कोरोना भाइरस संक्रमण भएपछि चीन सरकारले महामारी संक्रमणको रोकथाममा बृहत र प्रभावकारी नियन्त्रण कार्यसँगै चिनियाँ नयाँ वर्षको बिदा थप्ने, कलकारखाना खोल्ने समयलाई पछाडि धकेल्ने, अन्तर्राष्ट्रिय भ्रमण टोली रद्द गर्ने, भीडभाड नियन्त्रण गर्ने, नागरिकलाई आपसी जमघट नगर्नका लागि उत्प्रेरित गर्ने काम गरिरहेको छ।
यस प्रकारका प्रतिरोध र नियन्त्रणका कार्यले सकारात्मक परिवर्तन ल्याएका छन्। धेरै मान्छेले निशेधित क्षेत्र अर्थात् क्वारेन्टाइनमा रहँदा समय बर्वाद भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूको यही चिन्तालाई केही शक्तिले चीन विरुद्ध हिलो छ्याप्ने र कुप्रचार गर्ने अवसरका रुपमा लिएका छन्। अहिले जारी प्रतिरोध र नियन्त्रण मापदण्डले अवश्य पनि ती उद्योगहरूमा विविध असर पार्नेछ। चीनको अर्थतन्त्रमा तत्कालीन केही नकारात्मक प्रभाव पार्नेछ। यो नै क्षेत्रीय र विश्वव्यापी जनस्वास्थ्यमा चीनले गरेको ठूलो बलिदान हो।
महामारीको वर्तमान अवस्थालाई पराजित गर्दै अर्थतन्त्रको विकास गर्नु चीन सरकारका समान प्राथमिकताहरू हुन्। कडा प्रतिरोध र नियन्त्रण मापदण्ड नै स्थिर अर्थतन्त्रका महत्वपूर्ण आधार हुन्। यसले दृढ अर्थतन्त्रको आधार तय गर्दै महामारी विरुद्धको युद्ध जित्ने महत्वपूर्ण निश्चितता प्रदान गर्छ। अहिले हुवेई प्रान्त बाहेक चीनका सबै प्रान्तमा उत्पादन पुनः शुरु भएको छ। ‘राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग’को तथ्याङ्क अनुसार राष्ट्रको मुख्य खाद्यान्न उत्पादन तथा प्रशोधनको पुनर्उत्पादन ९४.६ प्रतिशत रहेको छ।
महामारीको अस्थायी संकटको प्रतिक्रिया स्वरुप चिनियाँ केन्द्रीय सरकारले सम्बन्धित उद्योगधन्दाहरू विशेषगरी साना तथा मझौला उद्यम र निजी कम्पनीहरूलाई सहयोग गर्नका लागि शृङ्खलावद्ध रुपमा लक्षित वित्त तथा आर्थिक नीति ल्याएको छ। चिनियाँ जनबैंकले सघन प्रतिचक्रवत प्रतिस्थापन गर्नका लागि १७ खर्ब चिनियाँ युआनको तरल मुद्रा खुला बजारमा परिचालन गरेको छ। विशेष ऋणका रूपमा पुनर्सापटी लिन मिल्ने गरी ३ खर्ब युआन विनियोजन गरेको छ। यसले उचित ब्याजदरमा साना तथा मझौला उद्योग तथा निजी कम्पनिहरूलाई लागत घटाउन र आर्थिक भार कम गर्न सघाउ पुर्याउनेछ। अधिकांश स्थानीय सरकार र सम्बन्धित संस्थाहरूले त्यस्ता व्यवसायका समस्या समाधान गर्नका लागि कर कटौति र सापटी व्यवस्थाका नीतिहरू ल्याएका छन्। छोटो समयको उतारचढावको अनुभवले स्टक एक्स्चेञ्ज दर बजार सामान्य अवस्थामा आएको र लगानीकर्ताहरूको पूर्ण आत्मविश्वासले चीन सरकार महामारीलाई नियन्त्रण गर्न र स्थिर आर्थिक वृद्धिमा सक्षम हुने प्रष्ट पारेको छ।
चिनियाँ अर्थतन्त्रसँग सशक्त र वृहत संभावना छ। दीर्घकालीन र उच्च गुणस्तरीय वृद्धिको आधारले चिनियाँ अर्थतन्त्रलाई महामारीले कमजोर बनाउन सक्दैन। बढ्दो मागलाई महामारीले रोकेको होइन स्थगित मात्र गरेको हो भन्ने महत्वपूर्ण छ। सन् २००३ मा सार्सको प्रभाव पर्दा तत्कालीन दोस्रो त्रैमासिक अर्थतन्त्र प्रभावित बनेको थियो। तर विश्वव्यापी रुपमा फैलिएको सार्स नियन्त्रणमा आएपछि चिनियाँ अर्थतन्त्र तेस्रो त्रैमासिक अवधिमा तुरुन्तै आफ्नो रुपमा फर्कियो र वार्षिक वृद्धि लक्ष्य राम्ररी हासिल भयो।
चिनियाँ अर्थतन्त्रसँग सशक्त र वृहत संभावना छ। दीर्घकालीन र उच्च गुणस्तरीय वृद्धिको आधारले चिनियाँ अर्थतन्त्रलाई महामारीले कमजोर बनाउन सक्दैन। बढ्दो मागलाई महामारीले रोकेको होइन स्थगित मात्र गरेको हो भन्ने महत्वपूर्ण छ।
अहिलेको चिनियाँ अर्थतन्त्रका आधारहरू त्यो बेलाका भन्दा बढी दृढ रहेका छन। कूल गार्हस्थ उत्पादन प्रतिव्यक्त आय दस हजार अमेरिकी डलरभन्दा बढी भएको छ। चीन एक अर्ब ४० करोड स्वदेशी उपभोक्ताको बजार हो जहाँ ९० करोड श्रम शक्ति रहेको छ भने ४० करोड मध्यम स्तरीय व्यक्ति रहेकाछन्। चीनमा १७ करोड उच्च शिक्षा र दक्ष सीप भएका मानिस बस्छन्। संयुक्त राष्ट्र संघको औद्योगिक वर्गीकरण प्रणाली अनुसार चीन विश्वको एक मात्र त्यस्तो देश हो जहाँ सबै प्रकारका उद्योग व्यवसायहरू रहेका छन्।
यी गुणात्मक मापदण्डले चिनियाँ अर्थतन्त्रको वृद्धिलाई सघाउन मद्दत पुर्याएको छ जसलाई कुनै महामारीले हल्लाउन सक्दैन। यद्यपि तत्काल केही परम्परागत चिनियाँ उद्योगहरूलाई महामारीले अस्थायी असर पारेको छ। यसले आगामी दिनमा केही नयाँ अनलाइन काम, दुर शिक्षा, अनलाइन मनोरन्जन आदि व्यवसायको विकासलाई प्रेरित पनि गरेको छ। यसले चिनियाँ अर्थतन्त्र लाई नयाँ उत्पादन दिँदै उच्च गुणस्तरको विकास गर्नेछ। हामीलाई पूर्ण विश्वास छ, चिनियाँ अर्थतन्त्र चाँडै स्थिर हुनेछ र महामारीको क्षतिपूर्ति गर्नेछ। विश्वव्यापी आर्थिक वृद्धिमा नेतृत्वदायी इन्जिनको रुपमा चीनको भूमिका महत्वपूर्ण रहेकाले विश्वको अर्थतन्त्र मा यसको तात्विक असर पर्दैन।
संकटका बेला नै असल साथीको पहिचान हुन्छ। महामारी फैलिन थालेपछि नेपाल सरकार र चीनका असल मित्र नेपालीहरूले सान्त्वनाको पत्र लेखेर, चन्दादान गरेर अथवा अन्य तरिकाले महामारीका विरुद्ध युद्ध गरिरहेको चीनलाई समर्थन गरेका छन्।
आर्थिक विश्वव्यापीकरणको युगमा सबै राष्ट्रले भविष्य साझेदारी गरेका छन्। अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वव्यापी औद्योगिकीकरणमा अपरिहार्य शृङ्खला बनेको छ। यदि चीनको अर्थतन्त्रमा असर पर्यो भने अन्य राष्ट्रमा पनि स्वाभाविक रुपमा असर पर्नेछ। महामारीलाई राजनीतिकरण गर्ने र चिनियाँ अर्थतन्त्रको वदनाम गर्नेहरूले विश्वअर्थतन्त्र र आपसमा अनावश्यक अवरोध र नकारात्मक प्रभाव मात्र पार्न सक्छन्। महामारी विरुद्धको युद्धमा चीन सरकारले लागू गरेका सबै मापदण्ड र अर्थतन्त्रलाई उकास्नका लागि गरेका प्रयासहरू चीनका लागि मात्र होइन विश्वकै लागि सत्कार्य हुन्। चीनले दायित्वपूर्ण जिम्मेवारी लिएको तथ्य पनि यसले प्रदर्शन गरेको छ। अन्तर्राष्ट्रिय समुदायले चीनको यस भूमिकालाई उच्च प्रशंसा गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषकी निर्देशक किस्टालिन गेइर्जिइभाले चीनको वर्तमान आर्थिक अवस्था, मूद्राअवस्था र आर्थिक कार्यको समर्थन गर्दै चिनियाँ अर्थतन्त्र चाँडै सक्षम हुनेमा आशा व्यक्त गर्नु भएको छ। विश्व बैंकले विश्वको अर्थतन्त्रमा आउने खतरालाई चिनियाँ प्रयासले घटाएको जनाएको छ। विभिन्न देशका अर्थशास्त्रीहरू चिनियाँ अर्थतन्त्रको सशक्त क्षमता, दीर्घकालीन स्थिर वृद्धि र आधारभूत मापदण्ड परिवर्तन नहुनेमा सहमत छन्। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चिनियाँ अर्थतन्त्र र विश्व अर्थतन्त्रमा चीनको प्रमुख साझेदारीप्रति विश्वासको मत व्यक्त गर्दै बढीरहेको चिनियाँ पूँजी बजारलाई विश्वव्यापी न्याय गरेका छन्।
संकटका बेला नै असल साथीको पहिचान हुन्छ। महामारी फैलिन थालेपछि नेपाल सरकार र चीनका असल मित्र नेपालीहरूले सान्त्वनाको पत्र लेखेर, चन्दादान गरेर अथवा अन्य तरिकाले महामारीका विरुद्ध युद्ध गरिरहेको चीनलाई समर्थन गरेका छन्। यी कार्यप्रति चीनले न्यानो प्रतिक्रिया दिएको छ र धेरै चिनियाँ जनताले हिमालयपारीबाट प्रेम अनुभूति गरेका छन्। दुवै देशका सम्बन्धित विभागहरूले घनिष्ट सम्पर्क र सहयोग गर्दै संयुक्त रुपमा प्रतिरोधी कार्य तथा नियन्त्रणबाट व्यावहारिक रुपमा दुवै देशमा स्वस्थ जनताको संरक्षण गरिरहेका छन्। यी सबै कार्यले चीन र नेपालबीचको बहुआयामिक रणनीतिक साझेदारी सहयोग तथा विकास र समृद्धिका लागि सदावहार मित्रता थप प्रगाढ बनाएको छ।
महामारी विरुद्धको युद्धमा चीन र नेपालबीचको जनस्तरको आदानप्रदानमा असर परेको छ। नेपालबाट बसन्त चाड मनाउन चीन फर्किएका धेरै चिनियाँहरू नेपालमा काममा समयमै फर्कन पाएका छैनन्। यसले दुई देशबीचका केही सहयोगात्मक परियोजनामा ढिलाइ भएको छ। विश्व भ्रमणमा जाने चिनियाँ पर्यटकको कटौतिले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्यमा बढी कठिनाइ हुने देखिन्छ तर यो अस्थायी हो। चिनियाँ पर्यटक नआउँदा नेपाल नयाँ कोरोना भाइरस संक्रमणबाट जोगिन्छ र स्वस्थ तथा सुरक्षित रुपमा अन्य देशका पर्यटकलाई नेपाल घुम्न सघाउँछ। हामीलाई विश्वास छ महामारी विरुद्धको युद्धले सकारात्मक बिन्दु भेट्नेछ र अन्ततः विजय प्राप्त हुनेछ। नेपालका परियोजनाहरू चाँडै नै सुचारु हुनेछन् र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक पनि पूर्ववत रुपमा वृद्धि हुँदैछन्। चीन र नेपालबीचको मैत्रीपूर्ण सहयोगलाई महामारीले ढिलो बनाउनेछैन। महामारी विरुद्धको युद्धमा अनुभव आदानप्रदानले आगामी दिनको चीन नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ।
(यान्छी नेपालका लागि चिनियाँ राजदूत हुन्।)
" />कोरोना भाइरस संक्रमण भएपछि चीन सरकारले महामारी संक्रमणको रोकथाममा बृहत र प्रभावकारी नियन्त्रण कार्यसँगै चिनियाँ नयाँ वर्षको बिदा थप्ने, कलकारखाना खोल्ने समयलाई पछाडि धकेल्ने, अन्तर्राष्ट्रिय भ्रमण टोली रद्द गर्ने, भीडभाड नियन्त्रण गर्ने, नागरिकलाई आपसी जमघट नगर्नका लागि उत्प्रेरित गर्ने काम गरिरहेको छ।

">