काठमाडौं। स्कुल पढ्दा उनलाई लाग्थ्यो- बुबा जस्तै समाजसेवी बन्छु। उनका बुबा प्रेमप्रसाद अधिकारीले सर्लाहीमा विद्यालय बनाउन आफ्नो अधिकांश जग्गा दान दिएका थिए। वस्ती बसाउन योगदान गरेका थिए। कान्छो छोरा ऋषिरामको अधिकांश समय बुवासँगै बित्थ्यो।

पढ्दै जाँदा उनको सपना फेरियो। लक्ष्य बनाए- चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने।

विद्यालय शिक्षाको माथिल्लो कक्षामा पुग्दा सीएबारे ऋषिरामले कतै सुनेका थिए, तर धेरै बुझ्न पाएका थिएनन्।

एसएलसी उतीर्ण गरेपछि काठमाडौंमा प्लस–टू अध्ययन गर्दा उनले कलेजको ब्रोसरमा सीए पढेका विद्यार्थीहरूको फोटो छापिएको देखे। लाग्यो- सीए महत्वपूर्ण विषय रहेछ। त्यसपछि यो विषयबारे केही खोजीनीति गरे। सीएले उनलाई लोभ्यायो। त्यसैमा करिअर बनाउने सोच बन्यो।

हुन त एसएलसीपछि उनलाई आमाले काठमाडौं नजान भनेकी थिइन्। एसएलसी आउनुभन्दा पाँच महीना अगाडि मात्र बुवाको निधन भएको थियो। आमाले सायद सहारा चाहेकी थिइन्, कान्छो छोरोबाट।तर, उनमा काठमाडौं पुग्ने रहन मनभरी छपक्कै थियो। शहर देख्न, देश घुम्न चाहन्थे। र, आफैं पनि अझै बढी खुल्न चाहन्थे। एसएलसी परीक्षा दिनासाथ सर्लाहीबाट काठमाडौंको नाइट बस चढे। कुरा २०६५ साल चैत अन्मिततिरको हो।

त्यसबेला कलंकी झर्दाको अनुभव उनीसँग अझै ताजै छ।

“काठमाडौंमा त्यतिबेला अहिलेजस्तो फराकिलो सडक त थिएन तर, त्यति फराकिलो सडक पनि मैले देखेकै थिइँन”, उनी भन्छन्, “कोटेश्वर आइपुगेर एकै दिनमा कोठा खोजेँ, भाँडाकुँडा किनेँ। एकै दिनमा बसोबासको बन्दोबस्त मिलिहाल्यो।”

प्लस–टूमा कलेज टप गरेका अधिकारी २०११ मा सीए पढ्नका लागि भारततिर लागे। अध्ययनकै लागि करीब ६ वर्ष भारतमा बिताएका अधिकारी सीए भने बनेनन्। भारतमा रहँदा उनले त्यहाँ रहेका नेपालीका समस्या नजिकबाट देखे। अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी त्यहाँ पुगेका थिए। रोजगारीका लागि उत्तिकै संख्यामा नेपालीहरू भारतमा थिए।

उनलाई लाग्यो- परदेशमा रहेका नेपालीका समस्या सञ्चारमाध्यमबाट उजागर गर्नुपर्छ। पत्रकारितामा आकर्षित भए उनी। भारतमा बसेर नेपालका केही सञ्चारमाध्यममा रिपोर्टिङ गरे। सीए पढ्न गएका अधिकारी पत्रकार बन्ने ध्याउन्नमा थिए। तर, उनी पत्रकार पनि बनेनन्। अर्थक्षेत्रका विद्यार्थी न परे। व्यवसायले तान्यो उनलाई।

भारतमा किनमेलको लागि ‘फ्लिपकार्ड’ प्रचलनमा आइसकेको थियो। उनी पनि तरकारीदेखि पुस्तकसम्म त्यही अनलाइन प्लेटफर्मबाट किन्थे। एकदिन उनको दिमागमा क्लिक भयो- यस्तो व्यवसाय नेपालमै पनि हुनसक्छ।

बुवाको कारण शैक्षिक क्षेत्रमा उनको लगाव थियो। त्यसैमा आफ्नो व्यावसायिक सपना जोडे। योजना बनाए- नेपाल फर्केर अनलाइनबाट किताब बेच्छु।

मनमनै योजना बनाउन जति सजिलो छ, उत्ति नै कठिन हुन्छ त्यसलाई कार्यान्वयनमा लैजान। सीए पढ्न गएको मान्छे अध्ययन नसकी फर्कंदा परिवारदेखि समाजले गर्ने प्रश्नको उत्तर चाहिन्थ्यो। त्यसका लागि आफैंसँग पनि दह्रो प्रतिबद्धता चाहिन्थ्यो। उनले अठोट गरे- अब सीए पढ्ने होइन, काठमाडौं फर्केर किताब बेच्ने।

योजना त बन्यो तर, बजार सम्भावनाको अध्ययन थिएन। बजार सम्भावना बुुझ्न सोसल मिडिया र नेपालमा रहेका साथीहरू परिचालन गरे उनले । अध्ययनले नेपालमा अनलाइनमार्फत् पुस्तकको व्यापार सम्भव रहेको निष्कर्ष दियो। अधिकारीलाई थप हौसला मिल्यो।

सन् २०१७ मा नेपाल फर्कने योजना बनाउँदासम्म उनीसँग भारतमा बसेर कमाएको २७ हजार भारतीय रूपैयाँ बचेको रहेछ। त्यही पैसाको किताब किने। १२० वटा पुस्तक जम्मा भयो।

नेपाल आएपछि अरु चिनेजानेका दुई जना साथीलाई आफ्ना योजना सुनाए। उनलाई साथ दिन कृपेश किशोर घिमिरे र विकेश भट्टराई तयार भए। अनि तीन जनाले काठमाडौं, ललितपुर र भक्तपुरको जिम्मेवारी बाँडे।

शुरूमा फेसबुकमा रहेको पढन्तेहरूको ग्रुप ‘बुकाहोलिक्स’मार्फत् पुस्तकको अर्डर लिएका थिए उनीहरूले। एक हप्तामै एक सयभन्दा बढी पुस्तक बिक्री भयो। त्यसबाट केही रकम कमाई पनि भयो। ‘बुकाहोलिक्स’मार्फत् अर्डर लिएर विक्री गरिएको पहिलो पुस्तक थियो- ‘द ओरिजिन अफ स्पेसिस।’

पुस्तक अर्डर गर्ने व्यक्ति मनमैजुतिर बस्ने नेपाल प्रहरीका अवकाशप्राप्त अफिसर रहेछन्। पुस्तक पुर्‍याउन गएका अधिकारीलाई ती अवकाशप्राप्त प्रहरी अधिकृतले चिया नास्ता खुवाएर पठाए। ती पूर्वप्रहरीले दिएको सम्मान अधिकारीका लागि थप हौसला बन्यो। माग पूरा गर्न सके सन्तुष्टि पनि मिल्दो रहेछ भन्ने सिके उनले।

त्यसको एक हप्तामै उनीहरूले कम्पनी दर्ता गरे- किताब यात्रा प्रालि। नारा बनाए ‘अब किताबले यात्रा गर्ने छ तपाईको दैलोसम्म’।

भारतबाट ल्याएर विक्री गरेको पुस्तकबाट कमाएको थोरै पैसाले एउटा टेबुल र कुर्सी किने। काठमाडौंको अनामनगरमा एउटा कोठा भाडा लिएर एउटा टेबुल र कुर्सी सहितको अफिस तयार भयो। अब पुस्तक विक्री गर्नको लागि अर्डर लिनुपर्थ्यो। केही दिनमै अनलाइन प्लेटफर्म पनि बनिहाल्यो।

आहान नै छ- अक्कल पुर्‍याएर मात्रै नक्कल गर्नुपर्छ। भारतमा फ्लिपकार्ड देखेका अधिकारी भन्छन्, “विदेशमा चलेको व्यवसाय नेपालमा पनि कपी गर्न सकिन्छ। तर, त्यसमा स्वदेशी मौलिकता भने हुनैपर्छ।”

शुरूआतका कुनै दिन एउटा पनि पुस्तक विक्दैनथ्यो। तर, उनी उनीहरू आत्तिदैनथे। आज नभए भोलि हुन्छ भन्थे। पुस्तकको अर्डर आउँदा खुशीले उफ्रन्थे र नाच्थे पनि। त्यसबेला किताब यात्राको वेबसाइटको ‘प्रमोट’ पनि गरे उनीहरूले।

अब विस्तारै पुस्तकको अर्डर बढ्न थाल्यो। काठमाडौं उपत्यकामा पुस्तक डेलिभरीका लागि कर्मचारी नियुक्त गरे। उपत्यका बाहिर पुस्तक पुर्‍याउन ‘फास्टमुभर्स लजिस्टिक’ले साथ दियो।

भारतबाट फर्कंदा २७ हजार भारतीय रूपैयाँ बराबरको पुस्तक ल्याएर किताब यात्रा शुरू गरेका अधिकारी टीमको लगानी अहिले करीब एक करोड पुगेको छ। तीन जनाबाट शुरू गरेको कम्पनीमा अहिले ११ जनाले रोजगारी पाएका छन्। दैनिक करीब १५० वटासम्म पुस्तक बेच्छन्।

किताब यात्राबाट पुस्तक खरीद गर्दा पुस्तकको मूल्यमा १० प्रतिशत छुट पाइन्छ। डेलिभरी चार्ज लाग्दैन। आफूलाई चाहेको जुनसुकै पुस्तक किताब यात्राले जहाँसुकैबाट पनि खोजेर उपलब्ध गराउँछ।

अधिकारी भन्छन्, “एउटा कोठामा अफिस राखेका थियौ। डेलिभरीका बेलामा किताब खोज्नै समय लाग्थ्यो। राम्रोसँग बस्ने ठाउँ थिएन। अहिले सुविधा सम्पन्न अफिस बनाएका छौं। कर्मचारीलाई दिने इन्सेन्टिभ र तलब सुविधामा कुनै समस्या छैन। किताब यात्रा बाहेक अरू सोच्नै परेको छैन।”

अधिकारी थप्छन्, “मैले हठातमा गरेको निर्णयले शुरू भएको होइन किताब यात्रा। निकै सोचविचार गरेपछि जन्माएको कम्पनी हो। अरू कुनै क्षेत्रमा काम गरेको भए यति धेरै सन्तुष्टि पाउँदैनथे। किताबको कामले पहिचान दिएको छ।”

किताब यात्राको यो सफलता पुस्तकको विक्रीसँग मात्र सम्बन्धित छैन। “यो पठन संस्कृति बढाउने अभियान हो। पुस्तक पढ्ने मान्छेको संख्या बढ्यो भने पुस्तकको विक्री स्वतः बढ्छ। हामी पुस्तक पढ्ने मान्छेको संख्या बढाउने अभियानमा छौं”, उनी भन्छन्।

“सम्पन्न व्यक्तिले आफ्नो घरमा मदिराको बार बनाउन चाहन्छ। घरमै बार भएको मानिसको प्रतिष्ठा उँचो भएको ठान्छौं। तर, मान्छेले किन घरमै पुस्तकालय बनाउन चाहँदैन?”, अधिकारी भन्छन्, “किताब यात्राको अबको लक्ष्य मान्छेलाई घर–घरमा पुस्तकालय बनाउन अभिप्रेरित गर्ने हो।”

पठन संस्कृति बढाउनकै लागि किताब यात्राले भर्खरै ‘किताब जात्रा’सम्पन्न गरेको छ। पुस्तक प्रदर्शनी, लेखक र पाठकबीचको अन्तरक्रिया र समग्रमा पठन संस्कृतिको विकासका लागि किताब जात्रा आयोजना गरिएको उनले बताए। यस्तै किताब जात्रा लिएर उनीहरू देशभरका सातवटै प्रदेशमा पुग्ने तयारीमा जुटेका छन्।

त्यतिमात्र होइन, आउँदो वैशाख–जेठ महीनाबाट सबैजसो कोर्ष बुक पनि किताब यात्राले उपलब्ध गराउने भएको छ। विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरेर पाठ्यपुस्तक पनि उपलब्ध गराउन लागिएको अधिकारीले बताए।

नेपालमा जुनुसुकै क्षेत्रमा अवसरै अवसर रहेको अधिकारी बताउँछन्। कतिपयले विभिन्न समस्या देखाउँदै नेपालमा व्यवसाय गर्न समस्या रहेको भनेर गर्ने टिप्पणी जायज नभएको उनको तर्क छ। समस्या जुनसुकै ठाउँमा हुने र त्यसलाई चुनौतीको रूपमा लिएर अघि बढ्न सके मात्र सफल हुनेका उनको ठम्याइ छ। भन्छन्, “देशमा अरुले सबै वातावरण ठीक बनाइदिन्छन्, अनि व्यापार गरौंला भनेर हुँदैन। समस्याको समाधान आफैं गर्दै अघि बढ्न सके मात्र सफल बन्न सकिन्छ।”

तर, ‘स्टार्टअप’लाई प्रोत्साहन गर्न र ती कम्पनीहरूको संरक्षण गर्न सरकारको ध्यान जानुपर्ने उनले बताए। एउटा कुनै स्टार्टअपमा समस्या आउँदा अरु हतोत्साहित हुने उल्लेख गर्दै उनले भने, “कुनै कम्पनीमा समस्या आए त्यसको चेन इफेक्ट हुन्छ। त्यसकारण ठूलो सपना बोकेर खुलेका कम्पनी मर्न नदिने वातावरण चाहिँ सरकारी तहबाट बन्नुपर्छ।”

सीए अध्ययन गर्नको लागि भारत जान लाग्दा अधिकारीकी आमाको मुहारमा खुशी झल्किएको थियो। तर, उनले अध्ययन पूरा नगरी फर्कंदा आमा असाध्यै बेखुश भइन्। काठमाडौं आएर कम्पनी खोल्छु र किताब बेच्छु भन्दा आमाले भनेकी थिइन्- ‘सीएको सर्टिफिकेट ल्याएर भित्तामा झुण्ड्याइदिएको भए मात्रै पनि खुशी हुन्थें।’

तर, अहिले अवस्था त्यस्तो छैन। सर्लाहीमा दिन बिताइरहेकी आमालाई उनले काठमाडौंमा सँगै ल्याएर राखेका छन्। किताब यात्राको दौड देखेर आमा दङ्ग छिन्। ऋषिराम अधिकारीको टीम उत्ति नै सन्तुष्ट।

" /> काठमाडौं। स्कुल पढ्दा उनलाई लाग्थ्यो- बुबा जस्तै समाजसेवी बन्छु। उनका बुबा प्रेमप्रसाद अधिकारीले सर्लाहीमा विद्यालय बनाउन आफ्नो अधिकांश जग्गा दान दिएका थिए। वस्ती बसाउन योगदान गरेका थिए। कान्छो छोरा ऋषिरामको अधिकांश समय बुवासँगै बित्थ्यो।

"> दौडिँदै छ ‘किताब यात्रा’ (भिडिओसहित): Dekhapadhi
दौडिँदै छ ‘किताब यात्रा’ (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्