गायिका अञ्जु पन्त पनि वर्षमा ६ महिना त विदेशमै रहन्छिन्। उता आयोजना हुने कार्यक्रममा उनको उपस्थितिको माग बढी नै छ। भन्छिन्, “हरेक दिनजसो विदेशबाट कार्यक्रमका लागि आउनुप¥यो भनेर बोलाइरहन्छन्। तर म चुजी छु। सबै कुरा हेरेर मात्र सहभागी हुन्छु।”
नेपालका धेरै जसो नाम चलेका कलाकार वर्षमा एकभन्दा बढी पटक विदेश गएकै हुन्छन्। विदेशमा विभिन्न पेशामा आबद्ध नेपालीले उनीहरूलाई निश्चित पारिश्रमिक दिनेगरी कार्यक्रममा बोलाउँछन्। कलाकारहरूका लागि यो आम्दानीको बलियो स्रोत बनेको छ। कतिपय कलाकारले त निश्चित पारिश्रमिक नै तोकेका छन्।
परदेशमा काम गर्ने प्रवासी श्रमिकहरूले विभिन्न संघ–संस्था गठन गरेका छन्। उनीहरूले पारिश्रमिक, हवाई भाडा, होटल खर्च सबै दिनेगरी नेपालबाट कलाकार बोलाएर कार्यक्रम गर्छन्। त्यसरी कार्यक्रम गर्दा एकजना कलाकारको निम्ति कम्तिमा पनि तीन लाख रूपैयाँ खर्च हुने ‘नेपाल इभेन्ट अर्गनाइजेशन’का अध्यक्ष आरके सुवेदी बताउँछन्।
ती कार्यक्रममा प्रवासी श्रमिकहरू निश्चित रकमको टिकट काटेर सहभागी हुन्छन्। आफ्नो मुलुकबाट गएका कलाकारको कला हेरेर मनोरञ्जन गर्छन्। नाच्छन्, झुम्छन् केही बेर भए पनि देशमै भएजस्तो महसुस गर्छन्।
यी कार्यक्रमबाट कलाकारलाई पनि मनग्गे फाईदा हुन्छ। हिजोजस्तो अल्बम वा सिडी बिक्री भएकै आधारमा कलाकारले कमाउन छोडिसकेका छन्। त्यसैले यस्ता कार्यक्रम उनीहरूका लागि आम्दानीको राम्रो स्रोत बनेका छन्।
तर, आफ्नो पसिनाको कमाई काटेर आफूलाई विदेशी भूमिमा बोलाउने प्रवासी नेपालीको दैनिक जिन्दगीबारे कलाकारहरू सचेत छन् त ? ती प्रवासी श्रमिकको निम्ति आवाज उठाउनुपर्ने ठाउँमा उठाउने गरेका छन् त ?
“म धेरैजसो कार्यक्रममा गइरहन्छु। तर, उनीहरूले हामीले काम गर्दा के कस्ता समस्या छन् ? भनेर समेत सोध्न भ्याउँदैनन्। कार्यक्रममा आयो दुई÷चार वटा आफ्नो प्रस्तुति दियो, अनि गयो”, डेढ वर्षदेखि दुबईमा कार्यरत चितवनका आकाश अधिकारी दुःखेसो पोख्छन्।
उनी अधिकांश कार्यक्रममा तोकिएको रकम तिरेर सहभागी हुन्छन्। त्यहाँ आउने नेपाली कलाकारले उनीहरूको हालखबर सोध्ने आवश्यकता पनि महसुस गर्दैनन्।
गायिका अञ्जु पन्त आफुहरूले प्रवासी नेपाली श्रमिकले झेल्नुपरेका समस्याबारे आवाज उठाउन नसकेको स्वीकार गर्छिन्।
“हामीले यस्ता विषयमा बोल्न सकेका छैनौं। त्यसमा मेरो पनि कमजोरी पक्कै छ। अबदेखि म यो विषयमा सजग हुन्छु”, उनले भनिन्।
गायक राजेशपायल राईले भने कलाकारले प्रवासी नेपालीको आवाज उठाउने भन्ने प्रसंग नै बुझेनन्। उनले त्यसलाई कार्यक्रममा गीत गाउनु अगाडि दिइने सन्देशको रूपमा बुझे। भने, “माहोल नै छैनन्।”
उनले उदाहरण नै दिए। एकपटक लण्डनमा आयोजित गरेको कार्यक्रममा गीत गाउनु अघि उनले ‘सन्देश’ दिन खोज्दै थिए। दर्शकदिर्घाबाट पर्दैन भन्ने आवाज आयो। “नैतिक शिक्षा वा अन्य कुरा भन्न थाल्यो भने हामीलाई नैतिक शिक्षा दिनुपर्दैन, मनोरञ्जन दिए पुग्यो भन्छन्”, उनले भने।
गायक प्रकाश सपुतले भने प्रवासी नेपाली श्रमिकको पीडाबारे आफू नजिकबाट जानकार रहेको दाबी गरे। त्यसो त उनले प्रवासी नेपाली श्रमिकको पीडा अभिव्यक्त हुने गीत ‘बोल माया’ पनि ल्याएका छन्।
आफ्नो म्यूजिक भिडिओ तथा अन्य सामग्रीमा वैदेशिक रोजगारीका विषयमा सन्देशमुलक सामग्री राख्नुपर्नेमा सचेत रहेको उनी दावी गर्छन्।
“अहिलेसम्म ठ्याक्कै त्यस्ता सन्देश त राखेको छैन्। अबदेखि भने यस्ता सन्देशमुलक सामग्री राख्छु”, प्रकाश भन्छन्।