चाडबाडमा बढ्ने चोरी, लुटपाट लगायतका अपराध रोकथाम र सुरक्षा मजबुत बनाउन प्रहरीको के तयारी छ ?
दशैं, तिहार, छठ, नेपाल सम्बत जस्ता चाडवाड नजिकिएकाले ५ असोजदेखि नै हामीले चाडवाडलक्ष्यित विशेष सुरक्षा योजना लागू गरेका छौं । त्यसमा तीन किसिमका योजना समेटिएका छन् ।
पहिलो, पढाइ वा जागिरका सिलसिलामा काठमाडौंमा बस्ने अधिकांश व्यक्तिहरु हरेक वर्ष चाडपर्वका बेला आ–आफ्नो जन्मथलो फर्कनुहुन्छ । उहाँहरु बसको टिकट काट्दा पनि ठगिन सक्ने सम्भावना न्युनीकरण गर्न र यात्रा सुरक्षित बनाउन हामीले चाडपर्व शुरु हुनुअघि नै यातायात व्यवसायी, चालक–सहचालकहरु, सुरक्षाकर्मी, ट्राफिक प्रहरीसहितको अन्तरक्रिया गर्यौं । त्यसपछि विभिन्न ठाउँमा हेल्प डेस्क राख्यौं । असुरक्षित यात्रा नहोस् भनेर चेकजाँचमा कडाइ गर्यौं । बढी भाडा असुल्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्यायौं ।
दोस्रो, चाडपर्वमा धेरैजना जुवातास खेल्ने, अत्यधिक मादकपदार्थ सेवन (मापसे) गर्ने, मापसे गरेर सवारी चलाउने जस्ता गतिविधिमा देखिने हुँदा तयसलाई नियन्त्रण गर्न पनि हामीले सूचना संयन्त्र बलियो बनाएका छौं ।
चाडपर्वको मौकामा आपराधिक प्रवृतिका मानिसहरु आर्थिक कारोबार हुने क्षेत्रमा केन्द्रित हुनछन् । गरगहनादेखि नयाँ लुगा र खानेकुरा किन्ने, बैंकबाट पैसा निकाल्ने लगायतका आर्थिक कारोबार धेरै हुने ठाउँमा सादा पोशाकका सुरक्षाकर्मीबाट निगरानी गर्ने, मोबाइल गस्ती खटाउने काम पनि गरेका छौं ।
तेस्रो, चाडवाडमा हुने चोरी, लुटपाट जस्ता अपराध नियन्त्रण गर्न चेक प्वाइन्टहरुलाई थप मजबुत बनाउने, सरप्राइज चेक प्वाइन्ट राख्ने काम प्रभावकारी बनाएका छौं । गलत प्रवृतिका व्यक्तिहरुमाथि निगरानी गर्ने संयन्त्र परिचालन गरेका छौं ।
मुख्य कुरा चाहिँ सर्वसाधारणले पनि सेल्फी खिच्दै ‘हामी गाउँ हिड्यौं’ भनेर प्रचार गर्दा चोर र लुटेराले त्यस्ता घरलाई पनि टार्गेट गर्छन् । आपराधिक प्रवृतिका मानिसले अपराधका निम्ति प्रयास गरिरहेकै हुन्छन् ।
प्रहरी चनाखो बनेपछि चाडवाडमा बढ्ने चोरी, लुटपाट जस्ता अपराध रोकथाम हुन्छन् त ?
जोकोही व्यक्ति आफ्नो लापरबाहीका कारण पनि अपराधको शिकार बन्नु परेको हुन्छ । त्यहीकारण हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम पनि चलाइरहेका छौं ।
हामीले सर्वसाधारणलाई अनुरोध गरेका छौं– तपाइँहरु घर छाडेर जादै हुनुहुन्छ भने घरमा अनिवार्य रुपमा कुरुवा राख्नुस । त्यसो गर्न सकिएन भने विश्वासिलो छिमेकी र नजिकको प्रहरीलाई जानकारी गराउनुस् । आफ्नो घर मजबुत राख्नुस्, बहुमूल्य सामान्य त्यतिकै नछोडनुस. । अनावश्यक रुपमा धेरै खर्च नगर्नुस् । किनमेलमा जादा, बैंक–बित्तिय संस्थाबाट रकम झिक्दा अथवा राख्दा कुनै शंका लागेमा नजिकको प्रहरीलाई खबर गर्नुस् ।
हाम्रो निगरानी त छदैछ, तपाइँलाई कहीँ कतै कुनै अपराध हुनलागेको, भइरहेको वा हुन सक्ने जस्तो लाग्छ भने १०० नम्बरमा डायल गर्ने बानी बसाल्नुस् ।
विगतका वर्षहरु भन्दा केही फरक तयारी गर्नुभएको छ ?
यसवर्ष सुरक्षा योजना बनाउदा हामीले विगतका वर्षमा कुन क्षेत्रमा कुन कुन प्रकृतिका घटना घटे, कुन क्षेत्रमा सबभन्दा बढी चोरी र लुटपाटका घटना भए, त्यसमा के कस्ता मानिसहरु संलग्न थिए भन्नेबारे सुक्ष्म अध्ययन गर्यौं । विगत तीन चार वर्षको अध्ययनपछि तिनै ठाउँमा त्यस्तै घटना हुन नदिनेगरी सुरक्षा योजना बनाएका छौं । यसवर्ष समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि हामीलाई सहज बनाएको छ । सूचना प्राप्ति सहज बनाएकाले सूचना आउनसाथ परिचालन हुन सक्ने जनशक्ति पनि तयार पारेका छौं ।
सुरक्षा योजना लागू भएपछि हात्तीगौंडा र कुलेश्वर क्षेत्रमा चोरी र लुटपाटका घटना भए नि ?
समाजमा अपराध निमिट्यान्न हुँदैनन्, प्रयास गर्दागर्दै पनि घटना हुन सक्छन् । मुख्य कुरा चाहिँ सर्वसाधारणले पनि सेल्फी खिच्दै ‘हामी गाउँ हिड्यौं’ भनेर प्रचार गर्दा चोर र लुटेराले त्यस्ता घरलाई पनि टार्गेट गर्छन् । आपराधिक प्रवृतिका मानिसले अपराधका निम्ति प्रयास गरिरहेकै हुन्छन् । तर, अपराधको रोकथामसँगै अपराधका घटना भइसकेपछि दोषीलाई कारबाही गर्न पनि हामी उत्तिकै लागिपरेका छौं ।
चोरी र लुटपाटमा प्रायः कस्ता प्रवृतिका व्यक्ति संलग्न हुँदारहेछन् ?
प्रायः अपराधमा संलग्न हुने १७÷१८ वर्षदेखि २५ वर्षको उमेर समूह नै हो । त्यसमा पनि बेरोजगारहरु बढी देखिन्छन् । तर, ध्यान दिनुपर्ने के हो भने नयाँभन्दा एकदुई पटक घटना गराएर पक्राउ परिसकेका वा विगतमा आपराधिक कार्यमा संलग्न भइसकेकाहरु नै यसमा बढी हुँदारहेछन् ।
हामीले विगत ३/४ वर्षको अध्ययनमार्फत् को-को चोरी र लुटपाटमा संलग्न थिए, को पाकेटमारीमा लागेका थिए, उनीहरुको सूची बनाएका छौं। हिंजो त्यस्तो गर्नेहरुलाई हामीले बोलाएर सचेत पार्यौं, कतिलाई तारेखमा राखेका छौं । केहीलाई चाहिँ नियन्त्रणमै लिएका छौं । अहिले पाकेटमारीका घटना लगभग रोकिएका छन् । विगतमा अपराधमा संलग्न भएकामाथि निगरानी गरिसकेपछि त्यो अबस्था धेरै कम भएको छ ।
यस्ता घटना रोकथामका लागि धेरै भीडभाड हुने न्यूरोड, इन्द्रचोक, अशन लगायतका ठाउँमा सादा पोशाकमा प्रहरी खटाएका छौं ।
भनेपछि यसबर्ष ढुक्कसँग चाडपर्व मनाउने वातावरण बनाउनु भएको छ ?
ढुक्क भए हुन्छ । सँगसँगै हाम्रो आग्रह छ– केही शंकास्पद गतिविधि देखिएमा १०० नम्बरमा डायल गर्नुस् ।
चाडपर्वमा चोरी र लुटपाट बाहेक अरु अपराध कत्तिको हुन्छन् ?
चाडपर्वमा सामाजिक विकृतिसिर्जित अपराध धेरै हुन्छन् । मदिरा सेवन र झैंझगडाले मृत्युका घटनासमेत हुन्छन् । जुवातासमा हुने विवादले हत्यासमेत निम्त्याएका छन् । यस्ता सामाजिक विकृति रोक्न सकियो भने ठूलो अपराध टार्न सकिन्छ ।
चाडपर्वका बेला आपराधिक मनोवृतिका मानिसहरु सक्रिय हुने हुँदा अरु अपराध पनि हुन्छन् । त्यसकारण हरेकले सावधानी अपनाउनैपर्छ ।
प्रस्तुति: बीपी अनमोल
" /> चाडवाडका बेला चोरी, लुटपाट जस्ता अपराधका घटना पनि बढ्ने गरेको प्रहरीको आँकडाले नै देखाउँछ । प्रहरीका लागि अरु बेलाभन्दा यो समय थप चुनौतीपूर्ण हुन्छ । त्यसमाथि अवसर, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको विकेन्द्रिकरण नहुँदा अचाक्ली आवादी भोगिरहेको मुलुकको राजधानी, काठमाडौं उपत्यका यसबाट बढ्तै प्रभावित हुन्छ । कारण, काठमाडौंमा थुप्रिएकाहरु चाडबाडमा आ–आफ्नै जन्मथलो फर्कन्छन् । चाडबाडका बेला बढ्ने चोरी र लुटपाटका घटना रोकथाम र न्यूनीकरणका लागि प्रहरीले राजधानीमा के तयारी गरिरहेको छ ? प्रस्तुत छ, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीसँगको कुराकानीको सारसंक्षेपःचाडबाडमा बढ्ने चोरी, लुटपाट लगायतका अपराध रोकथाम र सुरक्षा मजबुत बनाउन प्रहरीको के तयारी छ ?

">