नेपालको राजनीतिक तथा सामाजिक वृत्तमा ‘गोर्खा भर्ती केन्द्र’ले बेला–बखतमा चर्चा बटुल्ने गर्छ। ‘गोर्खा भर्ती केन्द्र’ सुगौली सन्धिको ‘सह–उत्पादन’ थियो। सुगौली सन्धिले नेपालको राजनीतिक नक्शा खुम्च्याइदियो। त्यही सन्धिको आडमा जन्मेको ‘गोर्खा भर्ती केन्द्र’ले नेपाली युवालाई अंग्रेजी पल्टनमा भर्ती गरायो, जसले नेपालको अर्थतन्त्र र सामाजिक जीवनमा नयाँ अध्याय थपिदियो।
‘गोर्खा भर्ती केन्द्र’ ले गाउँका ढाक्रेहरूलाई अंग्रेजी पल्टनमा खपत् गर्न थाल्यो। समयक्रममा उनीहरू ‘लाहुरे’ नामले परिचित हुन थाले। चरम अभावमा बाँचेका ढाक्रेहरू विदेश पुगेर लाहुरे भएपछि जुनी फेर्थे। राम्रा लुगा, विदेशी खाद्यपरिकार र दुई चार पैसाको मुख हेरेर उनीहरुले सुखानुभूति गर्न पाए।
पल्टनघरमा पुगेपछि तिनले सांस्कृतिक अन्तरघुलनको अनुभव गर्न थाले। आफू जन्मे-हुर्केको भन्दा भिन्न परिवेशमा पुगेपछि ती पहाडी युवाले धेरथोर अंग्रेजी संस्कार टिप्न थाले। तिनको बोलीमा केही अंग्रेजी र केही हिन्दी शब्द मिसिन थाले। पसिनाले गन्हाउने ज्यानमा अत्तर मगमगाउन थाल्यो।
जन्मघरबाट पल्टनघर जाँदा लाहुरेहरूले आफूसँगै अत्तरजस्तै मगमगाउँदो चीज लगेका हुन्थे। त्यो हो, लोकगीत। त्यो अभौतिक वस्तु पहिचान तिनको सांस्कृतिक पहिचानको धरोहर थियो, मन भुलाउने उपाय थियो र रङ्गरेशमको भरपर्दो माध्यम थियो।
लाहुरेको मन पनि ढुङ्गाको थिएन। पल्टन हिँडेका लाहुरेलाई पनि गाउँको सम्झनाले सताउँथ्यो। लाहुरे एक्लै गुनगुनाउँथ्यो, ‘रेलको हावा सरर आइरहनी, झल्को लाइरनी’।
पहाडको उर्वर र वैभवपूर्ण सांस्कृतिमा हुर्केका युवाहरू जहाँ पुग्थे, त्यहाँको वातावरण रौनकपूर्ण बन्थ्यो। उनीहरूको उपस्थितिले पल्टनको माहौल सुमधुर र रसरङपूर्ण हुन पुग्थ्यो।
रसरङमा डुब्ने रौसे लाहुरेहरूले पल्टनको वातावरण घमाइलो बनाउँथे। नेपाली भाषा–साहित्यका अध्येता कृष्णप्रसाद पराजुलीले आफ्नो कृति ‘नेपाली लोकगीतको आलोक’ मा नेपाली लाहुरेहरूको उपस्थितिले अंग्रेजी पल्टन सांगीतिक दृष्टिले पनि उर्वर रहेको चर्चा गरेका छन्।
पराजुली लेख्छन्– ‘ब्रिटिस भारतीय गोर्खा छाउनी त एक किसिमले नेपाली नाचघर नै भएको थियो’ (पृ.११३)।
पराजुलीले लाहुरेका मौलिक नेपाली नाचगानबाट बिछट्टै प्रभावित भएर छाउनीका अंग्रेज अधिकारीहरू पनि नेपाली पहिरनमा सजिएर नाचगानमा सहभागी हुने गरेका चर्चा गरेका छन्।
लाहुरे संस्कृतिको इतिहास २०० वर्षभन्दा पुरानो छ। यो लामो कालखण्डमा कुन–कुन रौसे लाहुरेले के–कसरी कला र गलाको परिचय दिए ? यसबारे पर्याप्त खोज–अनुसन्धान भएको छैन।
सम्झिएका केही नाम
गाउँघरमा भेटिने मौखिक अभिलेखलाई आधार मान्दा लाहुरे र लोकगीतको साइनो धेरै कसिलो छ। गाउँघरमा लाहुरे र लोकगीतको सम्बन्धका अनेकन् किस्सा–कहानी सुन्न पाइन्छ। तर, औंलामा गन्न सकिने लाहुरेका मात्र लिखित अभिलेख भेटिन्छ।
लिखित अभिलेखमा भेटिने एकजना लाहुरे हुन्, बहादुरसिंह बराल मगर (वि.सं. १९४७—२०१९)। पाल्पाको चुलीबोझा गाउँमा जन्मेका बहादुरसिंह सन् १९१३ मा भर्ती भएका थिए। श्रुतिमधुर स्वरयुक्त प्रतिभा भएकाले उनले ‘शङ्खस्वर’ उपमा पाएका थिए। लोकगीतको विस्तारमा बरालले दिएको योगदाबारे कृष्णप्रसाद पराजुलीले आफ्नो कृति ‘नेपाली लोकगीतको आलोक’ मा सविस्तार चर्चा गरेका छन्।
अर्का रौसे लाहुरे हुन्, मित्रसेन (वि.सं. १९५२—२००२)। आफ्नो कला र गलाबाट दुनियाँलाई मोहनी लगाउने मित्रसेन फस्ट ‘गोर्खा राइफल्स’मा भर्ती भएका थिए। उनको ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’, ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले’, ‘लाहुरेको रेलिमै फेसनै राम्रो’ जस्ता गीतसँग नेपालीभाषीहरू भलीभाँती परिचित छन्। उनको पुर्ख्यौली थलो पर्वत जिल्लाको राखुखोला भए पनि भारतको हिमाञ्चल प्रदेशको भाक्सुमा जन्मे। त्यतै जीवन कटाए।
पल्टन आउँदा जाँदा पैदलयात्राका क्रममा जुन–जुन ठाउँमा बास पर्थ्यो, ती–ती ठाउँका लोकभाका टिपेर छाउनी र गाउँघरतिर पुर्याउने काम रौसे लाहुरेहरूले गरे।
सांगीतिक इतिहास रच्न सफल अर्का लाहुरे हुन्, लमजुङका देउबहादुर दुरा। उनी बहादुरसिंह बराल र मित्रसेनकै समकालीन हुन्। कालीभक्त पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’ र धर्मराज थापाले ‘लोकसंस्कृतिको घेरामा लमजुङ्ग’ किताबमा उनको कला र गलाको मुक्तकण्ठले चर्चा गरेका छन्।
देउबहादुर दुराले पल्टनमा थोरै समय बिताए। गाउँघरमा सुनिएको वर्णनअनुसार उनले लगभग दुई वर्ष मात्र पल्टनमा बिताए। त्यसपछि काठमाडौं, देहरादूनलगायत नेपाल र भारतका विभिन्न ठाउँहरूमा गीत गाउँदै हिँडे। उनी गण्डकी अञ्चलमा प्रचलित लोकप्रिय ठाडो भाकाका अधिष्ठाता नै मानिन्छन्। उनले चन्द्र शमशेरको दरबारमा नाचगान गरे। उनको प्रतिभालाई कदर गर्दै दरबारले बक्सिसस्वरूप भाँडाकुडा र नगद दिएको वृत्तान्त बाक्लै सुन्न पाइन्छ।
नेपाली समाजमा चर्चा बटुल्न सफल अर्का लाहुरे हुन्, दार्जिलिङ निवासी जयदेव राई। ‘लहरी’ गीतका प्रवर्तक मानिने राईबारे धेरै विवरण उपलब्ध छैन। उनीबारे कृष्णप्रसाद पराजुलीले संक्षिप्त विवरण पेश गरेका छन्।
राईले वि.सं. १९२० को दशकमै झ्याउरे लयमा ढालेर गीत गाएका थिए। गीतको नमूना यस्तो छ, ‘धनकुटा ज्यानको चुङमोङ डाँडा वनको दमार, पातलो जिब्रो जे बोले पनि माया त नमार’।
लाहुरे र लोकगीतको प्रसंग कोट्याउँदा पर्वतका बिर्खे पुनको खुबै नाम आउँछ। उनको सांगीतिक जोडी थिइन्, हंसरानी राई। यी दुईको सांगीतिक जोडीले सैनिक छाउनीमा हलचल नै ल्याएको लोकगीतका अध्येताहरूले उल्लेख गरेका छन्। यिनले गीत गाउँदा देखाउने हाउभाउ र ओठबाट निस्कने शब्दबाट मोहित नहुने कुनै लाहुरे नै थिएन भन्ने चर्चा सुनिन्छ।
तिनले रचेका गीत
लाहुरे हुने परम्परा मत्थर हुँदै गए पनि लाहुरे र लोकगीतबीचको अन्तरसम्बन्धबारे चर्चा सेलाइसकेको छैन।
माघको पहिलो हप्ता यसपटक आफन्तको बिहेमा सहभागी हुन चितवनको माडी पुगेको थिएँ। त्यहाँ पुराना पुस्ताका एकजना रहरिलो व्यक्तिले लाहुरेले रचेको गीत सुनाए, जुन २०११–१२ सालतिर लमजुङ ठूलोस्वाँराका ब्रिटिश लाहुरेले रचेका थिए। गीत यस्तो थियोः ‘चुरोट सलाई, नबस माया सिंगापुर–मलाय’। ती लाहुरे मलेशिया (तत्कालीन मलाय) मा बसेर आएका थिए, जसमा लाहुरेको मुटुमा बास गरेको राष्ट्रप्रेमी भावनाको निसानी भेटिन्छ।
सधैँभरि गोलाबारुद र भागदौडमा समय खर्चिने लाहुरेले नेपाली लोकगीतको विस्तारमा दिएको योगदानलाई स्वर्ण अक्षरमा लेख्नुपर्ने हो। दुर्भाग्यवश, लाहुरे स्वयम्ले आफ्नो इतिहास लेख्न भ्याएनन्। जान्ने–बुझ्नेले तिनका सांगीतिक इतिहास लेखिदिएनन्।
विगतमा लोकगीत र लाहुरेको चर्चा चल्थ्यो। छुट्टिमा घर आएको लाहुरे हाँसखेल गर्दै रातभर–रातभर साथीसंगी र चेलीबेटीहरूसँग रोदीघरमा गीत गाउँथे। हाँसखेल गर्दागर्दै छुट्टि सकिन्थ्यो। गाउँमा बस्ने समय सकिएर चुरोटको ठूटोजस्तै भएको बेलामा उसले रोदीघरमा गीत गाउँथ्यो– ‘आज त गुँदरीमाथि, भोलि त छे बजे रेलैमा’।
सबैबाट अश्रुपूर्ण बिदाइ पाएर पल्टनमा हाजिर हुन बाटो तताउँथ्यो, कुखुराको बाले नबास्दै। साथीसंगी र चेलीबेटीहरू लाहुरेको सम्झनामा छटपटिन थाल्थे। अनि लाहुरेको सम्झना वनपाखामा गीत बनेर पोखिन थाल्थ्यो– ‘पानीको तिर्सना, गयो लाहुरे भैरवा काटेर सकिन बिर्सन’।
लाहुरेको मन पनि ढुङ्गाको थिएन। पल्टन हिंडेका लाहुरेलाई पनि गाउँको सम्झनाले सताउँथ्यो। लाहुरे एक्लै गुनगुनाउँथ्यो, ‘रेलको हावा सरर आइरनी, झल्को लाइरनी’।
गाउँघर र लाहुरबीचको भावनात्मक र आत्मीय सम्बन्ध लोकगीतका लागि कारखानाजस्तै हुन पुग्यो, जसबाट लोकगीतका नयाँ–नयाँ टुक्काहरू जन्मन थाले।
लाहुरेहरू तत्कालीन समयमा रेल चढ्न पाउने सौभाग्यशाली नेपालीमा पनि पर्थे। रेलमा यात्रा गर्दागर्दै लाहुरेका मन–मस्तिष्कमा रेलसँग सम्बन्धित लोकगीतका टुक्काहरू अङ्कुरित हुन थाल्यो भन्ने अनुमान गर्न कठिन छैन।
गाउँबाट छाउनी, छाउनीबाट गाउँ
लाहुरेहरू लोकगीतका हुलाकी हुन्। उनीहरूले एक ठाउँको लोकगीत अर्को ठाउँमा विस्तार गर्न सहयोग गरे। गाउँघरका लोकगीतलाई छाउनीसम्म पुर्याउने र छाउनीका सुनिएका गीतलाई गाउँतिर ल्याउने काम लाहुरेबाटै भयो।
पल्टन आउँदा जाँदा पैदलयात्राका क्रममा जुन–जुन ठाउँमा बास पर्थ्यो, ती–ती ठाउँका लोकभाका टिपेर छाउनी र गाउँघरतिर पुर्याउने काम रौसे लाहुरेहरूले गरे। पछिल्लो समयमा टेप–रेकर्डरको जमाना आयो।
रेकर्डिङ प्रविधिको विकासले पनि लोकगीतको यात्रालाई सहजीकरण गर्यो। लाहुरेहरूले गाउँघरका लोकभाका रेकर्ड गरेर पल्टनतिर लैजान थाले। यसबाट स्थानीय लोकगीतको विस्तारमा सहयोग पुग्यो।
गाउँघरमा नयाँ संस्कृति भित्र्याउने कार्यमा पनि लाहुरे समुदायको योगदान रह्यो। टेप रेकर्डरका अतिरिक्त टर्च लाइट, पेट्रोम्याक्स, विदेशी पहिरनजस्ता नवीनतम् चीजबीज भित्र्याउने लाहुरे नै हुन्। लाहुरेले विदेशी शैलीका नाचगान पनि साथमै ल्याउँथे।
गाउँघरमा ‘थेटर’ नामले चिनिने नयाँ शैलीका नाचगानको श्रीगणेश गर्ने श्रेय पनि उनै लाहुरेहरूलाई नै जान्छ। पेट्रोम्याक्सको झिलीमिली उज्यालोमा नाटक प्रहसन गराउने र आधुनिक शैलीको नाँच नचाउने परिपाटी बसाउनेमा लाहुरे समुदायको योगदान छ।
एउटा पृथक लाहुरे
धेरै लाहुरेले असंगठित र अनौपचारिकरूपमै लोकभाकाको प्रसार गरे। समाजमा योगदान दिएर पनि ती लाहुरे लोकस्मृतिमा छैनन्। कास्कीका क्याप्टेन मीनबहादुर गुरुङ (वि.सं. १९९०–२०६४) लाहुरे नै हुन्। उनी अरू लाहुरेभन्दा फरक देखिए।
उनले २०२८ सालमा पोखरामा ‘डाँफेकला मन्दिर’ नामको संस्था स्थापना गरे। यसले लोककलाको विस्तारमा अतुलनीय योगदान दियो। ‘डाँफेकला मन्दिर’ बाट थुप्रै लोकप्रतिभा जन्मिए। गुरुङको किसिमको योगदानलाई संगठितरूपमा रहेका लाहुरेहरूबीच एउटा मीठो अपवाद मान्न सकिन्छ।
लाहुरे समुदाय नेपाली लोकगीतका अघोषित दूत हुन्। सधैँभरि गोलाबारुद र भागदौडमा समय खर्चिने लाहुरेले नेपाली लोकगीतको विस्तारमा दिएको योगदानलाई स्वर्ण अक्षरमा लेख्नुपर्ने हो। दुर्भाग्यवश, लाहुरे स्वयम्ले आफ्नो इतिहास लेख्न भ्याएनन्। जान्ने–बुझ्नेले तिनका सांगीतिक इतिहास लेखिदिएनन्।
नेपाली लोकगीतको ‘जान्र’ मा इन्द्रधनुषी रङ्ग थप्ने र लोकगीतको विस्तारमा लाहुरेहरूको योगदान अपरिमित छ। लोकस्मृतिबाट गायब भएका ती तमाम लाहुरेजनलाई सलाम !
" /> नेपालको राजनीतिक तथा सामाजिक वृत्तमा ‘गोर्खा भर्ती केन्द्र’ले बेला–बखतमा चर्चा बटुल्ने गर्छ। ‘गोर्खा भर्ती केन्द्र’ सुगौली सन्धिको ‘सह–उत्पादन’ थियो। सुगौली सन्धिले नेपालको राजनीतिक नक्शा खुम्च्याइदियो। त्यही सन्धिको आडमा जन्मेको ‘गोर्खा भर्ती केन्द्र’ले नेपाली युवालाई अंग्रेजी पल्टनमा भर्ती गरायो, जसले नेपालको अर्थतन्त्र र सामाजिक जीवनमा नयाँ अध्याय थपिदियो।‘गोर्खा भर्ती केन्द्र’ ले गाउँका ढाक्रेहरूलाई अंग्रेजी पल्टनमा खपत् गर्न थाल्यो। समयक्रममा उनीहरू ‘लाहुरे’ नामले परिचित हुन थाले। चरम अभावमा बाँचेका ढाक्रेहरू विदेश पुगेर लाहुरे भएपछि जुनी फेर्थे। राम्रा लुगा, विदेशी खाद्यपरिकार र दुई चार पैसाको मुख हेरेर उनीहरुले सुखानुभूति गर्न पाए।

">