०००

सन् १४०५ मा फ्रान्सका लेखक ‘क्रिस्टिन डे पिजान’ले ‘द बुक अफ् द सिटी अफ् लेडिज’ लेखेका थिए। उक्त पुस्तकमा महिलाहरूको शासन भएको समतामूलक समाजको कल्पना गरिएको छ। तस्वीरः बीबीसी

समय मध्ययुगीन अन्धकारको पासोबाट उम्किँदै थियो। धर्म र अन्धविश्वासको बाक्लो कुहिरोमा ढाएिको युरोप विस्तारै तर्क र बुद्धिको युगमा प्रवेश गर्दै थियो। यही माहौलमा उनको जन्म भएको थियो – आजकै दिन ७ फेब्रुअरी सन् १४७८ मा इंग्ल्याण्डको लण्डनमा।

परिवार सम्पन्न थियो। बुवा सफल वकिल जोन मोर। राम्रै शिक्षादिक्षा पाए थोमसले। त्यतिबेलाको उत्कृष्ट मध्येको एक ‘सेन्ट एन्थोनी’ स्कुलबाट पढाई शुरु गरे।

सन् १४९० तिर भने पादरी जोन मोर्टनको घरमा राखिए। मोर्टन थिए हाम्रोमा राजतन्त्र रहँदाताकाका राजपुरोहित जस्ता। ‘आर्कबिशप अफ् क्यान्टरबरी’ पदले सुशोभित।

मोर्टनको सान्निध्यमा थोमसले पढ्न सिके। उनको व्यक्तित्व निर्माणमा मोर्टनको ठूलो प्रभाव परेको देखिन्छ। पछि गएर थोमसले आफ्ना किताबमा उनलाई विद्वान र लचिलो राजनेताको रुपमा प्रस्तुत गरेका छन्। कुन किताब ? अलिपछि भन्छु है ?

मोर्टनको सान्निध्यमा दुई वर्ष बिताएपछि थोमसलाई अक्सफोर्ड विश्वविद्यालय पठाइयो। त्यहाँ उनले ग्रिक र ल्याटिन साहित्य पढे। त्यहीँबेला व्यंग्यमा कलम चलाए।

सन् १४९४ मा उनका बुवाले कानून पढाउन लण्डन ल्याए। वकिल थिए नि त ! छोरालाई पनि आफूजस्तै बनाउन चाहन्थे। कानूनको पढाई पूरा गरेपछि उनी तत्कालीन बेलायतको चारवटा कानून समाजमध्ये एक ‘लिंकनस् इन’मा सामेल भए। त्यहाँ रहँदा उनले भिक्षु बन्ने सपना देखेका थिए। तर, राजनीतिक क्षेत्रमा लागेर देशको सेवा गर्ने जीवन उद्धेश्यले उनलाई भिक्षु बन्न दिएन।

उनको जिन्दगीको समयचित्रलाई छिटो छिटो घुमाउँ।

युटोपिया साम्यवादी समाजको आदिम परिकल्पनामध्ये एक हो। मोरको कल्पनालोक शुन्यबाट उब्जेको विचार भने थिएन।

सन् १४९९ मा उनी र डेसिडेरस इरासमबीच मित्रता शुरु भयो। इरासम पनि लेखक नै थिए। यो मित्रता आजीवन रह्यो। सन् १५०६ मा यी दुई मित्रहरूले ल्याटिन लेखक लुसियनका लेखनहरू अंग्रेजीमा अनुवाद गरे। त्यही बीचमा बिहे गरे।

सन् १५०१ मा वकालत शुरु गरे। १५०४ मा संसद् सदस्य भए। संसद्मा उनी राजाका कदमको विरोधी भएर प्रस्तुत भए। यसबाट क्रुद्ध राजाले उनका बुवालाई जेल हाले। त्यसपछि उनले सार्वजनिक जीवन परित्याग गरे र भिक्षु बने। राजाको मृत्यु भएपछि सन् १५०९ मा उनी फेरि सार्वजनिक जीवनमा फर्किए।

त्यसको अर्को वर्ष सन् १५१० मा उनले अनुवाद गरेको किताब ‘पिको डेला मिरोन्डोला’को जीवनीको अनुवाद प्रकाशित भयो। ल्याटिन भाषाबाट अनुवाद गरिएको यो उनको पहिलो कृति थियो।

सन् १५१० मा उनी लण्डनका दुई उप–प्रशासकमध्ये एक नियुक्त गरिए। त्यो पदमा रहँदा उनी गरिबका संरक्षकको रुपमा चिनिए। सोही समयमा उनकी श्रीमतीको निधन भयो। उनले एलिस मिडलटोनसँग बिहे गरे।

सन् १५१०को दशकमा उनी राजा हेनरी आठौंको सेवामा समर्पित भए। सन् १५१५ मा उनी ऊन व्यापारसम्बन्धी विवाद समाधान गर्न बेल्जियमको फ्ल्याण्डर्स पठाइएको कुटनीतिज्ञहरूको टोलीमा सामेल गराइए। सन् १५१८ मा उनी ‘प्रिभी काउन्सिल’को सदस्यमा नियुक्त भए। उनले सन् १५१३ देखि १५१८ को बीचमा ‘हिस्ट्री अफ् किङ रिचर्ड थर्ड’ नामक पुस्तक लेखेको अनुमान गरिन्छ। यो किताबलाई अंग्रेजीमा इतिहासलेखनको महत्वपूर्ण कार्यको रुपमा लिइन्छ।

सन् १५२१ मा नाइट उपाधीले सम्मानित भए। सन् १५२७ मा उनले ‘क्याथेराइन अव् अरागन’सँग राजा हेनरी आठौंले सम्बन्धविच्छेद गर्ने प्रस्तावको विरोध गरे। सन् १५२९ मा लर्ड चान्सलर बने।

न्याय क्षेत्रमा उनको महत्वपूर्ण भूमिका भए पनि लामो समयसम्म रहेन। सन् १५३२ मा उनले सबै पदबाट राजीनामा दिए। स्वास्थ्य नाजुक भएको कारण देखाएर उनले राजीनामा दिएको भए पनि राजा हेनरीको चर्चप्रतिको दृष्टिकोणको विरोधमा राजीनामा गरेको अनुमान गरिन्छ।

सन् १५३० को दशकमा उनले आफ्ना मित्र जोन फिशरसँग मिलेर मार्टिन लुथर किङले शुरु गरेको प्रोटेस्टेण्ट सुधारवादी आन्दोलनको विरोध गरे। सोही क्रममा सन् १५३४ मा राजा क्याथोलिक चर्चबाट अलग हुने निर्णयको विरोध गरे र राजालाई ‘चर्च अफ् इंग्ल्याण्ड’को प्रमुख मान्न छोडे। उनीहरूको यो कदमलाई लिएर जेलमा हालियो। १५ महीनापछि जोन फिशरलाई मृत्युदण्ड दिइयो। त्यसको नौ दिनपछि उनलाई देशद्रोहको आरोपमा मुद्दा चलाइयो। अदालतमा उनले न्यायाधिशहरूसँग भने, “म आफ्नो अन्तस्करणको विरुद्ध जान सक्दिनथेँ त्यसैले आशा गर्छु एक न एक दिन स्वर्गमा भेट हुने छ।”

सन् १५३५ मा उनलाई शिर काटेर प्राणदण्ड दिइयो। आफूलाई मृत्युदण्ड दिएको हेर्न आएका मानिसहरूलाई उनले भनेका थिए, “म सम्राटको सेवक भएर मर्नेवाला थिएँ तर त्यो भन्दा पहिले नै ईश्वरको सेवक थिएँ।”

०००

सन् १५६७ मा पिटर ब्रुघेलले बनाएको चित्रमा पनि पुरुष र महिला समान भएको समाजको परिकल्पना गरिएको छ।  तस्वीरः बीबीसी

यो छोटो समय–चक्रले थोमस मोरको उतारचढावयुक्त जीवन प्रस्तुत गर्छन्। उनको सिंगो व्यक्तित्वलाई यिनै समयका सीमाहरूमा राखेर हेर्नु उपयुक्त हुन्छ।

उनी वकिल भए – न्याय प्रणाली बुझे।

कुटनीतिज्ञ भए – राज्यबीचको सम्बन्ध बुझे।

प्रशासक भए – जनताको जीवन बुझे।

धार्मिक अभियन्ता भए – आस्थाका सीमाहरूले उनलाई नै कैद गरे।

यही आरोह–अवरोहमा उनले एउटा स्वप्नलोकको कल्पना गरे। जसलाई नाम दिए – युटोपिया।

सन् १५१६ मा उनको किताब छापियो – युटोपिया जसमा उनले आफ्नो सपनाको बेलिविस्तार लगाए।

खासमा यो एक आख्यान थियो तर तथ्यहरू घोलिएको।

त्यसो त युटोपिया आफैमा विरोधाभासी शब्द हो। यो शब्द ग्रीक भाषाको ‘टोपोस’बाट जन्मेको हो। टोपोसको अर्थ हुन्छ, स्थान। ‘यु’ उपसर्गको अर्थ हो, ‘नभएको’। अर्थात् युटोपियाको अर्थ हो, ‘नभएको स्थान’।

उनले वास्तवमै अहिलेसम्म अस्तित्वमा नभएको स्थान परिकल्पना गरेका थिए।

तर किताबमा एकैपटक यो लोकको वर्णन शुरु हुँदैन।

राजनीतिले दुईवटा खुट्टा टेकेको हुन्छ – आदर्श र यथार्थ। आदर्शले राजनीतिक यात्राको गन्तव्य तय गर्छ। यथार्थले दैनिक क्रिया सञ्चालन गर्छ। थोमस मोरको कल्पनालोकले राजनीतिको आदर्श तय गर्न सिकायो। यसैलाई समय अनुसार दार्शनिकहरूले परिमार्जन गर्दै गए।

शुरुमा ल्याटिन भाषामा लेखिएको यो किताब दुई भागमा बाँडिएको छ। पहिलो भागमा लेखक गिल्सलाई भेटन् जान्छन्। सन् १५१५ मा बेल्जियमको ‘फ्ल्यान्डर्स’ जाँदा उनले चर्चित व्यक्तित्व ‘पिटर गिल्स’सँग भेटेका थिए। त्यहाँ उनीसँगको कुराकानीबाट आफूलाई मानवतावादी बनाउने प्रेरणा पाएका थिए थोमसले।

पुस्तकको पहिलो भागमा तेस्रो पात्र आउँछन् – राफेल हाइथोल्डेले सबैजना समान भएको एउटा द्वीप छ भन्ने बताउँछन्।

पुस्तकको दोस्रो भागमा यो द्विपको व्याख्या गरिएको छ जसको नाम हो – युटोपिया। हामी यसलाई नेपालीमा ‘कल्पनालोक’ भनौं है त !

युटोपिया नामक द्विपमा १२ शहर छन्। त्यहाँ सबै मानिस समान हुन्छन्। सबैलाई बस्नका लागि घर दिइएको छ। आफ्नो र अर्काको भन्ने केही छैन। सुन र अन्य धातु दासहरूलाई बाँध्न, भाँडाकुँडा सजाउन र बच्चाहरूको खेलौनामा मात्र प्रयोग गरिन्छ।

यो एउटा आस्थावान र साम्यवादी समाज हो।

मोरले नीजि सम्पत्तिलाई सबैभन्दा ठूलो समस्याको रुपमा लिन्थे। उनले मानिसलाई विभाजन गर्ने मुख्य कारक नै नीजि सम्पत्ति ठान्थे। त्यसैले नीजि सम्पत्तिविहिन समाजको परिकल्पना गरे। नीजि सम्पत्तिको परिकल्पना नै नभएकाले युटोपियामा मानिसबीच कुनै पनि विभाजन नभएको देखाइएको छ।

यो पुस्तकमा सजायका सिद्धान्त, राज्य नियन्त्रित शिक्षा, बहुधार्मिक समाज, सम्बन्धविच्छेद, महिला अधिकार आदिबारे उल्लेख छ।

युटोपिया साम्यवादी समाजको आदिम परिकल्पनामध्ये एक हो। मोरको कल्पनालोक शुन्यबाट उब्जेको विचार भने थिएन। उनीभन्दा पहिले नै आफू बाँचिरहेको समाजभन्दा भिन्दै समाजको परिकल्पना गर्ने थुप्रै चिन्तक र लेखकहरू थिए।

ईसापूर्व ३८० मै प्लेटोले बहुचर्चित पुस्तक ‘द रिपब्लिक’ लेखेका थिए। उक्त पुस्तकमा प्लेटोले दार्शनिक सोक्रेटससँगको वार्तालाप प्रस्तुत गरेका छन्। सोक्रेटसले त्यो पुस्तकमा समतामूलक नगर–राज्यको परिकल्पना गर्छन् जहाँ दार्शनिक राजाले शासन गर्छन्। त्यहाँ कसैको पनि आफ्नो परिवार हुँदैन। सबैले यौनकर्मका लागि वर्षको एकपटक शहर छोड्छन्। त्यसरी जन्मने सन्तान सबैका साझा हुन्छन्। सबैले मिलेर सन्तान हुर्काउँछन्।

त्यस्तै सन् १४०५ मा फ्रान्सका लेखक ‘क्रिस्टिन डे पिजान’ले ‘द बुक अफ् द सिटी अफ् लेडिज’ लेखेका थिए। उक्त पुस्तकमा महिलाहरूको शासन भएको समतामूलक समाजको कल्पना गरिएको छ।

यिनै कल्पनाको परम्परामा मोरले युटोपिया रचेका थिए।

उनले कल्पनालोकलाई एक द्विपको रुपमा प्रस्तुत गर्नु पनि काकताली होइन। उनी किशोर हुँदा युरोपेलीहरू अमेरिका पुगेका थिए। युरोपेलीको निम्ति यो आविष्कारले ल्याउने परिवर्तनबारे उनी जानकार थिएनन्। सन् १४९२ मा एकपछि अर्का घटनाहरू भए जसले मोरलाई आफू बाँचिरहेको समाजभन्दा फरक समाजको परिकल्पना गर्न उत्प्रेरित ग र्‍यो।

युटोपिया प्रकाशन भएपछि यसको प्रभाव शुरुमा साहित्य र कलामा पर्न थाल्यो।

सन् १५६७ मा पिटर ब्रुघेलले बनाएको चित्रमा पनि पुरुष र महिला समान भएको समाजको परिकल्पना गरिएको छ। उक्त चित्रमा मोरको युटोपिया समेटिएको छ तर त्यहाँ सबै मानिसले आनन्द लिइरहेको दृश्य उतारिएको छ।

साहित्यमा यसले नयाँ विधा नै थपिदियो – युटोपियन रोमान्स।

तर युटोपियाको प्रभाव साहित्य र कलामा मात्र सिमित रहेन।

सन् १६२७ मा बेलायतका लेखक फ्रान्सिस बेकनको पुस्तक ‘न्यू एटलान्टिस’ यसैको प्रभाव थियो। उक्त पुस्तकमा विज्ञानलाई मानवजातिको उद्धारकको रुपमा प्रस्तुत गरिएको छ। बेकनले राज्यले विज्ञान कलेज सञ्चालन गर्नुपर्ने विचार राखेका छन्। उनले त्यस्तो कलेजले विश्वमञ्चमा बेलायतको बलियो उपस्थिति सुनिश्चित गर्ने तर्क गरेका छन्।

सन् १६८८मा ड्यानियल डेफोको उपन्यास ‘रबिन्सन क्रुसो’ प्रकाशित भयो। त्यस्तै सन् १७२६ मा प्रकाशित जोनाथन स्विफ्टको उपन्यास ‘गुलिभर्स ट्राभल्स’ प्रकाशित भयो। यी दुवै उपन्यासका मूल पात्र युटोपिया जस्तै एक द्विपमा पुग्छन्। तर यी उपन्यासमा देखाइएको द्विप थोमस मोरले कल्पना गरेभन्दा निकै फरक छन्।

युटोपियन विचारले १९ औं शताब्दीमा सबैभन्दा धेरै प्रभाव पार्‍यो। ‘युटोपिया’लाई समाजवादी र साम्यवादी आन्दोलनको आधारभूत सिद्धान्तको रुपमा लिइन थाल्यो। ‘कम्युनिज्म’ शब्द पहिलोपटक प्रयोग गर्ने मध्येका एक ‘एटेन क्याबेट’ले यो किताबबाट निकै प्रभावित भएको उल्लेख गरेका छन्।

सन् १८१७ मा बेलायतका काल्पनिक समाजवादी रोबर्ट अवेनले यस्तै कल्पनालोक प्रस्ताव गरे। उनले ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को नारा दिएका थिए। उनले स्कटल्याण्डमा आफ्नो परिकल्पना अनुसारको गाउँ नै बनाएका थिए। चाल्र्स फ्युरिए, सेन्ट साइमन पनि यस्तै युटोपिया परिकल्पना गरेका थिए।

मार्क्स र एंगेल्स पनि यो पुस्तकबाट निकै प्रभावित थिए। दुवैले यसको एउटै प्रति पढेका थिए, जसको छेउछाउमा निकै धेरै टिपोट गरिएको थियो।

सार खिचौं, १६ औं शताब्दीमा थोमस मोरले देखेको सपना थियो – युटोपिया। साहित्य र कलाको बाटो हुँदै यो सपना राजनीतिक चिन्तनमा प्रवेश ग र्‍यो।

गन्तव्य हराएर कुहिरोमा हराएको यात्रीजस्तै लाग्छ मेरो देशको राजनीतिक यात्रा। यहाँका नेताहरूमा कुनै कल्पना बाँकी छैन। न त छ प्रयत्नको प्रयास।

साम्यवाद – त्यही कल्पनालोकको विकसित रुप हो। १९ औं शताब्दी औद्योगिक पूँजीवादको उत्कर्षमा थियो। त्यो समयलाई मार्क्स–एंगेल्सले भौतिकवादी दर्शनको चश्मा लगाएर राजनीतिक अर्थशास्त्रको कोणबाट हेरे र यिनै मोरले शुरु गरेको गन्तव्यको परम्परा समाउँदै साम्यवादको उद्धेश्यसम्म पु र्‍याए। यसरी मोरले तीन सय वर्ष पहिला देखेको समतामूलक समाजको सपना सन् १८४८ मा ‘कम्युनिष्ट घोषणापत्र’ प्रकाशित भएसँगै राजनीतिक उद्धेश्यमा परिणत भयो।

२० औं शताब्दीको दोस्रो दशकको अन्त्यतिर रुसमा यही राजनीतिक उद्धेश्यलाई यथार्थमा बदल्ने प्रयत्न भयो। जसलाई सारा संसारले रुसी समाजवादी क्रान्ति भनेर जान्दछ। रुसी क्रान्तिसँगै यो प्रयत्न विश्वव्यापी बन्यो। चीन, भियतनाम, कोरिया, क्युवा हुँदै यो प्रयत्न सर्वव्यापी भयो।

विश्वले स्वीकारेको मानव अधिकारको घोषणापत्रमा मानिसका नैसर्गिक अधिकारका रुपमा तीनवटा उल्लेख छन् – राजनीतिक, सामाजिक र सांस्कृतिक। राजनीतिक अधिकारका आधारभुत मान्यता फ्रान्सेली राज्यक्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामले निसृत गरेको हो। सामाजिक र सांस्कृतिक अधिकार यही समतामूलक समाजको आन्दोलनले स्थापित गरेको हो।

२१ औं शताब्दी शुरु नहुँदै यो प्रयत्न असफल भएको थियो। तर, आज पनि थोमस मोरले शुरु गरेको सपनाको परम्परा हराएको छैन। तर, विडम्बना त्यस्तो कल्पनाशिलता हाम्रो देशको राजनीतिमा कमै पाइन्छ।

गन्तव्य हराएर कुहिरोमा हराएको यात्रीजस्तै लाग्छ मेरो देशको राजनीतिक यात्रा। यहाँका नेताहरूमा कुनै कल्पना बाँकी छैन। न त छ प्रयत्नको प्रयास।

एकथरी छन्, कल्पनाहिन। उनीहरू राज्य शक्तिको आडमा सम्पूर्ण स्रोतहरूको निर्मम दोहन गर्न उद्दत छन्। अर्काथरी छन्, प्रयत्नरत तर त्यो प्रयत्नमा कुनै कल्पना वा उद्धेश्य जोडिएको छैन।

सिंगो राजनीति घना जंगलमा हराएको यात्रीजस्तो लाग्छ – गन्तव्यविहिन, दिशाविहिन। यही बेला म थोमस मोरलाई सम्झिन्छु। आज थोमस मोर जन्मेको ५४२ वर्ष पुगेछ।

उनी पनि समयका परिबन्दबाट कहाँ मुक्त थिए र ? तत्कालीन समाजमा छोरीहरूलाई पढाएकै कारण प्रगतिशील मानिन्थे। तर, उनको कल्पनामा पनि त दासहरू मानिस कहाँ भइसकेका थिए र ?

समयका परिबन्दबीच पनि उनले सपना देख्ने साहस गरे। तर डिजिटल भनिएको युगमा पनि उद्धेश्यविहिन राजनीति हामीमाथि हावी भईरहेछ। मानौं, हामीलाई सपना देखाउने अर्को थोमस मोर चाहिएको छ। र, ठ्याक्कै यहि बेला गोपालप्रसाद रिमालको कवितांश सम्झना हुन्छ –

‘आमा ! त्यो आउँछ र ?
.............
तर त्यो तिमी नै होला भन्ने
मेरो यौवनभरिको सपना थियो।’

" /> ०००

"> जसले पाँच सय वर्षअघि दुनियाँलाई सपना देख्‍न सिकाए: Dekhapadhi
जसले पाँच सय वर्षअघि दुनियाँलाई सपना देख्‍न सिकाए <p>शिक्षक बनेर आइदियो समय।</p> <p>एसएलसी परीक्षा दिएपछि बटौली बजारमा ओर्लिँदा राजनीतिको चस्का पसिसकेको थियो। समय नै त्यस्तै थियो। देवीलाल भर्खर शहीद बनाइएका थिए। वैशाखको बुटवल आन्दोलनको रापले तातेको थियो।</p> <p>छिमेकी दाईहरूले देवीलाल हत्याकाण्डको बयान गर्दा रगत उम्लिन्थ्यो।</p> <p>त्यहीँ रगत उम्लाईले प्राईभेट कलेजका साइन्स स्टुडेन्टलाई पनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सडकमा जाने बनाइदियो। बिस्तारै बुटवलको राजनीतिक वातावरणले स्कुलकालमा सुनेका केही शब्दहरूसँग भेट गराइदिए। साम्यवाद, साम्राज्यवाद, पूँजीवाद, सामन्तवाद &ndash; यिनै थिए ती शब्द। स्कुल पढ्दा यी शब्द बिलकुलै अपरिचित थिए। भिडमा कुम ठोक्काई हिँड्ने मानिसहरूजस्ता।</p> <p>बुटवल बजारको माहौलमा रम्दै जाँदा हिजो अपरिचित, अन्जान जस्ता लाग्ने शब्दहरू बारम्बार देखिरहने साथीजस्ता बन्न पुगे।</p> <p>शुरुमा त यी शब्द ती परिचित अनुहारजस्ता थिए जसलाई तपार्इं सडकमा बारम्बार भेट्नुहुन्छ, हात उठाएर &lsquo;के छ&rsquo; सोध्नुहुन्छ, एक लर्को मुस्कान फ्याँक्नुहुन्छ र बाटो लाग्नुहुन्छ।</p> <p>तर परिचय त हुनै थियो।</p> <p>एकपटक एउटा साहित्यिक कार्यक्रममा मार्क्सवादी विद्वान नामले सुशोभित दिल साहनीलाई डायरीमा लेखेर सोधियो &ndash; &ldquo;सर यो मार्क्सवाद भनेको के हो ?&rdquo;</p> <p>&ldquo;भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले भनेका छन् &ndash; जब संसार अन्यायको अन्धकारले ढाकिएको थियो मार्क्सवादमात्रै बाटो देखाउने ज्योती थियो।&rdquo;</p> <p>अच्छा ! मार्क्सवाद ज्योती हो।</p> <p>यस्तै अर्थ लगाइयो।</p> <p>तर, ज्ञानको क्षितिज कहाँ एउटा सामान्य जवाफमा अडिबस्थ्यो र ? अहिले बन्द भइसकेको &lsquo;विश्वज्योती पुस्तक पसल&rsquo; र &lsquo;विशाल पुस्तक पसल&rsquo; का गोदामबाट निस्कने पातला किताबले जानकारीका सीमामाथि प्रश्नको कोर्रा बर्साइरहे।</p> <blockquote> <p>मोरले नीजि सम्पत्तिलाई सबैभन्दा ठूलो समस्याको रुपमा लिन्थे। उनले मानिसलाई विभाजन गर्ने मुख्य कारक नै नीजि सम्पत्ति ठान्थे। त्यसैले नीजि सम्पत्तिविहिन समाजको परिकल्पना गरे।</p> </blockquote> <p>त्यो समय नै आन्दोलित थियो। नेपालको वायुमण्डलमा केही शब्द निकै प्रचलित थिए &ndash; प्रतिगमन, गोलमेच सम्मेलन, संविधान सभा।</p> <p>तिनै शब्दका अघिपछि लागेर आउँथे &ndash; मार्क्सवाद, लेनिनवाद, माओवाद। अनि साम्यवाद, समाजवाद।</p> <p>यहि क्रममा एउटा पुस्तक हात पर्&zwj;यो। सुकेनास लागेजस्तो दुब्लो। तर, त्यसका शब्दहरू बडो हुँकार गर्थे। शुरुवातमै लेखिएको थियो &ndash; &lsquo;आज सिंगो युरोपलाई एउटा भुतले तर्साइरहेछ। त्यो भुत हो &ndash; साम्यवादको भुत।&rsquo;</p> <p>बिस्तारै थाहा लाग्यो, साम्यवाद खासमा भुत नभई भविष्य रहेछ। एक सुन्दर समाजको परिकल्पना गरिएको भविष्य।</p> <p>कम्युनिष्ट घोषणापत्रको गातामा मधुरो तस्वीर छापिएका अनौठा नामहरू थिए &ndash; कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स। किताब अप्ठेरो थियो। धेरै कुरा बुझिदैनथे। बुझिएजस्तो लागेका पनि व्यक्त गर्न सकिँदैनथ्यो।</p> <p>त्यहींबेला थाहा भयो, बी.ए.को ऐच्छिक अंग्रेजीमा &lsquo;कम्युनिष्ट घोषणापत्र&rsquo; पढाई हुन्छ। पढाउने मास्टर उनै हुन् &ndash; दिल साहनी।</p> <p>बस्, विज्ञानका विद्यार्थी भए पनि गइयो अंग्रेजी कक्षामा। बिछ्यौनाबाट जुरुक्क उठेर सिधै कलेज आएजस्ता देखिने साहनी सरले कम्तिमा एक हप्ता त पढाए होलान् &ndash; कम्युनिष्ट मेनिफेस्टो। फेरि पनि धेरथोक बुझिएन। तर केही बुझियो। ती थिए &ndash; साम्यवाद वास्तवमा एक सुन्दर समाजको परिकल्पना हो। यस्तो समाज जहाँ हरेक मानिस समान हुन्छन्। जहाँ हरेक मानिसले क्षमता अनुसारको काम पाउँछन्। जहाँ हरेक मानिसले आवश्यकता अनुसारको माम पाउँछन्। जहाँ रगतका रेखाले कोरिएका देशका सीमा हुँदैनन्। जहाँ राज्य भन्ने हुँदैन। मानिसबीच विभाजनको कुनै पर्खाल हुँदैन। र, समाजवाद त्यहाँसम्म पुग्ने एउटा बाटो हो।</p> <p>त्यो स्वप्नलोकको परिकल्पना मार्क्स&ndash;एंगेल्सले गरेका थिए।</p> <p>तर, के यो उनीहरूको एकल सपना थियो ?</p> <p>&ldquo;अहँ थिएन&rdquo;, साहनी सरले भने, &ldquo;त्योभन्दा पहिला रोबर्ट ओवेन, सेन्ट साइमन र चाल्र्स फ्युरियेले यस्तै सपना देखेका थिए।&rdquo;</p> <p>पछि, धेरै पछि, एंगेल्सको किताब &lsquo;सोसियलिज्मः युटोपियन एन्ड साइन्टिफिक&rsquo; पढ्दा थाहा भयो। यी तीन मनिषीलाई काल्पनिक समाजवादी भनिँदोरैछ अर्थात् युटोपियन।</p> <p>यो युटोपिया शब्दले एउटा नयाँ मान्छेसँग परिचय गराइदियो। एकैपटक होइन बिस्तारै बिस्तारै। पहिला यी तीन युटोपियन आए। यिनको जीवनी पढियो। थाहा पाइयो, कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स बन्धुले देखेको साम्यवादको सपना यिनै तीन स्वप्नसर्जकको परिकल्पनाको संश्लेषण रहेछ त्यसमा ती दुई बन्धुले बेलायती राजनीतिक अर्थशास्त्र र जर्मनीको दार्शनिक परम्परा पनि जोडेछन्।</p> <p>तर साम्यवादी समाजको परिकल्पना यी युटोपियनको पनि मौलिक परिकल्पना रहेनछ। त्यो भन्दा पहिला अर्का एक परिकल्पनाकार रहेछन् &ndash; थोमस मोर। उनले किताब नै लेखेका रहेछन् &ndash; युटोपिया।</p> <p>आज ७ फेब्रुअरी। उनै थोमस मोरको जन्म दिन। यही सन्दर्भ पारेर आज म साम्यवाद शब्दको पछिपछि लाग्दैजाँदा मैले भेटेका ती स्वप्नदर्शीको कथा सुनाउँछु है त !</p> <p style="text-align:center">०००</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="540" src="https://www.dekhapadhi.com/storage/photos/shares/Article/utopia/p048hdpg.jpg" width="960" /> <figcaption>सन् १४०५ मा फ्रान्सका लेखक &lsquo;क्रिस्टिन डे पिजान&rsquo;ले &lsquo;द बुक अफ् द सिटी अफ् लेडिज&rsquo; लेखेका थिए। उक्त पुस्तकमा महिलाहरूको शासन भएको समतामूलक समाजको कल्पना गरिएको छ। तस्वीरः बीबीसी</figcaption> </figure> </div> <p>समय मध्ययुगीन अन्धकारको पासोबाट उम्किँदै थियो। धर्म र अन्धविश्वासको बाक्लो कुहिरोमा ढाएिको युरोप विस्तारै तर्क र बुद्धिको युगमा प्रवेश गर्दै थियो। यही माहौलमा उनको जन्म भएको थियो &ndash; आजकै दिन ७ फेब्रुअरी सन् १४७८ मा इंग्ल्याण्डको लण्डनमा।</p> <p>परिवार सम्पन्न थियो। बुवा सफल वकिल जोन मोर। राम्रै शिक्षादिक्षा पाए थोमसले। त्यतिबेलाको उत्कृष्ट मध्येको एक &lsquo;सेन्ट एन्थोनी&rsquo; स्कुलबाट पढाई शुरु गरे।</p> <p>सन् १४९० तिर भने पादरी जोन मोर्टनको घरमा राखिए। मोर्टन थिए हाम्रोमा राजतन्त्र रहँदाताकाका राजपुरोहित जस्ता। &lsquo;आर्कबिशप अफ् क्यान्टरबरी&rsquo; पदले सुशोभित।</p> <p>मोर्टनको सान्निध्यमा थोमसले पढ्न सिके। उनको व्यक्तित्व निर्माणमा मोर्टनको ठूलो प्रभाव परेको देखिन्छ। पछि गएर थोमसले आफ्ना किताबमा उनलाई विद्वान र लचिलो राजनेताको रुपमा प्रस्तुत गरेका छन्। कुन किताब ? अलिपछि भन्छु है ?</p> <p>मोर्टनको सान्निध्यमा दुई वर्ष बिताएपछि थोमसलाई अक्सफोर्ड विश्वविद्यालय पठाइयो। त्यहाँ उनले ग्रिक र ल्याटिन साहित्य पढे। त्यहीँबेला व्यंग्यमा कलम चलाए।</p> <p>सन् १४९४ मा उनका बुवाले कानून पढाउन लण्डन ल्याए। वकिल थिए नि त ! छोरालाई पनि आफूजस्तै बनाउन चाहन्थे। कानूनको पढाई पूरा गरेपछि उनी तत्कालीन बेलायतको चारवटा कानून समाजमध्ये एक &lsquo;लिंकनस् इन&rsquo;मा सामेल भए। त्यहाँ रहँदा उनले भिक्षु बन्ने सपना देखेका थिए। तर, राजनीतिक क्षेत्रमा लागेर देशको सेवा गर्ने जीवन उद्धेश्यले उनलाई भिक्षु बन्न दिएन।</p> <p>उनको जिन्दगीको समयचित्रलाई छिटो छिटो घुमाउँ।</p> <blockquote> <p>युटोपिया साम्यवादी समाजको आदिम परिकल्पनामध्ये एक हो। मोरको कल्पनालोक शुन्यबाट उब्जेको विचार भने थिएन।</p> </blockquote> <p>सन् १४९९ मा उनी र डेसिडेरस इरासमबीच मित्रता शुरु भयो। इरासम पनि लेखक नै थिए। यो मित्रता आजीवन रह्यो। सन् १५०६ मा यी दुई मित्रहरूले ल्याटिन लेखक लुसियनका लेखनहरू अंग्रेजीमा अनुवाद गरे। त्यही बीचमा बिहे गरे।</p> <p>सन् १५०१ मा वकालत शुरु गरे। १५०४ मा संसद् सदस्य भए। संसद्मा उनी राजाका कदमको विरोधी भएर प्रस्तुत भए। यसबाट क्रुद्ध राजाले उनका बुवालाई जेल हाले। त्यसपछि उनले सार्वजनिक जीवन परित्याग गरे र भिक्षु बने। राजाको मृत्यु भएपछि सन् १५०९ मा उनी फेरि सार्वजनिक जीवनमा फर्किए।</p> <p>त्यसको अर्को वर्ष सन् १५१० मा उनले अनुवाद गरेको किताब &lsquo;पिको डेला मिरोन्डोला&rsquo;को जीवनीको अनुवाद प्रकाशित भयो। ल्याटिन भाषाबाट अनुवाद गरिएको यो उनको पहिलो कृति थियो।</p> <p>सन् १५१० मा उनी लण्डनका दुई उप&ndash;प्रशासकमध्ये एक नियुक्त गरिए। त्यो पदमा रहँदा उनी गरिबका संरक्षकको रुपमा चिनिए। सोही समयमा उनकी श्रीमतीको निधन भयो। उनले एलिस मिडलटोनसँग बिहे गरे।</p> <p>सन् १५१०को दशकमा उनी राजा हेनरी आठौंको सेवामा समर्पित भए। सन् १५१५ मा उनी ऊन व्यापारसम्बन्धी विवाद समाधान गर्न बेल्जियमको फ्ल्याण्डर्स पठाइएको कुटनीतिज्ञहरूको टोलीमा सामेल गराइए। सन् १५१८ मा उनी &lsquo;प्रिभी काउन्सिल&rsquo;को सदस्यमा नियुक्त भए। उनले सन् १५१३ देखि १५१८ को बीचमा &lsquo;हिस्ट्री अफ् किङ रिचर्ड थर्ड&rsquo; नामक पुस्तक लेखेको अनुमान गरिन्छ। यो किताबलाई अंग्रेजीमा इतिहासलेखनको महत्वपूर्ण कार्यको रुपमा लिइन्छ।</p> <p>सन् १५२१ मा नाइट उपाधीले सम्मानित भए। सन् १५२७ मा उनले &lsquo;क्याथेराइन अव् अरागन&rsquo;सँग राजा हेनरी आठौंले सम्बन्धविच्छेद गर्ने प्रस्तावको विरोध गरे। सन् १५२९ मा लर्ड चान्सलर बने।</p> <p>न्याय क्षेत्रमा उनको महत्वपूर्ण भूमिका भए पनि लामो समयसम्म रहेन। सन् १५३२ मा उनले सबै पदबाट राजीनामा दिए। स्वास्थ्य नाजुक भएको कारण देखाएर उनले राजीनामा दिएको भए पनि राजा हेनरीको चर्चप्रतिको दृष्टिकोणको विरोधमा राजीनामा गरेको अनुमान गरिन्छ।</p> <p>सन् १५३० को दशकमा उनले आफ्ना मित्र जोन फिशरसँग मिलेर मार्टिन लुथर किङले शुरु गरेको प्रोटेस्टेण्ट सुधारवादी आन्दोलनको विरोध गरे। सोही क्रममा सन् १५३४ मा राजा क्याथोलिक चर्चबाट अलग हुने निर्णयको विरोध गरे र राजालाई &lsquo;चर्च अफ् इंग्ल्याण्ड&rsquo;को प्रमुख मान्न छोडे। उनीहरूको यो कदमलाई लिएर जेलमा हालियो। १५ महीनापछि जोन फिशरलाई मृत्युदण्ड दिइयो। त्यसको नौ दिनपछि उनलाई देशद्रोहको आरोपमा मुद्दा चलाइयो। अदालतमा उनले न्यायाधिशहरूसँग भने, &ldquo;म आफ्नो अन्तस्करणको विरुद्ध जान सक्दिनथेँ त्यसैले आशा गर्छु एक न एक दिन स्वर्गमा भेट हुने छ।&rdquo;</p> <p>सन् १५३५ मा उनलाई शिर काटेर प्राणदण्ड दिइयो। आफूलाई मृत्युदण्ड दिएको हेर्न आएका मानिसहरूलाई उनले भनेका थिए, &ldquo;म सम्राटको सेवक भएर मर्नेवाला थिएँ तर त्यो भन्दा पहिले नै ईश्वरको सेवक थिएँ।&rdquo;</p> <p style="text-align:center">०००</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="540" src="https://www.dekhapadhi.com/storage/photos/shares/Article/utopia/p048hdtv.jpg" width="960" /> <figcaption>सन् १५६७ मा पिटर ब्रुघेलले बनाएको चित्रमा पनि पुरुष र महिला समान भएको समाजको परिकल्पना गरिएको छ।&nbsp; तस्वीरः बीबीसी</figcaption> </figure> </div> <p>यो छोटो समय&ndash;चक्रले थोमस मोरको उतारचढावयुक्त जीवन प्रस्तुत गर्छन्। उनको सिंगो व्यक्तित्वलाई यिनै समयका सीमाहरूमा राखेर हेर्नु उपयुक्त हुन्छ।</p> <p>उनी वकिल भए &ndash; न्याय प्रणाली बुझे।</p> <p>कुटनीतिज्ञ भए &ndash; राज्यबीचको सम्बन्ध बुझे।</p> <p>प्रशासक भए &ndash; जनताको जीवन बुझे।</p> <p>धार्मिक अभियन्ता भए &ndash; आस्थाका सीमाहरूले उनलाई नै कैद गरे।</p> <p>यही आरोह&ndash;अवरोहमा उनले एउटा स्वप्नलोकको कल्पना गरे। जसलाई नाम दिए &ndash; युटोपिया।</p> <p>सन् १५१६ मा उनको किताब छापियो &ndash; युटोपिया जसमा उनले आफ्नो सपनाको बेलिविस्तार लगाए।</p> <p>खासमा यो एक आख्यान थियो तर तथ्यहरू घोलिएको।</p> <p>त्यसो त युटोपिया आफैमा विरोधाभासी शब्द हो। यो शब्द ग्रीक भाषाको &lsquo;टोपोस&rsquo;बाट जन्मेको हो। टोपोसको अर्थ हुन्छ, स्थान। &lsquo;यु&rsquo; उपसर्गको अर्थ हो, &lsquo;नभएको&rsquo;। अर्थात् युटोपियाको अर्थ हो, &lsquo;नभएको स्थान&rsquo;।</p> <p>उनले वास्तवमै अहिलेसम्म अस्तित्वमा नभएको स्थान परिकल्पना गरेका थिए।</p> <p>तर किताबमा एकैपटक यो लोकको वर्णन शुरु हुँदैन।</p> <blockquote> <p>राजनीतिले दुईवटा खुट्टा टेकेको हुन्छ &ndash; आदर्श र यथार्थ। आदर्शले राजनीतिक यात्राको गन्तव्य तय गर्छ। यथार्थले दैनिक क्रिया सञ्चालन गर्छ। थोमस मोरको कल्पनालोकले राजनीतिको आदर्श तय गर्न सिकायो। यसैलाई समय अनुसार दार्शनिकहरूले परिमार्जन गर्दै गए।</p> </blockquote> <p>शुरुमा ल्याटिन भाषामा लेखिएको यो किताब दुई भागमा बाँडिएको छ। पहिलो भागमा लेखक गिल्सलाई भेटन् जान्छन्। सन् १५१५ मा बेल्जियमको &lsquo;फ्ल्यान्डर्स&rsquo; जाँदा उनले चर्चित व्यक्तित्व &lsquo;पिटर गिल्स&rsquo;सँग भेटेका थिए। त्यहाँ उनीसँगको कुराकानीबाट आफूलाई मानवतावादी बनाउने प्रेरणा पाएका थिए थोमसले।</p> <p>पुस्तकको पहिलो भागमा तेस्रो पात्र आउँछन् &ndash; राफेल हाइथोल्डेले सबैजना समान भएको एउटा द्वीप छ भन्ने बताउँछन्।</p> <p>पुस्तकको दोस्रो भागमा यो द्विपको व्याख्या गरिएको छ जसको नाम हो &ndash; युटोपिया। हामी यसलाई नेपालीमा &lsquo;कल्पनालोक&rsquo; भनौं है त !</p> <p>युटोपिया नामक द्विपमा १२ शहर छन्। त्यहाँ सबै मानिस समान हुन्छन्। सबैलाई बस्नका लागि घर दिइएको छ। आफ्नो र अर्काको भन्ने केही छैन। सुन र अन्य धातु दासहरूलाई बाँध्न, भाँडाकुँडा सजाउन र बच्चाहरूको खेलौनामा मात्र प्रयोग गरिन्छ।</p> <p>यो एउटा आस्थावान र साम्यवादी समाज हो।</p> <p>मोरले नीजि सम्पत्तिलाई सबैभन्दा ठूलो समस्याको रुपमा लिन्थे। उनले मानिसलाई विभाजन गर्ने मुख्य कारक नै नीजि सम्पत्ति ठान्थे। त्यसैले नीजि सम्पत्तिविहिन समाजको परिकल्पना गरे। नीजि सम्पत्तिको परिकल्पना नै नभएकाले युटोपियामा मानिसबीच कुनै पनि विभाजन नभएको देखाइएको छ।</p> <p>यो पुस्तकमा सजायका सिद्धान्त, राज्य नियन्त्रित शिक्षा, बहुधार्मिक समाज, सम्बन्धविच्छेद, महिला अधिकार आदिबारे उल्लेख छ।</p> <p>युटोपिया साम्यवादी समाजको आदिम परिकल्पनामध्ये एक हो। मोरको कल्पनालोक शुन्यबाट उब्जेको विचार भने थिएन। उनीभन्दा पहिले नै आफू बाँचिरहेको समाजभन्दा भिन्दै समाजको परिकल्पना गर्ने थुप्रै चिन्तक र लेखकहरू थिए।</p> <p>ईसापूर्व ३८० मै प्लेटोले बहुचर्चित पुस्तक &lsquo;द रिपब्लिक&rsquo; लेखेका थिए। उक्त पुस्तकमा प्लेटोले दार्शनिक सोक्रेटससँगको वार्तालाप प्रस्तुत गरेका छन्। सोक्रेटसले त्यो पुस्तकमा समतामूलक नगर&ndash;राज्यको परिकल्पना गर्छन् जहाँ दार्शनिक राजाले शासन गर्छन्। त्यहाँ कसैको पनि आफ्नो परिवार हुँदैन। सबैले यौनकर्मका लागि वर्षको एकपटक शहर छोड्छन्। त्यसरी जन्मने सन्तान सबैका साझा हुन्छन्। सबैले मिलेर सन्तान हुर्काउँछन्।</p> <p>त्यस्तै सन् १४०५ मा फ्रान्सका लेखक &lsquo;क्रिस्टिन डे पिजान&rsquo;ले &lsquo;द बुक अफ् द सिटी अफ् लेडिज&rsquo; लेखेका थिए। उक्त पुस्तकमा महिलाहरूको शासन भएको समतामूलक समाजको कल्पना गरिएको छ।</p> <p>यिनै कल्पनाको परम्परामा मोरले युटोपिया रचेका थिए।</p> <p>उनले कल्पनालोकलाई एक द्विपको रुपमा प्रस्तुत गर्नु पनि काकताली होइन। उनी किशोर हुँदा युरोपेलीहरू अमेरिका पुगेका थिए। युरोपेलीको निम्ति यो आविष्कारले ल्याउने परिवर्तनबारे उनी जानकार थिएनन्। सन् १४९२ मा एकपछि अर्का घटनाहरू भए जसले मोरलाई आफू बाँचिरहेको समाजभन्दा फरक समाजको परिकल्पना गर्न उत्प्रेरित ग र्&zwj;यो।</p> <p>युटोपिया प्रकाशन भएपछि यसको प्रभाव शुरुमा साहित्य र कलामा पर्न थाल्यो।</p> <p>सन् १५६७ मा पिटर ब्रुघेलले बनाएको चित्रमा पनि पुरुष र महिला समान भएको समाजको परिकल्पना गरिएको छ। उक्त चित्रमा मोरको युटोपिया समेटिएको छ तर त्यहाँ सबै मानिसले आनन्द लिइरहेको दृश्य उतारिएको छ।</p> <p>साहित्यमा यसले नयाँ विधा नै थपिदियो &ndash; युटोपियन रोमान्स।</p> <p>तर युटोपियाको प्रभाव साहित्य र कलामा मात्र सिमित रहेन।</p> <p>सन् १६२७ मा बेलायतका लेखक फ्रान्सिस बेकनको पुस्तक &lsquo;न्यू एटलान्टिस&rsquo; यसैको प्रभाव थियो। उक्त पुस्तकमा विज्ञानलाई मानवजातिको उद्धारकको रुपमा प्रस्तुत गरिएको छ। बेकनले राज्यले विज्ञान कलेज सञ्चालन गर्नुपर्ने विचार राखेका छन्। उनले त्यस्तो कलेजले विश्वमञ्चमा बेलायतको बलियो उपस्थिति सुनिश्चित गर्ने तर्क गरेका छन्।</p> <p>सन् १६८८मा ड्यानियल डेफोको उपन्यास &lsquo;रबिन्सन क्रुसो&rsquo; प्रकाशित भयो। त्यस्तै सन् १७२६ मा प्रकाशित जोनाथन स्विफ्टको उपन्यास &lsquo;गुलिभर्स ट्राभल्स&rsquo; प्रकाशित भयो। यी दुवै उपन्यासका मूल पात्र युटोपिया जस्तै एक द्विपमा पुग्छन्। तर यी उपन्यासमा देखाइएको द्विप थोमस मोरले कल्पना गरेभन्दा निकै फरक छन्।</p> <p>युटोपियन विचारले १९ औं शताब्दीमा सबैभन्दा धेरै प्रभाव पार्&zwj;यो। &lsquo;युटोपिया&rsquo;लाई समाजवादी र साम्यवादी आन्दोलनको आधारभूत सिद्धान्तको रुपमा लिइन थाल्यो। &lsquo;कम्युनिज्म&rsquo; शब्द पहिलोपटक प्रयोग गर्ने मध्येका एक &lsquo;एटेन क्याबेट&rsquo;ले यो किताबबाट निकै प्रभावित भएको उल्लेख गरेका छन्।</p> <p>सन् १८१७ मा बेलायतका काल्पनिक समाजवादी रोबर्ट अवेनले यस्तै कल्पनालोक प्रस्ताव गरे। उनले &lsquo;आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन&rsquo;को नारा दिएका थिए। उनले स्कटल्याण्डमा आफ्नो परिकल्पना अनुसारको गाउँ नै बनाएका थिए। चाल्र्स फ्युरिए, सेन्ट साइमन पनि यस्तै युटोपिया परिकल्पना गरेका थिए।</p> <p>मार्क्स र एंगेल्स पनि यो पुस्तकबाट निकै प्रभावित थिए। दुवैले यसको एउटै प्रति पढेका थिए, जसको छेउछाउमा निकै धेरै टिपोट गरिएको थियो।</p> <p>सार खिचौं, १६ औं शताब्दीमा थोमस मोरले देखेको सपना थियो &ndash; युटोपिया। साहित्य र कलाको बाटो हुँदै यो सपना राजनीतिक चिन्तनमा प्रवेश ग र्&zwj;यो।</p> <p>राजनीतिले दुईवटा खुट्टा टेकेको हुन्छ &ndash; आदर्श र यथार्थ। आदर्शले राजनीतिक यात्राको गन्तव्य तय गर्छ। यथार्थले दैनिक क्रिया सञ्चालन गर्छ। थोमस मोरको कल्पनालोकले राजनीतिको आदर्श तय गर्न सिकायो। यसैलाई समय अनुसार दार्शनिकहरूले परिमार्जन गर्दै गए।</p> <blockquote> <p>गन्तव्य हराएर कुहिरोमा हराएको यात्रीजस्तै लाग्छ मेरो देशको राजनीतिक यात्रा। यहाँका नेताहरूमा कुनै कल्पना बाँकी छैन। न त छ प्रयत्नको प्रयास।</p> </blockquote> <p>साम्यवाद &ndash; त्यही कल्पनालोकको विकसित रुप हो। १९ औं शताब्दी औद्योगिक पूँजीवादको उत्कर्षमा थियो। त्यो समयलाई मार्क्स&ndash;एंगेल्सले भौतिकवादी दर्शनको चश्मा लगाएर राजनीतिक अर्थशास्त्रको कोणबाट हेरे र यिनै मोरले शुरु गरेको गन्तव्यको परम्परा समाउँदै साम्यवादको उद्धेश्यसम्म पु र्&zwj;याए। यसरी मोरले तीन सय वर्ष पहिला देखेको समतामूलक समाजको सपना सन् १८४८ मा &lsquo;कम्युनिष्ट घोषणापत्र&rsquo; प्रकाशित भएसँगै राजनीतिक उद्धेश्यमा परिणत भयो।</p> <p>२० औं शताब्दीको दोस्रो दशकको अन्त्यतिर रुसमा यही राजनीतिक उद्धेश्यलाई यथार्थमा बदल्ने प्रयत्न भयो। जसलाई सारा संसारले रुसी समाजवादी क्रान्ति भनेर जान्दछ। रुसी क्रान्तिसँगै यो प्रयत्न विश्वव्यापी बन्यो। चीन, भियतनाम, कोरिया, क्युवा हुँदै यो प्रयत्न सर्वव्यापी भयो।</p> <p>विश्वले स्वीकारेको मानव अधिकारको घोषणापत्रमा मानिसका नैसर्गिक अधिकारका रुपमा तीनवटा उल्लेख छन् &ndash; राजनीतिक, सामाजिक र सांस्कृतिक। राजनीतिक अधिकारका आधारभुत मान्यता फ्रान्सेली राज्यक्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामले निसृत गरेको हो। सामाजिक र सांस्कृतिक अधिकार यही समतामूलक समाजको आन्दोलनले स्थापित गरेको हो।</p> <p>२१ औं शताब्दी शुरु नहुँदै यो प्रयत्न असफल भएको थियो। तर, आज पनि थोमस मोरले शुरु गरेको सपनाको परम्परा हराएको छैन। तर, विडम्बना त्यस्तो कल्पनाशिलता हाम्रो देशको राजनीतिमा कमै पाइन्छ।</p> <p>गन्तव्य हराएर कुहिरोमा हराएको यात्रीजस्तै लाग्छ मेरो देशको राजनीतिक यात्रा। यहाँका नेताहरूमा कुनै कल्पना बाँकी छैन। न त छ प्रयत्नको प्रयास।</p> <p>एकथरी छन्, कल्पनाहिन। उनीहरू राज्य शक्तिको आडमा सम्पूर्ण स्रोतहरूको निर्मम दोहन गर्न उद्दत छन्। अर्काथरी छन्, प्रयत्नरत तर त्यो प्रयत्नमा कुनै कल्पना वा उद्धेश्य जोडिएको छैन।</p> <p>सिंगो राजनीति घना जंगलमा हराएको यात्रीजस्तो लाग्छ &ndash; गन्तव्यविहिन, दिशाविहिन। यही बेला म थोमस मोरलाई सम्झिन्छु। आज थोमस मोर जन्मेको ५४२ वर्ष पुगेछ।</p> <p>उनी पनि समयका परिबन्दबाट कहाँ मुक्त थिए र ? तत्कालीन समाजमा छोरीहरूलाई पढाएकै कारण प्रगतिशील मानिन्थे। तर, उनको कल्पनामा पनि त दासहरू मानिस कहाँ भइसकेका थिए र ?</p> <p>समयका परिबन्दबीच पनि उनले सपना देख्ने साहस गरे। तर डिजिटल भनिएको युगमा पनि उद्धेश्यविहिन राजनीति हामीमाथि हावी भईरहेछ। मानौं, हामीलाई सपना देखाउने अर्को थोमस मोर चाहिएको छ। र, ठ्याक्कै यहि बेला गोपालप्रसाद रिमालको कवितांश सम्झना हुन्छ &ndash;</p> <p><em>&lsquo;आमा ! त्यो आउँछ र ?<br /> .............<br /> तर त्यो तिमी नै होला भन्ने<br /> मेरो यौवनभरिको सपना थियो।&rsquo;</em><br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्