भक्तपुरका नेवार समुदायमा दशैंका बेला हुने ‘नवदुर्गा नाच’ यो मुकुण्डोे विना अधुरो हुन्छ । पूर्ण भन्छन्, “मुकुण्डोे बनाउने काम सकियो, स–साना बुट्टामा काम गर्न बाँकी छ ।” पूर्णले करीब छ दशकदेखि नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आएका छन् । माइला छोरा राजेशले पनि मुकुण्डो बनाउन उनलाई सहयोग गरिरहेका छन् ।
देउता अर्थात मुकुण्डो बन्ने विधि
यो मुकुण्डो बनाउने कामको थालनी घण्टाकर्णदेखि हुन्छ । पूर्णले भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, बालकुमारी, श्वेतभैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका मुकुण्डो बनाउनुपर्छ । एउटा मुकुण्डोको तौल पाँच किलोदेखि ६ किलोसम्म हुन्छ । छोरा राजेशका अनुसार घण्टाकर्णको दिन भक्तपुरको सुडालबाट ल्याएको विशेष कालो माटोको पूजा गरी देवी देउता बनाउन माटोलाई १३ भाग लगाइन्छ ।
माटोको विधिवत् पूजा गरी बाजा बजाउने र नाच्नेहरूलाई भोज खुवाइन्छ । त्यसपछि माटोबाट मुकुण्डोे बनाउने विधि शुरु हुन्छ । माटोलाई केही दिन पानी सुक्ने गरी फिजाउने र हातैले पिठो हुने गरी कुटेर केलाइन्छ । सोही माटोलाई पुनः पानी, कपास, नेपाली कागज मिसाएर काठको मुंग्रोले कुटेर मुछिन्छ ।
त्यसपछि मुकुण्डोेको साँचोमाथि नेपाली कपडा राखेर मुछेको माटोलाई रोटी जस्तै बेलेर त्यसमाथि राखिन्छ । त्यसबाट माटोको सुन्दर आकृति देखिन्छ । अनि त्यसलाई केही दिन सुकाएपछि पिठोको माडा बनाएर नेपाली कपडा टाँसिन्छ । त्यहीँबाट रंग भर्ने काम शुरु हुन्छ । रंगको लागि जडिबुटीहरू, सुनको धुलो र विभिन्न पत्थरहरूको प्रयोग गरिन्छ । त्यस्तै मट्टितेल, मैदा, कपास, नेपाली कागज, सेतो कमेरो, धुलो सुनदेखि टल्किने पालिससम्म मुकुण्डोे बनाउन प्रयोग गरिन्छ । मुकुण्डो बनाउने काममा यहाँका चित्रकार समुदाय सक्रिय हुन्छन् ।
पलिस लगाउनुको कारण सुकिसकेपछि रंग नउडोस् भनेर हो । नवदुर्गाको मुकुण्डोमा दशैंको नवमीका दिन कर्माचार्यहरूले प्राण प्रतिष्ठा (तान्त्रिक विधिद्वारा गरिने पुजा) गर्छन् । पुजा गरेपछि मुकुण्डो जीवित बन्छ भन्ने जनविश्वास रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् ।
९ महिनासम्म नाच
पूर्णले हरेक वर्ष घण्टाकर्णको दिनदेखि मुकुण्डोे बनाउन शुरु गर्छन् र दशैंको नवमीमा सक्छन् । यो मुकुण्डोे लगाएर वनमाला समुदायका कलाकारहरूले नवदुर्गाको नाच शुरु गर्छन् । नवमीको दिन वनमाला समुदायबाट छानिएका नवदुर्गा देवगणलाई कर्माचार्यहरूले मुकुण्डो हस्तान्तरण गरेपछि ‘खमे ब्वाकेउ’ जात्रा शुरु हुन्छ ।
दशमीको दिन मकुण्डो प्रदर्शन गरिन्छ । देवगणहरू मुकुण्डोे र जामा लगाएर नगर परिक्रमामा निस्केपछि ‘पाया न्ह्या केउ’ जात्रा शुरु हुन्छ । नौ महिनासम्म भक्तपुरका २२ ठाउँमा वनमाला समुदायका देवगणले मुकुण्डोे लगाएर नवदुर्गा नाच निकाल्छन् । यो नाच भक्तपुरमा सीति रहँदैन, पशुपति, साँखु, नाला, नंखेल, साँगा, बनेपा, पनौती, धुलिखेलसम्म पुग्छ । प्रत्येक वर्ष अष्टमीमा मुकुण्डो जलाएर नवदुर्गा देवगणको विसर्जन गरिन्छ । नवदुर्गा नाच बाहेक यो मुकुण्डो ङाला केगु जात्रा (माछा मार्ने जात्रा), गाईजात्रा, देवीनाच, भैरव नाच, लाखे नाचल गायतमा समेत प्रयोग हुने संस्कृतिविद् धौभडेल बताउँछन् ।
आधुनिक नेपाल निर्माण हुनु अघि उपत्यका र आसपासका राज्यहरूलाई ‘नेपाल मण्डल’भनिन्थ्यो । लिच्छविकालीन राजाहरूले आपत्विपत्बाट राज्यको सुरक्षा गर्न नेपाल मण्डलका चारै दिशामा अष्ट मातृका स्थापना गरी विधिवत् रूपमा नवदुर्गा नाच शुरु गरेका थिए । विविध कारणले रोकिएको नाचलाई नेपाल संवत् ६३३ मा भक्तपुरका सुवर्ण मल्लले पुनः सञ्चालनमा ल्याएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले जानकारी दिए ।
जसले देउता बस्ने घर रंगाए
पूर्ण चित्रकार पेशाले पनि ‘चित्रकार’ हुन् । हजुरबुवा, बुवा यही पेशाले परिवार पाल्थे । हजुरबुवा शिवलाललाई नियाल्दा नियाल्दै पूर्णमा पनि चित्रकारिताको रस पस्यो । उनको चित्रकलाको गुरू हजुरबा नै हुन् । उनले केही सीप बहिनीका ससुरा विष्णु बहादुरबाट पनि सिके । पूर्णले पूजाको विधि चाहिं आफ्नै ससुरासँग सिके ।
चित्रकार समुदायको गुठीले मुकुण्डोे बनाउने जिम्मा सुम्पँदा पूर्ण जम्मा १५ वर्षका थिए । त्यतिबेला गुठी संस्थान थिएन । छेँ भडेल अड्डाले उनीहरुलाई काम गर्न निर्देशन दिएको थियो । २०१३ सालमा हनुमानढोकामा रंग लगाएको पूर्णलाई पुरापुर सम्झना छ । त्यसपछि उनले भक्तपुरको पाँचतले मन्दिरमा २०१८ सालमा रंग भरे । पाँचतलेको गजुरदेखि कुटुवालसम्म रंग लगाउन एक वर्ष लागेको थियो । अहिले पनि पाँचतले मन्दिरका टुँडाल, तोरण, ढोका, दलिनमा उनले लगाएको रंगका केही टुक्राटाक्री बाँकी छन् ।
“म १६÷१७ वर्षको थिएँ, बाबुबाजेसँगै रंग लगाउने १९÷२० जना जति थियौं,” उनी भन्छन्, “पाँचतले सिध्याएर चाँगुनारायणमा पनि हाम्रो समूहले रंग्याएको थियो ।” चाँगुनारायण रंग्याउन पनि एक वर्ष लागेको पूर्णको भनाइ छ । त्यतिबेला पूर्ण दिनभर काम गरेको ज्याला तीन मोहर पाउँथे । अलि ठूला मान्छेलाई पाँच मोहर दिइन्थ्यो । शुरुशुरुमा नजानेको काम गर्न पाउँदा रमाइलो लाग्थ्यो ।
बुढापाकालाई मन्दिरमाथि चढ्न गाह्रो हुन्थ्यो । त्यसैले किशोरावस्थाका उनीहरु नै मन्दिरमाथि चढेर रंग दल्थे । हजुरबुवाहरू तल बसेर उनीहरुलाई निर्देशन दिन्थे ।“उमेरमा अग्लो मन्दिर चढ्न डर थिएन,” पूर्णले आत्मविश्वास देखाए, “डर त अहिले पनि छैन । जान सक्छु ।”
देउता अनुसार रंग फरक–फरक हुँदोरहेछ । अहिले नियाल्दा पाँचतले मन्दिरका तोरण, टुँडालहरू फोहोर देखिन्छन् । कतै रंग छ, कतै छैन । २०१८ सालपछि कसैले उनलाई रंग लगाउन भनेनन् । त्यसपछि सायदै ती मन्दिरहरू रंगिए !
खर्चकै समस्या
अहिले मुकुण्डो बनाउन गुठी संस्थानले बार्षिक ४० हजार रुपैयाँ दिन्छ । वर्षेनि आफ्नै गुठीको अक्षयकोषको ब्याज ७० हजार आउँछ । गत वर्षदेखि भक्तपुर नगरपालिकाले मुकुण्डोे बनाउन १० लाखको अक्षय कोष स्थापना गरेको छ । तर, त्यसको पैसा उनीहरूसम्म पुगेको छैन । १३ वटा मुकुण्डोे पुरा हुँदासम्म दुई लाखभन्दा बढी खर्च भइसक्छ ।
मुकुण्डो निर्माणका लागि जोहो गरिएको पैसा उनीहरूसम्म कहिल्यै आइपुगेन । “आउने स्रोत त छ भन्छन्, तर, अहिलेसम्म देख्न पाएका छैनौं,” पूर्ण भन्छन्, “‘धेरथोर रकम बनेपा नगरपालिकाले सहयोग गरेको छ ।” बाँकी रकम भने यहाँको नाच पुग्ने विभिन्न ठाउँका बासिन्दाले सहयोग गर्दै आएका छन् ।
“पहिले मुकुण्डोे बनाउनेलाई खुब इज्जत दिइन्थ्यो,” पूर्ण भन्छन्, “पैसा पनि धेरै लाग्दैनथ्यो ।” अहिले अरू बजारिया भाउसँगै देउता बनाउने भाउ पनि आकाशिएको उनको अनुभव छ । पूर्णले आफैं खर्च जुटाउँदै मुकुण्डो बनाएको देखेर छोराहरूले यो सीप सिक्नै मानेनन् । तै, माइला छोरा राजेश उनलाई सघाउँछन् । तर, बुवा पूर्ण जति उनी पनि पोख्त भइसकेका छैनन् । राजेश भन्छन्, “संस्कृति पनि जोगाउनु छ, अनि माग्दै पनि हिंड्नु परेको छ, बुवाले पाएको दुःख देखेरै जाँगर चल्दैन ।”
" />

">