काठमाडौं। “तपाईं त सद्धे नै हुनुहुन्छ, कसरी अपाङ्ग हुनुभयो ? कार्ड देखाएर हामीलाई ठग्ने ?”
जिन्दगीमा त्यो दिन नआएको भए यो प्रश्न कसले पो सोध्थ्यो र ? तर, सम्झना भुजेल त हरेक दिनजसो यस्तै प्रश्नबाट गुज्रिन्छिन्। अनि आफैंलाई खोतल्नुपर्छ।
मानिसको स्वभाव नै हो, दुःख लुकाउने, सुख देखाउने। तर, उनको दुःख नै यस्तो छ जसलाई नचाहेर पनि देखाउनुपर्छ। विडम्बना, दुःख देखाएपछि अरुले गर्ने व्यवहारले पीडाको अर्को पहाड ठडिन्छ।
जस्तै ?
एउटा घटना सुनाउँछिन् उनी। एकदिन रेडियोमा समाचार सुनिरहेका बेला बीचैमा कर्मचारी आवश्यकताको विज्ञापन बज्यो। विज्ञापनमै कार्यालयको सम्पर्क नम्बर समेत भनियो। उनले त्यो नम्बरमा फोन गरिन्। खासमा साथीको जागिरका लागि फोन गरेकी थिइन्। फोनमा बोल्ने कार्यालयका कर्मचारीले भने, “तपाईंको बोली सुन्दा नै क्षमतावान, एक्टिभ लाग्छ। तपाईं पनि आउनुस्, अवसर दिन्छु।”
उनी गइन्। तर, उनलाई प्रत्यक्ष देखेपछि आश्वासन दिने ती मानिसले साथीलाई जागिर दिए। उनलाई दिएनन्।
“त्यतिखेर मैले सोचेँ, मेरो अवस्था देखेर जागिरमा नराखेको होला। कामको लागि त हेर्दा आहा भन्ने मान्छे चाहिँदो रहेछ”, उनी सुनाउँछिन्।
उनको दुःख नै यस्तै छ। जहाँ उनी देखाउन चाहन्नन्, त्यहाँ खोतलिन्छ। जहाँ दुःख देखाइन्छ, दुत्कारिन्छ।
कहिलेकाहीँ त लाग्छ, दुःख भन्ने शब्द नै दुःखी छ। र, हेर्नोस् न सधैंभरी दुःखको अनुहार सपाट हुँदैन।
एउटा रिपोर्टरको काम कसैको दुःख कोट्याउनु होइन। सम्झना भुजेलको दुःख म कोट्याउन चाहँदिनँ। तर, जुन दुःखबाट उनी दिनहुँ गुज्रिन्छिन् त्यो नभनी उनको कथा नै पूरा हुँदैन।
तर, कति दुःख यस्ता हुँदारहेछन् जसलाई भिडिओ वा तस्वीरले होइन शब्दले नै देखाउनुपर्छ। यस्तै छ उनको दुःख।
त्यो दिन नआएको भए यो दुःख नै आउने थिएन। उनले हरेक दिन उस्तै प्रश्न सामना गर्नुपर्ने थिएन। ‘मै राम्रो’ भन्ने अहम्ले कुच्चिएको दुनियाँको अनुहार पनि हेर्नुपर्ने थिएन।
अपांगतायुक्त हुनुमा जति दुःख छ, त्यो भन्दा दुःखी हुन्छिन् उनी हरदिन आफू अपांग भएको प्रमाणित गर्नुपर्दा। अपांगता परिचयपत्र देखाएर बारम्बार प्रमाणित गर्नुपर्दा।
उनको कथा भन्नुपर्दैनथ्यो भने म त्यो घाउ नै कोट्याउँदिनथेँ।
उनको दायाँ हातको बुढिऔंला छैन। दायाँ हात, छातीदेखि पेटसम्मको भागमा मांसपेशी छैन। हाड र छालामात्रै छ शरीरमा।
त्यो दिन नआएको भए कहाँ यस्तो हुन्थ्यो र ?
उनी तीन वर्षको छँदा त्यो दिन आएको थियो।
२०५० साल पुसको महीना थियो। सिन्धुलीको उनको गाउँमा चिसो उत्कर्षमा थियो। हजुरबुवालाई बिडी लिएर खेतमा गएकी थिइन् उनी। नातिनीलाई चिसोबाट जोगाउन हजुरबुवाले रुख नजिक दाउरा बालेर आगो ताप्ने बन्दोबस्त मिलाइदिएका थिए। आफैंले तापिरहेको आगो कतिबेला आफ्नो कपडा टिप्न आइपुग्यो, उनलाई सम्झना छैन। कपडा सल्केर जिउ समातेपछि मात्र थाहा पाइन् उनले। पोलाइको पीडाले उनी चिच्याएको आवाज सुनेर खेत जोतिरहेका हजुरबुवा दगुर्दै आए। हत्तपत्त आगो निभाउने प्रयास गरे। आगो त निभ्यो तर, पोल्न कम भएन। हजुरबुवाले कपडा निकालेर फालिदिए। नातिनीलाई बोकेर घरतिर कुदे। शरीरमा फोका निस्कन थालेका थिए। उनले रहरले लगाएका चुरा हजुरबाले खुकुरीले काटिदिए।
त्यो दिन घरमै घरेलु उपचार गरेर राखियो। तर, सञ्चो नहुने देखिएपछि बाआमाले अस्पताल लैजाने निधो गरे। भोलिपल्ट कोक्रोमा केराको पात विच्छ्याएर त्यसमाथि उनलाई सुताएर सर्लाही जिल्ला अस्पताल पुर्याइयो।
उपचार शुरू भयो तर, उनको अवस्था सप्रनुको साटो झनै बिग्रँदै गयो।
उनकी आमालाई अहिले पनि लागिरहन्छ, डाक्टरको कारण समस्या बल्झियो। डाक्टरले माछाको तेल लगाएर पट्टी बाँधिदिए। तेलले हात लगायत शरीरका अरु भाग बिग्रँदै गए। घाउ बिग्रेपछि ती डाक्टरले सहजै भनिदिए– उपचार सम्भव छैन।
उनलाई त के थाहा हुन्थ्यो र यी सबै घटना ? उनी त बेहोस् थिइन्। बाआमाले उनलाई बोकेर घर फर्केछन्। सम्झनालाई देखेर सबैले आश मारेछन्। तर, आमाको मन न हो, किन हरेश खान्थिन् ? छोरी कुरेर बसिन्। गाउँलेले भनेछन् पनि– “तेरी छोरी मरिसकी, के कुरिरहेको ?”
“अलिअलि सास छ, बाँच्छे कि ?”, शुष्क स्वरमा आमाले भन्थिन् रे।
आमाको त्यो झिनो आशाले नै उनले अर्को जीवन पाइन्।
“बाँच्दिन भन्थे रे, बाँचेँ। अहिले जिन्दगीको संघर्ष गर्दै छु”, उनी भन्छिन्।
नबाँचून् पनि कसरी ? आमाले कसम नै खाएकी थिइन्– ‘म यसलाई बचाउँछु। हात समातेर डोर्याउँछु। बाँची भने यसको जिन्दगी बनाउँछु।’
बेहोस् अवस्थामा रहेकी छोरी बोकेर काठमाडौं आइन् उनकी आमा। छोरीलाई आईसीयूमा पठाएर कुर्न थालिन् अस्पतालको प्रतीक्षा कुर्सीमा।
मानौं, एक युग लामो प्रतीक्षापछि सम्झना होसमा आइन्। बिस्तारै बोल्न सक्ने भइन्। आमाले चम्चाले खुवाएको खाना निल्ने भइन्।
बाँचिन् त !
नहारुन्जेल कहाँ थाक्छ र जिन्दगी ? आशाको पराले त्यान्द्रोमै सही, अडिबस्छ। थोरै हिम्मत गरे फुल्छ, फल्छ। उनकी आमाले गरेकी थिइन् त्यो हिम्मत। र त सम्झना अविश्वासबाट विश्वासमा, कल्पनाबाट यथार्थमा, निराशाबाट आशामा फेरिइन्।
धन्य हुन् ती आमा जसले निराशा ढाकिएको अन्धकारमा पनि ममताको टुकी बालेर छोरीको जीवनज्योती खोजिरहिन्। अनि बा ? बाले आमाको आशामा आड दिए। हिम्मतमा आँट दिए। उनी अस्पतालको बेडमा। आमा कुरुवा। बाले काठमाडौंमै काम गरेर उपचार खर्च जुटाए।
सिंगो गाउँले माया मारेको बालिका मृत्युसँग पौठेजोरी खेलेर फर्किइन्।
तर, आगोले जे गर्नु गरिसकेको थियो। आफ्ना निशृंस डामहरू छोडिसकेको थियो। समयका यिनै छापहरूसँगै जिउनु थियो। जीवन संघर्ष त सिंगै बाँकी थियो।
अनि ?
अनि ६ वर्ष पुगेपछि स्कुल जान थालिन्। घरबाट १५ मिनेटको दूरीमा थियो, स्कुल। गाउँको जीवन, दुःख, सुख, हुर्काई सबैका साक्षी– साथी। गर्नेले माया गरे। तर, कोही त थिए नि हेप्ने, दुत्कार्ने। उनको शारीरिक आवरणलाई लिएर टिप्पणी गर्ने।
मानौं, संसारमा सबैको एउटै अनुहार छ र उनको मात्र फरक। सबैको अनुहार फरक छ। बानी–व्यहोरा अलग छ। स्वभाव, प्रवृत्ति, चिन्तन बेग्लै। त किन बनाउँछन् रूपाकृतिको मानक ? उनले अहिलेसम्म बुझेकी छैनन्।
केही आफन्त थिए, प्याच्च वचन लगाइदिन्थे। पारिवारिक जमघट, बिहे–पास्नीमा लैजान खोज्दैनथे।
उनी छक्क पर्थिन्। यो के भइरहेछ ? कुरा नबुझेर पक्क पर्थिन्।
उमेरले सबै सिकाउँदै गयो। उनले बिस्तारै बुझिन्, अनुहारमा आगोले डामेका सेता दाग देख्दा मान्छेको कलुषित मन जाग्दो रहेछ। त्यो कलुषित भावनाले कहिलेकाहीँं उनलाई समेत नबिथोलेको कहाँ हो र ?
“अरु साथी कति राम्रा छन्, म मात्रै किन यस्तो छु भन्ने भावनाले पीडा दिन्थ्यो,” उनी सम्झन्छिन्।
तर, समय सबैभन्दा ठूलो सत्य हो। सबैभन्दा ठूलो ओखती पनि। बिस्तारै अरुले गर्ने अपहेलनालाई पनि शक्तिमा बदल्न थालिन्। बा–आमाको आड र उत्साह थियो नि त !
मनै अमिलो बनाउने दुनियाँको दुःखलाग्दो प्रवृत्ति त उनले कलेज पुगेपछि पो महशुस गरिन्।
कलेजमा उनलाई साथीहरूले फरक व्यवहार गर्न थाले। उनी बसेको बेञ्चमा बस्न नखोज्ने भए। उनको अनुहारमा भएको पोलेको सेतो दाग सरुवा रोग झैं ठानिदिए। बोल्दा पनि बोलेनन्।
साथीहरूको यो व्यवहारबीच कलेज कटाइन्। प्लस टुको परीक्षा दिएर काठमाडौं आइन् २०६८ सालमा। सोचेकी थिइन्, काठमाडौं त पढेकाहरूको शहर। यहाँ के विभेद होला र ?
तर, काठमाडौं पनि त देशभन्दा के फरक छ र ? हरेक दिन, हरेक क्षण भोग्न थालिन् हेलाहोचो। उनी बसेको सिट नजिक नबस्ने भए। उभिएर यात्रा गर्दा सँगै नउभिने भए। मान्छेको सक्कली अनुहार चिन्ने ठाउँ त भिडभाडले भरिएको सार्वजनिक सवारी रहेछ।
उनी मास्क लगाएर हिंड्न थालिन्। आडम्बरले ढाकिएको मानिसको अनुहार उघारिएपछि अनुहार ढाक्नुको विकल्प भेटिनन् उनले।
काठमाडौं पढेर बस्न मात्र समस्या भयो उनलाई। आर्थिक अवस्थाले साथ नदिएपछि उनी घर फर्किइन्। फेरि आइन् काठमाडौं ‘कीर्तिपुर अंग अपाङ्ग महिला संघ सीप विकास तालिम केन्द्र’मा कम्प्युटर सिक्ने गरी।
त्यहाँ साथी बनिन्, अन्जु धिताल। अन्जुले पढाई छोडेकोमा गाली गरिन्। जिन्दगीमा मायाले गाली गर्ने साथी पाउँदा आँट आउँदोरहेछ। अन्जुले गाली मात्र गरिनन्। वीरगञ्जमा होस्टलमा बसेर पढ्ने व्यवस्था मिलाइदिइन्। सम्झना स्नातकको विद्यार्थी बन्न पुगिन्, त्यहाँ। वीरगञ्जमा बसिरहँदा खर्च आमासँग माग्न नपरोस् भन्ठान्थिन्। काम गर्दै आफ्नै खुट्टामा उभिने सोंच थियो उनको। त्यसैले काम खोज्न थालिन्। तर, कसैले उनीहरूलाई काम दिएन। कोठा खोज्न जाँदा पनि कोठा दिएनन्।
त्यही वर्ष भूकम्प गयो। स्नातक पढ्दै गर्दा भेटिएकी हेटौंडाकी एक जना दिदीले उनलाई एउटा संस्थामा काम गर्न आग्रह गरिन्। त्यसपछि तालिम लिएर उनले गाउँगाउँमा सामाजिक परिचालकका रूपमा काम गरिन्। तथ्यांक संकलनको काम थियो। सँगै काम गर्ने अधिकांश साथी उनीजस्तै अपांगतायुक्त थिए। कति घर भत्किए, कसको क्षति के के भयो भनेर तथ्यांक संकलन गर्नुपर्थ्यो। पहाडका अप्ठेरा बाटो हिँडिन्। उनी पुगेको कति गाउँमा अपांगतायुक्त बालबालिका देखिन्। उनीहरूलाई बाँधेर राखेको भेटिन्।
उनीहरूको अवस्था देखेपछि उनमा थप आँट आयो। उनीहरूका लागि पनि केही गर्नुपर्छ भन्ने लाग्यो।
“त्यो बेलादेखि म पनि केही गर्नसक्छु भन्ने आत्मविश्वास पलायो”, उनी भन्छिन्।
त्यो अनुभवले काम गर्यो। उनले विभिन्न संस्थाहरूमा काम गर्न थालिन्। अघिल्लो वर्ष ‘नेपाल मतदाता अधिकार मञ्च’मा काम गरेकी थिइन्। त्यहाँका एकजना सिनियरले उनलाई सम्झाए– “तिमीले पनि जागिर खानुपर्छ, लोकसेवाको तयारी गर।”
अहिले उनी लोकसेवा परीक्षाको तयारी गरिरहेकी छन्।
“सरकारी जागिर भयो भने राम्रो हुन्छ। सुरक्षित हुन्छ। कसैले अनुहार मन नपरेकै कारण निकाल्न सक्दैनन्”, उनको आशा छ, “पुगेपछि विभेद अन्त्य हुन्छ कि ?”
अनि दुःख ?
दुःखलाई त उनले जितिसकेकी छन्। पराजित त ती हुन् जो उनको रूपाकृति हेरेर मानवीय स्वभाव पनि बिर्सन्छन्। उनी त यत्ति भन्छिन्– “मानिसको जीवन यात्रा हो। भोलि कसैले देखेको हुन्न। दुर्घटना जतिखेर पनि हुन सक्छ। त्यसैले कसैलाई नराम्रो व्यवहार नगरौं।”
पढ्नुहोस्
एउटाले सलाई दियो अर्कोले जीवन: रास्ता खड्गी (जीवन सुन्दर छ, भाग–५)
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> काठमाडौं। “तपाईं त सद्धे नै हुनुहुन्छ, कसरी अपाङ्ग हुनुभयो ? कार्ड देखाएर हामीलाई ठग्ने ?”

">