संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए । उनको समाचार पहिलोपटक हाम्राकुरा डटकमका संस्थापक प्रधान सम्पादक अजयबाबु शिवाकोटीले ‘एक्स्पोज’ गरेका थिए । समाचार प्रकाशनपछि विभिन्न धम्कीको सामना गरिरहेका पत्रकार शिवाकोटीसँग देखापढीले गरेको संक्षिप्त वार्ताः
सभामुख कृष्णबहादुर महरा बलात्कारमा संलग्न भएको आरोप लागेको स्टोरी कसरी ब्रेक गर्नुभयो ?
१२ असोज साँझ भएको उक्त घटनाको जानकारी सोमबार बिहानै पाएँ । त्यसपछि त्यो सूचनालाई फलो गर्दै पीडितको सम्पर्कमा पुगें । टेलिफोनमा कुरा हुँदा उहाँ (बलात्कृत भनिएकी महिला)ले अनुमति दिएपछि उहाँको कोठामा पुगें । केही समय अनौपचारिक कुरा भएपछि अडियो–भिडियो रेकर्ड गरें । उहाँसँगको कुराकानी सकेर मैंले यो विषयमा सभामुख त्यो समयमा त्यहाँ गए–नगएकोबारे प्रहरीसँग पनि पुष्टि गरें ।
त्यसपछि आरोप लागेका व्यक्तिको समेत भनाइ समेट्न महराजीलाई सम्पर्क गरें । उहाँले आफू आइतबार राति त्यहाँ गएको मसँगको कुराकानीमा स्वीकार्नुभएको छ । करीब तीन मिनेटको अडियो रेकर्ड मसँग सुरक्षित छ ।
उहाँले समायोजनको विषय भएको भन्दै समाचार नछाप्न भन्नुभयो । त्यसपछि अन्य मानिसहरूसमेत लगाएर समाचार प्रकाशन नगर्न दबाव दिनुभयो । तर मैले ‘एक्स्पोज’ गरिछाडें ।
अहिले ‘पीडित’ ले आफ्नो भनाइ फेरेकी छन् । घटना नै भएको होइन भन्दै छिन्, तपाईंको प्रतिक्रिया के छ ?
सत्ता र शक्तिको आडमा प्रमाण मेट्ने, पीडितको भनाइ परिवर्तन गर्न लगाउने कुनै नौलो होइन । आरोपित व्यक्तिलाई सजायबाट जोगाउन यस्तो खेल हुने गरेको छ ।
तर, मलाई लाग्छ, पीडितको पछिल्लो दाबी कसैले पत्याएका छैनन् । हामीले समाचार प्रकाशन गरेपछि केही समय सम्पर्क बाहिर रहेर अर्को अनलाइनमा भिडियो अन्तरर्वार्ता प्रकाशित भएपछि सम्पर्कमा आउनुभयो । त्योबीचमा उहाँ कहाँ हुनुहुन्थ्यो होला ? को–कोसँग भेट्नुभयो होला र उहाँलाई कस्तो–कस्तो डर–धम्की वा प्रलोभन देखाइयो होला ?
अर्को कुरा घटना भएलगत्तै उहाँका श्रीमानले जानकारी पाए पनि भोलिपल्ट पनि काठमाडौं आउनुभएन, किन ? श्रीमती बलात्कृत भएँ भन्दै गर्दा दुईदिनसम्म पनि तनहुँबाट काठमाडौं आउन किन नसकेको ?
सबै पृष्ठभूमि बुझ्दा पीडितलाई कमजोर बनाउने र बिरामी देखाएर पीडकलाई उम्क्याउने योजना भइरहेको जस्तो छ । प्रहरीले राम्रोसँग छानबिन गरोस् र सत्यतथ्य आओस् भन्ने चाहन्छु ।
सभामुखको पदच्युत हुने गरी स्टोरी एक्स्पोज गर्नुभयो । तपाईंको व्यक्तिगत जीवनमा यसको के अर्थ छ ?
समाचार प्रकाशन भएपछि एक जना शुभचिन्तकले फोन गरेर मलाई भन्नुभयो–यो स्टोरीको नेपाली पत्रकारिताको इतिहासमा ठूलो अर्थ रहनेछ । तिम्रा लागि यो ‘क्राउनिङ इभेन्ट’ हो ।
यस्तो प्रतिक्रियाले मलाई थप जिम्मेवार बनाएको छ । विभिन्न देशका पत्रकार र मिडिया सम्वद्ध साथीहरूले स्टोरी अनुवाद गरेर छाप्नका लागि सोध्नुभएको छ । थुप्रै विदेशी मिडियाले ‘हाम्राकुरा डटकम’लाई ‘क्रेडिट’ दिँदै समाचार प्रकाशन गरेका छन् । यसले सुखद अनुभूति दिएको छ ।
अर्को कुरा, विभिन्न व्यक्तिहरूले ‘थ्रेट’ दिएका छन् । यसले अप्ठ्यारो पर्ला कि भनेर आफन्तले चिन्ता गरिरहेका छन् ।
तपाईंलाई कोबाट कस्तो ‘थ्रेट’ आएको छ ?
दुई–तीन प्रकारको थ्रेट छ । पहिलो एक जना नेकपाका सांसदको लगानी रहेको बानेश्वरको रेष्टुराँमा ममाथि आक्रमण गर्ने विषयमा छलफल भएको सूचना पाएको छु । यो छलफलमा ती सांसद्को संलग्नता छ कि छैन भन्न सक्दिनँ । तर, अहिले आक्रमण गर्दा महराको नाम जोडिन्छ, यही मौका हो भन्ने कुराकानी भएको सूचना पाएको छु ।
अर्को एउटा रेष्टुराँमा पनि ‘हाम्रा कुरा’को कार्यालय र ममाथि आक्रमण गर्ने योजना बनाएको सूचना पाएको छु ।
त्यस्तै, काभ्रेका पाण्डे थर गरेका एकजना पूर्व माओवादी कार्यकर्ताको नेतृत्वमा आक्रमणको योजना बनाएको भन्ने सूचना छ । यी सबै सूचना मैंले प्रहरीसमक्ष पु¥याएको छु । उहाँहरूले चासो देखाउनु भएको छ । सुरक्षाको आश्वासन पाएको छु ।
त्यसबाहेक सामाजिक सञ्जालमा संगठित रूपमा ‘बुलिङ’ भइरहेको छ । चोर, ‘रअ’ र ‘सीआईए’ को एजेन्ट भनिएको छ । महराका छोराहरूले बन्दूकसहितको तस्वीर पोष्ट गरेका छन् । यी सबै कुरालाई पनि एक प्रकारको ‘थ्रेट’को रूपमै लिएको छु ।
हामीले तपाईंको कार्यालयमा पनि सम्पर्क गरेका थियौं, तपाईं कार्यालयमा जानुभएको रहेनछ, असुरक्षाको कारणले हो वा अन्य केही ?
ममाथि आक्रमण गर्ने विभिन्न व्यक्ति–समूहले योजना बनाएको सूचना पाएपछि त्यसको खतरा महसूस गरेरै नगएको हुँ । तर, कमलपोखरी प्रहरी वृत्तका प्रहरी निरीक्षक र काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षकले फोन गरेर सुरक्षाको आश्वासन दिनुभएको छ । यी प्रहरी अधिकृतहरूको फोनपछि भने कार्यालय जाँदैछु ।