्त कर्मको यथोचित सम्मान नभएको गुनासो बोकेर समाजविरुद्ध निरन्तर हुङ्कार गर्दै हिँड्छन। आफू निवासबाट बाहिर निस्कंदा सेरोफेरोका सारा नरनारीहरू बाटामा दुईतिर लाम लागून्, झ्याल-झ्यालबाट आफूमाथि पुष्पवृष्टि होस्, आफ्नो गलो फूलमालामुनि पुरियोस्, करतल ध्वनि र जयजयकारले समस्त आकाश गुन्जायमान होस् र नाकानाकामा तोपका सलामीहरू टक्र्याइयून्। यस्ता लेखकहरूको यो अतिशय अपेक्षामा नार्सिसस प्रवृत्तिको म" />

अभिव्यञ्जनाको लालित्यपूर्ण स्वरूपका कारण शास्त्रहरूमध्ये साहित्य उच्च, विशिष्ट र अद्वितीय हो भन्ने मान्यताबाट कतिपय साहित्यकारहरूमा थामिनसक्नु दम्भ पैदा भएको म देख्छ। ती आफूलाई कसैले गर्न नसक्ने सिर्जनकर्म गर्ने विरलाकोटी र अनुपम प्रतिभा ठान्छन्। अनि समाजद्वारा आफ्नो उदात्त कर्मको यथोचित सम्मान नभएको गुनासो बोकेर समाजविरुद्ध निरन्तर हुङ्कार गर्दै हिँड्छन। आफू निवासबाट बाहिर निस्कंदा सेरोफेरोका सारा नरनारीहरू बाटामा दुईतिर लाम लागून्, झ्याल-झ्यालबाट आफूमाथि पुष्पवृष्टि होस्, आफ्नो गलो फूलमालामुनि पुरियोस्, करतल ध्वनि र जयजयकारले समस्त आकाश गुन्जायमान होस् र नाकानाकामा तोपका सलामीहरू टक्र्याइयून्। यस्ता लेखकहरूको यो अतिशय अपेक्षामा नार्सिसस प्रवृत्तिको म">